जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रामलक्ष्मण रिमालको ई- भोटिंग मेशिन

Posted on:  February 20, 2014

स्वदेशमै निर्वाचनमा प्रयोग हुने  ई- भोटिंग मेशिन निर्माण भएको छ । आम मतदाताको साक्षारतालाई मध्यनजर गरी युवा बैज्ञानिक रामलक्ष्मण रिमाल दाजुभाईले करीव दुइ वर्षको अथक प्रयास पछि यस्तो मेशिन निर्माण गरेका हुन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन निकायहरुका माझ चर्चा र चासाको विषय बन्न पुगेको नेपाली उत्पादन भारत, अफ्रिका र अमेरिका लगाएतका देशहरुले प्रयोगमा ल्याएका मेशीन भन्दा सरल, सहज र प्रभावकारी रहेको जनाईएको छ । संयूक्त राष्ट्रसंघिय विकास कार्यक्रम (यूएनडीपी) ले समेत यो मेशीनको बारेमा अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलवार सिंहदरवार स्थित आप्नै कार्यकक्षमा यो उपकरणको अवलोकन गरी प्रयोगका विषयमा जानकारी लिनुभएको छ ।

निर्वाचन आयोगलेआसन्न निर्वाचनको लागी भारतबाट मेशिन ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्री भट्टराईले भने स्वदेशमै उत्पादित मेशीनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीसंगको भेटपछि बैज्ञानिक राम रिमालले गोरखापत्रलाई बताउनुभयो । यो मेशिनको परिक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट र निर्वाचन आयोग अन्र्तगत निर्वाचन सूचना केन्द्रले मेशिनको प्रविधि परिक्षण गरिरहेक छन । बैज्ञानिक रिमाल दाजुभाईले विदेशी भन्दा स्वदेशी  भोटिंग प्रविधि सरल र सहज मात्र नभै बलियो तथा सस्तो समेत भएको दावी गर्नुभयो । प्रम भट्टराईले पनि स्वदेशी उत्पादन भएकै कारणले भन्दा पनि यो प्रविधिको प्रयोग सरल र सहज संगै विश्वसनिय भएका कारण आगामी निर्वाचनमा प्रयोग गर्न सकिने बताउनुभएको छ । लक्षण रिमालका अनुसार प्रम भट्टराईले नै स्वदेशमै  ई- भोटिंग मेशिन निर्माण भएको खवर पाएपछि अवलोकनका लागी इच्छा व्यक्त गर्नु भएको हो ।

यो प्रविधिको प्रयोग संगै समयको बचतको अतिरिक्त मतपत्रको झंझट मत बदर हुने समस्या र एकै व्यक्तिले धेरै जनाको नाममा मतदान गर्ने जस्ता समस्या सून्य मा झार्नेछन । रिमाल दाजुभाईका अनुसार फिंगर प्रिन्टका कारण एक व्यक्तिले एक पटक मात्र भोट गर्न पाउने व्यवस्था गरिएको छ ।

जुनसुकै निर्वाचनमा प्रयोग गर्न सकिने यो बहुउपयोगी प्रविधिमा जडान गरिएका उपकरण हरु स्वचालित हुने भएकाले जनशक्तिको समेत बचत हुनेछ । मतदान लाई सरल र सहज बनाउन मातृभाषा समेत प्रयोग गर्न सकिन्छ । लक्षण भन्नुहुन्छ । यो नेपाली मतदातालाई सुहाउदो गरि निर्माण गरिएको उपकरण हो । एउटा मत पनि खेर जादैन बदर पनि हुदैन तोडफोड गर्ने त सम्भावना नै छैन । उहाले भन्नुभयो मतदान गर्न पनि सजिलो छ । अशिक्षित व्यक्तिले पनि आफुले गरेको मतदान सहि र गलत भन्ने कुरा प्रविधिमा रेकर्डेट आवाज धन्यवाद शव्दबाट प्रमाणित गर्ने छन । त्यसैले मत खेर जाने सम्भावना नै रहदैन ।

यो मेशिनबाट हुने मतदान धाधलीरहीत निश्पक्ष हुने विश्वास व्यक्त गरिएको छ । एउटा व्यक्तिले १५ सेकेण्डमा मतदान गरिसक्छ । गणना तत्कालै मेशिन बाट नै अटोमेटिक हुने भएकाले मत गणना गरि रहनु पर्ने झंझट पनि छैन । मतदान गर्ने वित्तिकै सम्पुर्ण विवरण तत्कालै मेशिन मा नै देख्न सकिन्छ । उहाले जानकारी दिनुभयो । टेक्नोलोजी सेल्स प्राली ले उत्पादन गरेको यो प्रविधि विश्वसनियताका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय बाट परिक्षणको कार्य जारी रहेको प्रालिका अध्यक्ष केवि भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो प्राविधिक त्रुटी हुन सक्छ कि भनेर प्राविधिक निकाय संग छालफल जारी छ ।
साभार गोरखापत्र २०६९ /०७/२२