महत्वपूर्ण सुचनाहरु :

लमजुङको चाैथो साधारण सभा सम्पन्न

चाैथो लमजुङ साधारण सभा २०७६ साल कार्तिक १६ गते ११ बजे लमजुङ जिल्ला स्थीत बेशीसहर नगरपालीका ०६ मा  रिमाल समाज लमजुङको चाैथो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको सभापतीत्व लमजुङ जिल्लाका अध्यक्ष सुवेदार नर बहादुर रिमाल ले गर्नु भएको थियो भने प्रमुख अतीथी रिमाल समाज केन्द्रिय अध्यक्ष डा.डिल्लीराम रिमाल रहनु भएको थियो ।

त्यस्तै विशेष अतिथीहरूमा संरक्षक दिलबहादुर रिमाल महासचिव रवि रिमाल उपाध्यक्ष यम बहादुर रिमाल अतिथीहरूमा लमजुङ जिल्ला बेशीसहर नगरपालीका वडा नं. ६ का वडाध्यक्ष भोज बहादुर रिमाल, चितवन जिल्ला शाखाका उपाध्यक्ष हरिदत्त रिमाल, नुवाकोट जिल्ला प्रतिनिधी बच्चुराम रिमाल र पुष्प रिमाल रहनु भएको थियो भने कार्यक्रम संचालन सचिव नरबहादुर रिमाल ले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनु हुदै रिमाल समाज लमजुङ जिल्ला शाखाका सल्लाहकार टेक बहादुर रिमालले जिल्लाका सबैबन्धुहरू हातेमालो गर्दै रिमाल समाजको यो अभियानमा साथ दिदै अगाडीबढ्नु पर्ने बताउनु भयो ।

कल्पना रिमाल स्वागत मन्तव्य दिनु हुदैत्यस्तै रिमाल कि चेली कृष्ण कुमारी रिमालले रिमाल समाजको उद्देश्य पुरा गर्न देश भरीका छोरी बुहारी रिमालहरूले भित्रीमन बाटनै सहयोग गर्नु पर्ने बताउनु भयो । साथै रिमाल हरू साना तिना विषयमा अल्झेर बस्न नहुने कुरा समेत बताउनु साथै मकै डाडाका महीला तथा अामा समुहले संकलन गरेको रकम मध्ये केही रकम कुल मन्दिर निर्माणमा सहयोग गर्ने बताउनु भयो ।

रिमाल समाज केन्द्रिय उपाध्यक्ष तथा लमजुङ जिल्ला शाखाका संस्थापक अध्यक्ष यम बहादुर रिमाल ले स्वागत मन्तव्य दिनु हुदै रिमालहरूमा रहेको एकाकी पन हटाएर समुहगत भइ मिलेल अघी बढन सहयोग पुग्ने बताउनु भयो ।

चितवन जिल्ला शाखाका उपाध्यक्ष हरिदत्त रिमालले रिमालहरू कमजोर नभएको अावस्यक भए जस्तो सुकै कठीन परिस्थीतीको सामना पनि मिलेर सामना गर्न पछी नपर्ने बताउनु भयो ।

त्यस्तै नुवाकोट प्रतिनिधी बच्चुराम रिमालले हाम्रा बाजेहरूको बसाइ सराइको भु बनाैट उस्तै उस्तै रहेको जानकारी दिनुहुदै नुवाकोटको मजुवा र मकैडाडा लगभग उस्तै रहेको बताउदै सम्पुर्ण बन्धुहरूमा अाफु मन्त्रमुग्ध भएको बताउनु भयो ।

कार्यक्रममा रिमाल समाजका महासचिव रवि रिमालले अहीलेको मुख्य चुनाैती वंशावली भएको हुदा वंशावलीमा सम्पुर्ण ध्यान केन्द्रित गर्न अावस्यक रहेकाे अाैल्याउनु भयाे ।

चाैथो लमजुङ साधारण सभा मा उपस्थीत बन्धुहरूकार्यक्रमका प्रमुख अतिथी डा.डील्लीराम रिमालले रिमाल समाजका पुर्खाहरूको बारेमा जानकारी दिनुका साथै कुलपुजाका बारेमा अहीले नै धेरै मतभेद हरू निकालेर अल्झीन नहुने रिमाल समाजले प्रकाशन गर्न लागेको सुधार सहीतको वंशावली प्रकाशन पश्चात यसलाइ एकरूपमा ल्याउनकोलागी पुजाविधी हरू तयार गरी सबैका सामु ल्याउने र सबैले त्यसलाइ साथ दिने बताउनु भयो ।

साधारण सभामा लमजुङ जिल्लाबाट २०७५ सालकाे एसइइ परिक्षामा सामेल भइ सामुदायीक विद्यालय तथा निजी विद्यालबाट उत्कृष्ठ अंक प्राप्त गर्ने १/१ जना भाइ बहीनीलाइ सम्मान समेत गरीएकाे थियाे ।

कार्यक्रमको अन्तमा रिमाल समाज का केन्द्रिय अध्यक्ष डा.डिल्लीराम रिमाल लाइ रिमाल समाज लमजुङ जिल्ला शाखा का अध्यक्ष सुवेदार नर बहादुर रिमाल द्वारा मायाको चिनो प्रदान गर्नु हुदै चाैथो साधारण सभा अन्त्य भएको घाषणा गर्नु भयो ।

फाेटाे ग्यालरीकाे लागी यहा क्लीक गर्नु हाेला
लमजुङ साधारण सभा 2076