जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

कुल मन्दिरका आवस्यक सामग्री हस्तान्तरण

Posted on:  January 12, 2024

रिमाल समाज स्थापना भए देखि महत्वाकांक्षी योजना देश तथा विदेशमा रहनु भएका सम्पुर्ण रिमालहरुको सझा कुल मन्दिर (अछाम ढकारी ढनेटा ) को नक्सा सम्बन्धी आवस्यक कागजपत्र कैलालीमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीयो ।

कार्यक्रममा रिमाल समाजका संस्थापक तथा संरक्षक वरिष्ठ ई. शंकरनाथ रिमाल तथा उहाकी धर्मपत्नी शशी रिमाल रिमाल समाज केन्द्रका महासचिव रवि रिमाल रिमाल समाज कैलाली शाखाका अध्यक्ष अमर प्रसाद रिमाल रिमाल समाज अछाम शाखाका कोषाध्यक्ष भवानी प्रसाद रिमाल र रिमाल कुल मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद रिमाल लगायत अन्य बन्धुहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ ई. शंकरनाथ रिमालले कुल मन्दिरका बारेमा जानकारी गराउनु हुदै नक्साङ्कन रिमाल कुल मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद रिमाललाइ हस्तान्तरण गर्नु भयो भने कैलाली शाखाका अध्यक्ष अमर प्रसाद रिमाल र रिमाल समाजका उपाध्यक्ष राम प्रसाद रिमालले वरिष्ठ ई. शंकरनाथ रिमाललाइ सम्मान पत्र तथा दोसल्लाका साथ सम्मान गर्नुका साथै महासचिव रवि रिमाल र शशी रिमाललाइ मायाको चिनो प्रदान गरीएको थियो ।

कार्यक्रममा उपस्थित बन्धुहरुले नक्सा र डिजायन अनुसारको कुल मन्दिर निर्माण गर्न कुनै कसर बाकी नराख्ने जनाउनु भयो ।

कुल मन्दिरका नक्साका बारेमा वरिष्ठ ई. शंकरनाथ रिमालले प्रकाश पार्नु भएको थियो भने शशी रिमालले उक्त कुल मन्दिर निर्माणका लागी रु ५००००/- रिमाल समाज केन्द्र मार्फत सहयोग गर्ने बचन बध्दता दिनु भयो ।

ई. शंकरनाथ रिमाल उध्योग बाणिज्य महासंघ कैलालीको पुष २७ गते देखि संचालन हुने टीकापुर महोत्सवमा महासंघको निमन्त्रणामा टीकापुर पुग्नु भएको हो । उहाले अछामको रिमामा पुग्ने चाहना हुदाहुदै स्वास्थ्यका कारण पुग्न नसकेको बताउनु भयो ।

पुष २७ गते टीकापुर शहरको परिकल्पनाकार ई. शंकरनाथ रिमाल लाइ सम्मान समेत गरेको थियो ।