महत्वपूर्ण सुचनाहरु :

गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

स्व. भैरवनाथ रिमाल कदम२०७७/०९/२५ वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । उपचारका क्रममा आज दिनको २:४५ बजे निधन भएको हो । निधन पश्चात आजनै पशुपती आर्यघाटमा उहाको पार्थिव सरिरलाइ अन्त्यष्टी गरीएको थियो ।

 

१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत थुप्रै गीत चर्चित छन् । रेकर्ड भएका रिमालका सयौं गीत र कवितारहरू अझै अलपत्र रहेका छन । 

गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।

विस्मृतिले थलिँदै थिए गीतकार भैरवनाथ रिमाल

चैत्र २०७६ को लकडाउन अगाडिसम्म चाबहिल बुलबुले बस्ने भैरवनाथ रिमाल टोल वरिपरि घुमिरहेका भेटिन्थे । छरछिमेकमा फुलेका फूलहरू हेर्थे, पत्रिका पढ्दै घाम ताप्थे र घर फकन्र्थे ।

स्व. भैरवनाथ रिमाल कदम८७ वर्षीय रिमालले कान सुन्न छाडेको ६ दशक बढी भइसक्यो । पछिल्ला पाँच दशक त उनी ठ्याम्मै सुन्न नसक्ने भए । तैपनि एउटा स्रष्टाको मनले घरमा धुमधुम्ती बस्न मान्दैनथ्यो । उनी बाहिरफेर निस्किरहन्थे ।

घरमा बस्दा पनि उनलाई भेट्न नयाँ–पुराना पुस्ताका संगीतकार, साहित्यकार तथा पत्रकारहरू आइरहन्थे । रिमाल उनीहरूसँग मस्त गफिन्थे । कान नसुने पनि प्रष्ट बोल्न सक्ने रिमालका रसिला कुरामा सबैजना भुलिन्थे ।

पछिल्लो आठ महिनायता भने रिमाल विस्मृति (अल्जाइमर्स) ले थलिएका थिए । घरबाहिर हिँडडुल गर्न समेत नसक्ने भएका थिए । परिवारका सदस्यलाई पनि कहिले चिन्ने, कहिले नचिन्ने अवस्थामा रहेका रिमालका सयौं कालजयी गीत र कविताका यी स्रष्टाले डायरीका पाना भर्न सकेका छैनन् । समाजले पनि बिस्तारै भुल्दै गएपछि उनी नितान्त एक्लो बन्दै गएका थिए ।

जिन्दगी लेख्ने गीतकार

भैरवनाथ रिमालले आफ्नो साहित्यिक नाम ‘कदम’ राखेका छन् । जनमानसले उनलाई कवि ‘भैरवनाथ रिमाल कदम’ भनेर नै चिन्दछन् । एकदर्जन कविता संग्रह र एक हजारभन्दा बढी गीतका सर्जक रिमालका अहिलेसम्म आठ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’ तथा अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवन कथा’ गीतका सर्जक रिमालले जीवनका ७० वर्ष गीत र कविता लेखनमै बिताए ।

पछिल्लो पाँच वर्षदेखि भने उनले लेख्न सकेका छैनन् । तर, पनि कापी–कलम पाउनसाथ केही कोर्न थालिहाल्ने बानी उनमा थियो ।

बिरामी अवस्थाका रिमाललाइ उपचारका क्रममा चिरायू अस्पताल बाट  घर चाबहील स्थीत बुलबुलेमा आफैंले बनाएको घरमा दिनको २:३० बजे निधन भएको हो ।  उनका चार छोरी र एक छोरा छन् । बुहारी विद्याका अनुसार पछिल्लो छ महिनायता रिमालको होश निकै हराएको थियो । ‘बीचमा एक महिनाजति अलिक ठीक थियो । अहिले फेरि होश गुमेको छ’, विद्या भन्छिन्, ‘यस्तो अवस्थामा पनि बुबाको बोली प्रष्ट छ । हरेक शब्दको सही उच्चारण गर्नुहुन्छ ।’

रिमालले लेखेका दर्जनौं गीत र कविता चर्चित भए । तर, विडम्बना आफूले लेखेर श्रोतको मनमा बसेका गीत रिमाल आफैंले सुन्न पाउँदैनन् । यो नै उनको जीवनको बिडम्बना हो ।

त्यो दुर्घटना 

रिमालको जीवनमा २०१० साल कहिले बिर्सन नसक्ने वर्ष बन्यो । त्यो दिन दुर्घटना नभएको भए सायद उनको जीवनले अर्कै मोड लिन सक्थ्यो । उनका गीतमा यतिका दुःख वेदना नहुन पनि सक्थे । कैलाश भण्डारीले लेखेको रिमालको जीवनी–पुस्तकमा त्यो दुर्घटना यसरी उल्लेख गरिएको छ–

रिमाल एक दिन महाराजगञ्जमा साइकलबाट कतै जाँदै थिए । यस्तैमा तीनवटा सवारीसाधन, दाउरा बोकेर हिँडेको भरिया र रिमालको साइकल एक आपसमा जुधे । दाउराको भारी र बाहनमुनि रिमाल थिचिए । त्यसक्रममा साइकलले ब्रेक रिमालको कानमा पस्यो र उनी गम्भीर घाइते भए । केही महिनाको उपचारमा अन्य चोट त ठीक भयो । तर, उनको कानले विस्तारै सुन्न छोड्यो । केही वर्ष अलिअलि सुन्थ्यो तर पछि केही पनि नसुन्ने भयो ।

दुर्घटनापछि रिमालको जीवनले यु–टर्न लियो । उनी आफू बोल्न त सक्थे तर अरुले बोलेको नसुन्ने हुँदा लेखेर बोल्न लगाउँथे ।

यसपछि रिमालका एकपछि अर्का दुःख र वेदनामिश्रित गीतहरू आए । उनले राष्ट्रिय गीत तथा भजन पनि नलेखेका होइनन् । तर, स्रोताले उनका अवसादका गीत नै रुचाइरहे । रिमालले पनि जीवनको गीत सृजना गर्न कहिले कलम रोकेनन् ।

दुर्घटनापछि पनि साना–ठूला रोगले रिमाललाई चापिरह्यो । छोरा अभिषेकका अनाुसार घेरै चुरोट खाने बानीले रिमालको एकपटक आन्द्रा नै काट्नुपर्यो । मोतिबिन्दुको अपरेसन गरियो । अभिषेक भन्छन्, ‘बिरामी भइराखे पनि उहाँमा असीम आत्मविश्वास हुन्थ्यो । यसैले स्वस्थ्य रहँदा बुबाको उर्जा देखेर सबैजना छक्क पर्थे ।’

गायक दीप श्रेष्ठ पनि रिमाललाई उर्जाशील गीतकार मान्छन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग छ ।

रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् । दीप भन्छन्, ‘एकै भावमा गीत नलेखी राष्ट्र, राष्ट्रियता, प्रेम–प्रणय र वेदनाका फरक–फरक शैलीका गीत लेख्ने एकमात्र गीतकार रिमाल हुनुहुन्छ ।’

भैरवनाथका दुई दर्जन बढी गीतमा संगीत गरेका संगीतकार शुभबहादुर, कदमलाई नेपाली संगीतले पाएको विशिष्ट गीतकार मान्छन् । शुभबहादुरका अनुसार आफ्नो जीवनको वेदना पनि अरुलाई छुन सक्ने गरी गीत लेख्ने कुशलता रिमालमा छ ।

संगीत बुझ्न सक्ने क्षमता रिमालमा रहेको शुभबहादुरले बताउँदै आएका छन् ।

देवकोटाका प्रियपात्र

भैरवनाथ रिमालको जन्म काठमाडौंस्थित ठमेल गल्कोपाखामा १९९३ माघ २ गते भएको हो । पिता गोपीनाथ रिमालले अर्को बिहे गरेपछि बालक भैरवनाथ र उनी आमा यमुनादेवीलाई दुःख दिन थालियो ।

घरको किचलो सहन नसकी ११ वर्षका बालक भैरवनाथ एकदिन विद्यालयबाट घर नफर्किकन आफ्ना सानोबुबा लक्ष्मीप्रसाद देवकोटाको घर पुगे ।

नातामा महाकवि लक्ष्मीप्रसाद देवकोटा रिमालका सानोबुबा पर्थे । देवकोटाको संर्सगले नै आफ्नो मन कवितातर्फ लहसिएको स्वीकार्छन् रिमाल । देवकोटा पनि बालक भैरवनाथलाई आफूले लेखेको साहित्य सार्न लगाउँथे । यसैले गर्दा भैरवनाथले सानैमा साहित्य बुझ्न पाए ।

२०१० सम्म आइपुग्दा कविता लेखनमा भैरवनाथ रिमाल चिनिन थालिसकेका थिए । रिमालबारे महाकवि देवकोटाले लेखेका छन्–

‘सानो उमेरमै पनि कदमको कविताको माधुर्यले हामीलाई छुन सकेको छ । यस्तो चिल्लो पात भएको विरुवालाई जल, प्रकाशले अभाव हुन जानु एक दिल दुख्दो कुरा हो ।’

देवकोटाकै संसर्गबाट रिमालको कलम तिखारिन पायो । यो कुरा रिमालले आफ्ना सबै अन्तरवार्तामा उल्लेख गरेका छन् । यसो त देवकोटाकै पुस्ताका लेखनाथ पौडेल, बालकृष्ण सम, सिद्धिचरण तथा माधव घिमिरेको समीपमा रहन पाए रिमालले । बालकृष्ण समले २० वर्षका भैरवनाथ रिमालको प्रशंसा गर्दै लेखेका छन्–

‘रिमालजीका धेरै कविता कवि सम्मेलनहरूमा सुनेको छु । उहाँ मात्र बीस वर्षको हुनुहुन्छ तर उहाँको प्रतिभा अद्भूतको छ । उहाँ लोकप्रिय हुनुहन्छ ।’

रिमालमाथि कवि शिरोमणी लेखनाथले पनि लामो पत्र लेखेका छन् । अग्रज साहित्यकारले लेखेका त्यस्ता हस्तलिपि रिमालसँग अझै पनि सुरक्षित छन् । तर उनीसँग आफ्नै गीतका रेकर्डिङ भने छैन । कुन गीत कहाँ रेकर्ड भए त्यसको अभिलेख छैन । पाँच वर्षअघि आफ्ना सबै गीतको स्वामित्व म्युजिक नेपाललाई दिएको कुरा उनले परिवारलाई बताएका छन् । अहिले रिमालका गीत नेपालका दर्जनौं एफएम र टेलिभिजनले बजाउने गरेका छन् । त्यस बापतको रोयल्टी रिमालले पाएका छैनन् ।

रेडियो नेपाल संगीत महाशाखाका पूर्वप्रमुख भूपेन्द्र रायमाझीका अनुसार रेडियो नेपालमा धेरै गीत रेकर्ड भएका गीतकारमध्ये रिमाल अग्रस्थानमा पर्छन् । संगीतकार रायमाझी भन्छन्, ‘सबै विधाका गीत लेखनमा उहाँको कलम चलेको हुनाले रेकर्डेड गीतको संख्या धेरै छ । कति त हराइसकेका पनि होलान् !’

रायमाझीले पनि रिमालका आधा दर्जन गीतमा संगीत गरेका छन् । उनका अनुसार लय र शब्दलाई सुललित बान्की मिलाएर गीत लेख्ने स्रष्टा हुन् रिमाल ।

यता, विभिन्न प्रकाशनले प्रकाशित गरेका रिमालका कवितासंग्रहको पनि उचित संरक्षण हुन सकेको छैन । छोरा अभिषेकका अनुसार पिताका पुस्तकहरू परिवारले भेटेसम्म एकत्रित गरेको छ । तर, धेरै पत्रपत्रिकामा प्रकाशित उनका कविता, गीत खोज्न परिवारलाई मुश्किल परेको छ ।

गीतका अविश्रान्त साधक

भैरवनाथ रिमाल सुरुमा कविता लेख्थे । राष्ट्रिय भावका कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा वेदनाका गीत र भजन लेखनसम्म विस्तार भएको छ । गोरखापत्रमा ‘राष्ट्रिय दिवस आज’ शीर्षकको कविता २००८ फागुनमा प्रकाशित गरेयता रिमालको कलम रोकिएको छैन ।

२००९ सालमै रेडियो नेपालमा उनकोे गीत बज्न थालिसकेको थियो । आफ्ना गीत बज्न थाल्दा रिमालको उमेर मात्र १७ वर्षको थियो । गोविन्दलाल नेपालीको संगीत र किशोरीदेवीको आवाजमा उक्त गीत रेडियोमा बज्न थाल्यो । त्यो गीतको थियो–

रुन्छु म राति एक्लो दिलको चिता बनाई
सुनसान यो जगमा राँको ठूलो जगाई
बग्दै थियो नि आँशु ती आँखा दुबै रसाई
गाला र च्यापू धोइ बाटो कतै नपाई ।

स्रोताले पनि रिमालका गीत निकै रचाउन थाले । यसपछि उनका एकपछि अर्को आधुनिक गीत र भजनहरू रेकर्ड हुन थाल्यो । २०११ सालमै उनको पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य आयो । २०३४ सालमा नारायणगोपालले गाएको ‘जुन फूल मैले चाहेको थिएँ’ गीतले उनको ख्याति झनै चुलियो । दीप श्रेष्ठ, अरुण थापा, तारादेवी, फत्तेमान र नयाँ पुस्ताका प्रवेशमान शाक्यसम्मले कदमको शब्दमा स्वर दिएका छन् ।

गीत र कवितमा पुर्याएको योगदानका कारण रिमालले थुप्रै पुरस्कार पाएका छन् । राज्यस्तरबाट जति पुरस्कार पाएका छन् त्योभन्दा बढी जनस्तबार सम्मान पाएका छन् । पछिल्लो समय २०७२ सालमा गीतकार संघ नेपालबाट सम्मानित भए ।

रिमाल पनि पुरस्कारभन्दा र सम्मानभन्दा श्रोताको माया नै ठूलो ठानेको बताउँछन् । उनले भनेका छन्, ‘मैले लेखेका गीत र कवितामा तपाईंले आफ्नो जीवन भेट्नुभयो भने त्यही नै मेरो सफलता हो ।’

यद्यपि, वेदनममात्र जीवनको पाटो नभएको कुरा आफ्ना जीवनी–लेखक कैलाश भण्डारीसँगको कुराकानीमा रिमालले भनेका छन् । उनले आफू जन्मेको देश स्वाधीन, स्वतन्त्र हुनुपर्छ भनेर पनि दर्जनौं गीत लेखेका छन् ।

बिउँझ बिउँझ तन्नेरी हो बेर भैसक्यो
आमा उही भन्दछिन् हेर बेर भइसक्यो
यो ज्यान ढल्ला, नेपाल कहिले कदापी ढल्दैन
यो ढुंगा गल्लान्, हिमाली हिउँ गल्ला गल्दैन ।

गीतकार रिमालका वंशवृक्ष

जयदेव (भोला

भोला भट्ट२

हरि भट्ट३

श्रीपाल भट्ट४

विजय भट्ट५

रिवा (रिठ्ठा)६

काषामुषू ( विश्वनाथ)७

सुदामा (पं सहस्रशिबानन्द)८

राधुका९

गर्भु१०

पिताम्वर११

वैजनाथ१२

जयनारायण१३

पं कृष्णानन्द१४

पं रविनाथ१५

पं श्रीधर१६

पं शेषरमण श्रीमती खुर कुमारी१७

डिठ्ठा गोपीनाथ यमुना देवी चालिसे नक्साल / उमा देवी अर्याल नरजा कविलास१८

छोरी ज्वाइहरू

धन पति कलानाथ अधिकारी, 

मन पति लम्बाेधर पाैडेल, 

इश्वरी पति ... भट्टराइ कमलपाेखरी, 

सावित्री पति विश्वनाथ अधिकारी 

सुभद्रा पति श्रीप्रसाद ढुंगेल

भैरवनाथ (कदम) खिलकुमारी अधिकारी नुवाकोट थानसिं१९

छोरा

अभिशेक  २०

बुहारी

बिद्या अधिकारी मुलपानी

छोरी ज्वाइहरू

मिरा, 

शोभना पति प्रवि प्रकाश क्षेत्री मैजुबहाल,

रेखा पति सुशील ढकाल सिफल, 

मृता पति उदय संकर पाैडेल नया बानेश्वर

नाती नातीना

अभिन्न २१

अवनी

उहासंग सरोकारका समाचार लिंकहरू

Veteran lyricist Bhairabnath Rimal no more

'नारायण गोपालका प्रिय गीतकार'

‘जुन फूल मैले चाहेको थिएँ...’

जुन फूल उनले चाहेका थिए...

भैरवनाथको ‘बाँची नै रह्यो केवल चाह’