रिमाल समाज लमजुंगको पहिलो अधिवेशनका अवसरमा कवि ध्रुव रिमाल द्वारा बाचन गर्नु भएको कविता
मानीसका सवैक्षण, उस्तै हुँदैनन
मैले त आज खुसी नै खुसी भेटेको छु ।
किनकी मेरा बन्धुहरुको, प्यारो ठाउँ
यो मकैडाँडा बाटै, यी उद्गार पोखेको छु ।।
यो जन्म भूमि हो, अनि कर्म भूमि हो
हामी यत्रतत्र, छरिएर रहेका छौ ।
आखीर उही, रगतका बुदहरु
सबै एउटा कुलदेवता पुजेका छौ ।।
वनेका ताराहरु, तिमी चम्किदेऊ
अँधेरोमा पर्ने हरुलाई उजेलो छर्किदेऊ ।
कसैलाई दुःख पर्दा, सुल्झाउने दायीत्व बुझ
कोही भाई मर्दा, उठाउने काँध हो बुझ ।।
हुनेहरुले साँच्न सक, दिनेहरुले बाड्न सक
कोही बन्धु रोएको होला, काखै देखि हसाउन सक ।
तिमी बन्धुहरुको पिडामा, मल्हम बन
यो देश भरका कुल मन्दिरको, तिमी छाना बन ।।
तिमी होनहार बन, कुलको आर्शीवाद तिमीलाई
यही जिम्मेवार अनि पौरख तिमीलाई ।
इश्वरले साथ दिउन, मनोवल तिमीलाई
हामी सबैको माया अनि गौरव तिमीलाई ।।
तिमी देश विदेश जता ततै दौड
धर्तिमा गुड, आकासमा उड अनि पानीमा पौड ।
सिर्जनाको कलम बन, कालिगढको कला बन
विरामीहरुको डक्टर अनि असक्तहरुको बैशाखी बन ।।
अब मेचि देखि महाकाली, पुग्न परेको छ
हामीले हाम्रा बन्धु हरुलाई चिन्नु परेको छ ।
त्यसैले बन्धुहरुको एउटा नेट सन्जाल बनाउ
देश विदेशका रिमालहरुलाई सजिलै देख्ने बनाउ ।।
ध्रुव रिमाल
लमजुंग सूर्यपाल-९