Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता गीतामाहात्म्यम्

गणेश दुर्गा शिव राम भास्कर ।
शर्णै छ नेपालि मिलोस यो वर ।।
मनै सधैँ यो लगि पाउमा अनि ।
हवोस भक्ति श्रिगिताजिमा पनि ।। १ ।।

(अ.) विष्णुजीमा त पृथ्वीले, विन्ति यो गरिलीइन ।
प्रभो करम भोगै मन्, गर्ने कसोरि तर्छन ।। १ ।।

प्रालब्ध भोगिहेरूले, गीता अभ्यासले गरी ।
त्यो मुक्तै हुन्छ विष्णुले, आज्ञा भो पाप ता जरी ।। २ ।।

महापापादिहेरू जो, गीता ध्यान सधैँ गरी ।
लिनाले नहुने छूत, कमलैपात् जलै सरी ।। ३ ।।

गीताको पुस्तकै जाहाँ, पाठ जाहाँ त गर्छन ।
सबै तीरथ आउन्या, प्रयागादि जती छन् ।। ४ ।।

देवता र ऋषीहेरू, योगी पन्नग गोपि ता ।
उद्धव नारदैहेरू, जाहाँ गीता वहाँ ति ता ।। ५ ।।

पुगने पृथिवी वाहाँ, पाठ गीता विचार् जहाँ ।
हुने ठाउँ बिचैमाहाँ, जाइ बस्छू म गै तहाँ ।। ६ ।।

गीताको आश्रयै लीई, घर मैले गिता गरी ।
उनेको ज्ञानले लिन्छु, त्रैलोक्य पालना गरी ।। ७ ।।

महाविद्या यि गीता जो, अक्षर् ब्रह्म स्वरूप छन् ।
नित्य स्थिति हुने यीनै, मेरो ज्ञान र शक्ति हुन् ।। ८ ।।

आनन्दकन्द कृष्णैको, मुखारविन्द देखि यो ।
तत्व ज्ञान दिने तिम्ले, पार्थ जान हुकुम् भयो ।। ९ ।।

नली चञ्चल चित्तैमा, अठार बाजि पाठ ता ।
गर्ने मानिस ज्ञानैले, पाउनेछन मुक्ति ता ।। १० ।।

नसके पाठ सम्पूर्ण, आधा पाठ गरे अनि ।
गोदानको फलै तहाँ, साँचो मिल्छ सबै पनि ।। ११ ।।

त्रिखण्ड पाठ गर्नाले, गङ्गास्नान फलै हुने ।
षष्ठांश पाठ गर्दा ता, सोमयज्ञ फलै दिने ।। १२ ।।

एक अध्याय नै जो ता, भक्ति राखेर दीलले ।
पाठ गर्ने शिवैलोक, पाई बस्दछ खूसले ।। १३ ।।

हे पृथ्वि एक अध्याय, जो श्लोक पाठ गर्छन ।
मन्वन्तर् भरि ता उस्को, नर् देह बनि जान्छन ।। १४ ।।

गीताको दश श्लोकै वा, सात होस कि पाँच होस् ।
एक दुइ तिनै चार, आधै वा सधईँ पढोस् ।। १५ ।।

चन्द्रलोकमहाँ पूगि बस्ला वर्ष अयूत यी ।
गीताको पाठ ता गर्दै, मर्ने मनुष्य ता भई ।। १६ ।।

अभ्यासै गरि गीताकै, होइ मुक्त ति ता अनि ।
गीताको जप गर्नाले, हुने राम्रो गती पनि ।। १७ ।।

जस्तै पापिष्टहेरूले, गीता अभ्यासले गरी ।
वेकुण्ठ उसले पूगी, बस्दछ मोजमा परी ।। १८ ।।

हज्जारौँ काम ता गर्दै, गीता विचार ता गरी ।
त्यो जान्छ तरि ता पार, जीवन्मुक्त भई मरी ।। १९ ।।

नपापी लोकमा सिद्ध जनक आदि जो भए ।
गीताको आश्रयै लीइ, ठुलो पद पुगी गए ।। २० ।।

गरेर पाठ गीताको, माहात्म्य रहितै जहाँ ।
निरर्थकै छ सो पाठ, वृथा हूने श्रमै तहाँ ।। २१ ।।

जो पुरुष गितालाई, माहात्म्यसहितै पनि ।
अभ्यास गर्छ उस्लाई, दुर्लभै गति मिल्छ नि ।। २२ ।।

(स्वा) सौनकादि ऋषिमा त श्रि सूत्ले ।
बोलि जानु भयको त जजस्ले ।।
पाठको पनि गिता पछि माहाँ ।
तर्छ यो भनि लिए जग माहाँ ।। २३ ।।

(आ.) श्रीवाराह पुराणैको, गीताऽमृत महात्म्य यो ।
तर्न लोक नरेन्द्रको, साँघुझैँ बनि सिद्धियो ।। २४ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित