महत्वपूर्ण सुचनाहरु :

संगीत क्षेत्रको ऊज्वल नक्षत्र रचना रिमाल

रचना रिमालजहा इच्छा त्यहा उपाय भने जस्तै रचनाले फ्ना स्वरका गीत हरू संगीतकार वसन्त सापकाेटा कहा पठाए पश्चात साच्चै नै संगीतकाे मर्म बुझ्रने संगीतकार रचनाकार सापकाेटाले उनलाइ स्टुडियाेमा बाेलाएर उनकाे रचना तथा संगीतमा याे गीत गाउने अवसर प्रदान गरेका हुन । 

 

रचनाकाे याे गायकीले सापकाेटा निक्कै खुसी छन नया नया कलाकारलाइ माेफसलबाट उजागर गर्न पाएकाेमा साथै उनी विस्वस्त पनि छन रचना रिमाल नेपाली गीत संगीतकाे क्षेत्रमा उदयीमान कलाकारकाे रूपमा  चाडै नेपालीहरूले पाउने कुरामा ।

झापा भद्रपुर स्थीत बुवा फणिन्द्र रिमालकाे माहीली छाेरीकाे रूपमा जन्मीएकी नव गायीका रचना रिमाल सानै बेला देखी तिक्ष्ण स्वभाव सरल मृदुभाषी मेहनती छाेरी हुन । घरकाे पारीवारिक  आर्थिक अवस्था निम्न मध्यम वर्गकाे भए पनि पढाइ तथा गीत संगीत दुबै विधामा अव्वल हुदै आफ्नाे कलाकारीता अहिले बजारमा पस्केकी छन । 

उनकाे गायन यात्रा सानाे बेला देखि नै भए पनि  उनलाइ सम्झना भएकाे  साथीहाे बाेलकाे गीत बाट गायन यात्रा शुरू गरेकी हुन । त्यसताका उनले गाउने गीतहरूमा उनका मावली हजुरवुवाले संगीत संयाेजनकाे भुमिका निर्वाह गरीदिनु हुन्थ्याे यसाे भन्दा उनकाे पारीवारिका वातावरण संगीतमय नै थियाे । किनकी पिता फणिन्द्र पनि गाउघरमा साना बेलामा नगाउने चाहि हाेइनन तर अहिले भाका विर्सिएका मात्रै हुन उबेलाका लाेक भाका हरू दुरूस्तै गाउन पछी पर्दैनन । 

गायीका रचना भने कक्षा ४ देखी विद्दयालय स्तरकाे प्रतियाेगीताहरूमा भाग लिइ पुरस्कृत भइ रहने । अध्ययन मा पनि अब्बल नेपाली गीत संगीतकाे उदाउदाे तारा हुन । उनीकाे इच्छापनि भविश्यमा संगीतमै लाग्ने रहेकाे छ । हाल उनी कक्षा १० प्रज्ञा एकेडेमी मा अध्ययनरत छिन ।

बसन्त सापकाेटाबसन्त सापकाेटा भन्नुहुन्छ  "नयाँ प्रतिभालाई अगाडी ल्याऊने हाम्रो अभियान अन्तर्गत समिक्षा अधिकारी नानु ,पुजा देबकोटा नानुको स्वरलाई सबैले मनपराईसक्नु भएको छ फेरी अर्की प्रतिभा रचना रिमाल नानुको स्वरमा नयाँ गीतको रेकर्डिग सम्पन्न भयो !!!! अलि फरक खालको स्वर भएकि रचना पनि भोलीको संगीत क्षेत्रको ऊज्वल नक्षत्र हुनेछिन भन्ने मैले आशा राखेको छु मेरा यी चेलिहरुलाई सँगीत क्षेत्रमा सँगै लिएर जाने प्रण गर्दछु अझै अरु प्रतिभाहरु पनी हामीसंग जोडीदै हुनुहुन्छ ऊहॉहरुलाईपनी हामी क्रमश अगाडी लीएर आऊंदैछौ प्रतिक्षा गर्नुहोस !!!!"