महत्वपूर्ण सुचनाहरु :

रिमाल वंशावलीको भूमिका

प्राचिन वंशावली अनुसन्धानको क्रममा पुर्खाहरुको खोजी गर्दैजाँदा पौराणिक कालमा विश्वमित्र जस्ता ऋषिहरु , ऐतिहासिक कालका आर्याहरूको अध्ययन गर्नुपर्नेहुन्छ । मानवशास्त्रीहरूले आर्य जातिलाई ककेस्वाड रेस (जाति) अन्तरगत राखेका छन् ।अग्लो शरिर, चुच्चेनाक भएको कालो कपाल र आँखा, गोरो रंग र शरिरमा प्रशस्तै रौं भएको जातिलाई आर्य भनिएकोछ । आर्यजातिको पनि प्रमुखरूपमा तीन शाखामा वर्गिकरण गरीएको छ । भातीय आर्य, ईरानी आर्य रयुरिपरली आर्यभारतीय आर्यहरूको प्राचिनता नै हाम्रो चासोको बिषय हो । आर्यहरूको प्राचिन बासस्थलोका संबन्धमा पूर्बिय र पाश्चात्य विद्वानहरूका विच मतभेद रहे पनि भारतीय, इरानी, युरोपेली आर्यका पुर्कहरू एकै ठाँउमा रहन्थे र आफुलाई आर्य वा ऐर्य भन्थे भन्ने कुरामा सहमति छ । वैदिक संस्कृतका शब्दहरू जस्ता पितर, मदर, ब्रदर, नबेम्बर, डिसेम्वर भनिनु अनि फ्रान्सेली, स्पेनेली, इटाललेली भाषाहरूमा पनि केही उच्चारण-भेदका साथ यिनै शब्द प्रयोग भएका कारणले पनि यी तीन शाखाका प्राचिन पुर्खा एकै थिए, एकै ठाँउमा रहन्थे र एकै भाषा बोल्दथे भन्ने अनुमान गर्नब सकिन्छ । संस्कृतको फारसी, मिश्री, अरबी जापानी आदि भाषाका शब्द र अर्थमा समानता पाइन्छ ।

जर।मन विद्वान प्रा म्याक्समूलरको भरतीय, ग्रीक पार्सियन, रोमन, जर्मन र सेन्ट जातिका पुर्खाहरूएकै ठाँउमा बस्थे भन्ने भनाइ छ । आर्यहरूको मूल हाँगो उत्तर-पश्चिमतिर लाग्यो ।युरोपका आर्यहरू क्याश्पियन सागरको पश्चिमी किनारवाट एसिया माईनरहुदै ग्रीस र इटालीतर्फ गए । विद्वान हुगो विन्कलरले ई सं १९०७ मा एसिया माइनरमा इ पू चौंधौ शताब्दीको शुरूका हिजिल र मितन्नी दुइ शासकका वीच बरूण, इन्द्र र नासत्यलाई साक्षी मानेर सन्धि गरीएको लिखत भेट्टाएका थिए । त्यसमा उल्लेखित देवताहरूको उपासना गर्ने मन्त्र ऋग्वेदमा रहेकाले त्यो क्षेत्र आर्यहरूको प्राचिन बसोबासको थलो हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।

अग्नीलाई पूज्य देवता, गाईलाई पवित्र जानवर मान्ने, घोडा पाल्ने र घोडारथबाट आवतजावत गर्ने राष्ट्रिय भावना भएको त्यो सभ्य तथा वीर जाति ई पू तीन हजारतिरको सिन्धुघाटी सभ्यताका मानिसहरूलाई पराजित गरी त्यहाँवाट भारतको अन्य भूमिमा फैलिएको थियो । आर्य जाति आफूलाई किन आर्य कहलाउँन गौरव मान्थे ? आर्यको अर्थ सभ्य, योग्य,आदरणीय, कुलिन हुन्छ । संस्कृत नाटकहरुमा सम्मानसूचक विषेशणका रूपमा आर्य शब्दको प्रयोग भएको पाइन्छ । आर्यहरूले आर्येतर जातिहरूमाथि विजय हासिल गरेर तथा उनिहरूसंग समन्वय, सामान्जस्य कायम गर्दै साम्राज्य फैलाएर आफ्नो साम्राज्यलाई आर्यावर्त नाउँ दिए । आर्यावर्त पूर्वी समुद्रदेखि पश्चिम समुद्रसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा विन्ध्यापर्वतसम्म फैलिएको थियो । यिनिहरू बहुदेवादी थिए । उर्वर मस्तिष्कका धनी, सृजनशील आर्यहरूले वेद, उपनिषद्, महाभारत, रामायण आदि रचे । यीनीहरूको भाषा संस्कृत उन्नत थियो भन्ने कुरा तीनका श्रुति, स्मृति र साहित्यले प्रष्ट पार्दछ । संस्कृत काब्यको थालनी मानिएको वाल्मीकि रामायण हो ।

पश्चिमी विद्वानहरूले आर्यहरू सभ्य, सुसंस्कृत, वी र साधन-सम्मपन्न भएका कारण उनीहरूको राज्य विस्तार, राष्ट्र विस्तार-पथमा उभिएका आर्येतर राज्यहरूलाई जित्दै आर्यावर्तको साम्राज्य फैलाए भन्ने कुरा बताएकाछन् भने वैदिक वाङ्मयको गहन अध्ययन गरेका पूर्बेली विद्वानहरूले वेदहरूमा उल्लेख धर्म, कर्म, सभ्यता, संस्कृतिको आधारमा आर्यहरू आर्यावर्तकै मूलनिवासी हुन भन्ने निर्क्योल गरेकाछन् । वेदब्यासले आफ्ना ग्रन्थहरूमा उल्लेख गरे झै आर्यहरूको मूल स्थान हिमालयको मेरू-प्रदेश हो ।ऋग्वेदेखि लिएर रामायण, महाभरत तथा पुराणकालसम्मका प्रमाणहरुले हाम्रा पुर्खाहरू बाहिरबाट उछिट्टिएर जम्बुद्वीप या भारतखण्डमा पुगेको ठहर्दैन । महाभरतमा आर्यहरूको जन्मथानको बारेमा प्रष्ट वर्णन पाईन्छ । संसारमा परम पवित्र हिमालय छ ।त्यसमा एक योजनदेखि पाँच योजनसम्म घेरा भएको मेरू नाम गरेको पर्वत छ । मेरुपर्वतमा सवैभन्दा पहिले मानव उत्पत्ति भएको हो । यिनै पर्वतमाला हरूबात ऐरावती, वितस्ता, विशाला, देवीका, कुहु आदि नदिहरू निस्केका थिए । यसैमा विप्रहरूको उत्पत्ति पनि भएको हो ।

आर्यहरू सभ्य र विकसित हुदै गए । उनीहरूले अनेक प्रकारका अस्त्रशस्त्र आविस्कार गरे । उनीहरू ज्ञान र विज्ञानले सम्पन्न थिए, तन्त्रमन्त्र जान्दथे । स्वास्थ्यको क्षेत्रमा उनीहरूलाई सिद्धि प्राप्त थियो । कतिपय वेदान्ती थिए, संसारलाई स्वप्नवत् मान्ने । बुद्धि, सिद्धि र पराक्रमले सम्पन्न आर्यहरू भरतबर्षबाट फैलिदै छिमेकमा , अनि टाढाका मुलुकहरूमा उनीहरू पुगे भन्ने कुरा पनि सम्भव छ ।

आर्यहरूको मूलथलो मध्य एशिया मान्ने विद्वानहरूका अनुसार आर्यहरू करीव ई पू ३००० मा अफगानिस्तान भएर सिन्धुनदीको मैदानी क्षेत्रमा प्रवेश गरे । उनीहरू ३०० बर्ष जतिमा पंजाव, सिन्धुक्षेत्रमा त्यँहाका आदिवासीको सभ्यतासँग सम्पर्कमा आई फैलिदै गएको भनिन्छ। पूर्व वैदिक सभ्यतासंग मुडभेटभई त्यहाँका पूर्व-वासिन्दाहरूसँग हेलमेलभई नयाँ सभ्यताको उत्पत्ति त्यसक्षेत्रमा हुँदैगयो । यिनीहरूले नै सिन्धु र गंगानदी आसपासका उर्वराक्षेत्रमा बसोवास र विकास गर्दै गए ।

त्यस्तै अर्को समुह केही समयको अन्तरालमा बसाई-सराइको क्रममा मध्य-एसियाबाट पहाडीक्षेत्र हुदै चित्राल, गिल्गिट, स्वाटतर्फबाट प्रवेश गरे । त्यसक्षेत्रमा यिनीहरूले सभ्यताको विकास गरेको मानिन्छ । यिनीहरूबाट ऋग्वेद संहितामा आधारित सभ्यतामा ठूलो योगदान रहेको विश्वास गरिन्छ ।

रावी, सतलज र यमुनाका आसपासमा आर्यहरूको राज्य रहेको थियो र यी राज्यहरूको आसपासमा लडाईं भइरहने गर्दथ्यो । ई सं १२५० तिर हालको दिल्लीनिर यिनीहरूको बसोबास भई सकेको र यी उत्तर भारतमा कन्नौज, लखनउतिर बढेको बुझिन्छ।
काश्मिरको स्वाट उपत्यकाका आर्यहरू बढी परिष्कृत थिए ।आर्यका एकथरि शाखा त इरानतर्फ नै बसोबास गर्दैगयो । उत्तर काश्मिरर्फ बसोबास गरेकाहरू चाहिँ फैलदै हिमाञ्चल प्रदेश, कुमाउ, गडवालका पहाडी क्षेत्रहुदै पश्चिम नेपालसम्म बसोबास गर्दै अगाडि बढेको बताइन्छ उनीहरू क्रमश: त्रिशुलीगण्डकी क्षेत्रसम्म आउन थाले । ती आर्यहरू वेद आदि ग्रन्थमा आधारित धार्मीक प्रगति बढी भएपछि सांस्कृतिकक्षेत्रमा पनि विकास भएकोहुँदा उनीहरूको प्रभाव धार्मिक क्षेत्रमा पनि बढ्नु स्वभाविक नै छ ।

उनीहरूकावीच आपसमा सांस्कृतिक एवं धार्मिक आदान-प्रदान पनि हुँदैगयो । पहाडी र मैदानी क्षेत्रमा पूर्वकालदेखि हालसम्म पनि बासाई-सराईको प्रवाह कायमै रहेको देखिन्छ। मैदानीवासीहरू गंगा, सिन्धुक्षेत्रका साथै भारतका सबैराज्य, प्रान्तमा फैलिदै गए ।उनीहरू विभिन्न समयमा नेपालका हिमालीक्षेत्रमा पनि फेली त्यहाँका बासिन्दासंग घुलमिल भएर रहे।

करिव ई पू १२०० मा भारतीय आर्यहरु पश्चिमवाट पूर्वतर्फ बढ्दै कोशी नदीको प्रवाहसंग फैलिसकेका पाईन्छन् । यिनीहरू हिमालपट्टी वर्तमान महोत्तरी र बुटवल क्षेत्रमा निकै उत्तरसम्म, महाभारत पर्वतको फेदीसम्म पुगेको देखिन्छ ।