जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाज को दोश्रो साधारण सभा सम्पन्न

Posted on:  December 6, 2013

रिमाल समाजको साधारण सभा तथा भेला मिति २०६९ साल अशोज ६ गते नेपाल संस्कृतिक संघ डिल्लीबजार मा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको संचालन समाजका सदस्य काशी नाथ रिमालले गर्नु भएको थियो भने यस कार्यक्रममा बम्शावाली प्रकाशन समितिका अध्यक्ष भोगेन्द्र नाथ रिमाल रिमाल समाजका संस्थापक अध्यक्ष न्रिपेंद्र नाथ रिमाल सल्लहाकार लक्ष्मण प्रसाद रिमाल समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम को सभापतित्व अध्यक्ष गौरीनाथ रिमाल ले गर्नु भएको थियो भने शुरुवातमा बम्शावाली प्रकाशन समितिका सचिव तथा रिमाल समाज का बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद रिमाल ले स्वागत मन्तब्य प्रस्तुत गर्नु भएको थियो त्यस लगत्तै अध्यक्ष गौरीनाथ रिमालले अहिले सम्म आजीवन सदस्य लिनु भएका रिमाल बन्धु हरुलाई परिचय पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रम को दोश्रो चरणमा विभिन्न व्यक्तित्व लाई सम्मान गरिएको थियो सम्मानित हुने हरुमा मरानोपरांत शाहित्यकार श्री बासु यात्री रिमाल लाइ उहाको धर्म पत्नी शारदा रिमाल लाई रिमाल समाज का सल्लाहकार सदस्य लक्ष्मण प्रसाद रिमालले युवा सम्मान राम र लक्ष्मण रिमाल लाइ गौरी नाथ रिमालले ,पण्डित नरेन्द्र नाथ रिमाल द्वारा रचित १८ पर्ब महाभारत मा बिध्याबारिधि गर्ने डा.मधु सुधन लामिछाने लाइ डा राम रत्न उपाध्याय रिमाल ले र रिमाल समाज लाई सिक्षा र स्वास्थ मा टेवा पुग्ने गरि आफ्नो नाउमा अक्षय कोष खडा गरि बिशेष आर्थिक सहयोग गर्नु हुने निर्मल कुमार रिमाल लाइ बम्शावाली प्रकाशन समितिका अध्यक्ष भोगेन्द्र नाथ रिमाल ले सम्मान गर्नु भएको थियो । रिमाल समाजका बम्सज हरुमध्य बाट बि.सं २०६८ साल को एसएलसि परिक्षा मा संस्थागत “निजि” श्री शिशु निकुन्ज सेकेण्डरी इन्ग्लिश स्कूल काठमाडौँ बाट भूमिका रिमालले ८९.५ प्रतिशत अंक प्राप्त गरि बिशिस्ठता सहित प्रथम श्रेणी र सामुदायिक तथा रिमाल समाजका बम्सज हरुमध्य बाट बि.सं २०६८ साल को एसएलसि परिक्षा मा संस्थागत “निजि” श्री शिशु निकुन्ज सेकेण्डरी इन्ग्लिश स्कूल काठमाडौँ बाट भूमिका रिमालले ८९.५ प्रतिशत अंक प्राप्त गरि बिशिस्ठता सहित प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा निर्मल कुमार रिमालले र सामुदायिक तथा सरकारी स्कूल श्री बगेश्वोरी माध्यमिक बिद्यालय धधिंग बाट संदेश रिमालले ७९ प्रतिशत अंक प्राप्त गरि प्रथम श्रेणी मा उत्तीर्ण संदेश रिमाल लाई डिल्लीराम रिमाल ले सम्मान पत्र का साथै नगद रु ५००० प्रदान गरिएको छ ।

रिमाल समाजको यस कार्यक्रममा अन्य व्यक्तित्व हरुले रिमाल समाजको प्रगतिको कामना गर्दै आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।