जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

नरेन्द्र वाङ्मय निधि सम्मान कार्यक्रम संम्पन्न

Posted on:  February 22, 2018

असार १५ गते नुवाकोट स्थित जिल्ला बिकाश परिषदको हलमा नरेन्द्र वाङ्मय निधि र नुवाकोट साहित्यिक समाज को संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री सनत कुमार रेग्मी को प्रमुख आतिथ्यमा  उक्त सम्मान कार्यक्रम सम्पन्न भयो  ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्री सनत रेग्मीको प्रमुख आथित्य मा सम्पन्न भएको सो कार्यक्रममा नरेन्द्र वाङ्मय निधिका अध्यक्ष श्री राम रत्न उपाध्याय रिमाल ले महाकवी नरेन्द्र नाथ रिमाल को जन्म नुवाकोटको कठेरीमा भएको र महाकवीले तत्कालिन श्री ३ प्रधान मन्त्रि चन्द्र शमशेर समक्ष गीता नेपाली भाषा मा अनुवाद गरि दिएको जसमा नेपाली भाषा लाइ विश्व सामु चिनाउँन ठुलो मद्दत पुगेको बताउनु भयो   । महाकवी ले नेपाली भाषा साहित्यको उत्थान को लागि अनवरत लागि परि नेपाली भाषामै १८ महाभारत नै उल्था गरि बनाराश बाट प्रकाशित गर्नु का साथै पहिलो विश्व युद्ध को मर्म लाइ लिएर सवाई छन्द मा युरोपिय महाभारत पनि रचना गर्नु भएको बारेमा चर्चा गर्नु भयो ।

सोहि कार्यक्रम मा उहाले नुवाकोटमा शिक्षा क्षेत्रमा केहि गर्न पहल गर्ने  वाङ्मय निधिको आकांक्षा भएकोले नुवाकोट तथा त्यस जिल्ला संग सिमाना जोडिएका धादिंग र रसुवाका लागि ५ जना बिद्यार्थी हरुलाई ईञ्जिनियरिङ्ग बिषयमा अधययन गर्न छात्रवृत्ति प्रदान गर्ने पनि बताउनु भयो ।

त्रिभुवन  विश्व बिद्यालय बाट २०६९ समुहको नेपाली बिषयमा स्नातकोत्तर तह (MA)  को परीक्षामा सर्वोत्क्रिस्ठ हुनु हुने गिरिराज न्यौपाने लाइ २५,१०१.०० सहित प्रसंशापत्र द्वारा सम्मान गरियो गरियो भने  प्रतिभा अन्तर्गत सम्मानित हुने हुने हरुमा  ऋषि प्रसाद लामिछाने “गोर्खे साइलो” र हरि प्रसाद पाण्डे लगाएत साहित्य क्षेत्र मा योगदान पुर्याउनु हुने व्यक्तित्व हरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय साहित्यकार तथा अथितिहरुले नरेन्द नाथ रिमालले नेपाली भाषा शहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै कविता बाचन समेत गर्नु भएको थियो ।