महत्वपूर्ण सुचनाहरु :

नुवाकोट जिल्ला भेला सम्पन्न

रिमाल समाज नुवाकोट जिल्ला शाखाले गत कार्तिक ९ गते जिल्ला भेला सम्पन्न गरेको छ । यस भेलामा उल्लेख्य रिमालहरूको उपस्थीती रहेको थियो । 

कार्यक्रममा रिमाल समाज नुवाकोट जील्ला शाखाका अध्यक्ष राम प्रसाद रिमालको सभापतीत्वमा सम्पन्न भएको थियो । यस भेलामा रिमाल समाजका अध्यक्ष डिल्लीराम रिमाल मोरङ, उपाध्यक्ष राम प्रसाद उपाध्याय रिमाल अछाम उपाध्यक्ष यम बहादुर रिमाल लमजुङ, उपाध्यक्ष इश्वरी प्रसाद रिमाल नुवाकोट महासचिव रवि रिमाल काठमाण्डाै, कोषाध्यक्ष शुरेश कुमार रिमाल काठमाण्डाै, केशव प्रसाद रिमाल नुवाकोट, सल्लाहकार कृष्ण प्रसाद रिमाल लमजुङ जिता, चितवन शाखाका उपाध्यक्ष हरिदत्त रिमाल त्यस्तै मोरङबाट नवराज रिमालको उपस्थीती रहेको थियो । 

शुक्रवार अपरान्ह नुवाकोट पुगेको टोलीले नुवाकोटको फीर्केप क्षेत्र सबै भ्रमण गरी साझ बट्टार मा बसोवासको व्यवस्था गरीएको थियो भने शनिवार विहान नुवाकोट दरवार क्षेत्रको भ्रमण गरी कार्यक्रम सम्पन्न गरी फर्केको थियो । 

रिमाल समाजको यो भेला एेतिहासीक भेला मानिएको छ । यस अर्थमा कि अछाममै रहेका बाट दाजु भाइ फिर्केप अाएकाे स्थलको अनुगमन (उपाध्यक्ष राम प्रसाद उपाध्याय रिमाल अछाम)अनि नुवाकाेट बाट पुर्व लागेका दाजुभाइका खलक (अध्यक्ष डिल्लीराम रिमाल मोरङ) अन्य जिल्लाका प्रतिनिधी बाकी रहेको नुवाकोट कै खलक देविघाटको त्रिवेणीमा एकै पटक भेट भएको । 

कार्यक्रममा रिमाल समाजका महासचिव रवि रिमालले मंसीर भित्रमा सम्पुर्ण विवरण ल्याउन अाग्रह गर्नु भयो भने अध्यक्ष डिल्लीराम रिमालले रिमाल समाजको अावस्यकताकाे वारेमा प्रकाश पार्नु भयो त्यस्तै उपाध्यक्ष राम प्रसाद रिमालले छविरमण लाइ कुनै पनि बन्धुले विर्षन नहुने कुरामा जोड दिनु भयो । त्यस्तै त्यस क्षेत्रका वडा अध्यक्ष विदुर रिमाल ले अाफुले सकेको सहयोग गर्ने बताउनु भयो ।