Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–७


अर्जुन मन जो मैमा, आश्रयै लिइ मै जहाँ ।
योग तिमि गरे मैमा, जान्ने छौ पूर्णको यहाँ ।। १ ।।

शास्त्रीय अनुभवै याहाँ, ज्ञान भन्छु म दूइ नै ।
जो ज्ञान जानि लोकैमा, जान्ने फेर् छैन वस्तु नै ।। २ ।।

हजार् मनुष्यबीचैमा, एकले सिद्धि पाउँछन् ।
ती सिद्ध पाउनेमाहाँ, कोइले तत्व जान्दछन् ।। ३ ।।

भूमि वायु जलै अग्नि, आकाश बुद्धि फेर् मन ।
अहंकार् यस भाँती यि, मेरा प्रकृति आठ छन् ।। ४ ।।

अर्जुन अपरा एक, मेरो ता प्रकृती छन ।
दोस्रो परा प्रकृतीले, संसार् धारण गर्छन ।। ५ ।।

यी दुवै प्रकृती याहाँ, सम्पूर्ण प्राणिको पनि ।
उद्भव३३ भूमि देखी छ, गर्ने हर्ने म हूँ पनि ।। ६ ।।

हे अर्जुन कुनै वस्तु, म देखी छैन फर्कमा ।
धागोमा मणि ऊने झैँ, गुथेको छ सबै ममा ।। ७ ।।

जलमा रस सूर्यै र, चन्द्रको कान्ति वेदको ।
प्रणव शब्द आकाश, म बलै हूँ नि सर्वको ।। ८ ।।

पृथ्वीमा गन्ध आगोको, तेज हुँ प्राणीको अनि ।
जीवन फेर् तपस्वीको, तप रूपै मर्इँ छु नि ।। ९ ।।

प्राणी यी सबको पार्थ, उत्पत्ति बीज ता म हुँ ।
बुद्धि म बुद्धिमानैको, तपस्वीको म तेज हुँ ।। १० ।।

अर्जुन काम रागै जो, नहुने बलवानको ।
बल धर्म अनूकूल३४, काम हुँ प्राणिहेरुको ।। ११ ।।

सत्व रज तमैदेखी, उत्पन्न छ पदार्थ जुन् ।
मदेखि बनि सम्पूर्ण, मदेखि यिनि फर्क छन् ।। १२ ।।

भएका तीन गूणैले, मोहका सनसारिले ।
अलग्ग तीन गूणैको, जान्दैन म अनादिको ।। १३ ।।

अद्भूत त्रिगुणी मेरो, माया दुस्तर् कठीन छ ।
मेरो जो शरणै पर्ने, यो माया उहि तर्दछ ।। १४ ।।

दुराचार् मूढ मायाले, जस्को ज्ञान त नष्ट छ ।
हिंसा झुटो असुर्भाव, हुनेले म न पाउँछ ।। १५ ।।

हे पार्थ आत्मज्ञानै र, खोजने दुःख नाशन ।
खोजने धन फेर् ज्ञानी, गर्छ चार् मईँ सेवन ।। १६ ।।
यिन्मा एक दीलै लीई, मैमा जो भक्ति गर्दछन् ।
श्रेष्ठ किन भनेदेखी, मै प्यारा ज्ञानवान छन् ।। १७ ।।

यी चारै भक्त श्रेष्टैका, ज्ञानी मेरो त आत्म झन् ।
किनकि मन मैमा दी, भजी उत्तम जान्दछन् ।। १८ ।।

धेर जन्म पछीमाहाँ, वासुदेव सनातन ।
बुद्धि यो ज्ञानिको मिल्छ, तेस्ता हुनै कठिन् छन ।। १९ ।।

जो जो त कामनाले ता, ज्ञानै जस्को त नष्ट छ ।
भजेर अरु दैवैमा, आफ्नै नियम बाँधछ ।। २० ।।

जसले जुन देवैमा, भजछ भाव जो तहाँ ।
उसको उस देवैमा, श्रद्धा गर्छु दृढैमहाँ ।। २१ ।।

उ जो श्रद्धा भई ताहाँ, जो देव इष्ट धाउँछ ।
तेस्तै मैले बनाएको, कामना हित पाउँछ ।। २२ ।।

तर त्यो मन्ददीलैको, फल नाश विनाश छ ।
भजछ जो उ पाऊला, मेरो भक्त म पाउँछ ।। २३ ।।

मेरो स्वरूप नित्यैको, न जानी मन्द बुद्धि जुन् ।
प्रकटै नहुने जो ता, मैमा प्रकट मान्दछन् ।। २४ ।।

ढाकेका योग मायाले, देखदिन म सर्वमा ।
यस्तो जो मूर्खले मानी, जान्दैन म अनादिमा ।। २५ ।।

अर्जुन गयको फेरी, भैरहेको पछी हुने ।
जान्दछु स्थावरै जङ्गम्, ममा कोइ नजानने ।। २६ ।।

इच्छा र रीसले हूने, सुख दुःखादि देखिन ।
सम्पूर्ण सृष्टिमा प्राणी, पार्थ मोह ति पर्छन ।। २७ ।।

तर जो पुण्यवानैको, गएको पाप छोडि छ ।
दुख सुखादि मोहैको, छुटि सेवा म गर्दछ ।। २८ ।।

जो जरा मृत्यु वृद्धादि, दूर् गर्नाको निमित्त ता ।
मेरो नै आश्रयै लीने, जान्दछ ब्रह्म कर्म ता ।। २९ ।।

अधिभूत अधीदैव, जो अधियज्ञ गर्दछन् ।
समाधि जानि मैलाई, गर्ने गर्दा म चिन्दछन् ।। ३० ।।

इति श्री भगवद्गीता, कृष्ण अर्जुनको पनि ।
संवाद ज्ञान विज्ञान सात अध्या भयो पनि ।। ७ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित