महत्वपूर्ण सुचनाहरु :

अछामकाे ढनेटा र कैलालीकाे टीकापुरमा कुलमन्दिर सिलान्यास

अछामकाे ढनेटा स्थित कुल मन्दिर निर्माणस्थलगत फागुन २१ गते मंगलवार विहान रिमालहरूका साझा बाजे श्रीपालभट्टलाइ जाेगीले हत्या गरेकाे स्थान अछाम स्थीत ढनेटामा कुलमन्दिर शिलान्यास गरीयाे । शिलान्यास कार्यक्रममा रिमाल समाजका केन्द्रिय अध्यक्ष डा.डिल्लीराम रिमाल, उपाध्यक्ष राम प्रसाद उपाध्याय रिमाल, उपाध्यक्ष इश्वरी प्रसाद रिमाल, उपाध्यक्ष यम बहादुर रिमाल महासचिव रवि रिमाल, केन्द्रिय सदस्य शिव प्रसाद उपाध्याय रिमाल  तथा संस्थापक सदस्यहरू हरि प्रसाद उपाध्याय रिमाल, पुर्ण उपाध्याय रिमाल का साथै पुर्व केन्द्रिय सदस्य डम्बर प्रसाद रिमाल, हरिदत्त रिमाल चितवन उपध्यक्ष, लगायत अन्य बन्धुहरूकाे उपस्थीती रहेकाे थियाे । 

 

मन्दिरकाे शिलान्यास तथा पुजा संयुक्तरूपमा गरिएकाे थियाे । कार्यक्रम पश्चात औपचारिक कार्यक्रममा अध्यक्ष डिल्लीराम रिमालले रिमाल समाजका बारेमा प्रकाश पार्नु भएको थियो भने सबैको सहयोग भएमा  रिमालहरुको  ताथथलोमा छिट्टै मन्दिर बन्नेमा आस्वस्थ पार्नु भएको थियो । येस्तै रिमाल समाजका केन्द्रिय महासचिव रवि रिमालले बम्शावालीका बारेमा प्रकाश पार्नुका साथै रिमाल समाज केन्द्रिय कार्य समितिले बिगत देखि उक्त स्थानमा  कुलमन्दिर निर्माण गर्न विभिन्न बन्धु हरुले सहयोग गर्नु भएको रकम रु. ८०,०००/- अक्षेरुपी रु. असि हजार रुपैया बुझाउनु भएको थियो भने संस्थापक सदस्य हरिप्रसाद उपाध्यायले अब बन्ने मन्दिरको बारेमा प्रस्ट पर्नु भएको थियो ।

कुल मन्दिर सिलान्यास पश्चात सामुहिक तस्वीर सोहि स्थानमा कुलमन्दिर निर्माणको लागि स्थानीय वडाध्यक्ष, स्थानीय स्वयम्सेवीका साथै बासिन्दा हरुले आ-आफ्नो तर्फबाट मन बचन र कर्मले सहयोग गर्ने बचनबद्दता प्रकट गर्नु भयो ।

बचनबद्दता प्रकट गर्नु हुनेमा पूर्ण उपाध्याय रिमाल, हरि प्रसाद उपध्याय रिमाल, शिव प्रसाद उपाध्याय रिमाल, डम्बर रिमाल, जनार्दन रिमाल लगाएत, लम्जुङ्ग जिल्लाकार्यसमिति , यम बहादुर रिमाल, काठमाडौँ बाट भास्कर रिमाल, इश्वरी प्रसाद रिमाल लगाएतले सहयोग गर्ने बताउनु भएको छ भने रिमाल समाजको केन्द्रिय कार्यसमितिको बैठकले मन्दिर निर्माणको लागि सम्पूर्ण अछाम जिल्ला बन्धु हरुमा आजीवन सदस्यता लिएर मन्दिर निर्माण मा सहयोग गर्न हुन अपिल जारी गरेको छ । आजीवन सदस्यता बापतको केन्द्रलाई बुझाउनु पर्ने ३० प्रतिसत मन्दिर बन्ने क्रम मा रकम थप गरि पठाउने निर्णय गरेको छ । 

टीकापुरमा कुल मन्दिर निर्माणकाे लागी भुमीपुजन हुदैत्यस्तै फागुन २२ गते बुधवार कैलालीकाे टीकापुरमा पनि अध्यक्ष डिल्लीराम रिमाल लगायत कैलाली शाखाका अध्यक्ष जगन्नाथ रिमालले संयुक्तरूपमा भुमिपुजन गरी कुल मन्दिर सिलान्यास गरीयाे । साे अवसरमा उपस्थीत हुनु भएक बन्धुहरूसंग अव प्रकाशीत हुने वंशावली  र निर्माण हुने कुल मन्दिरका बारेमा छलफल भएकाे थियाे । उक्त छलफलमा टीकापुर कैलालीमा रहनु भएका सम्पुर्ण बन्धुहरूलाइ आजीवन सदस्यता बनाउने निर्णय हुनुका साथै कुल मन्दिर निर्माण हुने जिल्लाहरूमा आजीवन सदस्य बापतकाे रकम थप गरी पठाइ दिने निर्णयकाे जानकारी गराइयाे 

कुल मन्दिर सिलान्यास पश्चात सामुहिक तस्वीर याे शिलान्यास संग संगै रिमाल समाज स्थापना भए पश्चात कुल मन्दिर बन्ने जिल्ला अछाम, लमजुङ, दाेलखा र टीकापुर गरी चार भएका छन । कुल मन्दिरकाे नक्साङकन रिमाल हरूकाे पहिलाे इन्जिनियर ८५ वर्षीय शंकरनाथ रिमालले गर्नु भएकाे हाे । 

सम्पुर्ण फाेटाेहरूकाे लागी यहा क्लीक गर्नुहाेस