महत्वपूर्ण सुचनाहरु :

रिमाल समाज केन्द्रको नवौ साधारण सभा सम्पन्न

भाद्र २८ गते नविनकला मन्दिर डिल्लीबजार कालीकास्थानको सभाहलमा रिमाल समाजका केन्द्रिय अध्यक्ष डा. श्री डिल्लीराम रिमालको अध्यक्षतामा रिमाल समाज केन्द्रको नवाै साधारण सभा सम्पन्न भएको छ । 

नवौ साधारण सभाभा  रिमाल समाजका संरक्षकहरू डा.रामरत्न उपाध्याय रिमाल, नृपेन्द्रनाथ रिमाल लगायत सल्लाहकारहरूमा वरिष्ठ इन्जीनियर शंकरनाथ रिमाल सल्लाहकार लक्ष्मणप्रसाद रिमाल सल्लाहकार अरविन्दनाथ सल्लाहकार कृष्णप्रसाद रिमाल, रिमाल साहीत्यकार भैरवनाथ रिमाल कदम तथा रेडीयो नेपालबाट पहिलो महिला समाचार बाचीका कल्याणी रिमाल लगायतको उपस्थीती रहेको थियो । 

यो साधारण सभा मा देश भरबाट बन्धुहरूको प्रतीनिधीमुलक सहभागीता रहेको थियो जसमा अछामको रिमाबाट राम प्रसाद उपाध्याय रिमाल हुनुहन्थ्यो भने पाचथरबाट डाकबहादुर रिमाल हुनुहुन्थ्यो । 

यो वर्षको साधारण सभाको कार्यक्रम संचालक रिमाल समाजका संस्थापक सदस्य हरि प्रसाद उपाध्याय रिमाल ले गर्नु भएको थियो । कार्यक्रमको सुरूवातमा यस वर्ष वा सो भन्दा अघि दिवंगत हुनु भएका हाम्रा कुल हरूका सम्झनामा एक मिनेट मौन धारण गरे पश्चात राष्ट्रिय गानको साथमा कार्यक्रम शुरू भएको थियो । 

स्वागत मन्तव्यमा पूर्व अध्यक्ष तथा इन्जीनियर गारीनाथ रिमालले सम्पुर्ण रिमालहरूले अव प्रकाशीत हुने वंशावलीमा सहभागीता जनाउन हुन र संस्थाको विधान अनुसार अगाडीबढन सबै बन्धुमा आग्रह गर्नु भयो । 

कार्यक्रममा कोषाध्यक्ष सुरेस कुमार रिमालले व २०७५/७६ काे लेखा परिक्षण प्रतिवेदन प्रस्तुत भएकाेमा सर्व सम्मतीले पारीत गरेको थियो । त्यस्तै महासचिव रवि रिमालको सांगठनीक तथा बार्षिक कार्य प्रगती विवरणका साथै गामी वर्षको कार्यत्रफम सर्व सम्मत्तीले पारीत गरेको थियो । भने महासचिव रवि रिमालले प्रस्ताव गर्नु भएको रिमाल समाजको विधान संसोधनको प्रस्ताव सुधार सहीत पारीत गरेको थियो । जसमा 

जीवन सदस्य तथा साधारण सदस्य हरूको सदस्यता रकममा फेरवदल गर्ने । 

पहिला विधानमा साधारण सदस्यताको गाविस क्षेत्रमा बसोवास गर्ने को  वार्षीक रू ५० र नगरपालीका वा सो भन्दा माथी वसोवास गर्नेको रू १०० भएको मा अब प्रत्येक ३ वर्षकोलागी गाविसको लागी रू ५०० र नगर वा सो भन्दा माथी बसोवास गर्नेको १०००  गर्ने र आजीवन सदस्यताको हकमा गाविसमा वसोवास गर्नेको लागी साविकमा २५०० र नगर वा सो भन्दा माथी वसोवास गर्नेको ५००० भएकोमा रिमाल समाजको वंशावलीको दोश्रो संस्करण प्रकाशीत नहुन्जेल सम्म  साविक नै कायम गर्ने तत पश्चात विधान यसै अनुसार विधान संसोधन गरी गावीसकोलागी ५००० र नगर वा सो भन्दा माथी वसोवास गर्नेको लागी २५००० कायम गर्ने सर्व सम्मत्तीले पारीत गरीयो । 

यस्तै आजको कार्यक्रमा झापा जिल्लाबाट तुलसी प्रसाद रिमालले झापा जिल्ला शाखाकाे कार्य प्रगती विवरण तथा वंशावलीकाे महत्ववारेमा प्रष्टाउनुभयो त्यस्तै लमजुङ जील्लाका उपाध्यक्ष गंगामाया रिमालले कुल पुजा र वंशावलीकाे वारेमा लमजुङमा भएका गतीविधीको बारेमा सबैलाइ जानकारी गराउनु भयो । त्यस्तै मोरङ जिल्लाका गोपाल प्रसाद रिमालले संगठन तथा बन्धुहरूका मनोभावनाका बारेमा कुरा राख्नु भयो , पर्वत हाल कास्कीका झलक रिमालले समस्या सधै आइ रहने तर रिमाल हरूको समस्या छ भन्दैमा अरूमा समाधान खोज्न नहुने आफैले निराकरण गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै पाचथरबाट साधारण सभामा पाल्नु भएका डाक बहादुर रिमालले छविरमणले सोचै जस्तै वंशावली प्रकाशीत हुन लागेकोमा खुसी व्यक्त गर्नु भयो । त्यस्तै अछामबाट प्रतिनिधित्व गर्नु हुने राम प्रसाद उपाध्याय रिमालले देशभरका बन्धुहरू एकजुट भएर रिमालहरूका हरेक कार्यक्रमहरूमा सहभागीता जुटाउन आग्रह गर्नु भयो । 

त्यस्तै सम्मानि हुनुहुने हरूका तर्फबाट डा.राम रत्न उपाध्याय रिमालले रिमाल समाजका यस्ता सकारात्मक कार्यहरूले अरू थरहरूलाइ समेत एकजुट हुन र देश भरका देशवासीहरू एकजुट हुन मलजल पुग्ने बताउनु भयो । 

आज सम्मानित हुनु हुने हरूमा डा.राम रत्न उपाध्याय रिमाल उहालाइ पहिलो रिमाल वंशावली प्रकाशन देखी हाल सम्म रिमाल समाजको विकाशमा अथक योगदान गर्नु भएको मा सम्मानित गरीएको थियो उहालाइ सम्मान वरिष्ठ रचनाकार गीतकार साहीत्यकार भैरव नाथ रिमाल कदमले दोशल्ला माला तथा सम्मान पत्रका साथमा सम्मान गर्नु भएको थियो । त्यस्तै रिमाल समाजका संस्थापक सदस्य तथा रिमाल समाजका संरक्षक नृपेन्द्रनाथ रिमाल लाइ रिमाल समाजका वरिष्ठ सल्लाहकार लक्ष्मण प्रसाद रिमाल द्वरा सम्ान गरीएको थियो भने जेष्ठ रिमालहरूमा साविक पर्वत को हाल चितवन निवासी ९८ वर्षिय कलाधर रिमाल र साविक चानुवा हाल भक्तपुर निवासी ९२ वर्षीय मनमाया रिमाल न्याैपानेलाइ सम्मान गरीएको थियो उहाहरू दुवै जना स्वास्थ्यको कारणले उपस्थीत हुन नसक्नु भएको हुदा कलाधर रिमालको सम्मान चितवन का उपाध्यक्षलाइ हस्तान्तरण गरीयो भने मनमायाको सम्मान पत्र निजका भतिजा लेखनाथ रिमाललाइ हस्तान्तरण गरीयो । 

त्यस्तै आजनै सम्मानित हुनु हुने हरूमा निर्मल निरा शैक्षिक पुरस्कारमा २०७५ सालको एसइइ परिक्षामा संस्थागत विद्यालय तर्फ प्यारागन स्कुल काठमाण्डैा वाट सहभागी भइ ४ जीपीएका साथ उत्तीर्ण हुने अभिन्न रिमाल र सामुदायीक विद्यालय तर्फ रणभुवनेश्वरी माध्यामिक विद्यालयबा परिक्षामा सामेल भइ ३.८८ समान अंक ल्याउने भाइ जीवन रिमाल र शिला रिमाल लाइ निर्मल निरा शैक्षिक कोषका अध्यक्ष निरा रिमाल र परिवारले सम्मान गर्नु भएको थियो । 

आजनै नमुना वंशावलीमा व्यापक छलफल भइ अझै पनि छुट हुनु भए मंसीर महीना सम्ममा फाराम भरेर ल्याउन तथा प्रत्येक जिल्ला शाखामा नमुना वंशावली पठाइ सुधार तथा थप गर्नु पर्ने भए गनको लागी आह्वान गर्ने तत पश्चात मात्र प्रकाशन गर्ने भन्ने निर्णय भयो । 

यसै क्रममा रिमाल समाजका केन्द्रिय कोषाध्यक्ष श्री सुरेश कुमार रिमालले वंशावली दोश्रो संस्करण प्रकाशनको लागी ९० हजार रूपैया सहयोग गर्ने बताउनु भयो भने निर्मल निरा  फाउण्डेशनका अध्यक्ष निरा रिमालले यो अभियान रिमालहरूको लागी महत्वपुर्ण भएको हुदा प्रकाशनको लागी आफुले रू एकलाख सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्नु भयो । 

आगामी अार्थीक वर्षको २०७७/७८ लेखा परिक्षण गर्न  लेखापरिक्षक मा चेतनाथ काफ्ले लाइ नियुक्त गर्ने निर्णय गरीयो