Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–५


(शार्दू .) पार्थैले पनि भन्नुभो हजुर यो सन्न्यास कर्मै यहाँ ।
त्यागै फेर् उसको विधानसहितै गर्दै प्रशंसा जहाँ ।।
आज्ञा भो प्रभुकृष्ण तैपनि यिनी दुई बिचैमा पनि ।
जो कल्याण दिनेछ बेस रितले हूकुम् हवोस् त्यो भनी ।। १ ।।

यस्तो अर्जुनको सुनेर विनती श्रीकृष्णजीले अनि ।
आज्ञाभो करमै विधान अनि जो सन्न्यास दूवै पनि ।।
दीने मोक्ष सहज् मनुष्यहरुको तै ऊस बीचैमहाँ ।
कर्मैको पनि त्यागदेखि करमै गर्नू बढीया जहाँ ।। २ ।।

(अ०) कसैमा रीस रागै र, नगर्ने अभिलाष जुन् ।
उनै सन्न्यासि ता हेर, काटी बन्धन तर्दछन् ।। ३ ।।

साङ्ख्य र कर्मयोगेको, अज्ञानी फर्क भन्दछन् ।
नदेखी फर्क यो गर्ने, ती दुवै फल पाउँछन् ।। ४ ।।

साङ्ख्य जो स्थान पाउला, योगीले उहि पाउँछन् ।
साङ्ख्य फेर् योग एकै यो, देख्ने जान्ने ति जान्ने हुन् ।। ५ ।।

योग केही नली पार्थ, सन्न्यास मिल्न कष्ट छ ।
योगयुक्त मुनी चाँडै, योगि भै ब्रह्म पाउँछ ।। ६ ।।

योगयुक्त मनै शुद्ध, आत्मा जित्ने जितेन्द्रि जुन् ।
प्राणीको देखने एक, कर्म गरी अलग् ति छन् ।। ७ ।।

तत्व जान्ने पुरूषैले, देख्नु सुन्नु छुनू अनि ।
सूँघनू हिँडनू खानू, सुत्नु स्वास् फेरनू पनि ।। ८ ।।

बोल्नु मलामुतै त्याग, आँखा खोलेर बन्द जुन् ।
इन्द्रियैहरुले गर्छ, म क्यै गर्दिन भन्दछन् ।। ९ ।।

फल छोडी गरी कर्म, गर्ने उस्को ब्रह्मार्पण ।
कमलैपात पानी झैँ, लाग्दैन पाप तीकन ।। १० ।।

योगीले आत्माको सिद्धि, निम्ति आसक्ति छोडछन् ।
मन शरीर बुद्धीले, इन्द्रिय कर्म गर्दछन् ।। ११ ।।

योगीले फलको छोडी, ईश्वर् भजेर दीलमा ।
मोक्ष शान्ति उ पाऊँछ, फल दिल् पर्छ पासमा ।। १२ ।।

(शि०) अधीनौ चित्तै गरिकन सबै त्याग गरन्या ।
नऊ ढोका हूने शरिर रुपि येसै नगरमा ।।
न क्यै आफू गर्छन् न त अरुकनैलाई त लिन्या ।
यस्ता ज्ञानीहेरु सुख गरि ति बस्छन् जगतमा ।। १३ ।।

(अ०) ईश्वर् कर्म नलाऊने, न कर्म करता ति छन् ।
कर्मफलै न गर्दीने, विस्तार् प्रकृति गर्दछिन् ।। १४ ।।

पाप पुण्यै त ईश्वर्ले, कसैको न ति लिन्छन ।
अज्ञान ढाकदाखेरी, प्राणीले मोह पर्छन ।। १५ ।।

ज्ञानले नष्ट अज्ञान, पायाको अत्मज्ञान जुन् ।
ईश्वर्मा गर्छ झल्काउ, जस्तो सूर्य प्रकाश छन् ।। १६ ।।

ईश्वर्मा बुद्धि यो लीई, जस्ले तत्पर बस्दछ ।
ज्ञानले पाप धोई त्यो, जीवन मुक्त बन्दछ ।। १७ ।।

विद्यावन्तै अनी ज्ञानी, हुने पवित्र ब्रम्हण ।
गौ हस्ति कुकुर् चाण्डाल, पण्डित सम देखछन् ।। १८ ।।

सममा जो हुने दील, यै लोक सनसारपन् ।
जित्छ किनभने देखी, सर्वत्र सम ब्रह्म छन् ।। १९ ।।

प्रिय पाई न खूसीको, अप्रियमा न दुःखि छन् ।
स्थिर् बुद्धि मोहको त्यागी, तिनि नै ब्रह्म बस्दछन् ।। २० ।।

छुने बाहिरि वस्तूमै, चित्तै रोकेर ब्रह्ममा ।
लागी आत्मा सुखै लीनै, मिल्छ ननाश मूखमा ।। २१ ।।

इन्द्रिय स्पर्शले हूने, भोगले दुख पाउँछन् ।
बार्बार्मा आइ नाशिन्छ, उस्मा ज्ञानी न सुख्खि छन् ।। २२ ।।

जो आत्मामा सुखै मानी, फेर् उसैमा रमाउँछन् ।।
प्रकाशमान रूपै ती, योगीले ब्रह्म पाउँछन् ।। २४ ।।

पाप सन्देह त्यागेर, चित्त राखी अधीन जुन् ।
प्राणीलाई हितै गर्ने, ती ऋषि ब्रह्म पाउँछन् ।। २५ ।।

छोडेर काम क्रोधैको, वेग जस्ले त रोकछन् ।
आत्मज्ञान हुने योगी, ती दुवै लोक पाउँछन् ।। २६ ।।

शब्द विषय आदीको, छोडी भ्रुकुटि बीच नै ।
हेरी नाकै भितर् बस्ने, प्राण अपान वायु नै ।। २७ ।।

समनै गरि इन्द्रीय, बुद्धि वशै गरी अनि ।
इच्छा डर् क्रोधको त्यागी, छ सधैँ मुक्त ऊ पनि ।। २८ ।।

अर्जुन तप यज्ञैको, भोगने सब लोक जुन् ।
स्वामीमै सब प्राणीको, जान्ने शान्ति ति पाउँछन् ।। २९ ।।

इति श्री भगवद्गीता, कृष्ण अर्जुनको पनि ।
संवाद कर्म सन्यास, पाँच अध्ये भयो पनि ।। ५ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित