Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–१२


पार्थ बोले मनै स्थीर, सगुणैलाई सेवन ।
निर्गुणै भजने योगी, यिन्मा श्रेष्ट त को हन ।।१।।

आज्ञा भो भगवानैले, म विषे दिलको गरी ।
श्रद्धा ली भजला जस्ले, मानछु उत्तमै गरी ।।२।।

प्रकट छैन जो रूप, अक्षर् भजन गर्दछन् ।
व्यापक पर मायाको, नित्य अचिन्त्य रूप जुन् ।।३।।

इन्द्रिय गरि आधीन, सर्वत्रै सम देखछन् ।
जीवैलाई हितै गर्ने, यस्ता ज्ञानी म मिल्दछन् ।।४।।

जसको अव्यक्त वीषेमा, लागेको चित्तवृत्ति छ ।
ऊ होला दुःखि नै कीन, दुःखै अव्यक्त मिल्दछ ।।५।।

ममा अर्पण कर्मैको, मेरो ता शरणै परी ।
योगमा लागि ध्यानैले, मैलाई भजनै गरी ।।६।।

मैलाई मनमा धर्ने, तेस्ता जो भक्तको पनि ।
यो मृत्यु सनसार्देखी, चाँडै उद्धार गर्छु नि ।।७।।

ममा दिल पनि देर, जस्ले बुद्धि लगाउँछ ।
प्राण त्यागे पछी तेस्ले, म विषे बास गर्दछ ।।८।।

मेरो विषयमा येदी, मन स्थिर् नसके जहाँ ।
पार्थ अभ्यास योगैले, म मिल्ने गर दिल् यहाँ ।।९।।

नसके पनि अभ्यासै, मै अर्थ कर्म धारणै ।
मेरै निम्ति गरे याहाँ, पाउँछौ मोक्ष सिद्धि नै ।।१०।।

नसके पनि ता यस्तो, मेरो आधार नै गरि ।
म आश्रा सर्व कर्मैको फलैको त्यागले गर ।।११।।

अभ्यासले हुने ज्ञान, ज्ञानैले ध्यान आउँछ ।
ध्यानदेखि फलै त्यागी, बेस् चाँडै शान्ति पाउँछ ।।१२।।

कसैको न रिसै लीई, मित्रझैँ प्राणिमा गरी ।
माद सुख दुखै त्यागी, स्थिर सन्तोष दिल् गरी ।।१३।।

नछाडी क्यै विचार् आफ्नु, म विषे मनलाई जुन् ।
ममा बुद्धि मनै दीने, मेरो ती भक्त प्यार छन् ।।१४।।

कसैको न भयै लीई, अर्काको डर् नदीकन ।
हर्ष क्रोध दुवै त्यागी, ऊ खूबै प्यार मै छन ।।१५।।

जो पायो खुस शुद्धै भै, पक्ष भेद न गर्दछन् ।
फल छोडी करम् गर्ने उ भक्त मईँ प्यार छन् ।।१६।।

प्रिय पाइ न खुसै र, अप्रियैमा न दुःख छ ।
बेस् नबेस् शोक लोभैको, छोड्ने ज्ञानी म पाउँछ ।।१७।।

शत्रु मित्र पनि मान, समान अपमान र ।
जाडो गर्मी सुखै दुःख, निन्दा स्तुति बरोबर ।।१८।।

मान्ने र मौनमा बस्ने, जो पाएमा खुसी छन ।
नियम्ले न घरै गर्ने, स्थिर् बुद्धि खूब् म प्यार छन् ।।१९।।

श्रद्धा ममा त हर् बख्तै मैमा सर्वस्व मानि जुन् ।
मेरो अमृत वाक्यैको, मान्ने अत्यन्त प्यार छन् ।।२०।।

इति श्री भगवद्गीता, कृष्ण अर्जुनको पनि ।
संवाद भक्ति योगै यो, बाह्र अध्ये भयो पनि ।।१२।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित