महत्वपूर्ण सुचनाहरु :

वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल द्वारा कुलमन्दिर सिलान्यास

लमजुङ कुल मन्दीर शिलान्यासरिमाल समाजका केन्द्रिय सल्लाहकार, रिमाल समाजका संस्थापक सदस्य तथा वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल द्वारा २०७५/०७/१७ गते शनिवार विहान लमजुङ निवासी दाजुभाइहरूका विचमा पुजा अचर्ना गरी मन्दिरकाे सिलान्यास गरीयाे । 

करिव ०-९-३-०  जग्गा पुर्ण बहादुर रिमाल बुद्धि बहादुर रिमाल र धन बहादुर रिमालले कुल मन्दिर निर्माणकाे लागी रिमाल समाजलाइ गत वर्ष दान गर्नु भएकाे थियाे । यस मन्दिर निर्माणकाे लागी नंक्साङ्कनका सम्पुर्ण कार्यहरू इन्जिनियर शंकरनाथ रिमाल स्वंयले गर्नु भएकाे थियाे । मन्दिर सिलान्यास तथा रिमाल समाज लमजुङकाे तेश्राे साधारण सभामा प्रमुख अातित्थ्य ग्रहण गर्न रिमाल अधिल्लाे दिन नै मकैडाडा पुग्नु भएकाे थियाे । ८४ वर्षिय रिमालकाे जाेश जागर र हाैसलाका साथमा लमजुङ जिल्लाबासीहरूकाे सहयाेगमा मन्दिर निर्माण साेचेकाे समयमा सम्पन्न हुने कुरामा विस्वस्त हुनु भएकाे बताउनु भयाे । 

विहान ९ बजेकाे साइतमा मन्दिर निर्मास्थलमा पुजा गर्दै जगमा शिलाहरू राख्नु भए पश्चात उपस्थीत सबैलाइ प्रशाद दिनु भएकाे थियाे । 

सामुहिक फाेटाेयसै गरी रिमाल समाज लमजुङ जिल्ला शाखा कार्यालयकाे तेश्राे साधारण सभामा अध्यक्ष नर बहादुर रिमालकाे सभापतित्वमा कार्यक्रम सुरू भएकाे थियाे भने प्रमुख अतिथी शंकरनाथ रिमाल, बिशेष अतिथि हरू संरक्षक धनबहादुर रिमाल, महासचिव रवि रिमाल उपाध्यक्ष यम बहादुर रिमाल केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष  महेश्वर रिमाल (स्याङ्जा)  केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सचिव  

 झलक रिमाल (पर्वतकाे हाल कास्की) साथै प्रदिप रिमालकाे उपस्थीती रहेकाे थियाे भने स्थानिय अामा समूह लगायत वडाध्यक्ष काे समेत विशेष उपस्थीती रहेकाे थियाे    

साधारण सभा मा वाेल्ने अधिकांश बन्धुहरूले कुल मन्दिर समय मै बन्नु पर्ने जसकाे लागी प्रत्येक घरले अाफुले सकेकाे सहयाेग गर्नु पर्ने कुरामा जाेड दिएका थिए । भने रिमाल समाजका महा सचिव रवि रिमालले लमजुङ जिल्लाका बन्धुहरूकाे लागी याे एक अवसर भएकाे रिमाल समाजकाे अाफ्नै जग्गामा निर्माण हुन लागेकाे यस मन्दिर पहिलाे भएकाे र सम्पुर्ण लमजुङ वासी मन्दिर निर्माण अभियानमा अग्रस्थानमा उभिएकाे बताउनु भयाे । रिमाल समाजकाे अाजिवन सदस्य पनि भइने मन्दिर निर्माणमा सहयाेग पनि हुने र यस मन्दिर लमजुङ जिल्लाकै लागी नमुनाकाे मन्दिर समेत हुने भएकाेले अा-अाफ्नाे स्थानबाट सयाेग गर्न हुन सबैमा अाग्रह गर्नु भएकाे थियाे ।

यस्तै महेश्वर रिमालले झलक रिमाल र अाफ्नाे तर्फ बाट ५१००।- चितवन जिल्ला उपाध्यक्ष हरि रिमाल ले ५००१।-, क्याप्टेन अाेमबहादुर रिमालले १२२५०।- ....... बाट १००००।- रूपैया सहयाेग प्राप्त भएकाे छ । 

यस्तै रिमाल समाज केन्द्रिय कार्य समितिले रिमाल समाजलाइ जग्गा प्राप्ता हुदाका अवस्थामा नै अाजिवन सदस्यबाट केन्द्रमा पठाउनु पर्ने ३० प्रतिशत रकम बाट सकेकाे थप गरी पठाउने  निर्णय गरी सकेकाे छ । 

साथै अाजकाे साधारण सभाले ५०००।- भन्दा माथी सहयाेग गर्नु हुने बन्धुकाे नाम सिलालेखमा राख्ने पनि प्रस्ताव पारीत गरेकाे छ ।  

सहयाेगकाे लागी रिमाल समाजकाे बैक खाता नं. हरू ग्लाेवल अाइएमइ बैक डिल्लीबजारकाे चल्ती खाता, 3201010000175 (३२०१०१००००१७५) र NMB Baink Naxal (एनएमबि बैंक नक्सालकाे चल्ती खाता) , 01630400378161000002 (०१६३०४००३७९१६१०००००२) मा सहयाेग गर्न सक्नु हुने छ । 

यस्तै १७ गतै नै कैलाजी जिल्लाकाे समेत साधारणसभा तथा अधिवेसन रहेकाे थियाे उक्त अधिवेशनमा रिमाल समाजका उपाध्यक्षा राम प्रसाद रिमाल केन्द्रय सदस्य हरि उपाध्याय रिमाल, र विर्ख रिमालकाे उपस्थीती भएकाे थियाे । अाजकाे अधिवेशनले कैलाली  जिल्लाकाे नया कार्य समिती निन्मानुसार चयन गरेकाे छ 

कैलाली साधारण सभाअध्यक्ष जगनाथ रिमाल टिकापुर 

उपा "" राेज ब: भण्डारि टिकापुर 

उपा " " जनक / रिमाल बैनिया

सचिब डम्बर रिमाल टिकापुर 

काेषाअध्यक्ष बिर्ष रिमाल लम्कि 

सदस्य हरु जनक रिमाल सत्ति 

" " खकेन्द रिमाल बैधि 

" " जीवन रिमाल सुषड्

" ज्ञानु देबि रिमाल लम्कि

" चन्द रिमाल 

फाेटाे काे लागी यहा क्लीक गर्नु हाेस