महत्वपूर्ण सुचनाहरु :
स्व. मी सु भोगेन्द्रनाथ रिमाल
अध्यक्ष
रिमाल वंशावली प्रकाशन समित
गृह पृष्ठ
वरिष्ठ इन्जीनियर शंकरनाथ रिमालद्वारा कुल मन्दीर सिलान्यास गरीने
- Details
- Published on Friday, 19 October 2018 02:22
- Hits: 3162
रिमाल समाज लमजुङ जिल्ला शाखाकाे विशेष पहलमा चण्डीस्थान वडा नंं ७ काे कित्ता नंं ५९२, ५९४ काे क्षेत्रफल ०-६-३-० जग्गाका जग्गा दाता पुर्ण बहादुर रिमाल र बुध्दिबहादु रिमाल का साथै अपुग जग्गा धनबहादुर रिमालले ०-३-०-० समेत गरी जम्मा ०-९-३-० ( नाै अाना तीन पैसा) दान गर्नु भएकाे उक्त जग्गामा कुल मन्दीर निर्माण गरीने भएकाे छ ।
अागामी कार्तिक १७ गते शनिवार विहान ११ बजे लमजुङ जिल्ला शाखाकाे अधीवेसन तथा कुल मन्दिर सिलान्यास कार्यक्रम भएकाे हुदा सम्पुर्ण बन्धुहरूलाइ उक्त समाराेहमा उपस्थीत हुनु हुन लमजुङ जिल्ला शाखाले अाह्वान गरेकाे छ ।
यस मन्दिरकाे नक्साङ्कनका सम्पुर्णकार्यहरू वरिष्ठ इन्जीनियर शंकरनाथ रिमालले गर्नु भएकाे छ । यस मन्दीर निर्माणकाे लागी अनुमानित लागत १४ लाख लाग्ने जनाइएकाे छ । यस मन्दिर लमजुङ जिल्लाकाे रमणीय स्थानमा हुन लागेकाेले पर्यटकीय हिसावले पनि महत्व राख्ने बताइएकाे छ ।
यस मन्दिर सम्पुर्ण रिमालहरूकाे साझा मन्दिर भएकाे हुनाले सबै बन्धुहरूका लागी सहयाेगकाे अपील समेत गरीएकाे छ । सहयाेगकाे लागी रिमाल समाजकाे बैक खाता नं. हरू ग्लाेवल अाइएमइ बैक डिल्लीबजारकाे चल्ती खाता, 3201010000175 (३२०१०१००००१७५) र NMB Baink Naxal (एनएमबि बैंक नक्सालकाे चल्ती खाता) , 01630400378161000002 (०१६३०४००३७९१६१०००००२) मा सहयाेग गर्न सक्नु हुने छ ।
साथै विजयादशमी २०५७ काे हार्दिक मंगलमय शुभ-कामना सहित सबै बन्धुहरूकाे उत्तराेत्तर प्रगती, सम्बृद्धि हाेस भनि दुर्गा माता संग प्रार्थना गर्दछाै । वंशावली फाराम नभर्नु भएकाे भए भर्न हुन पनि सबैमा अाग्रह गर्दछाै ।