महत्वपूर्ण सुचनाहरु :

भित्तेपात्रो लोकार्पण तथा छात्रबृत्ती प्रदान

भित्ते पात्राे २०७६रिमाल समाज केन्द्रिय कार्य समितिले विगतका वर्षहरूमा झै २०७६ सालको भित्तेपात्रो अज मिति २०७५ साल चैत्र २३ गते शनिवार विहान ११ बजे नविनकला मन्दिरको सभा हल डिल्लीबजार कालीकास्थानमा एक कार्यक्रमको अयोजना गरी विमोचन गरी वितरण गरीएको छ । कार्यक्रममा अछाम, दैलेख, कैलाली, मोरङ, लमजुङ, मकवानपुर, चितवन, दोलखा, काठमाणडैँ, ललितपुर, भक्तपुर नुवाकोट लगायत अन्य जिल्लाका प्रतिनिधीहरू उपस्थीत हुनु भएको थियो ।  

 कार्यक्रमको अध्यक्षता रिमाल समाज केन्द्रिय कार्य समितीका अध्यक्ष डा. डिल्लीराम रिमालले गर्नु भएको थियो भने सम्रक्षक धन बहादुर रिमाल  र गैरी रिमाल सल्लाहकार संकरनाथ रिमाल र अरविन्दनाथ रिमाल का साथै स्व.दिवाकर प्रसाद रिमाल छात्रवृत्तीकोषका संचालीका श्रीमती निरा रिमालको उपस्थीती रहेको थियो । 

भित्ते पात्राे २०७६अज प्रदान गरीएको छात्रवृत्ती दोलखा जिल्ला स्थीत मार्वुमा अवस्थीत सामुदायीक विद्यालयमा २ कक्षामा अध्ययन रत कृष्ण रिमाल र संचिता रिमाललाइ श्रीमती निरा रिमालबाट प्रदान गरीएको थियो । यो छात्रवृत्ती गत वर्ष देखी संचालन गरीएको हो । गत वर्ष लमजुङका भाइलाइ प्रदान गरीएको थियो । यस कोषमा निरा रिमालबाट रू एकलाख र सुमनानन्द रिमालबाट २ हजार गरी जम्मा एकलाख २ हजारको कोषबाट अर्जित व्याज रकमबाट गरीव तथा जेहेन्दार विद्यार्थी भाइबहीलाइ रिमाल समाजले हरेक वर्ष प्रदान गर्दै अइ रहेको छ ।

अजकै कार्यक्रममा भित्तेपात्रो २०७६ सामुहीक रूपमा विमोचन गरी वितरण गरीएको छ । कार्यक्रमको शुरूमा सबै बन्धुहरूलाइ स्वागत गर्दै रिमाल समाजका सल्लाहकार तथा वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालले अहीले रिमाल समाजलाइ २ वटा चुनैती रहेको र यस चुनैतालाइ सबै बन्धुहरूले साथ दिए सहजै पार हुने बताउनु भयो । १ कुल पुजा व्यवस्थापन २ सुधार सहितको वंशावली प्रकाशन । 

यस्तै कार्यक्रममा अध्यक्ष डिल्लीराम रिमालले अगामी साधारण सभा सम्ममा प्रकाशन गरी सक्ने जसकोलागी छुट फुट भएका बन्धुहरूलाइ अफ्नो विवरण जेठ मसान्त सम्म बुझाउन हुन सबैमा अग्रह गर्नु भयो साथै उहाले रिमालहरूले ठाउ ठाउमा अफुअनुकुल कुल पुजा गरी रहेकोले एकरूपता ल्याउन वृहत छलफल गर्नु पर्ने बताउनु भयो ।

अजकै कार्यक्रममा महासचिव रवि रिमालले भित्ते पात्रोमा सामान्य त्रुटी हरू रहेकोमा अगामी दिनमा यस्ता कमिकमजोरी नहुने प्रतिवद्धदा जाहेर गर्नु भयो । त्यस्तै वंशावली प्रकाशनको लागी पूर्व प्रकाशीत वंशावलीमा नाम छुट्नुभएका बन्धुहरूले यथासिघ्र चाडो वंशावलीमा जोडीने अधार सहित सम्बन्धीत शाखा कार्यालयहरूमा सम्पर्क गर्न हुन र अहिले सम्म फाराम नबुझाउनु भएका बन्धुहरूले फाराम भरी जेठ मसान्त सम्म बुझाउन हुन अनुरोध गर्नु भयो । असार मसान्त सम्म डाटा इन्ट्री गरी साउन महिनामा गल्ती कमी कमजोरी भए सुधार गर्ने र भाद्र महिनामा प्रकाशीत गर्ने भएके हुदा केन्द्रको तालीका अनुसार गर्न गराउन हुन पुन्हः अग्रह गर्नु भयो ।  

अज नै केन्द्रिय कार्य समितीको बैठक बसी पाचथर जिल्ला शाखा र सर्लाही जिल्ला शाखाबाट सम्बन्धीत निकायमा दर्ता गर्न सिफारिस माग गर्नु भएके हुदा तहाको पत्र अनुसार स्वीकृती प्रदान गर्न सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने निर्णय गरियो ।

फाेटाे ग्यालरीकाे लागी यहा क्लीक गर्नुहाेस