जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजको तेश्रो साधारण सभा सम्पन्न

Posted on:  March 4, 2018

रिमाल समाजको तेश्रो साधारण सभा तथा सम्मान कार्यक्रम यहि मिति २०७० साल भाद्र २९ गते शनिवार नेपाल संस्कृतिक संघको हल डिल्लीबजारमा रिमाल समाजका प्रमुख सल्लहाकार श्री लक्ष्मण प्रसाद रिमाल को प्रमुख आथित्यमा  सम्पन्न भयो ।

सभाको संचालन रिमाल समाजका संस्थापक सदस्य श्री हरि उपाध्याय रिमालले गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष गौरी नाथ रिमाल ले गर्नु भएको थियो ।

सभामा स्वागत मन्तब्य बरिस्ठ ईन्जिनियर तथा रिमाल समाजका संस्थापक सदस्य श्री शंकर नाथ रिमाल ले गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोषाध्यक्ष श्री जयन्द्र रिमाल ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो साथै सचिब रवि रिमाल ले संगठनात्मक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो  । दुवै प्रतिबेदनलाई उपस्थित सबै रिमाल बन्धु हरुले सव्रसम्मतिले पास गर्नु भएको थियो ।

सोहि कार्यक्रममा लक्ष्मण प्रसाद रिमाल, डा.राम रत्न उपाध्याय रिमाल, गौरीनाथ रिमालले जेस्ठ रिमालहरु गोविन्द कुमार रिमाल, सबिता रिमाल, हरि संकरानंद रिमाल, बल बहादुर रिमाल, ललित बहादुर रिमाल,   लाइ दोसल्ला  सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने स्वास्थ्य का कारण उक्त सभामा आउन नसक्नु भएका लम्जुङ्ग निवासी सन्त बहादुर रिमाल लाइ लम्जुङ्ग साखा का अध्यक्ष यम बहादुर रिमालले उहाकै निवासमा गई सम्मान गरि दिने र नक्साल निवासी कवयत्री सिता देबी रिमाल लै सम्रक्षक श्री न्रिपेंद्र नाथ रिमालले सम्मान गर्ने गरि जेस्ठ रिमाल हरुको सम्मान सम्पन्न गरियो ।

यसै गरि समाज सेवामा उल्लेख्य योगदान गर्नु भएका नुवाकोट निवासी राम हरि रिमाल लाई डा. राम रत्न उपाध्याय रिमालले सम्मान गर्नु भयो भने एस एल सी परिक्षामा सामुदायिक बिद्यालय तर्फा बाट ७०१ अंक प्राप्त गर्ने अर्पण रिमाल लाइ रिमाल समाज का उपाध्यक्ष डिल्लीराम रिमाल ले नगद ५००० सहित सम्मान गर्नु भयो भने संस्थापक बिद्यालय तर्फा बाट ७१७ अंक प्राप्त गर्ने नम्रता रिमाल लाई सल्लाहकार निर्मल कुमार रिमाल ले नगद ५००० सहित सम्मान गर्नु भयो ।

रिमाल समाज को तेश्रो साधारण सभामा अछाम बाट आउनु भएका राम प्रसाद रिमाल कैलालीका अध्यक्ष नवराज रिमाल, र लम्जुङ्ग का अध्यक्ष यम बहादुर रिमालले रिमाल समाजका बारेमा सारगर्विक कुरा हरु प्रस्तुत गर्नु भएको थियो सोहि अवसरमा अथिति तथा सम्मान्नित हुने रिमाल हरुका तर्फबाट रामहरी बाजेले रिमाल समाजको उन्नति प्रगतिको  कामना गर्दै रिमाल समाज ले लिएको उद्देश्य प्राप्तिका लागि सबै रिमाल हरुले एक जुट भै साथ दिनु पर्ने बताउनु भयो ।

यस रिमाल समाज को तेश्रो साधारण सभामा सहयोग कोष खडा गर्ने निर्णय पनि भएको छ उक्त कोष मा सहयोग गर्न सबै रिमाल हरुलाई आह्वान गर्ने र उक्त कोश को रकम को ब्याज बाट सिक्षा र स्वस्थमा खर्च   गर्ने निर्णय सर्वसम्मतिले पारित गरियो । बम्शावाली संकलन कार्यको लागि साखा भएका जिल्लाहरुमा साखा हरुलाई सक्रिय बनाउने र नभएका जिल्ला हरुमा न्युनतम पारिश्रमिक तोकी संकलन गर्न लगाउने निर्णय समेत भयो  ।