जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

टीकापुर महोत्सव २०८० मा वरिष्ठ ई. संकरनाथ रिमाललाइ सम्मान

Posted on:  January 12, 2024

टीकापुर उद्योग बाणीज्य संघले आयोजना गरेको टीकापुर महोत्सव २०८०मा टीकापुर नगरको परिकल्पनाकार ई. संकरनाथ रिमाललाई आज उद्घाटन समारोहमा प्रमुख अतिथि उप-प्रधान तथा रक्षा मन्त्री माननिय श्री पुर्णबहादुर खड्का द्वारा सम्मान पत्र सहित सम्मान गरेको हाे ।

महोत्सवमा त्यस क्षेत्रका राजनितिक व्यक्तीत्वका साथै संघ संस्थाहरुका प्रतिनिधीहरुको आतित्थ्यमा कार्यक्रमको सुभारभ्भ भएको हो ।

उपस्थीत अतिथीहरुले सम्मानित संकरनाथ रिमालको परिकल्पनाको नगर टीकापुरको खुलेर प्रशंसा गरेका थिए । परिकल्पना अवधीमा भएका छुटफुट कार्यहरु आगामी दिनमा पुरा गर्ने समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा ब.ई संकरनाथ रिमालले टीकापुर नगर विस्तारका क्रमका क्रममा भएका कार्यहरुको संक्षीप्त विवरण बताउनु भएको थियो ।

महोत्सव माघ ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय कृषि उत्पादन, आन्तरिक पर्यटन, तथा सुदुर पश्चिमको सांस्कृतिक कला संस्कृति लगायतको विकाश तथा प्रवर्धन गर्ने स्टलहरुका साथै मनोरंञ्जन मेला र विविध सास्कृतिक सांगीतीक कार्यक्रमहरु रहेको समेत बताएका छन ।

उद्घाटन कार्यक्रम सम्पन्न पश्चात टीकापुर पार्क तथा टीकापुर पुस्तकालय अवलोकन गर्नु भएको थियो ।

समाचार सन्दर्भ

टीकापुरको माष्टर प्लान बनाएका रिमाल सम्मानित

टीकापुरको माष्टर प्लान बनाएका रिमाललाई सम्मान

टीकापुरको माष्टर प्लान बनाएका रिमाललाई सम्मान गरिदै