Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीताअध्याय–३

कर्मदेखी प्रभू जाहाँ, बुद्धि श्रेष्ठ भए यहाँ ।
भयङ्कर् कर्ममा कीन,लाई बक्सिन्छ मैकन ।। १ ।।

मिश्र वाक्य सुनाएर, हजुर्ले बुद्धि मोहि ता ।
बक्स्यो कल्याण मैलाई, हुने गर्नोस वाक्य ता ।। २ ।।

यो सुनी प्रभुकृष्णैले, आज्ञा भो पार्थलाई नै ।
दुइ स्थिति भने पैल्हे, साङ्ख्य र कर्म ज्ञान नै ।। ३ ।।

न क्यै भै कर्म अर्जुन, कोही मुक्त न ता हुने ।
कर्मै नत्यागि सन्न्यास, कार्य सिद्धि न क्यै हुने ।। ४ ।।

एक क्षण पनि मात्र, कर्मै नगरि कोइ नि ।
बस्दैन प्रकृतीको ता, गुण१८ कर्मै त गर्छ नि ।। ५ ।।

जस्ले कर्मेन्द्रियै१९ फेरी, रोकेर मनले जहाँ ।
विषयै सम्झि बस्ने ऊ, मूर्ख हो दाम्भिकै तहाँ ।। ६ ।।

मनले ज्ञान इन्द्रीयै,२० रोकी विषय पार्थ जुन् ।
इन्द्रियै कर्मकामैको, गर्ने पुरुष श्रेष्ठ हुन् ।। ७ ।।

नियम्ले गर कर्मैको, कर्म नगर्नु देखि यो ।
गर्नु बेस् नगरी जाहाँ, शरीर् पोषण हुन्न यो ।। ८ ।।

यज्ञार्थ कर्मबाहेक, कर्मको गरने जहाँ ।
हुन्छ बन्धन ईश्वर्को यज्ञ गरनु नाम्महाँ ।। ९ ।।

यज्ञ साथ् सृष्टि प्राणीको, गरि श्री ब्रह्मको तहाँ ।
आज्ञा भो यज्ञ गर्नू यो, कामधेनु छ है यहाँ ।। १० ।।

यज्ञ यो गरि देवैमा, सन्तुष्ट गर तीमिको ।
सुख देलान अफुस्मा, वर्ताव मिल्छ श्रेयको ।। ११ ।।

यज्ञले तृप्ति देवैले, सुख देलान तीनिले ।
दिएको भोग अन्नै जुन्, न अर्पि खानु चोरि हुन् ।। १२ ।।

यज्ञ गरेर बाँकी जो, अन्नलाई त खान्छन् ।
ती सज्जन हुने मुक्त, पापी खानै पकाउँछन् ।। १३ ।।

अन्नले जीव उत्पन्न, मेघले अन्न बन्दछन् ।
यज्ञले मेघ ता हुन्छ, कर्मले यज्ञ बन्दछन् ।। १४ ।।

ब्रह्मादेखि हुने कर्म, ब्ह्म आफइँआफ छन् ।
यो हेतु व्यापकै सर्व, यज्ञमा ब्रह्म बास छन् ।। १५ ।।

यो रीतको अनूसार, नचले पापि बन्दछन् ।
इन्द्रिये सुखमापार्थ, रम्ने जीवन व्यर्थ हुन् ।। १६ ।।

जो आत्मै रम्छ मानीस, आत्मामा तृप्त बन्दछ ।
आत्मामा हर्ष जो हूने, उ कर्तव्य न च्यूत छ ।। १७ ।।

कर्म गर्नु नगर्नूमा, लाभ हानि न मान्दछन् ।
ब्रह्मासहित प्राणी क्वै, आश्रये लिन्न ज्ञानि जुन् ।। १८ ।।

तेस छैनौ तिमी याहाँ, बेशङ्का नित्य कर्म यो ।
गर विषयको भोगी, कर्मले जान्छ पार यो ।। १९ ।।

कर्मैले जनकादी जो, महापुरुष सिद्धिको ।
पाए लोक व्यभारै यो, देखी गरनु कर्मको ।। २० ।।

बडा पुरुष गर्छ, त्यो अरू पनि गर्दछन् ।
बडाले बेस मानेको, अरूलेपनि सम्झछन् ।। २१ ।।

मलाई पार्थ कर्तव्य, छैन त्रिलोकमा जाहाँ ।
नमिल्ने बस्तु केही ता, छैन गर्छु करम् यहाँ ।। २२ ।।

मैले आलस्य छोडेर, नगरे कर्मलाई ता ।
अर्जुन मानिसै मेरो, गर्ला स्वीकार मार्ग ता ।। २३ ।।

मैले कर्म पनि छोडे, लोक भ्रष्ट भई यि ता ।
वर्णसङ्कर भै जाने, प्रजाघाती हुने मता ।। २४ ।।

अर्जुन मूर्खले कर्म, आसक्त भइ गर्दछन् ।
आसक्ति छोडि विद्वान, लोक खातिर गर्दछन् ।। २५ ।।

जो ज्ञानी गर्दछ कर्म, अज्ञानीहरुको मन ।
नपारी चञ्चलै कर्म, उनलाई गराउन ।। २६ ।।

सत्व रज प्रकृतीको, तमोरूप गुणै जहाँ ।
कर्मलाई त मूर्खैले, भन्छ मैले गरें तहाँ ।। २७ ।।

गुण कर्म छुट्याएर, तत्व विद्वान जान्दछन् ।
इन्द्रिये विषयैमाहाँ, आसक्तै ती नबन्दछन् ।। २८ ।।

प्रकृति गुणले मोह, प्राप्त आसक्त मूर्ख छन् ।
तेस्तालाई त ज्ञानीले, कर्मै न विमुखै२१ गरून् ।। २९ ।।

अर्जुन सब कर्मैको, विवेक बुद्धिले यहाँ ।
मैमा अर्पण पारेर, गर युद्ध निस्काम्२२ महाँ ।। ३० ।।

जो नर्ले दोष दृष्टीका, त्यागी श्रद्धा गरेर जुन् ।
आचरण गरी लीने, कर्मै बन्धन मुक्त हुन् ।। ३१ ।।

जो दोष दृष्टि देखेर, मेरो यो मतको यहाँ ।
आचरण नगर्ने ता, मूर्ख हो ज्ञानको तहाँ ।। ३२ ।।

ज्ञानी जस्ता पनिलाई, चेष्टा प्रकृतिले दिने ।
बात साधारणैको के, इन्द्रियैलाई जीतने ।। ३३ ।।

तबै जो इन्द्रियैको र, विषये राग द्वेषको ।
छोडि वश नपर्नू यी, शत्रु नै हुन् पुरूषको ।। ३४ ।।

आफनू धर्म बेगूणि गुणको अरु धर्ममा ।
डर् हो लैजान्छ नर्कै त्यो, आफ्नै छ बेस मर्नमा ।। ३५ ।।

मन केइ नभै कृष्ण, बल्ले खैँचि लगीकन ।
कस्ले यो पुरुषैलाई, लगाई पाप गर्छन ।। ३६ ।।

यस्तो अर्जुनको ताहाँ विन्ति सुनेर कृष्णको ।
आज्ञा भो कामक्रोधै यो, रजोदेखी छ आयको ।।
नाना रकम भोगैले, शान्ति नै फेर् नपाइ यो ।
उत्पात दोष गर्नेछ, लोकको शत्रु जान यो ।। ३७ ।।

धुवाँले अग्नि छापीने, साल्ले बालक ढाकछ ।
मैलाले छोपिने ऐना, त्यस्तै काम् ज्ञान ढाकछ ।। ३८ ।।

वैरी यो काम ता कैल्हे, अग्निझैँ न अघाउँछ ।
यस्ले ज्ञानी पुरूषैको ज्ञान्मा ढाकि राखछ ।। ३९ ।।

इन्द्रिय मन बुद्धीमा, यस्को बस्ने त ठाउँ छ ।
यै द्वारा ज्ञान ढाकेर, नरमा मोह गर्दछ ।। ४० ।।

यसैकारण हे पार्थ, पैल्हे इन्द्रिय खैँचन ।
ज्ञानको नाश गर्ने यो, पापी काम त मारन ।। ४१ ।।

सबको पर२३ इन्द्रिय, त्यो देखी मन है पर ।
मनदेखि परै बुद्धि, आत्मा झन् बुद्धिको पर ।। ४२ ।।

हे महाबाहु यो रीत, आत्मा जो बुद्धिको पर ।
जानी एक मनै जीति, शत्रु यो कामको हर ।। ४३ ।।

इति श्रीभगवद्गीता, कृष्ण अर्जुनको पनि ।
संवाद कर्म योगै यो, तिन अध्या भयो पनि ।। ३ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित