जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

सम्झनामा गोपाल प्रसाद रिमाल

Posted on:  February 20, 2015

गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा   चिनिनुहुन्छ । स्व.गोपालप्रसाद रिमालको जन्म विसं १९७५ , जेठ १८ गते, लगनटोल, काठमाडौंमा भएको हो । शिक्षा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नु भएका रिमालको पहिलो प्रकाशित रचना विसं१९९२ मा “शारदा”मा “प्रति” शीर्षकको कवितालाई मनिन्छ । उहाको मृत्यु विसं २०३०, कार्तिक ८ गते काठमाडौंमा भएको थियो।

उहाको प्रमुख कृति हरुमा

१) मसान (नाटक, वि.सं. २००३)
२) यो प्रेम (नाटक, वि.सं. २०१५)
३) आमाको सपना
आदि
उहाको मसान नाटक समकालिन साहित्यमा चर्चित नाटक हो। आमाको सपना कवितासंग्रह लगायतका उनका विभिन्न कृतिहरू प्रकाशित छन्। चर्चित नेपाली गीत “रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो” उहलेनै  रचना गर्नु भएको हो । जुन गीत अहिले नेपाली सेनाले सैनिक गीत बनाएको छ र अघिल्लो वर्ष दर्ज्यानी चिन्ह सहित सम्मान समेत गरेको छ . यस्तै रिमाल समाज ले पनि आफ्नो पहिलो साधारण सभा बाट उहालाई नेपाली साहित्य मा बिशेष योगदान पुर्याए बापत मरनोपरांत सम्मान गरेको थियो ।

पुरस्कार, मान-सम्मान, पदक

१) वि.सं. २०१९को मदन पुरस्कार “आमाको सपना” का लागि प्राप्त
२) वि.सं. २०३०मा ‘त्रिभुवन पुरस्कार’ प्राप्त
अन्य थुप्रै सम्मान तथा पुरस्कार हरु

 

कवि गोपालप्रसाद रिमाल:  “एक जुगमा एक दिन एक चोटी आउँछ ।“ कयिनी श्रीउमाकान्त (नानीप्रसाद) र श्रीमती आदित्य कुमारीका चार छोराहरू मध्ये जेठा हुन् ।यिनको जन्म वि सं १९७५मा लगनटोलमा भयो । यिनी दरवार हाईस्कूलको अध्ययनकालमा प्रतिभाशाली बिद्यार्थिका रूपमा चिनिएका थिए । विलक्षण प्रतिभाका प्रतिमूर्ति रिमाल वो सं १९९३को एस एल सी परिक्षामा प्रथम श्रेणीमा प्रथम (Board First)  भएका थिए ।त्रि-चन्द्र ललरजमा आई ए पढदा पढदै छोडेर जुद्धोदय हाईस्कूलको शिक्षक र पछि बर्दिया अमिनीको लप्टन भए । शोभा भगवतीमा गरीने भजन कीर्तन मार्फत राजनैतिक चेतना फैलाउने काम पनि गर्दथे । वि सं १९९७ सालको शहीद-काण्डले उनी मर्माहत भएर भारततर्फ लागे । यिनकी पत्नको अकालमा नै मृत्यु भएकोले, मायाको अभावले नै उनको मृत्यु भएको महसुस गरेर त्यसै संवेदनशिल घटनालाई आधारमानी वि सं २०१० साल तिर “यो प्रेम” नाटक लखेका हुन भनिन्छ । एक पटक बालकृष्ण समले नर्वेका यथार्थवादी नाटककार हेनरी इब्सनको “पुतलीको घर” (Doll’s House) रिमाललाई पढन दिएछन् ।त्यसपछि उनले नारी समस्यालाई मूल विषयवस्तु वनाई “मसान” नाटक वि सं २००३ सालमा लेखेका हुन् । उनको “माया” एकांकी वि सं २०१० साल तिर र “यो प्रेम” वो सं २०१६ सालमा प्रकाशित भएका छन् । वि सं २००७ सालको क्रान्तिपछि प्रजातन्त्रको स्थापना पश्चात रिमालले “आमाको सपना” कविता लेखेका उनी देशका लागि केही गरेर मर्ने भावनाका राष्टवादी कवि थिए यिनले वि सं २०१९सालमा मदन-पुरस्कार र वि सं २०३० सालमा त्रिभुवन-पुरस्कारबाट सम्मानित भएका थिए ।उनले वि सं २०२१ सम्म कविता लेखे । उनको अन्तम कविता “एउटा टिपोट” हो ।त्यसपछि उनको सिर्जना शक्ति शिथिल हुँदै गयो । वि सं २०३०साल कार्तिक ८ गते ५५ वर्षको उमेरमा उनको देहावसान भयो ।