जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

लमजुंग जिल्ला शाखाको प्रथम अधिवेशन सम्पन्न

Posted on:  June 6, 2018

रिमाल समाज लमजुंग जिल्ला शाखा कार्यालयले आफ्नो प्रथम अधिवेशन सफलतापुर्वक सम्पन्न गरेको छ । गत असोज २० गते वेसीशहर नगरपालीका वडा नं. १३ स्थित गंगा मिलन माध्यामिक विद्यालयको हलमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि रिमाल समाज केन्द्रिय कार्य समितिका महासचिव रवि रिमालले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व तत्कालिन कार्यवाहक अध्यक्ष गंगामाया रिमालले गर्नु भएको थियो भने कार्यक्रम संचालक सचिव नर बहादुर रिमालले गर्नु भएको थियो ।
कार्यक्रम स्थलमा लमजुंग जिल्ला भित्र छरिएर रहनु भएका नगरपालीका तथा गाविस हरुबाट प्रतिनिधित्व गर्दै जिता देखि बाहुनडाडा सम्मका रिमालहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न गाविस तथा नगरपालीकाबाट सहभागी हुनु भएका रिमालहरुले रिमाल समाजको यो कदम प्रति सह्राना गर्दै बंशावली फाराम समयमै बुझाउने तथा लमजुंग जिल्लामा पनि कुल देवताको मन्दिर निर्माण गर्न आवस्यक पहल स्वरुप उचित स्थानको खोजी गर्नु पर्ने आवस्यकता औल्याउदै ऐतिहासीक महत्व बोकेको मकैडाडामा कुल देवताको मन्दिर निर्माण गर्नु पर्ने बताउनु भएको थियो ।
सोही कार्यक्रममा यो वर्षदेखि रिमाल समाज केन्द्रीय कार्यालयले गर्दै आएको सैक्षीक पुरस्कार तथा सम्मान कार्यक्रम अन्तर्गत लमजुंग जिल्ला बाट सामुदायीक तथा संस्थागत विद्यालय तर्फ २०७० सालको एसएलसी परिक्षामा सामेल भई उत्कृष्ठ अंक ल्याउने १/१ जना विद्यार्थी लाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । र आगामी वर्ष देखी यो कार्यक्रमलाई निरन्तरता दिने समेत अधिवेशन बाट निर्णय भएको छ ।

कार्यक्रमा रिमाल समाज केन्द्रिय महासचिव रवि रिमालले अधिवेशनमा रिमाल समाजका बारेमा उठेका जिज्ञासा हरु र रिमाल समाजको प्रमुख उद्देश्यहरु बताउनुका साथै मन्दिर निर्माणको लागी रु १०००। सहयोग समेत गर्नु भयो ।

अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्व सम्मत्तिले चयन गरेको छ जस अनुसार

अध्यक्ष : सुवेदार नर बहादुर रिमाल

उपाध्यक्ष : गंगामाया रिमाल

सचिव : नर बहादुर रिमाल

कोषाध्यक्ष : क्याप्टेन ओम बहादुर रिमाल

सदस्य : बलभद्र रिमाल

सदस्य : नीर बहादुर रिमाल

सदस्य : भरत बहादुर रिमाल

सदस्य : तक बहादुर रिमाल

सदस्य : बल बहादुर रिमाल

सदस्य : खिलमाया रिमाल

सदस्य : किरण रिमाल

सदस्य : नेत्र बहादुर रिमाल

सदस्य : दुर्गा देवि रिमाल

लमजुंग जिल्ला शाखाले जनाए अनुसार गत वर्ष ३ आजिवन सदस्य सहित ५० जना र यो वर्ष १४७ जना सदस्य रिमाल बन्धु हरु रहनु भएको जनाएको छ । र आगामी दिनमा विधान अनुसार १ घर १ आजिवन सदस्यता लाई प्राथमिकताका साथ कार्यक्रम अगाडी बढाउने समेत जनाएको छ ।