Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–११


पार्थ बोले मलाई ता, कृपा दृष्टि गरीकन ।
अध्यात्मिक हुकुम्ले यो, गर्नु भो दूर मोहन ।।१।।

कमलनेत्र हे कृष्ण, चराचर् जन्म नाश यो ।
हुने सुनेँ प्रभुदेखी, महात्म्य अविनाशि यो ।।२।।

हे ईश्वरप्रभूले जुन्, ऐश्वर्य वर्णनै सब ।
गरेको रूप नै देख्न, इच्छा म गर्दछू अब ।।३।।

हे कृष्ण यदि मैले ता, देख्न सक्ने विचार् गरी ।
अविनाशी पनि आफ्नु, रूप देखाउनोस् हरि ।।४।।

यो सुनी भन्नु भो कृष्ण, दिव्य अनेक भाँतिको ।
मेरो वर्ण र आकार, हेर सहस्र रूपको ।।५।।

हे पार्थ वसु सूर्यै र, रुद्र अश्विनि मारुत ।
नदेख्ने कहिले धेरै, यस्तो आश्चर्य हेर त ।।६।।

हे गुडाकेश मेरो यो, शरीर् जङ्गम स्थावर ।
संसार् सबै यकै ठाउँ, देख्न इच्छा मनै भर ।।७।।

तर यो नेत्रले याहाँ, मलाई तिमि देखन ।
सक्दैनौ दिन्छु दिव्यै यो, नेत्रै विभूति हेरन ।।८।।

सञ्जयले भने राजन्, यस भाँति भनी तहाँ ।
कृष्णले विश्वरूपैको, देखाए अर्जुनैमहाँ ।।९।।

रूप जो धेर्मुखै नेत्र, धेरै अद्भुत दर्शनै ।
धेर् प्रकार् भूषणै दिव्य, अनेक दिव्य अस्त्र नै ।।१०।।

दिव्य माला लुगा धारी, दिव्य घसेर चन्दनै ।
आश्चर्यको प्रकाशै ता, थियो चार्तर्फ मूख नै ।।११।।

एकै काल यदी जाहाँ, हज्जार सूर्य अकाशमा ।
भए उनि महातमा झैँ, होला तेज सदृश्यमा ।।१२।।

पार्थले उस बेलामा, गाथ्मा नाना र भाँतिको ।
फर्कै र एक ठाऊँमा, देखे सारा त्रिलोकको ।।१३।।

आश्चर्य युक्त रोमाञ्च, भई अर्जुन देहमा ।
हात जोडी नुही ढोगी, भन्छन् ती विश्वरूपमा ।।१४।।

(इ) हे देव् तिम्रो शरीर्मा सबै नी ।
नाना र भाँती समुदाय प्राणी ।।
पद्यै छ जो आसन ब्रह्म जाहाँ ।
सम्पुर्ण देख्छू ऋषि नाग याहाँ ।।१५।।

हे विश्वजी हात उदर्मुखै३८ जहाँ।
नाना रकम् आँख बहूत याहाँ ।।
आदी र मध्ये पनि छैन अन्तै ।
रूपै म देख्छु प्रभुको अनन्तै ।।१६।।

मूकूट चक्रै प्रभुले त धारी ।
चार्तर्फ तेजै बहुतै छ भारी ।।
सूर्यै र अग्नी सरि कान्तिवानै ।
देख्छू दुखैले नहुने प्रमाणै ।।१७।।

ब्रह्मै हजुर् जानि लिने सबैको ।
आधार नित्यै धरमैहरूको ।।
रक्षा प्रभू नै पनि फेर याहाँ ।
सनातनै देखछु विश्वमाहाँ ।।१८।।

तिम्रो त आदी बिच अन्त्य छैन ।
धेरै भुजा चन्द्र र सूर्य जो छन् ।।
आँखा पनि अग्नि सरी बलेको ।
देख्छू मुखै तेज सबै तेको ।।१९।।

हे ईशवरै तीमि त यो अकाशै ।
अन्तर्भुमीहेरु यि सर्व दीशै ।।
व्याप्त भयङ्कर् पनि यो रुपैले ।
देखी त्रिलोकै थरथर् डरैले ।।२०।।

यी देवता फौजहरू पिछामा ।
डर्ले यिनी जोडि करै प्रभूमा ।।
गर्ने स्तुती सिद्धहरू ऋषी ता ।
स्वस्ती भनी शब्द गरी स्तुती ता ।।२१।।

प्रभूमहाँ रुद्र सुर्यै वसू यी ।
साध्ये विश्वेदेव अश्विन् कुमारै ।।
वायू पितर् यक्ष गन्धर्व जो यो ।
आश्चर्यले हेर्छ सिद्धै असूर ।।२२।।

तिम्रो प्रभू मूख बहूत याहाँ ।
आँखा भुजा पेट छ पाउ जाहाँ ।।
द्रंष्ट्रै भएको छ रुपैत फेरी ।
सारा यि लोकै र म डर्छु हेरी ।।२३।।

आकाश हे विष्णु छुनेछ जाहाँ ।
तेजै छ फेर् कान अनेक याहाँ ।।
फैलाउ चम्चम् मुख नेत्र जाहाँ ।
देखेर शान्ती मन छैन याहाँ ।।२४।।

डर्को छ दाँतै प्रलयै समानै ।
अग्नी सरीको मुख देखदा नै ।।
दीशा नचिन्ही भ्रममा भयो नि ।
हे देव ईश्वर्प्रभु खुस् हुनोस् नि ।।२५।।

सम्पूर्ण छोरा धृतराष्ट्रको ता ।
फेर् द्रोण कर्णै सब राजनै ता ।।
दाँतै प्रभुको डर लागदो नै ।
भित्रै मुखैमा सब पस्दछन् नै ।।२६।।

कोही हजुर्को पनि दाँतमाहाँ ।
बीच्मा परी चूर्ण भएर यहाँ ।।
शीरै टुटेका छन नाथ जाहाँ ।
यस्तो म देख्छु प्रभु विश्वमाहाँ ।।२७।।

जस्तो नदी वेग प्रवाह वाहाँ ।
पर्ने गई जो त समुद्रमाहाँ ।।
त्यस्तै यि शूर्वीर् नरराज याहाँ ।
पस्ने हजुर्का मुख भित्र माहाँ ।।२८।।

जस्तो बलेको पनि आगमाहाँ ।
बेगे लि पुत्ली मरनै ति जाहाँ ।।
जाने उसै रीत् सब वीर याहाँ ।
पस्छन् हजर्का मुख वेग माहाँ ।।२९।।

हे विष्णु यो चार्तरफै जाहाँ ।
तेजै मुखैले सब वीर याहाँ ।।
खाएर बार्बार् पनि स्वाद लीने ।
व्याप्तै छ सारा प्रभु तेज पोल्ने ।।३०।।

हे देव यो उग्र स्वरूप को हुन् ।
गर्छू नमस्कार् भन आज जो हुन् ।
संसार आदि प्रभु जान्नको ता ।
इच्छा म गर्छू रुपलाई यो ता ।।३१।।

(शार्दू) यो सूनी भगवानले हुकुम भो, यो लोक नाशै पनि ।
गर्ने उत्कट काल हूँ म सबको, संहार गर्नै भनी ।।
याहाँ आज भई गएँ तिमि यदी, लड्दै न लड्ये पनि ।
सम्पूर्ण यिनि सैन्न्य आइरहने, योद्धा न बच्ने छ नि ।।३२।।

यो हेतू तिमि ऊठि यो रणमहाँ, मारेर शत्रू अनि ।
यश् लीई तिमि भोग राजसुख यो, पार्थै सबैको पनि ।।
पैल्हे नै यिनिलाई मारि मइँले, राखी सक्या छू यहाँ ।
तीमी ता यक केवलै यसमहाँ, नीमित्त मात्रै जहाँ ।।३३।।

(अ) भीष्म जयद्रथै द्रोण, कर्ण आदि विरै सब ।।
मारीसकेँ मईँले नै, मार दिक् नलिई अब ।।३४।।

भने सञ्जयले वाहाँ, यो प्रकार् भगवानले ।
भनेको वचनै सूनी, जोडी हात किरीटिले ।।
कम्पमान भई जाहाँ, फेर् झुकाई शिरै तहाँ ।
ढोगी गद्गद भै जाहाँ, स्वर्ले बोले हरीमहाँ ।।३५।।

हे कृष्ण यो हजूरैको, कीर्तिले जगतै यहाँ ।
प्रेमैले युक्तको छन् नै, राक्षसादि दिशामहाँ ।।
डरले भागछन् याहाँ, सिद्धेहेरू प्रभूमहाँ ।
बार्बार् दण्डवतै जाहाँ, गर्छन् स्व योग्य हो यहाँ ।।३६।।

(इ) हे कृष्ण हे नाथ प्रभू हजूरै ।
ब्रह्मादिहेरू गरने कर्तारै ।।
आदी नढोगुन् प्रभुलाई याहाँ ।
सत् फेर् असत् अक्षर आदि जाहाँ ।।३७।।

ब्रह्माण्ड रूपै प्रभु ता हजुर्नै ।
आदी सबैको लय घर् हरी नै ।।
धेर् जान्न योग्यै बसतू हजुर् ता ।
संसार व्यापी परधाम नै ता ।।३८।।

वायू तिमी अग्नि र चन्द्रको नै ।
फेरी वरूणै यम ब्रह्मको नै ।।
पिता हजुर हौ नि हजार बारै ।
गर्छू नमस्कार् प्रभु बारबारै ।।३९।।

सम्पूर्ण रूपै प्रभुलाई धेरै ।
गर्छू नमस्कार् बलका अधारै ।।
क्यै छैन अन्त्यै जग ढाकिएको ।
सर्वात्मकै हौ प्रभु ता सबैको ।।४०।।

तिम्रो महीमा मइँले नजानी ।
मित्रै समानै प्रभुलाई ठानी ।।
जो ता गरेको अपमान याहाँ ।
मत्तै भई वा प्रितिले त जाहाँ ।।४१।।

अच्यूत हे नाथ उ बातको नै ।
माग्छू म क्षेमा बसि ऊठदा नै ।।
शथ्या बिहार् भोजन एकलो नै ।
हुँदा गरेको प्रभुहोस् क्षमा नै ।।४२।।

ठूलो प्रतापै स्थिर जङ्गमैको ।
पितृ र पूज्यै गुरु ता सबैको ।।
स्वामी प्रभू तुल्य त कोहि छैनन् ।
ठूलो अनी को हरि देखि हूनन् ।।४३।।

यस् निम्ति स्तूती इश शिर् झुकाई ।
गर्छू दया होस् प्रभुले मलाई ।।
ईश्वर् पिता पुत्र र मीत् मितै जुन् ।
प्रीया प्रियैको कसुरै सहन्छन् ।।४४।।

वस्तू नदेख्ने पनि देखि खूसै ।
डर् भै मनैको व्यथितै भयो नै ।।
संसार स्वामी प्रभु जो त बेसै ।
रूपै दिखाई हुनुहोस् प्रसन्नै ।।४५।।

हज्जार् भुजा हे प्रभु विश्वजीमा ।
कीरीट माथै चकरै छ हातमा ।।
यस्तो हजुर्को रुप देख्न त्याहाँ ।
इच्छा छ हे नाथ मलाई याहाँ ।।४६।।

(शा.) यसतो अर्जुनको सनेर विनती श्रीकृष्णजीले अनि ।
आज्ञा भो सुन पार्थ मै खुसि भई, योगै बलैले पनि ।।
तिम्लाई यह तेज अद्भुत यहाँ, श्रीविश्वमूर्ती अनि ।
देखाएँ जुन विश्व बेगर तिमी देख्दैन कोई पनि ।।४७।।

हे अर्जून यि लोकका अरुहरू, तीमी त देखी विनै ।
वेदाध्यायन फेरि दान पनि ता, याज्ञीक विज्ञायनै ।।
अग्नीहोत्र र फेरि घोर तपको, गर्दा कठिन्ले जहाँ ।
यो मेरो रुपलाई देखन पनी, सक्तैन कोही यहाँ ।।४८।।

मेरो यो डरको भयङ्कर यहाँ, देखी रुपैको अनि ।
तीमी मूढ सरी भई व्यथित ता, ऐल्हे नगै फेर् पनि ।।
दिल्मा खूस भइकनै डर यहाँ, छोडेर फेरी अनि ।
ऊ रूपै अब हेर अर्जुन यहाँ, तीमी त ऐल्हे पनि ।।४९।।

बोले सञ्जयले त राजनमहाँ, श्रीकृष्णजीले तहाँ ।
पार्थैलाई भनेर यो अनि वहाँ, आफ्नू सरूपै जहाँ ।।
देखाई डरयुक्त अर्जुनजिको, देखेर फेरी तहाँ ।
सावैधान दिखाइ गर्नु पनि भो, बेसै रुपैको जहाँ ।।५०।।

बोले अर्जुनले श्रीकृष्ण प्रभुमा, हेनाथ विश्वम्भर ।
सुन्दर् दिव्य मनुष्यका सरुपको, देखेर गैगो डर ।।
केही डर् अब छैन हे गुणनिधी दिल् भै प्रसन्नैमहाँ ।
पैल्हेको जुन आफनू प्रकृतिमा, प्राप्तै भया छू यहाँ ।।५१।।

यस्तो अर्जुनको सुनेर विनती, आज्ञा भयो फेर् तहाँ ।
हे पार्थै तिमिले ममा जुन रुपै, देखेर लीयौ यहाँ ।।
साह्रै दूर्लभको पनि सरुप हो, यो रूपलाई जहाँ ।
देवैहेरु पनि सदा गरदछन् इच्छा त देख्नै महाँ ।।५२।।

(अ) यज्ञदान तपै वेद, गर्दा देख्नै न योग्य नै ।
याहाँ त्यो रूप तीमीले, देख्यौ मैलाई आज नै ।।५३।।

हे परंतप अर्जून, यस्तो केवल मैकन ।
जान्दछन् भक्तले मात्र, देख्नै योग्य छ पाउँछन् ।।५४।।

पाण्डव भक्ति मेरो ली, म अर्थ कर्म गर्छ जुन् ।
त्यागी सङ् प्राणिमा वैर, छाड्ने मैलाई पाउँछन् ।।५५।।

इति श्री भगवद्गीता, कृष्ण अर्जुनको पनि ।
सम्वाद दर्शनै विश्व, अध्ये यघार भो पनि ।।११।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित