रिमाल समाज ले आफ्नो तेश्रो वार्षिक साधारण सभामा यस वर्ष देखि जेष्ठ रिमाल लाइ पनि सम्मान गर्ने भएको हुदा तपाई हाम्रो परिवार भित्र वा अन्य कतै जेष्ठ रिमाल हुनु हुन्छ भने रिमाल समाजमा जेष्ठताको आधार सहित रिमाल समाज को केन्द्रिय कार्यालय काठमाडौँ वा शाखा कार्यालय भएका स्थान हरुमा नाम दर्ता गराई दिनु हुन अथवा नभएका स्थान हरुमा rimal.society@gmail.com मा ईमेल गरि दिनु हुन सम्पूर्ण बन्धु हरुलाई अनुरोध गरिन्छ ।
पहिलो साधारण सभामा सम्मानित हुने रिमाल हरुमा
१. स्व. छविरमण उपाध्याय रिमाल बम्शावाली संकलनकर्ता “मरनोपरांत”
२. स्व.गोपाल प्रसाद रिमाल नेपाली साहित्यमा बिशेष योगदान पुर्याउनु भएकोमा “मरनोपरांत”
३. भोगेन्द्र नाथ रिमाल बम्शावाली प्रकाशन समितिको अध्यक्षता ग्रहण गरि प्रकाशित गरि दिनु भएको मा
४. भैरब नाथ रिमाल “कदम” नेपाली साहित्यमा बिशेष योगदान पुर्याउनु भएकोमा
५. हरिप्रसाद रिमाल “नेपाली नाट्य क्षेत्रमा बिशेष योगदान पुर्याउनु भएकोमा
दोश्रो साधारण सभामा सम्मानित हुने रिमाल हरुमा
१. स्व.बासु रिमाल “यात्री” नेपाली साहित्यमा बिशेष योगदान पुर्याउनु भएकोमा “मरनोपरांत”
२. राम रिमाल र लक्ष्मण रिमाल बिज्ञान प्रबिधिका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आउनु भएकोमा
३. २०६८ को एसएलसी परीक्षामा बढी अंक ल्याई पास हुने निजि तथा सरकारी स्कूलका तर्फ बाट क्रमश: भूमिका रिमाल र संदेश रिमाल
४. निर्मल कुमार रिमाल रिमाल समाजलाइ बिशेष आर्थिक तथा बौद्धिक सहयोग गर्नु भएकोमा
अब हुने तेश्रो साधारण सभा बाट सम्मानित हुनु हुने रिमाल हरुको विवरण तपाई हामी संग छ भने सम्पर्क गर्न गराउन हुन पनि सबै लाई जानकारी गराइन्छ । सम्पर्क ९८४१४८०७७६ ईमेल : rimal.society@gmail.com