रिमाल समाज वंशावली प्रकाशन समितीकाे कार्यालय काेटेश्वर सेती ओपी यूवा क्लवकाे भवनमा यही माघ १८ गते शुक्रवार दिनकाे १ बजे अध्यक्ष डिल्लीराम रिमालकाे अध्यक्षतामा बैठक बसी निम्न बुदाहरूमाथी छलफल गरी निर्णय गरीयाे ।
छलफलका विषयहरू
१. भित्तेपात्राे प्रकाशन
२. वंशावली प्रकाशन
३. विविध
निर्णयहरू
बुदा नंं १ मा छलफल हुदा विगत केही वर्ष देखि प्रकाशन गर्दै आइ रहेकाे भित्ते पात्राेलाइ आगामी वर्ष २०७६ मा पनि प्रकाशन गर्ने र विज्ञापनकाे लागी पुर्व विज्ञापनदाताहरूसंग आवस्यक पहल गरी नया विज्ञापन दाताहरूलाइ विज्ञापन प्रदान गर्न हुन अनुराेध गर्ने । भित्तेपात्राेकाे प्रकाशन याेग्य सामाग्री भए रिमाल समाजकाे इमेलमा पठाउनहुन समेत सुचना जारी गर्ने ।
वंशावली प्रकाशन समितीकाे बैठकबुदा नंं २ मा छलफल हुदा रिमाल समाजकाे आठौ केन्द्रिय साधारण सभा ले पारीत गरेकाे निर्णयअनुसार २०७६ सालमा सुधार सहित थप तथा परिमार्जन गरी वंशावली प्रकाशन गर्ने भन्ने भए बमाेजीम रिमाल समाजका सम्पुर्ण शाखा कार्यालयहरू आ-आफ्नो जिल्लामा सक्रीय भइ वंशावली शंकलन गरी रहनु भएकाे र केन्द्रमा त्यसकाे विवरण आउने क्रम जारी रहेकाे हुदा वंशावली फाराम भर्न बाकी कही कतै छुट हुनु भएकाे छ भने सम्पर्क गरी सम्बन्धीत शाखा कार्यालय वा केन्द्रमा बुझाउन हुन सबैलाइ सुचित गर्ने ।
पुर्व प्रकाशीत वंशावली भन्दा अहिले परिकल्पना गरीएकाे वंशावली प्रकाशनखर्च २००० प्रती छाप्दा झण्डै २० लाखकाे हाराहारी मा पुग्ने भएकाे हुदा कुन जिल्लाले कति थान किताव लिने हाे वा व्यक्तीगत कस्ले कति थान लिने भन्ने कुरा एकिन भए पश्चात छपाइकाे प्रकृयामा अगाडी जाने निर्णय गरीयाे । २००० थान प्रकाशीत गर्दा प्रति किताव १००० मुल्य पर्ने साे भन्दा घटेर आउनु परेकाे खण्डमा कितावकाे मुल्य बढ्दै जाने भएकाे हुदा अग्रीम बुकिङकाे लागी रिमाल समाजकाे बैक खाता NMB Baink Naxal (एनएमबि बैंक नक्सालकाे चल्ती खाता) 07630400378161000002 (०७६३०४००३७९१६१०००००२) मा रकम जम्मा गरी आफ्नो प्रति सुरक्षीत राख्न हुन सबैमा अनुराेध गर्ने ।
कैलाली शाखाले फाराम सहित सदस्यता रसिद बुझाउदैबुदा नंं ३ विविध अन्तरगत रिमाल समाज कैलाली शाखाले आफ्नाे जिल्लामा भएका सबै बन्धुकाे वंशावली फाराम सहित ३४० जनाकाे सदस्यता रसिद बुझाउनु भएकाे हुदा कैलालि शाखा लाइ धेरै धेरै धन्यवाद दिदै अन्य शाखा हरूले पनि कैलाली शाखाकाे जस्तै फाराम समयमै बुझाउन पहल गर्ने ।
रिमालहरूकाे उदगमस्थल अछामकाे रिमामा फागुन १४ गते देखि रिमालहरूकाे कुल मन्दिर निर्माणकाे लागी सप्ताह लगाउन लागीएकाे हुदा रिमाल समाज केन्द्रिय कार्य समितीका अध्यक्ष लगायत केही पदाधीकारीहरू समापन २१ गतेका दिन पुग्ने गरी जाने भन्ने निर्णय भएकाे हुदा अन्य जिल्लाहरूबाट जान इच्छुक बन्धुहरूहुनु हुन्छ भने सम्पर्क गर्न हुन अनुराेध गर्ने ।