महत्वपूर्ण सुचनाहरु :

महेश रिमालले नगरको सुविधा नलिने

महेश रिमाल

काठमाडौं । नागार्जुन नगरपालिका वडा न ५ का वडा अध्यक्ष महेश रिमालले नगरपालिकाले दिने भनिएको मोटरसाइकल सुबिधा नलिने भएका छन् ।उनले नगरले वडा अध्यक्षहरुलाई दिएको मोटरसाइकल सुविधा नलिने घोषण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश कमिटी सदस्य समेत रहनु भएका वडा अध्यक्ष रिमालले जनप्रतिनिधिहरु जनताका पक्षमा निरन्तर लागी रहनु पर्ने र धेरै भन्दा धेरै जनतालाई सेवा सुबिधा दिनुपर्नेमा आफुहरु नै सुबिधामा लिप्त हुन् नैतिकताले नदिने र आफुले सो सुबिधा प्रयोग नगर्ने समेत बताएका छन् ।

साथै उनले आफ्नो पार्टीले पनि पार्टीका तर्फबाट निर्वाचित जन प्रतिनिधिहरुलाई अनावश्यक सेवा सुबिधा नलिन स्पष्ट निर्देशन दिएको कारण मोटर साइकल सुबिधा नलिने घोषण गरेको बताएका छन् ।

नागार्जुन नगरपालिकाले हालै मात्र १० वटा वडाका वडा अध्यक्षलाई एक/एक वटा मोटरसाइकल र तेल सुबिधा दिने निर्णय गरेको थियो ।

देश भरिका जनप्रतिनिधिहरुले सहि ढंगले कार्य नगरेको र सेवा सुबिधामा मात्र लिप्त रहेको आरोप लागी रहेको बेला वडा अध्यक्ष रिमालको सो कदम स्वागत योग्य छ ।

श्राेतः राष्ट्रिय समाचार