जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजको चौथौ साधारण सभा सम्पन्न

Posted on:  May 6, 2018

रिमाल समाजको चौथौ साधारण सभा मिति २०७१ साल भाद्र २८ गते सनिवार सम्पन्न भयो । साधारण सभाको अध्यक्षता अध्यक्ष गौरीनाथ रिमाल ले गर्नु भएको थियो ।

 

११ बजे नबिन कला मन्दिर को सभाहल मा सम्पन्न कार्यक्रमको पहिलो चरणमा रिमाल समाजको संस्थापक अध्यक्ष , संरक्षक तथा सल्लाहकार हरुको आसन ग्रहण पश्चात राष्ट्रिय गान बाट कार्यक्रम को शुरुवात गर्दै बम्शावाली संकलन कर्ता छबिरमण उपाध्याय रिमाल को सम्झना गर्दै यस वर्ष दिबंगत हुनु भएका रिमाल समाजका संरक्षक बम्शावाली प्रकाशन समितिका अध्यक्ष भोगेन्द्र नाथ रिमाल सल्लाहकार रबिन्द्र रिमाल र गत वर्ष जेष्ठ रिमाल बाट सम्मानित साहित्यकार सीता देवी रिमाल र बल बहादुर रिमाल को तस्विरमा माल्यार्पण गर्दै श्रद्दान्जली अर्पण गर्दै कार्यक्रम को शुभारम्भ गरियो  ।

कार्यक्रममा  उपाध्यक्ष डा.डिल्लीराम रिमालले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संचालक केन्दिय सदस्य लेख नाथ रिमालले गर्नु भएको थियो ।

साधारण सभामा विभिन्न जिल्ला बाट आउनु भएका बन्धु हरुले आ-आफ्नो जिल्लाको गतिबिधि हरुको बारेमा जानकारी गराउनुका साथै कोषाध्यक्ष जयन्द्र रिमालले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७०/७१ को आय व्यय विवरण सव्रसम्मतिले पास गर्नु का साथै सचिव रवि रिमाल को वार्षिक कार्य प्रगति विवरण तथा भावी कार्ययोजना सर्वसम्मतिले पास गरेको थियो  ।

रिमाल समाजको बिधान अनुसार कार्यसमितिको पधवाधि यहि वर्ष सकिएको हुदा सर्वसम्मतिले निम्न सदस्य हरुको कार्य समिति चयन गरेको छ

१. अध्यक्ष श्री निर्मल कुमार रिमाल काठमाण्डौ

२. वरिष्ठ उपाध्यक्ष श्री डिल्लिराम रिमाल पूर्वाञ्चल

३. उपाध्यक्ष श्री राम प्रसाद रिमाल अछाम

४. उपाध्यक्ष श्री यम बहादुर रिमाल लमजुंग

५. उपाध्यक्ष श्री इश्वरि रिमाल नुवाकोट

६. उपाध्यक्ष श्री जयन्द्र रिमाल काठमाण्डौ

७. उपाध्यक्ष श्री रत्न प्रसाद शर्मा रिमाल दैलेख

८. महासचिव श्री रवि रिमाल काठमाण्डौ

९. कोषाध्यक्ष श्री शुरेस कुमार रिमाल ललितपुर

१०. सदस्य श्री शिव प्रसाद रिमाल अछाम

११. सदस्य श्री हरि प्रसाद उपाध्याय रिमाल अछाम

१२. सदस्य श्री मृगेन्द्र नाथ रिमाल काठमाण्डौ

१३. सदस्य श्री काशीनाथ रिमाल संखुवासभा

१४. सदस्य श्री राम प्रसाद रिमाल नुवाकोट

१५. सदस्य श्री दिपीका रिमाल थापा भक्तपुर

१६. सदस्य श्री कृष्ण प्रसाद रिमाल लमजुंग

१७. सदस्य श्री विष्णु प्रसाद रिमाल

१८. सदस्य श्री सुमा अर्याल रिमाल

१९. सदस्य श्री गंगा प्रसाद रिमाल नवलपरासी

संरक्षक सदस्यहरु

नृपेन्द्र नाथ रिमाल डिल्लीबजार

राम रत्न उपाध्याय रिमाल जावलाखेल

गौरीनाथ रिमाल मान भवन

सल्लाहकार सदस्यहरु

शंकरनाथ रिमाल नक्साल

कृष्ण प्रसाद रिमाल बानेश्वर

लक्ष्मण प्रसाद रिमाल विशालनगर

अरविन्द रिमाल डिल्लिबजार

हरि प्रसाद रिमाल हाडीगाउ

नव निर्वाचित अध्यक्ष निर्मलकुमार रिमालले कार्यक्रमको बिसर्जन गर्नु हुदै रिमाल समाज ले आगामी वर्ष देखि  आफ्ना माता पिता का नाम बाट समाजसेवा मा उल्लेख्य कार्य गर्नु हुने को लागि प्रोत्साहन स्वरुप रु. एक लाख को अक्षय कोष खडा गर्नु भयो उक्त रकम को ब्याज बाट आर्जित रकम पुरस्कारको लागि खर्च गरिने पनि उहाले बताउनु भयो । यस्तै अन्य बन्धुहरुले पनि आफ्ना माता पिताको नामबाट कोष हरु खडा गर्न आग्रह गर्नु भयो । येस्तै रिमाल समाज को भावी कार्ययोजना अनुसार भवन निर्माण पनि रहेको हुदा भवन निर्माण को लागि दुइ लाख सहयोग गर्ने बचन बद्दता दिनु भयो आफ्ना पुर्खा हरुको नाम मा भवन को कोठा निर्माण कोलागी सबै बन्धु हरु संग आग्रह गर्नु भयो ।

यस्तै अछामको ढकारी गाबिस स्थित ढनेटामा कुल देवताको मन्दिर निर्माण को लागि उठेको रकमहरु रिमाल समाज लाइ जिम्मा लगाइयो ।

येस्तै रिमाल समाजको कार्यलाई छिटो छरितो तरिकाले सम्पन गर्नको लागि सल्लाहकार श्री कृष्ण प्रसाद रिमाल को संयोजकत्व मा उपाध्यक्ष जयन्द्र रिमाल सहित रिमाल समाजका संस्थापक सदस्य लगाएत पुर्व कार्य समितिका सदस्य हरु रहेको बम्शावाली परिमार्जन तथा सुधार कमिटि निर्माण गरियो।