महत्वपूर्ण सुचनाहरु :

बंशावली तोकीएकै मितिमा प्रकाशीत हुने

वंशावली २०७६रिमाल समाज केन्द्रिय कार्य समितीको मिती २०७६ साल श्रावण ११ गते शनिवार अपरान्ह ४ बजे नेपाल स्टक हाउसको कार्यालय डिल्लीबजारमा रिमाल समाजका अध्यक्ष डा. श्री डील्लीराम रिमालको अध्यक्षतामा बैठक बसेको थियो । 

 यस बैठकमा केयिय कार्य समितीले महत्वपुर्ण निर्णयहरु गरेको छ । 

१ . रिमाल समाजको नवौ साधारण सभा आगामी भाद्र २८ गते शनिवार विहान ११ बजे देखी डिल्लीबजार कालीकास्थान स्थीत नविन कला मन्दिरको सभा हल (स्प्याङ्गल इङ्गलिस बोर्डिङ स्कुल) मा गरीने निर्णय भएको छ । 

संरक्षक नृपेनद्रनाथ रिमाल२. त्यस्तै उक्त साधारण सभामा सम्मानित हुने रिमालहरुमा २०७५ सालको एसइइ परिक्षामा रिमालहरु भध्ये निजी विद्यालय प्यारागन पब्लीक माध्यामीक विद्यालय बत्तीसपुतली बाट परिक्षामा सामेल भइ कुल जिपीए ४ का साथ उत्तीर्ण हुनु भएका अभिन्न रिमाल काठमाण्डौ र सामुदायीक विद्यालय रणभुवनेश्वरी सेकेण्डरी स्कुल देविघाट बाट समान जिपीए ३.८ का साथ शिला रिमाल र जिवन रिमाल हुनु भएकाे छ ।

डा.रामरत्न उपाध्याय रिमाल

साथै रिमाल समाजलाइ विभिन्न समयमा अतुलनिय सहयोग गर्दे आइरहनु भएका रिमाल समाजका अग्रज रिमाल समाजका संरक्षक डा.रामरत्न उपाध्याय रिमाल र रिमाल समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक श्री नृपेन्द्रनाथ रिमाल र रिमाल समाज केन्द्रिय कार्य समितीले हरेक वर्ष सम्मान गर्दे आइ रहेको जेष्ठ रिमालहरुमा ९२ वर्षीया मनमाया रिमाल न्यौपाने लाइ सम्मान गर्ने निर्णय गरीएको छ । यस्तै जेष्ठ रिमालहरुका साथै रिमाल समाजलाइ महत्वपुर्ण सहयोग गर्नु हुने तथा देशको लागी विशेष ख्याती कमाउनु भएका अन्य जील्लाहरुमा बन्धुहरु हुनुहुन्छ भने सम्पर्क गराउन हुन सबै बन्धुहरुमा आग्रह समेत गरीने निर्णय गरीयो । 

३ रिमाल समाज केन्द्रमा प्राप्त वंशावली शंकलन फाराम हरुको विवरण हाम्रो वेव साइटमा राखी सकीएको र कोही कसैको सुधार गर्नु पर्ने भए सुधार गर्न तथा छुट भएको भए श्रावण २५ गते भित्र मा उपलव्ध गराइ दिनु हुन सबैमा अनुरोध गर्ने । र हाल सम्म रिमालहरुले आफ्नो विवरण बुझाउनुहुदा केही बन्धुहरुले पीएचडी गरेको विवरण हरु तथा विशेष योगदान र दख्खल भएको व्यक्तिगत विवरण हरु नबुझाउनु भएको हुदा प्रकाशीत गर्नु पर्ने भए रिमाल समाज केन्द्रमा पठाउन हुन अनुरोध गर्ने । यो सबै वंशावलीमै समावेश हुने हुदा    रिमाल समाजको आठौ साधारण सभाले पारीत गरे बमोजीम रिमाल समाजको वंशावलीको दोश्रो संस्करणको विमोचन नवौ साधारण सभा २०७६ साल भाद्र २८ गतेकै दिनमा गर्ने निर्णय गरीयो ।    

४. त्यस्तै आजनै भएको अर्को निर्णयमा रिमाल समाज दोलखाले कुल मन्दिर सिलान्यास गरेको छोटो समयमा मन्दिर निर्माण का साथै विधीपुर्वक प्राण प्रतिष्ठा समेत जिल्ला भरी छरीएर रहनु भएका सबै बन्धुहरुलाई एक जुट गराइ १४४ जना आजीवन सदस्यता समेत वितरण गरी नमुना शाखाको रुपमा परिचित गराएकोमा दोलखा जिल्ला शााखा लाइ सम्मान समेत गर्ने निर्णय गरीयो त्यस्तै कुल मन्दिर निर्माणको लागी १०८०००। एक लाख आठ हजार रिमाल समाजको तर्फबाट र ३३३३ रुपैया वेलायत निवासी सुरज रिमालको तर्फबाट गरी जम्मा १,११,३३३। रु एकलाख एघार हजार तीन सय तेत्तीस रुपैया दोलखा जिल्ला शाखालाइ बुझाइएको जानकारी गराइयो ।