महत्वपूर्ण सुचनाहरु :

गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

कार्यक्रम पश्चात सामुहीक तस्वीर खिचाउदैरिमाल समाज केन्द्रिय कार्य समितकाे विशेष पहलमा गण्डकी प्रदेश स्तरिय भेला यही असाेज १३ गते शनिवार दिपज्याेती हाेटल पाेखरामा एक कार्यकमका विच सम्पन्न भयाे । उक्त भेलामा रिमाल बसाेवास भएका सबै जिल्लाहरूका साथै चितवन, धादिङ र काठमाणडाै लगायतका बन्धुहरूकाे विशेष उपस्थीती रहेकाे थियाे । 

 

विहान ११ः३० बजे शुरू भएकाे कार्यक्रम साझ ४ बजे सम्म चलेकाे थियाे । कार्यक्रममा प्रमुख अतिथी रिमाल समाजका केन्द्रिय अध्यक्ष डिल्लीराम रिमाल (माेरङ) विशेष अतिथीहरू केन्द्रिय उपाध्यक्ष इश्वरी प्रसाद रिमाल (नुवाकाेट), केन्द्रिय उपाध्यक्ष यम बहादुर रिमाल लमजुङ, केन्द्रिय काेषाध्यक्ष सुरेश कुमार रिमाल केन्द्रिय महासचिव रवि रिमाल, र केन्द्रिय सदस्य झलक रिमाल (पर्वत) लगायतकाे विशेष उपस्थीती रहेकाे थियाे कार्यक्रम झलक रिमालले संचालन गर्नु भएकाे थियाे भने  भेला अायाेजक समितीका संयाेजक महेश्वर रिमालकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे उहा केन्द्रिय सदस्य पनि हुनु हुन्छ । 

भेलाले यस प्रदेशमा पर्ने सबै जील्लाहरूका साथै अासपासका दुर दराजमा रहेका जील्लाहरूलाइ पनि समेटेर लैजाने निर्णय गरीएकाे छ । यस प्रदेशमा शाखा खाेल्न बाकी रहेका जील्लाहरूमा शाखा खाेल्ने छ । रिमाल समाजकाे गत भाद्र ३० गतेकाे केन्द्रिय साधारण सभाकाे निर्णय अनुसार चैत्र मसान्त  भित्र यस क्षेत्र भित्र रहेका सबै बन्धुहरूकाे विवरण उपलव्ध गराइ वंशावली प्रकाशनमा उल्लेख्य भुमिका खेल्ने निर्णय पनि गरेकाे छ । 

गण्डकी प्रदेश स्तरिय भेलाकार्यक्रममा अध्यक्ष डा. डिल्लीराम रिमालले रिमाल समाजले विगत देखी वर्तमान सम्म गरेका काम कारवाहीका साथै रिमालहरूकाे एेतिहासिक भुमिका राजनैतिक क्षेत्रमा साहित्यीक क्षेत्रमा कला क्षेत्रमा  उल्लेख्य स्थान रहेकाेले छरिएर रहनु भन्दा एकजुट भएर हातेमालाे गर्दै अगाडी बड्नु पर्ने कुरा अाैल्याउनु भयाे भने यम बहादुर रिमालले रिमाल समाजकाे कार्यक्रमहरूलाइ जाे जहा बसे पनि अाखा चिम्लेर साथ दिनु पर्ने बताउनु भयाे । त्यस्तै अर्का उपाध्यक्ष इश्वरी प्रसाद रिमालले अगाडीका पुस्तालाइ सम्मान  गर्दै अाउने पुस्तालाइ माया गर्दै जानु पर्ने बताउनु भयाे । साेही कार्यक्रममा महासचिव रवि रिमाले रिमाल समाजकाे संगठन संगठीत हीसावले परिचालित गरी विभीन्न सामाजीक गतिविधीहरू अगाडी बढाउन सकिने र वंशावलीका लागी वेवसाइट www.rimalsociety.com.npwww.hamrofamily.com बाट सबैले हेर्न सकिने  सच्याउन थप गर्न र छुटेका बन्धुहरूलाइ समावेश हुन रिमाल समाजले तयार गरेकाे फारम कसरी भर्ने भन्ने कुराकाे जानकारी गराउदै प्रत्येक रिमालहरू रिमाल समाजकाे विधान अनुसार सदस्यता बन्नु पर्ने कुरा अाैल्याउनु भयाे र त्यही सदस्यता नं ले ने अब उपरान्त रिमालकाे परिचय दिने छ  भन्नु भयाे  । यस्तै अन्य जिल्लाहरूबाट पाल्नु भएका जिल्ला अध्यक्ष तथा प्रतिनिधीहरूले अहिलेकाे अवस्थामा रिमाल समाजकाे अावस्यकता अपरिहार्य भएकाे र रिमाल समाजले वंशावली प्रकाशन पश्चात सामाजीक कार्यहरूपनि गर्दै जानु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।

यस कार्यक्रममा रिमाल समाज केन्द्रिय कार्य समिति सदस्य द्वय झलक रिमाल र महेश्वर रिमालले एकाउन्न हजार एकसय, एकाउन्न हजार एकसय गरी एकलाख दुइ हजार दुइसयकाे शैक्षिक काेषकाे स्थापना गर्नु भयाे । यस रकमकाे व्याज बाट अार्जीत रकम ले अव देखि एसइइ परिक्षाामा गण्डकी प्रदेशबाट सबै भन्दा बढी अंक ल्याउने संस्थागत तथा सामुदायीक विद्यालय तर्फबाट एक एक जना भाइबहीनी हरूलाइ सम्मान गरीने जानकारी दिइएकाे छ ।  

अाजकाे भेलाले १५ सदस्यीय प्रदेश स्तरिय समिती चयन गरेकाे गरेकाे छ । 

उपाध्यक्ष द्वय वाया बाट यम बहादुर रिमाल र इश्वरी रिमालकाे विचमा महेश्वर रिमाल१. अध्यक्ष -  महेश्वर रिमाल  - स्याङ्जा
२. उपाध्यक्ष - गाेकुल रिमाल - नवलपुर- 9856036200
३. उपाध्यक्ष - मेघनाथ रिमाल  - तनहु - 9846055507
४. सचिव  - झलक रिमाल - पर्वत - 9856083374
५. काेषाध्यक्ष  - सन्दिप रिमाल  - पर्वत - 9856062717
६. सदस्य - नर बहादुर रिमाल - लमजुङ - 9846099819
७. सदस्य - शाेभाखर रिमाल - नवलपुर
८. सदस्य - यदु रिमाल  - नवलपुर
९. सदस्य - गंगा रिमाल - कास्की - 9846534400
१०. सदस्य -  लक्ष्मी रिमाल - स्याङ्जा - 9846360919
११. सदस्य - गणेश रिमाल - पर्वत - 9867615870
१२. सदस्य - बुध्दिसागर रिमाल - तनहु - 9856025970
१३. सदस्य - भुवनेश्वर रिमाल - गाेर्खा - 9846237488
१४. सदस्य - हाेमनाथ रिमाल - पर्वत - 9857674162
१५. सदस्य -  ..................- म्याग्दी   

सल्लाहकारहरू
१. महेन्द्र रिमाल
२. लालु शर्मा रिमाल - ९८५६०३०९२९
३. हेम शर्मा रिमाल - ९८४६०६९८७३
४. अानन्द रिमाल
५. डिल्लीराम रिमाल - ९८४६०५१७७०