Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–१

(शार्दू) श्रराजा धृतराष्ट्रले भननु भो हे सञ्जये लौ वहाँ ।
धर्मैको कुरुक्षेत्रका थलमहाँ जम्बा भई फेर् जहाँ ।।
लड्नाको मत जो गरेर दिलमा मेरा र पाण्डू तहाँ ।
पुत्रैले पनि के गरे सब कुरा विस्तार् बताऊ यहाँ ।। १ ।।

भन्दा सञ्जयले भने सुननुहोस् राजाजि ताहाँ अनि ।
श्री दुर्योधनराजले सबकनै देखेर जाहाँ पनि ।।
सेना पाण्डवको त व्यूह१२ रचितै सारा तयारी महाँ ।
द्रौणाचार्यजिको समीप बिच गै यो बात बोले वहाँ ।। २ ।।

आचार्ये नजरै हवोस उसमा शिष्ये हजुर्को बडा ।
राजा द्रूपद पुत्रले१३ सजियको सेना छ सारा खडा ।।
व्यूहै पद्य१४ लगायतै छ सब ता जस्का त सेना कडा ।
देखीइन्छ तहाँ पनि धनुधरै शूर्वीर जम्बा बडा ।। ३ ।।

(शा.) जस्मा पार्थै भीमसेनै सरीका ।
यस्ता शूर्वीर् धेर नै सब् थरीका ।।
सातयीकै जो यूयुधानै अनी ता ।
वीराटै छन् द्रूपदै फेर् पनि ता ।। ४ ।।

धृष्टैकेतू चेकितानै र याहाँ ।
काशी राजा फेर् पुरूजीत जाहाँ ।।
राजाजी छन् शैव्य नाम्का त याहाँ ।
देखीएका कुन्तिभोजै त जाहाँ ।। ५ ।।

यूधामन्यू उत्तमौजा पनि छन् ।
शूर्वीर् ठूला फेर् अभीमन्यु नै छन् ।।
प्रतविन्ध्यादी द्रौपदीका अनी छन् ।
पाँचै छोरा यी सबै माँरथी छन् ।। ६ ।।

आचार्येजी सुन्नुहोस् हामिमाहाँ ।
सेना भर्मा श्रेष्ठ जो वीर याहाँ ।।
तिन्को नामै भन्दछू जान्नको ता ।
खातिर्माहाँ वीर छन् जून येता ।। ७ ।।

एकै आफैँ हूनुभो भीष्म कर्णै ।
यम्को जित्ने फेर् कृपाचार्य याहाँ ।।
अस्वस्थामाजी अनी ता विकर्णै ।
भूरिश्रव् छन् फेर् अरू धेर जाहाँ ।। ८ ।।

सल्ल्यै आदी जो पनि कामको ता ।
खातिर् प्राणै दीदिने युद्धमा ता ।।
नाना शस्त्रै धारणा गन्र्य जो ता ।
सम्पूर्णै यी चातुरै बुद्धिको ता ।। ९ ।।

ठूला ज्ञानी भीष्म पीतामहैले ।
रक्षीतै यी ग्यार अक्षौहिणीले ।।
युक्तै हाम्रो धेर सेना भएको ।
भीमैले कम् रक्ष सातै गरेको ।। १० ।।

हूँदा विन्ती गर्दछू यो हजुर्ले ।
हाम्रा सेना यी समर्का हिसाब्ले ।।
राखी ठाऊँठाउँ सेनापतीको ।
रक्षा ठीक्ले गर्नु भीष्मैजिईको ।। ११ ।।

(शार्दू.) बोले सञ्जयले त राजन अनी सूनेर यस्तो पनि ।
बात् दुर्योधनको र फेर तिनिमा हर्षै हवोसै भनी ।।
ठूलो स्वर्सित सिंह गर्जन गरी पीतामहै ती अनि ।
भीष्मैले तब शङ्ख फूकनु भयो ठुलो अवाजै पनि ।। १२ ।।

(शालि.) फेरी चाँडै सैनयको बीचमाहाँ ।
शङ्खै भेरी ढोल कर्नाल जाहाँ ।।
बाजाको ता शब्दले फेर वाहाँ ।
मीली ठूलो हूनगो सोर ताहाँ ।। १३ ।।

तेहीबीचै कृष्ण अर्जून जस्मा ।
सेता घोडा जोतिएको रथेमा ।।
राजै होई आफनू आफ्नु ताहाँ ।
दिव्यै शङ्खै फुक्नु भो फेर जाहाँ ।। १४ ।।

श्रीकृष्णैले पाञ्चजन्यै बजाई ।
उग्रै गर्ने काम भीम्सेन जाई ।।
अर्जूनैको देवदत्तै त मारी ।
पौण्डै« नाम्को फुक्नुभो शङ्ख भारी ।। १५ ।।

(पृ.) अनन्तविजयै छ नाम् अनि त फेर जस्को वहाँ ।
युधिष्ठिरऽधिराजको जउन कुन्ति पुत्रै तहाँ ।।
नकूल सहदेवको मणि त पुष्पकै जो वहाँ ।
सुघोष त बजाइ यो अनि त शङ्ख फेरी जहाँ ।। १६ ।।

बडा धनुषधारि जो पनि त काशिराजै वहाँ ।
महारथि शिखण्डि फेर् अनि त धृष्टद्युम्नै जहाँ ।।
विराट नृपती तहाँ पनि त युद्धभूमी महाँ ।
नसक्नु जितिसक्नु ता जउन सात्यकी ती वहाँ ।। १७ ।।

द्रुपद् र द्रुपदीजिको अनि त पुत्र फेरी जहाँ ।
सुभद्रतनयै त छन् चतुर अभिमन्न्यू तहाँ ।।
विशाल पनि बाहू जो, पृथिविराज हेर्नोस् वहाँ ।
सबै जन अलग् गरी पनि त शङ्ख फूके तहाँ ।। १८ ।।

(शालि.) भारी शब्दै हून गो जौन उस्ले ।
आकाशै फेर् ढाकि पाताल तेस्ले ।।
धृतराष्ट्रैका पुत्रहेरू कि उस्ले ।
मूटूलाई छेडि गो भित्र तेस्ले ।। १९ ।।

तेस्को पीछे अर्जुनैले त ताहाँ ।
आफ्नू सामू कौरवैहेरु जाहाँ ।
लड्ने देखी हातमा जो धनुसै ।
पार्थैले ली भन्नुभो कृष्ण येसै ।। २० ।।

माझै चाँडो यो रथै हाँकि वहाँ ।
दूवैका यी सन्यको बीचमाहाँ ।।
पूगीबक्सी हे ऋषीकेश वाहाँ ।
राखी दी ता बक्सियोस् फेर ताहाँ ।। २१ ।।

जस्मा मैले यो पनि युद्धमाहाँ ।
कस्को साथै लड्नुपर्ने छ ताहाँ ।।
लड्ना खातिर् आयका सैन्यमाहाँ ।
देखी लीऊँ ती सबैलाई याहाँ ।। २२ ।।

दुर्बुद्धि त्यो दुष्ट दुर्योधनैको ।
बेसै खातिर् यो पनि सैन्यमाहाँ ।।
को को राजा आयछन् यो त जम्को ।
हेरीलीऊँ ती सबैलाई वाहाँ ।। २३ ।।

पार्थैको यो बात सूनेर वाहाँ ।
श्रीकृष्णैले दूइ सेना कि जाहाँ ।।
बीचैमाहाँ लग्दि राखे रथैको ।
सञ्जेयैले भन्नुभो राजनैको ।। २४ ।।

भीष्मै पीता द्रोण जो हेर वाहाँ ।
आचार्ये फेर् राजनैको त ताहाँ ।।
साम्ने राखी त्यो रथै कृष्ण भन्छन् ।
पार्थै देख्यौ युद्धमा हेर जो छन् ।। २५ ।।

आज्ञा हूँदा अर्जुनैले त वाहाँ ।
देखी लीया बाबु बाजे र ताहाँ ।।
आचार्यै फेर् पुत्र मामा र वाहाँ ।
भाई नाती मित्र जो हीत ताहाँ ।। २६ ।।

आएका नै युद्ध माहाँ ससूरा ।
सम्पूर्णैको देखि अर्जून वाहाँ ।।
आफ्ना नाता दुःख भै दील जाहँ ।
माया लागी भन्दछन् कृष्णमाहाँ ।। २७ ।।

(अ.) प्रभो युद्धमहाँ यीनी, आएका बन्धु देखदै ।
मेरो अङ्ग शिथीलीँदै, गयो मुख सुकीइँदै ।। २८ ।

कम्प हुन्छ शरीर्माहाँ, रोमाञ्चै भइ फेर् जहाँ ।
धनुषै हातको छुटी, छाला भस्म भयो भुटी ।। २९ ।।

बस्नै खातिर सङ्ग्राम्मा प्रभो छैन दिलै पनि ।
मेरो मन खुबै भ्रम्मा, उल्टो देखि शकून नि ।। ३० ।।

बन्धू सङ्ग्राम्मा मारी, बेस देख्तिन के गरूँ ।
(वपरीत् लक्षणै देख्छु बुद्धि आउन्न के गरुँ) ।। ३१ ।।

हे कृष्ण जित्नको याहाँ, सुख इच्छा दिलैमहाँ ।
केही लाग्दैन भोगैमा, बाँचि होला नि के यहाँ ।। ३२ ।।

खातिर् बन्धुहरूको ता, सुख खोजिन्छ दिल्भर ।
उ मर्न धन आस् छोडी, आएका युद्ध खातिर ।। ३३ ।।

गुरू बाबा सुतै याहाँ, बाजे मामा र फेर् अनि ।
ससुरा नातिहेरू छन्, नातेदार सबै पनि ।। ३४ ।।

यिनिले राज्य लोभैले, मारुन् मैलाई ता बरू ।
तिनिको मारि मैले यो, त्रिलोकै राज के गरूँ ।। ३५ ।।

हे कृष्ण धृतराष्ट्रैका, छोरा मार्दै मलाई नि ।
होला के प्रिति दुष्टैको, मारि पाप हुनेछ नि ।। ३६ ।।

यो हेतु भाइ बन्धू यि, छोरा ता धृतराष्ट्रको ।
मारी सुखै लिनू याहाँ, देखीन प्रभु बेस यो ।। ३७ ।।

लोभमा परि यीनैले, बुद्धि जो कुल नाशको ।
मित्र द्रोह गरीने यो, पापका छैन थाह को ।। ३८ ।।

हे नाथ जानिजानी यो, कुलका नाश दोषमा ।
निवृत्ति१५ ता हुनू मैले, पर्ने हो यस पापमा ।। ३९ ।।

कुलैको क्षय गर्नाले, पैल्हा धर्म कुलै अनि ।
नष्ट भ्रष्ट भई उस्ले, दब्छ कुलधरम् पनि ।। ४० ।।

अधर्म जो बढी कूल, स्त्री व्यभिचार गर्दछन् ।
उसैले कृष्णजी याहाँ, वर्णसङ्कर१६ बन्दछन् ।। ४१ ।।

तिनै जो वर्णसङ्कर्ले, कुल नाश सबै गरी ।
तर्पण् र पिण्ड लुप्तैं दी, नर्कै जाने पितर् परी ।। ४२ ।।

बिगार्ने कुल सङ्कर्कै, जन्मयाको त दोषले ।
कुलको जति धर्मैको, नाश पार्दछ तेसले ।। ४३ ।।

जस्को हे कृष्ण कूलैको, नष्ट हुन्छ नि धर्मको ।
तेसको बास नर्कै नै, जान्छ भन्ने सुनेछु नै ।। ४४ ।।

अहो हो राज्यको लोभ, उद्योग बन्धु मार्नको ।
खेदको बात हो मैले, गर्नु यो पाप कर्मको ।। ४५ ।।

यी पुत्र धृतराष्ट्रैका, शस्त्रलाई धरीकन ।
निरस्त्र चुप मैलाई, सङ्ग्राम्मा बेस् छ मारुन ।। ४६ ।।

यस्तो जम्मा त पार्थैले, श्रकृष्णमा भने भनी ।
धृतराष्ट्र ति राजामा, सञ्जयैले भने पनि ।।
शोक व्याकुल भै पार्थ, धनुष वाणको जहाँ ।
पटक्क छोडदी ताहाँ, बसीगए रथैमहाँ ।। ४७ ।।

इतिश्री भगवद्गीता कृष्ण अर्जुनको जहाँ ।
सम्वाद योग वीषाद एक अध्ये भयो यहाँ ।। १ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित