जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाज अछाम जिल्ला शाखाको अपील

Posted on:  September 23, 2023

रिमाल समाज अछाम जिल्ला शाखाले मिति २०८०/०६/०६ गते शनिवार  अपील जारी गरेको छ ।

हामी सम्पुर्ण रिमालका पुर्खाहरु अछाम जिल्ला ढकारी गाँउपालिका वार्ड नं. १ मा अवस्थित रिमा गाउबाट बसाई सर्दै नेपालको विभिन्न भु-भाग लगायत विदेशका विभिन्न स्थानहरुमा छरिएर रहेका छन । यस रिमा गाउँलाइ रिमालहरुको साझा गाँउ र रिमालहरुका कुलदेवता सहश्र शिवलिंग र हाम्रा पुर्खा श्रीपाल भट्ट देहवसान भएको स्थल “ढनेटा” लाई समस्त रिमालहरुको पवित्र तिर्थस्थल बनाउने उद्देश्यका साथ  अछाम जिल्लाशाखा र प्रवासी रिमाल समाजको सम्युक्त पहलमा मन्दिर निर्माणका कार्यहरु शुरु भइ ६५ किलोको घण्ट प्रतिस्थापनको लागी कार्यहरु भई रहेको सबैलाइ जानकारी गराउदै उक्त स्थानमा निम्न अनुसारको कार्य गर्ने जानकारी समेत दिएको छ ।

  • कुल देवता सहश्र शिवलिंग तथा श्रीपाल भट्टको मन्दीर निर्माण
  • वंशावली खोज गर्ने क्रममा रिमाल गाउ पुग्ने पहिलो व्यक्ति पं. स्व छविरमण उपाध्याय रिमालको शालिक निर्माण
  • श्रीपाल स्मृति विश्रामगृह निर्माण
  • श्रीपाल स्मृति उध्दान निर्माण
  • श्रीमद्भागवत सप्ताहज्ञान महा पुराण पितृउद्वार महायज्य

उक्त कार्य निर्माण तथा सम्मन्न गर्न सबै बन्धुहरुलाइ रिमाल समाज अछाम शाखाले आफ्नो खाता नं सहित सबैमा अपिल गरेको छ । खातावालाको नाम : रिमाल समाज अछाम शाखा, बैंकको नाम : सिटीजन्स बैक ईन्टरनेशनल ढकारी शाखा चल्ती खाता खाता नं ०७९०१०००००१५१२०१ मा सहयोग रकम जम्मा गरी पुण्य कमाउन सबै बन्धुहरुमा आग्रह समेत गरेको छ ।

देशभर छरिएर रहेका रिमालहरुले कुल पुजा आ-आफ्नै तरिकाले गरीरहेको पाईएकोले रिमाल समाजका वरिष्ठ सल्लाहकार ई. शंकरनाथ रिमालले रिमालको कुलमन्दीरको नंक्साङ्कनको कार्य गर्नु भएको छ । उहाकै डिजायन अनुसार रिमाल समाजको पहलमा दोलखा रिमालगाउ, लमजुङ्ग वेशीसहर, लमजुङ्ग जीतामा सम्पन्न भइ पुजाआजा समेत भइसकेको र बाकी जील्ला हरुमा पहल भइ रहेको रिमाल समाजका महासचिव रवि रिमालले जानकारी दिनु भयो ।

यस क्षेत्रमा कुल मन्दीरमात्र नभै मन्दीर परिषर क्षेत्रकै विकाश गर्नु पर्ने भएकोले मुख्य डिजायन शंकरनाथ रिमालकै रहने उक्त क्षेत्रमा अन्य प्राविधीक सहयोग. ई पुर्ण उपाध्याय रिमालले गर्नु हुने र रिमाल समाज अछाम शाखाको प्रत्यक्ष सहभागीतामा निर्माण गरीने पनि बताउनु भयो ।

यसै मन्दीर निर्माणका लागी रिमाल समाज केन्द्रले आफ्नो स्थापनाका काल देखीनै अछाम कुल मन्दीर कोष खडा गरेको । यस क्षेत्रको मन्दीरमा सबै रिमालहरुले सहयोग गरी नमुना गाउको रुममा विकाश गर्न रिमाल समाजका सबै जिल्ला शाखा तथा रिमालहरुलाइ  आह्वान गरेको छ ।

रिमाल समाज अछाम शाखाको अपिल

सम्पुर्ण रिमालहरुमा अपील

सम्बन्धित समाचार

रिमालहरुको उद्गमस्थल अछामको ढकारी स्थित ढनेटामा कुल मन्दिर निर्माण गरीने – रिमाल समाज ( Rimal Society)