‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्णनमा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्णन आदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन ।
सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दुई पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्णन छ । कौरव-पाण्डव युद्धपछि विश्वविख्यात महाकवि वेदव्यासले ‘जय’ शिर्षक महाकाव्य रचे । त्यसलाई व्यासका प्रमुख शिष्य वैशम्पायनले केही थपेर ‘भारत’ नाम राखे । व्यासकै अर्का शिष्य सूतले नैमिषारण्यका हजारौं ऋषिलाई ‘भारत’ ग्रन्थ सुनाउने सर्न्दर्भमा अरू धेरै कथा जोड्दै गएपछि त्यसले ‘महाभारत’ को रूप लियो । यसलाई वैदिक परम्पराका विद्वान् साहित्यकारले वेदकै समकक्ष महत्त्व दिई ‘पा“चौं वेद’ भनेका छन् । नया“ भाषा, साहित्यिक वर्णन कौशल, विषयगत विविधता आदि दृष्टिले हेर्ने हो भने युगयुगसम्मका इतिहास र साहित्यका पाठकका लागि महाभारत ग्रन्थ वेदहरूभन्दा पनि बढी उपयोगी छ । यस ग्रन्थको विश्वका अनेक भाषामा पूरा या आंशिक अनुवाद हुँदै आएको छ । यसका विभिन्न कथा र नायक- नायिकामा आधारित असंख्य ग्रन्थ रचिएका छन् । नेपाली जनता निम्ति आफ्नो भाषामा यस महान् ग्रन्थलाई उतार्ने विशिष्ट साधनाको पहिलो बिंडो उठाए-पण्डित नरेन्द्रनाथ रिमालले । नुवाकोट, कठेरीमा १९३७ मा जन्मेका रिमालको शिक्षादीक्षा काशीमा भयो । अत्यन्त अध्ययनशील एवं विश्वको इतिहास र समकालीन राजनीतिबारे गहिरो ज्ञान हासिल गरेका रिमालले काशीलाई कर्मथलो बनाए । सम्भवतः अध्ययन, ज्ञान र चेतनाको उपयोग राणा शाही व्यवस्थामा गर्न सकिन्न भन्नेमा उनी सचेत थिए । नेपाली साहित्यको मध्यकालीन चरण थियो त्यो । नरेन्द्रनाथ चार वर्षा हुँदा भानुभक्तको रामायण प्रकाशित भएको थियो । मोतीराम भट्ट, शम्भुप्रसाद ढुंगेल आदिका सिर्जनाको चक्चकीको समय थियो । त्यस लहरले नरेन्द्रनाथको प्रतिभालाई कुत्कुत्याउदै गयो । उनले गहन रूपले दोहर्याइ-तेहर्याई महाभारत पढेका थिए । रामायण रच्ने भानुभक्तकै मूल प्रेरणा होला- उनले १९७७ मा पलेंटी कसेर ६ वर्षा नेपाली महाभारत अठार वर्षतयार गरे । त्यो महाभारतको अनुवाद नभई मूलकथामा आधारित मौलिक सिर्जना थियो । उनले त्यस विराट ग्रन्थको संक्षेपीकरण गरेका थिए । नेपाली पाठकको हातमा पुग्न सक्नेगरी १९८६ मा त्यसको प्रकाशन आफैंले गरे । राणाकालीन दमन र अशिक्षाको अन्धकारमा भासिएका देशबन्धुलाई राजनीतिक, सामाजिक र शास्त्रीय दृष्टिले ब्यूझाउ-उठाउ भनी ठूलो संकल्पको परिणाम थियो त्यो । त्यसको मंगलाचरणमा उनले पहिलो पंक्तिमा शिव, पार्वती, सुर्य र विष्णुलाई सम्झेर दोस्रो पंक्तिमा नेपालीको उन्नतिको काममा गरेका छन्-मङ्गल शङ्कर गौरी सुर्य हरिले नेपाल हिमालले वरिधेरै उन्नतिवाद् तुल्याउनु हवोस् मानिस त्यो देशभरि । प्रष्ट छ उनले नेपालीको चेतना विकास र देशको उत्थान निम्ति कलम चलाएका थिए । उनको यो सामाजिक जागृति र राजनीतिक दूरदर्शिता अरू रचनामा झन् प्रस्ट रूपले मुखरित भएको छ । युगपरिर्वतन चक्रको गतिबारे शान्ति पर्वमा उनी लेख्छन्-चक्रैसरी युरुप आदि घुमेर कूलोआउछ आउछ दिनै फिरि हुन्छ ठूलोहे भाइ यो मन सधैं नगरी धमीलोबन्नेछ कार्य गरी नै बुझ यो रसीलो । नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । त्यसैले उनले प्राचीन महाभारतमा मात्र कलम नचलाई आधुनिक युगको प्रथम विश्वयुद्ध -ग्रेट वार) लाई केन्द्रविन्दुमा राखेर समकालीन विश्वराजनीतिक द्वन्द्वको विश्लेषणसहित रचना गरे- ‘युरोपीयन महाभारत’ । विश्वको राजनीतिक परिस्थितिमा साधारण जनताले पनि सहज रूपमा बुझ्न सकुन् भनेर उनले यसलाई प्रचलित लोकगीत सवाई छन्दमा रचे । १९७७ मा प्रकाशित नया“ भारतको सुरुवात यस्तो छ-सुन सुन भाइ हो चारौंतर्फभारीपृथिविना घेरियको समुन्द्रको पारीटापुहेरु युरोपमा नाना रितका छन्आधा रुस यतातिर येसिया कहन्छन्इनी दुवै देशमुनि समुन्द्रको तलअम्रिका छ युरोपले भन्दछन् पाताललेखियाको तिनै ठाउ“ सबै पृथ्वीभरडगमग सबैलाई पारयो थहहरभन्छु भाइ सवाइमा घोर युद्ध सुनमहाभारतपछि यही ठूलो युद्ध गुन ।लाखौं मानिसको संहारसहित संसार हल्लाउने त्यो युद्ध कहाँ कहाँबाट सुरु भई कहाँ-कहाँ फैलियो र त्यसले कस्तो परिणाम देखायो, सजीव वर्णन गरेका छन् रिमालले । देखे-सुनेका घटनालाई कविता-काव्यमा सबै कविले प्रस्तुत गर्छन् । त्यस महायुद्धका विशिष्ट परिणामलाई बुझेर नवोदित परिस्थिति आकलन गर्दै राणाकालीन शासकलाई समेत परोक्ष रूपमा चुनौती दिनु कवि रिमालको विशेषता हो । उनका दुवै महाभारतका नया“ संस्करण हालै प्रकाशित छन् । जेठ २२ गते नरेन्द्र वाङ्मय निधि प्रतिष्ठानले उनको १२८ औं जयन्ती काठमाडौंमा मनायो ।प्रकाशित मिति: २०६५ जेष्ठ ३१
मोदनाथ प्रश्रति