महत्वपूर्ण सुचनाहरु :

साहित्यकार हरि प्र. रिमालका कविताहरू

हरि प्रसाद रिमाल

( शहीद, सहिद)

शार्दूलविक्रीडित -छन्द

जो आफ्नो सब जीन्दगी समरमा यो देशका लागि नै
त्याग्ने हुन्छ शहीद सत्य बुझ यो भन्थ्यौँ सबैले यही
हाम्रा चार शहीद हुन्  मुलुकका जस्ले गरे साहस
आफ्नो राष्ट्र बचाउने प्रण गरे त्यागेर सारा सुख ।।१

ऐले धेर शहीद छन् घरघरै फेरे सबै रूप त्यो
खाई धेर सुरा मरे पनि यहाँ त्यो मान्य आदर्श भो
पैसाको बलमा यहाँ सहिद छन् हेरौँ न लौ के भयो
त्यस्तो शुद्ध शहीद शब्द अहिले बिग्रेर साफै भयो ।।२

खाँदैछन् दस लाख आज दलका सारा  भरौटे मरे 
श्रद्धा छैन भनेर  भन्छ सजिलै  आफैँ ठुलो हो अरे
हामी ता परिवार हौँ सहिदका भन्दै ठूलो डङ्क छ
पूर्खाको इतिहास बिर्सन गयौँ यस्तै यहाँ भाव छ ।।३

धेरै छन् दलआज  देशभरि नै  भन्छन्  सबै जे गरे
ती मेरा जति हुन् शहीद सब यी यै भूमिका पूत रे
 बाटो थुन्न गएर मृत्यु अहिले  त्यो रे ठुलो साहस 
पत्नीबाट मरे अझै गहकिलो लौ देशव्यापी यश ।।४

यस्तै सज्जन आज कानुन मिची गर्दै यहाँ हर्कत
हाम्रा पूर्व शहीदको अब सबै आस्था बिलायो स्वत :
भाँचे शब्द र आज लौ सहिद नै  लेख्ने दिशामा गए
भाषाविज्ञ सबै त्यतै मुखमिठो पारेर हिड्दा भए ।।५

यस्तै हो गणतन्त्र इज्जत सबैलाई दिने भन्छन्
गाई पुज्न भुलेर गर्धव यहाँ वा वा भनी पुज्दछन्
हाम्रा पर्व सकेर क्रिस्मस बिदा मिल्दैछ यो सत्य हो
छाडी वेद कुरान पढ्न जहिल्यै जान्छन्  यही मन्त्र भो ।।६

हरिप्रसाद रिमाल , झापा, चारआली

वास्तविक शहीदको राज्यले सम्मान गर्न चुकेपछिका धारणा, ती चार शहीदलाई आत्माबाट सम्झदै शब्दपुष्प समर्पण।


 

(पत्नी)

भुजङ्गप्रयात-छन्द

य ,   य ,    य ,    य,
iss,  iss , iss,  iss,

पिसी दाल जाँतो घुमाएर नारी
सधैँ बन्छ खाना म हेर्दैछु प्यारी
गए डुल्न ऊ छिटो ज प्यारा
भनी प्रेम गर्ने तिमी हौ सहारा ।।१

नदेखे मलाई कुरी हेर्न थाल्छ्यौ
सँगै बस्नपाए  मिठा बात गर्छ्यौ
रिसाएँ भने मुस्कुराई  बसेकी
म देख्दै प्रिये सौम्यभा लिएकी ।।२

चुरी हातका बज्न लागे रमाएँ
दिलैमा गलाराग लौ सुन्न पाएँ
अँध्यारो गएझैँ हुने छेउमा झन्
सुधातुल्य सम्झन्छु छौ मोहनी झन् ।।३

सुधाझैँ छ बोली भयौ कोइलीझैँ
सधैँ देख्न पाऊँ नयाँ बेहुलीझैँ
मीठा शब्दमा  अर्थको सान ओस् 
दुवै नेत्रको चाल भिन्नै पलाओस् ।।४

पिऊँ प्रेमले रूप माधुर्य सत्य
नदेखौँ म तिम्रो नराम्रो असत्य
सधैँ भावना हुन् हिमाली धराका
बगाऊँ दुवै एक भै  दिव्य  भा ।।५

बनोस् प्रेममाला सदा स्वच्छ नित्य
पलाऊन् रसास्वाद ल्याई मिठास
सबै गाउँमा मग्म गाओस्  फुलेर
यही चाहना पोख्न थाल्यो रिमाल ।।६

हरिप्रसाद रिमाल, झापा।


( के हुँदैछ?)

भूजङ्गप्रयात =छन्द

य    य     य    य
iss  iss  iss iss

यहाँ होडबाजी चलेको छ खान
कहाँ खन्नु बाटो  जुटौँ  खान ठग्न
बिगारे यहाँ काम पाइन्छ तक्मा 
सपारे यहाँ मिल्न गाह्रो छ बस्न ।।१

घुस्याहा यहाँ बन्छ रामावतार
भए रावणै   ठान्छ इन्द्रावतार
दिनै फेर्छ पत्नीभने  वाह वाह
ग-यो कार्य राम्रो भने  गर्छ डाह ।।२

सिँगाने हिरो छन् यहाँ  धेर 
यिनैले चलेको छ यो राज्यकाज
फिरन्ते यहाँ बन्छ है मान्य नेता
भिखारी यहाँ देख्न पाइन्छ क्रेता ।।३

छ व्यापार माटो र ढुङ्गाहरूको 
नदी वृक्षको तालको टाकुराको
यहाँ हुन्छ व्यापार चेलीहरूको
सधैँ मोज मस्ती हवेलीहरूको ।।४

सिमाना र जङ्घे निशाना हराए
पुरातात्विकी चिन्ह सारा बगाए
पुगोस् भाँडमा देश भन्नेहरूनै
यहाँ देशप्रेमी  बनेछन्  अरूनै ।।५

यहाँ बोल्न पाइन्न दर्शवाक्य
झुटो बोल्नु पर्ने भने यो अकाट्य
अरे ज नेता यसै भन्न थाले
यिनै छन् यहाँ देशमा भव्य पाले ।।६

छ गाँठी कुरा यो सबैले बुझेनौँ
बुझेमा विरोधी कुरा नै सुनेनौँ
नसुन्दा कुरा लौ भयौँ सर्वहारा
सबै कन्धनी खुस्कियो बेसहारा ।।७

अझै सोच हाम्रो सफा छैन जस्तो
छ पार्टी भनी दौडदा छौँ छ यस्तो
बुलाहा भएअाज पार्टी  सदस्य
घिचे जे यिनैको भयो लौ रवाफ ।।८

ठिमाहा भए गर्न सक्लान् र केही
निराशा पलायो सबै दुष्ट 
सबैको जरो मूल काटेर फालौँ
विषादी भए देशका लौ न गालौँ ।।९

*हरिप्रसाद रिमाल, झापा, चारली


थेग्न कठिन

उपजाति
त  त   ज  र/ज   त   ज  र

जाडो पलाए पछि  काँप्न थाल्दछु
आगो जहाँ देख्दछु  छेउ लाग्दछु
दुई भए भाग्दछ रन्थनाउँदै
छ यो घमण्डी  दिनरात मात्तिदै ।।१

भए प्रिया छेउ डराउँदै कता
भाग्ने न ता तान्दछ कान नै यता
कतै नजाने  अब शीत याममा
बस्ने घरैमा अब जान्न गाउँमा ।।२

हिड्यो भने नाक र कान घोच्दछ
प्रिया हिडे  यो अझ उग्र बन्दछ
खेदो लगायो अब  भाग्न सक्दिन
प्रियाबिना  अन्त कतै म बस्दिन ।।३

खेदो लगायो  यसले दुवै जना
बनेर  रुन्चे  स्वर ज खाटमा
बस्दै यसैको  छ कुराअतालियौँ
हामी दुई कम्बलभित्र  भासियौँ ।।४

निस्कौँभने आज समात्छु भन्छ यो
फुत्क्यौँभनेभोलि समात्न खोज्छ यो
सारै सतायो अब गर्नु के भनी
डराउँदै  मौन बस्यौँ दुवै त्यहीँ ।।५

@ हरिप्रसाद रिमाल, झापा।


वंशस्थ/इन्द्रवंशा-उपजाति -छन्द

ज ,  त,  ज ,र/त ,  त,  ज ,   र,

हिजो यहाँ शासन  छैन भन्दथे 
रिसाउँदै  बेसुरमा कराउँथे
भन्थे सबै छेउ  रमाउला मन
यहाँ हरायो किन हो सुशासन ।।१

लुटेर चौपट्ट छ छैन कानुन
छन् यी सबै पोख्त प्रजा फकाउन
मिले भयो भोट विशेष  चाहना
यहाँ हरायो किन हो सुशासन ।।२

हाल्यौँ सबैले  सुविचारले  मत
र सुन्दरीका मनभित्र गो  लत
के के बिरायौँ किन आज जान्दिन
यहाँ हरायो किन हो सुशासन ।।३

कलङ्क बोकेर सबै मडारिए
आफ्नै कुरालेअब यी बढारिए
यस्तो धरा स्वर्ग समान कञ्चन
यहाँ हरायो किन हो सुशासन ।।४

कलङ्क मेटी नव कर्मको जरो
समात्न पाए अनि मर्म नै दरो
यो भूमिको रूप  अभेद्य कन्चन
हुन्थ्यो हरायो किन हो सुशासन ।।५

हरिप्रसाद रिमाल, झापा, चारआली।


 सिर्जना पलाओस्

अनुष्टुप =छन्द

अथाह ज्ञानका खानी मौन भै बस्नु हुन्छ र!
फुकाई ज्ञानको पोको साहित्य रस उर्वर
पार्नै पर्छ   सकेसम्म शब्द हुन्  शुभ भावले
मग्मगाओस् जगत् सारा सिर्जनाको सुवासले ।।१

रसमा  छ सबै सान रसले प्रेम छर्दछ
रस नै नफुटे कस्तो सहित्य रस झर्दछ
लेखेर रसिला शब्द  यिनैका सुप्रभावले
मग्मगाओस् जगत् सारा सिर्जनाको सुवासले ।।२

वासन्ती पुष्पको बास्ना फैले झैँ यी बगिरहून् 
सुसाऊन्  सरिता जस्तै तिर्खाए यै पिइरहून्
समेटौँ शब्दका राग शिष्ट चातुर्य खेलले
मग्मगाओस् जगत् सारा सिर्जनाको सुवासले ।।३

सिर्जना  रस बोकेर उदाउन् गाउँ गाउँमा
पोखून्  छन्दमयी पोको चुस्नेछौँ भमरा यहाँ
शुभाशीष दिएँ आफ्ना मनका शब्द जालले
मग्मगाओस् जगत् सारा सिर्जनाका सुवासले ।।४

जन्म पर्व पर्यो आज   उदाऊन् नव कल्पना
पोखून् पाठकका माझ पलाउन् सिर्जना नयाँ
रसै रस सदा पाऊँ  सहित्य रस रागले
मग्मगाओस् जगत् सारा सिर्जनाको सुवासले ।।५

@@हरिप्रसाद रिमाल ,झापा, चारआली


(इच्छा)

वसन्ततिलका =छन्द

यो छन्दकामहलमा म यहीँ रमाऊँ
लेखेर छन्द कविता  यसमा पठाऊँ
इच्छा भयो प्रबल  ज्ञान भएछ रित्तो
बाटो खुला अब बनोस् म भएँ रतन्धो ।।१

इच्छा छ लेख्न तर शब्दसुधा भएनन्
बुझ्दा  सबै सबल शब्दहरू रहेनन्
थुप्रो बनेर सब लुक्न गए कता लौ!
थोत्रा सबै मगजबाट झिकेँ यहाँ लौ ।।२

साहित्य उर्वर बनेर बसन्त जस्तो
ल्याओस् मुना कुसल  वैदिक मन्त्र जस्तो
त्यै वागभित्र म बसूँ र विशेष शब्द
आलोक होस् कविकला मनमा सशक्त ।। ३

शब्दार्थयुक्त रसको छहरा बगाऊँ
मोती समान झलमल्ल प्रभा सजाऊँ
प्याऊँ सबै रसिकमा अनमोल ज्ञान
सद्भाव पाउन सकूँ  म बनी मुहान ।।४

आशा निरास नबनोस्  म बनूँ हिमाल
पाऊँ विशेष  रससागर  त्म बोध
गर्नेकुरा प्रवल चिन्तनले उदाऊन्
लस्य द्वेष सब  दूरदराज जाऊन् ।।५

हरिप्रसाद रिमाल , चारआली 

 

२०७५/पुस २ गते बेलुकी५/३० बजे


(जाडोको तमासा)

शार्दूलविक्रीडित - छन्द

म     स   ज   स    त     त    गु
sss iis  isi ssi  ssi   ssi  s

जाडोको अब ज्यादती सुरु भयो यो  शेर जस्तै भई
दाराले सजिलै चपाउन  भनी दौडेर आयो यहीँ
भागौँ दूर भने म देख्दिन यहाँ लुक्ने  कतै ठाउँ छ?
सोधेँ  कष्ट बिसाउँने रहरले तातो कतै मिल्दछ? ।।१

आगोसाथ डराउने समझ भो निम्तो गरेँ आउन 
मेरो इन्धन छैन  सक्दिन मता यो शेर लत्याउन
भन्ने उत्तर अग्निको जब बुझेँ लागेँ म ओछ्यानमा
मेरो कम्बलको नसा चुसिसकी एछ यो छेउमा ।।२

काँपे ओठ र दाँत मुस्किल भयो खापेँ अझै कम्बल
खुट्टाबाट छिरेर भित्र मुटुमा घोच्यो  भएँ दुर्बल
गर्दै लौ सहयोग थिन् सहचरी  घेरेछ चारैतिर
सुस्केरा सुनियो थिचेछ अघिनै यस्तै भएँ काँतर ।।३

साराअङ्ग समाउँदै  यसघडी   के के ग-यो भन्दिन
लाजै लाग्छ म सम्झदैछु  अहिले जाडो छ रातोदिन
मेरा अङ्ग समाउँदैछ  यसले  चुप्पा सबै अङ्गको
खायो  सक्दिन आज गर्न झगडा  साँच्चै बली नै छ यो ।।४

एकैपल्ट सबै  मुसार्छ सब यी प्रत्यङ्ग रोकौँ कहाँ
मेरो इज्जत लुट्छ हुर्मत दिई  जोगाउने को यहाँ
गर्थेँ प्रेम म अग्निसाथ  जहिले  आफैँ पुकारेँ गई
तन्द्रामा अहले थिए प्रिय कहाँ सुन्दै नसुन्ने भई ।।५

हरिप्रसाद रिमाल


 

(भुँडी अनेक)

वंशस्थ/इन्द्रवंशा

ज   त   ज  र/त    त  ज   र
isi ssi izi sis / ssi sii isi sis

जहाँ गयो पेट छ जान तातिने
मिठो दिए यो अझ उग्र मात्तिने
आफ्नै भुँडीको अब दास नै भएँ
रिझाउँदै ठिक्क म व्यर्थको भएँ ।।१

राम्रा कुरामा मनलाग्न दिन्न यो
सधैँ गरे प्रेम खुसी रहन्छ यो 
सबै सुटुक्कै  अब खान खोज्दछ
न दान गर्ने सुविचार रोज्दछ ।।२

भुडीअनेक छन् नाम भुँडीहरू कति
भन्छन् भुँडीका अवतार छन् कति 
बने अनेकौँ  सब रूप भिन्न छन्
बनोटका कारण नाम धेर छन् ।।३

दाप्से र च्यान्टे मरिचे र ख्याउटे
भाते  दमाहा सिखुने  निन्याउरे
किर्ने  गणेशे  असवाफ फ्यागुते
अनेक नामाक्षरमा  समेटिए।।४

सबै भुँडीको  मनको छ चाहना
म मात्र खाऊँ सबथोक तिर्सना
खाए ठुलाले  जति खानु पर्दथ्यो
रुन्चे भुँडी रोदन  गर्न तातियो ।।५

असङ्ख्य भालेअब जोसले उठे
नपाउने हुन् सिखुने र ख्याउटे
घोप्टे भुडी टन्न डकार ल्याउँछ
दाप्से भुँडीले विपरीत गाउँछ।।६

यहाँ छ यस्तै रित लोकतन्त्रमा
दाप्से कराए पछि बोल्छ कानुन
घोप्टे उठे  सुत्न तयार यो हुने 
घ्याम्पे भुँडी देख्दछ आत्तिई रुने ।।७

यो तन्त्र आए पछि ख्याउटेहरू
छन् खिन्न देख्दा रमिते भएअरू
छ देशको हालत आाज भीषण
बने हजोका  मतियार कञ्चन ।।९

छन् खानमा व्यस्त फुलाउदै भुँडी
सिद्रे भुँडीको सकियो चुरीफुरी
बनाउने देश भनेर दौड छ
रिसाउनेको मनआज मौन छ।१०

@ हरिप्रसाद  रिमाल , झापा


 वंशस्थ *छन्द

ज    त   ज      र
isi   ssi  isi   sis 

(कुबाटो हिड्दा थलिएँ)

अशेष हाम्रा सुविचारको जरो
कहाँ छ खोज्दै अहिले हिडेँ दरो
हिजो भएँ लम्पट  जानिएन छ
निधार पिट्दै अहिले  मरेँ म ता ।।१

पिता र माता मनभित्र एकता
पढाउने चाह  थियो  गएँ कता
म पढ्नमा गोबर  चाल पाइन
छ खिन्नता आज लुरे छु जान्दिन ।।२

बसेर पासा दिनरात खेल्दथेँ
पढाइ गर्ने खल हो म ठान्दथेँ
यही दुराचार  भएछ दौँतरी
कहाँ म पाऊँ सुख मार्गको कडी।।३

जता गए खान्छु त्यतै म ठक्कर
समाजमा मिल्न कहाँ सकिन्छ र
रहेन आफूसँग शील कञ्चन
लुके सबै गर्न मिलेन मन्थन।। ४

न चाहना भो अब गर्नु पर्दछ  
टिपेर फ्याकेँ  मन शान निर्मल   
दुराग्रही बन्न  सधैँ  अतालिएँ
यिनै कुरामा म कता बरालिएँ ।।५ 

भएँछु लाटो  म गधा बराबर
न सिक्न पाएँ  सुविचार उर्वर
मिल्यो सबै मानव चेत  दम्भमा
बिलाइयो आज कता कुमार्गमा ।।६

**हरिप्रसाद रिमाल झापा

 रचना मिति२०७५/१०/ ७/


 खाेज

वंशस्थ *छन्द

अशेष हाम्रा सुविचारको जरो
कहाँ छ खोज्दै अहिले हिडेँ दरो
हिजो भएँ लम्पट  जानिएन छ
निधार पिट्दै अहिले  मरेँ म ता ।।१

पिता र माता मनभित्र एकता
पढाउने चाह  थियो  गएँ कता
म पढ्नमा गोबर  चाल पाइन
छ खिन्नता आज लुरे छु जान्दिन ।।२

बसेर पासा दिनरात खेल्दथेँ
पढाइ गर्ने खल हो म ठान्दथेँ
यही दुराचार  भएछ दौँतरी
कहाँ म पाऊँ सुख मार्गको कडी ।।३

जता गए खान्छु त्यतै म ठक्कर
समाजमा मिल्न कहाँ सकिन्छ र
रहेन फूसँग शील कञ्चन
लुके सबै गर्न मिलेन मन्थन ।। ४

न चाहना भो अब गर्नु पर्दछ  
टिपेर फ्याकेँ  मन शान निर्मल   
दुराग्रही बन्न  सधैँ  अतालिएँ
यिनै कुरामा म कता बरालिएँ ।।५ 

भएँछु लाटो  म गधा बराबर
न सिक्न पाएँ  सुविचार उर्वर
मिल्यो सबै मानव चेत  दम्भमा
बिलाइयो आज कता कुमार्गमा।।६


(मौलाउन सकेन)
इन्द्रवंशा =छन्द

त      त     ज     र
ssi  ssi   isi   sis

आहार निद्रा  सब मानवी गुण
हुन् त्याग्न गाह्रो बनिदै छ यो क्षण
आलस्यले चेत हराउदै गयो
अज्ञानताले मन भासिदै गयो ।।१

सङ्गीतको राग  लुकेर हेर्दछ
साहित्यको कञ्चन व्यञ्जना न छ
चैते रुखा पात समान भावले
के बन्न मिल्ला कवि शुष्क शब्दले ।।२

नौला सुनामी नवशब्दमा बहून्
आलस्य निद्रा सब खाँचमा बसून्
पानी परे झैँ  नवशब्द बर्सिऊन्
हेर्नेहरू काव्यकला मिठा भनून् ।।३

वागेश्वरी  नित्य मिठास भर्दिऊन्
पढ्ने सबै पाठक  मग्न बन्दिऊन्
के बन्न मिल्थ्यो कवि भाव गुम्सियो
लौ शब्दमा दुर्बलता मडारियो ।।४

माथा बनोस् कञ्चन ताल झैँ सधैँ
पौरी म खेलूँ   दिन रात शब्द मै
आदित्य आएसरि ओज शब्दमा
हुन् अर्थमा सौम्य विचित्र कल्पना ।।५

हे शारदा ज्ञान मिलोस्  न सात्वत
भन्दैछु  अज्ञान   पठाउनू पर
यो पुत्रको रोदन  सुन्छ को अरू
बस्दैछु माते  अब छेउ के गरूँ ।।६

@@हरिप्रसाद रिमाल२०७५/१०/३ सन्ध्या



( चिन्तन र चतु-याइँ)
द्रुतविलम्बित  =छन्द

न   भ    भ    र
iii  sii    sii  sis=१२

सकलका कलले अब मासियौँ
विनयका नयमा सब गाँसियौँ
कुदिन दीन सबै अब मेटिए
असलले शुभसाल समेटिए ।।१

नयनले नयको दह देख्नुहोस् 
सुमनले मनको वह चिर्नुहोस्
कुमनका मनमा पनि काव्य होस्
सकलमा कलको सब  लेश होस् ।।२

भवन बन्छ ठुलो वनकाठले
 नमन गर्छ सधैँ मनभावले
असल वा खलको पनि  बुद्धि छ
खल बहाउँछ दोष  र  त्रस्त छ ।।३

बुध अबोध भए  रस झर्छ र
सुख गए  सुविचार  उमार्छ र
रस उमार्न सबै कस  फालियोस्
गहन चिन्तन कौशल पालियोस्।।४

सुबुधका बुधले  तम भासियोस्
सुजन वा जनको मन   सप्रियोस्
अशुभ भागिदिए शुभ चिन्तन
अनि रहन्छ सदा सुखले मन ।।५

असल यो सल  हेर्न मजा हुने
अकलका  कलले कति छन् रुने
समझमा सम जोड्न सके हुने
विषममा विष घोलिदिए  रुने ।।६

 हरिप्रसाद रिमाल ,झापा

२०७५/१०/ ३ प्रात:


प्रातश्चिन्तन

जो जान्दैन उठेर मान्यजनको  पूजा र राधना
जो छन् वृद्ध लुला बुझी स्वमनले पोख्दैन सद्भावना
बाबाको गर स्नेह नित्य मनले मा  बुझी प्राण हुन्
श्रद्धाभाव सधैँ  रहोस्  विनयको सन्तान  ती धन्य हुन्।।

जो फ्नो निजकर्म ठान्दछ सधैँ  सद्भाव राख्ने कुरा
बढ्छन् चार कुरा सदा वदनमा  विद्या र ऐश्वर्यका
गर्छौँ पौरख  मिल्छ शान्ति  बलले  हुन्छौँ गुणी मानव
ठान्छौँ तुच्छ भने भयौँ अगतिलो दुर्भावको दानव।।

हरिप्रसाद  रिमाल, झापा


(माघी पर्व)

उपजाति-छन्द

तिलै न हो लड्डु बनाइराख
सँगै  बसौँला  अनमोल चाख
बसेर साथै  सब कन्दमूल
खाऊँ म भन्दै गर है कबोल ।।१

उत्साह बोकी वन तर्फ लागेँ
लता जरो खन्न भनेर जागेँ
गाँठागुँठी पाँच किलो बनाएँ
फर्केर फ्नै  घरतर्फ एँ ।।२

भने प्रियासाथ  विहान चाँडो
स्नानादि गर्नू अनि फुक्न गो
लाग्नू तिमी गर्छु म देव मान
उसिन्न लागौँ  अनि हुन्छ शान ।३

पाक्ला मिठो यो जब कन्दमूल
बसेर खाऊँ सँग तीक्ष्णकन्द
थोरै पिरो होस् नुनसाथ राखौँ
चोब्दै सँगै प्रेम गरेर चाखौँ ।४

माघी भने पर्व छ यो विशेष
उल्लासले  ज्ञान हुने अशेष
बुझौँ छ यो पर्व बिछट्ट राम्रो
सद्भावको कञ्चन इष्ट हाम्रो ।।५

दित्य लाग्दैअब  शैलतर्फ
दिशा हुँदै जान्छ दिवा स्तरीय
अशेष लामो  अब रात छोटो 
सीमा भयो चाड  भएन खोटो ।६

दित्य लागे अब  कुम्भ अग्र
छ पृष्ठमा यो धनु राशि   भव्य
हेमन्त भागेर शिशिर् पलायो
शा जगायो अब होसयो ।।७

विशेष ऊर्जा अब उँदैछन्
सत्कर्म गर्नेतिर धाउँदै छन्
अनन्त यो विश्व विचित्रको छ
माघ यो शुभकामना छ ।।८

@@हरिप्रसाद रिमाल, झापा,


जिन्दगानी

सानो हुँदा बुझ्न सकिन्न केही
जान्ने भयौँ गर्न बुझेर केही
भन्छौँ बनौँ है सब स्वाभिमानी
विचित्रको लाग्दछ जिन्दगानी ।।१

सोचिन्छ यौटा भइदिन्छ अर्को
वैचित्र्य  यस्तै छ न एकता भो
छ रूप उस्तै तर भिन्न बानी
विचित्रको लाग्दछ जिन्दगानी ।२

बुझेर  उत्पात मचाउने छन्
जान्ने भन्यौँ दुष्ट विशेष बन्छन्
भयो  कि झैँ चिन्तन बेइमानी
विचित्रको लाग्दछ जिन्दगानी ।।३

खस्रा कुराले  चुलिदै गए झन्
निम्झाहरू आज लुके कहाँ छन्
भुकेर खाने अहिले इमानी
विचित्रको लाग्दछ जिन्दगानी ।।४

अभावको चोट कडा भनिन्छ
सौभाग्य आए मदमा झुमिन्छ
दुर्भाग्य सौभाग्य दुवै कहानी
विचित्रको लाग्दछ जिन्दगानी ।५

सानो हुँदा लड्छ भनेर चङ्ख
भएँ  म धेरै अहिले झसङ्ग
कुट्ला भनी  त्राश भएन ज्ञानी
विचित्रको लाग्दछ जिन्दगानी ।।६

अदम्य उत्साह  थियो म  गर्जेँ
आशा हराए पछि मात्र तर्छेँ
सदैव यो नित्य रहेन बानी
विचित्रको लाग्दछ जिन्दगानी ।।७

हरिप्रसाद रिमाल,झापा


(देशको सौरभ)

शार्दूलविक्रीडित छन्द

म     स    ज   स   त     त   गु
sss,iis , isi ,iis,ssi, ssi    s

आऊ झट्ट फिरेर गाउँ घरमा  खेल्दै सुसेली बसौँ
आफ्ना भाइ र दाजुका सँग यहीँ नाचेर गाना कथौँ
सिस्नो साग र अन्य  खाद्य वनका खाएर बाँचिन्न र!
आफ्नै देश अथाह ऊर्वर यहाँ त्यो भूमिमा के छ र!।।१

 अग्ला उच्च हिमालबाट बहने हावा यहाँ स्वच्छ छ
चाँदी झैँ छ हिमाल मुन्तिर सधैँ डाँफे चरी नाच्दछ
सारा कानन लालिमा  अधरमा लाई बसेका सब 
नाच्दै पङ्ख फिजाउने मुजुर छन् यो देशका गौरव।।२

नाच्ने गीत सुनेर कोकिल अहाँ यो खैँजडीको धुन
सुन्दै गाउँन नित्य छन् वनचरी  हाँस्दै हिमाली मन
पाखा फाँट अनेक छन्  नयनले हेर्दै बसौँला यहाँ
इन्द्रेणी रङ झैँ छ सुन्दर कला ऊ यतै गाउँमा।।३

बारी खेत खनेर साग हरियो फर्सी र काँक्रो मुला
भिन्टी गाजर आलु जे पनि यहीँ फल्ला र त्यै खाउँला
आल्चा आँप अनार धेर अदुवा रोपौँ गरी जाँगर 
नाना जात फलाउँला  समयमा कोदो तथा फापर।।४

गाई पाल्न तयार हौँ अब यहाँ घाँसे छ हम्रो वन
मिल्ला ओलन खाउँला समयमा बन्ला दरो यौवन
पानी स्वच्छ छ आङमा  कलकली तान्दै धराको रस
काँप्दै बस्नु परेन निर्भय बसौँ  पोख्दै कलासौरभ ५

खाँदै हाँस्न र नाच्न हौँ सब मिली गाना मिठा स्वादका
गाऔँ मादल तालमा स्वर मिठो  आओस्  रसाओस् गला
घन्कोस् ताल मृदङ्गको  सब जना नाचौँ कला पारखी
धेरै खोज्नु हुँदैन जीवन चले मानौँ भयो उन्नति।।६

धेरै खोज्न भनेर आज कति छौँ लौ बाहिरी देशमा
यो सन्देश सुनेर फर्क अब लौ यो देश जस्तो कहाँ
होला छैन अवश्य भिन्न रसको अाफ्नो कहाँ हुन्छ र
मात्रै काम लगाउने मन सबै  यो प्रेम पाइन्छ र।।७

खोलो  आज सुसाउँदै मन मनै भन्दैछ आऊ छिटो
झर्नाको पनि भवना सब बुझेँ  रुन्चे स्वरैमा छ त्यो
पाखा पर्वत खिन्न छन् यसघडी मैदान झन् आँसुमा
लौ आऊ अब झट्ट गाउँ घर मै बाँच्छौँ यसै ठाउँमा।।८

हरिप्रसाद रिमाल, झापा, चारआली

२०७५/९/२८/


एकता दिवस

उपेन्द्रवज्रा =छन्द

ज     त      ज    गु    गु
isi    ssi   isi    s     s

अनेकताको पनि देश  हुन्छ?
र शत्रुताले  कुन देश  बन्छ?
टुक्र्याउने आज  विशेष बन्छन्
छ आज यस्तै  जनभाव भन्छन्।।१

हिजो बनाए  कति  कष्टले यो
फुटाउँदै छन्  सब दुष्टले  यो
भनेर के हुन्छ मिठा कुराले
थियो यहाँ  के अहिले ग-यौ के?।२

श्री ५ पृथ्वी नारायण विर विक्रम शाहदेवछ पूर्वको त्यो अहिले सिमाना?
छ पश्चिमीद्वार  कहाँ निसाना ?
भनेर मात्रै अब बन्छ देश?
ठुला कुराले  सब  सिद्धिएछ।।३

बनाउनेको गुण  मेट्न थाले
लडाउने आज यहाँ छ पाले
छ एकताको  सुरिलो बहाना
सुटुक्क  मास्दै अघिका निसाना।।४

भनी बनायौँ अब ढाँट्नु हुन्न
र एकताको जग मास्नु हुन्न
जसो भनेथे  अब गर्नु पर्छ
कुनाकुनामा  सब पस्नुपर्छ।।५

बनिन्छ हामीसँग त्यै छ ऊर्जा
छ काङ्गडाको पनि भूमिपुर्जा
गएर तिष्टा इतिहास हेरौँ
टुक्र्याउनेको मख नै नहेरौँ।।६

मधेसका पुग्न सकून् हिमाल
पहाडका झर्न पुगून् स्वभाव
बनेर संयुक्त भए छहारी
बनिन्छ हाम्रो सब फूलबारी।।७

@@हरिप्रसाद रिमाल,झापा
२०७५/९ /२७ ।रचना मिति