यस प्रविधिमा भएका तर सामान्य भोटिङ मेशिनमा नभएका केहि विशेष विशेषताहरु
क) यो प्रविधि नेपाली निर्वाचन प्रकृया तथा आम मतदाताको ज्ञानको अवस्था लाई मध्यनजर गर्दै विकाश गरिएको हुनाले मतदाताको लागि पुरानै तरिकाबाट स्वस्तिक छाप लगाएजस्तै तरिकाले Electronic मतपत्रमा छाप लगाउन सकिन्छ । त्यस्तै मतदान अधिकृतको लागि सामान्य तालिमले नै यो प्रविधि चलाउन सकिने अवस्था रहन्छ ।
ख) हरेक पार्टीले पाएका मतहरुको जानकारी मतगणना गर्ने स्थान सम्म नआइपुग्दैमा कसैको जानकारीमा आउनु हुँदैन, यसैलाई आधार मानेर यस प्रविधिमा मत गणना गर्नको लागि Fingerprint को Security व्यवस्था गरिएको छ । जब मतदान कार्य सम्पन्न हुन्छ, तब मतगणनाको लागि गणनास्थलसम्म नपुग्दासम्म कुनै पनि हालतमा दलहरुले पाएका मतको जानकारी लिन सकिने प्रावधान यस प्रविधिमा छैन । मतगणनास्थल पुगेपछि संबन्धित अधिकारीको Fingerprint राखेपछिमात्र गणनाको कार्य गर्न सकिनु यसको प्रमुख विशेषता रहेको छ ।
ग) मतदानमा हुनसक्ने धाँधलीलाई कम गराउनको लागि यस प्रविधिमा हरेक मतदानमा समयसहितको रेकर्ड बस्ने प्रावधान गरिएको छ । निर्वाचन शुरु हुनु भन्दा अघि कुनै मत लगार्ईएको भएमा स्वत उक्त मत रेकर्डमा नआउने र निर्वाचन समाप्त भएपछि समेत मतदान अन्त बटन थिचेपछि त्यसमा रेकर्ड नबस्ने हुन्छ । कथं कदाचित मतदान अधिकृतलाई आफ्नो बसमा लिएर जवर्जस्ति मत हाल्ने कोसिस गरेमा पनि उक्त समयको रेकर्डलाई अमान्य गर्ने प्रावधान समेत गर्न सकिन्छ । यसको प्रयोगले मतदान संबन्धि कुनै उजुरी परी पछि गरिने अनुसन्धानमा समेत ठूलो टेवा पुग्दछ ।
घ) हामीकहाँ हुने निर्वाचन फरक फरक प्रकृतिका छन् । एक भोट प्रणाली, संविधानसभा जसमा प्रत्यक्ष र समानुपातिक गरी फरक फरक २ स्थानमा मतदान गर्ने प्रणाली, त्यस्तै गाविस तथा वडाहरुमा हुने स्थानीय निर्वाचन जसमा एकै मतदाताले ७ स्थानमा मत दिनुपर्ने हुन्छ । त्यसैले बाहिरी कुनै प्रविधिले पनि हाम्रो प्रकृतीको निर्वाचनलाई सम्बोधन गर्ने अवस्था छैन । यो प्रविधि मौलिक छ, यसको प्रयोगले हाम्रो देशमा हुने हरेक निर्वाचनको लागि एउटै मेशिनले मतदान गर्न सकिन्छ ।
ङ) यो प्रविधिमा पावर सप्लाईको लागि Rechargable Battery प्रयोग गरिएको छ, कुनै विशेष प्रकारको व्याट्री प्रयोग गर्दा सानो भूलले निर्वाचनको प्रकृयामा नै असर पर्ने हुनाले यस प्रविधिमा बजारमा सजिलै उपलब्ध हुने AAA व्याट्री प्रयोग गर्न सकिन्छ वा नजिकै भएको २२० ख्यति पावर सप्लाई मा जोडेर समेत यसलाई चार्ज गर्न सकिन्छ ।
च) यो प्रविधिमा उम्मेद्वार संख्यालाई केहि फराकिलो पारिएको छ, सामान्य अवस्थामा २०० तथा विशेष अवस्थामा ८०० जना उम्मेद्वार सम्मको लागि यो प्रविधिले काम गर्न सक्छ ।
छ) हरेक Electronic भोटिङ मेशिन कुनै विशेष सफ्टवेयरको माध्यमबाट चल्ने हुन्छ । मेशिनमा सफ्टवेयर राख्दा Digital Signature को जरुरी हुन्छ । यो प्रविधिमा Digital Signature तथा Machine Self Health Checkup को व्यवस्था गरिएको छ र उक्त कुरा प्रिन्ट समेत निकाल्न सकिन्छ ।
ज) अधिकांश भोटिङ मेशिनमा दृष्टिविहिनहरुका लागि Braille लिपी को व्यवस्था गरिएको हुन्छ । तर हाम्रो समाजको अवस्थलाई हेर्ने हो भने Braille साक्षर दृष्टिविहिनहरुको संख्या अत्यन्तै नगन्य रुपमा रहेको छ । समाजका अधिकांश पाका उमेरका मतदाताहरु निरक्षर छन् । त्यस्तो अवस्थामा यस प्रविधिमा Braille लिपी को ज्ञान भएका हरुको लागि Braille तथा Braille नजान्ने तथा निरक्षरहरुका लागि Embossed कोठाहरुको व्यवस्था गरिएको छ । जसबाट हामी हाम्रो समाजमा रहेका हरेक अवस्थाको मतदाताहरुले कसैको सहयोग विनानै मतदान गर्न सक्छन् ।
झ) निर्वाचन जस्तो संबेदनशील कार्यको लागि एकै स्थानमा मात्र भएको रहेको डाटा पर्याप्त नहुन सक्छ त्यसैले यस प्रविधिमा दुइ स्थानमा डाटा रहने व्यवस्था गरिएको छ ।
ञ) यो प्रविधिको अर्को पक्ष भनेको यसमा मतदान गरेपछि विश्वस्त रहनको लागि मतदाताले छाप लगाएको चिन्हको नं को जानकारी स्कृनमा २ सेकेण्ड सम्म रहने तथा तपाईको मतदान सफल भयो भन्ने आवाजले मतदाताहरु अझै विश्वस्त हुन सक्छन् ।
ट) आजको विश्व प्रविधिमा यति छिटो फड्को मारिरहेको परिप्रेक्षमा यस प्रविधिमा भविष्यमा आउने Voter Smart Card तथा Fingerprint को समेत प्रयोग गर्न सकिन्छ ।