Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–९


आज्ञाभो कृष्णले पार्थ, गुप्त भन्दछु बात यो ।
जो जाने ज्ञान विज्ञान, छुटछौ अशुभ देखि यो ।। १ ।।

उत्तम राजविद्या यो, पवित्रै फल गर्दछ ।
सुखै फेर् धर्मले युक्त, गर्ने बेस न नाशछ ।। २ ।।

हे परंतप धर्मै यो, जस्ले न गर्दछ ।
उस्ले मलाई पाउन्न, मृत्यु संसार घुम्दछ ।। ३ ।।

अव्यक्तै रूपले मैले, गरेको जग व्याप्त छु ।
ममा प्राणी छ सम्पूर्ण, उनीदेखि म फर्क छु ।। ४ ।।

मेरा ती विषये छैनन्, आत्मायोग म देखि नि ।
सारा प्राणी छ पालेको, छैन मै उनिमा पनि ।। ५ ।।

जस्तो आकाशमा बस्ने, वायू चार्तर्फ चल्दछन् ।
उस्तै जीव रही मैमा, मदेखि अलगै ति छन् ।।६।।

कल्पको अन्त यी प्राणी, मेरो प्रकृतिमा जहाँ ।
मिल्छ फेर् कल्प लागेर, उत्पन्न गर्छु मै यहाँ ।।७।।

गरी प्रकृति स्वाधीन, अविद्याको स्वभाव नै ।
वशका यी सबै प्राणी, गर्छु उतपन्न नै ।।८ ।।

मलाई तैपनी पार्थ, बन्धन छैन कर्मले ।
सदा उदासि बस्छू म, आसक्त छैन ऊसले ।।९ ।।

मेरा प्रकृति आश्रय् ली, चराचर् सब गर्दछिन् ।
संसार् यै रीत बार्बार्मा, उदयै भइ बन्दछन् ।।१०।।

मूर्ख शरीरधारीले, सम्पूर्ण प्राणिको त जुन् ।
नजानी स्वामि मैलाई, हेलाँ मेरो ति गर्दछन् ।।११ ।।

कर्म उस्को अभीलाषा, निस्फलै बुद्धि भ्रष्ट हुन् ।
तेस्ता मोहित पर्नेले, राक्षसी भाव पाउँछन् ।।१२ ।।

पार्थ देव स्वभावैको, प्राप्त महात्महेरु जुन् ।
एक दिल् सब प्राणीको, मूल मै जानि सेवछन् ।।१३ ।।

मेरो कीर्तन पूजा र, हर्घडी मन एक जुन् ।
गर्ने दृढ व्रतै मैमा, भक्ति सेवा ति गर्दछन् ।।१४ ।।

ज्ञान र यज्ञको द्वारा, गर्छ कोई उपासना ।
कोई म फेरि आफूमा, अभेदै गरि मानि ता ।।
कोई नाना भाँती जाहाँ, गर्ने सगुण धारणा ।
तेस्तो मलाई मानेर, गर्छन् कोई उपासना ।।१५ ।।

मै स्मार्त श्रौत यज्ञे र, औषधी पितृयज्ञ हुँ ।
मन्त्रै होम घृतै फेरि, हवनैद्रव्य् र अग्नि हुँ ।।१६ ।।

संसार्को बाबु आमा म, धार्ने सम्पूर्ण ब्रह्म हुँ ।
प्रणवै हुँ पवित्रै छु, साम् यजु ऋगवेद हुँ ।।१७।।

(शि.) गती पोषी लीने, सब जगतको साक्षि त बनी ।
म हूँ बस्ने ठाऊँ, सुहृदय सबै स्वामि छु पनि ।।
जनम् दीई नाशी, चर अचरको धारणा अनि ।
गरी लीने मै हूँ, प्रलय त बिजै अव्यय छु नि ।।१८।।

(अ.) सूर्यको तेज वर्षाको, रोकछु गर्दछू अनि ।
अमृत मृत्यु ता फेरि, सत् असत् मइँ हूँ पनि ।।१९।।

(शार्दू) वेदादी अनुष्ठानमा ततपरै, निष्पापि सोमैरसै ।
यज्ञैको अतिरिक्तमा नपिउने, साँचा पनि पूरुषै ।।
यज्ञैमा मइँलाई पूजिकन ता, इच्छा ति स्वर्गै गरी ।
पुण्यैले गरि स्वर्ग बीच पुगि नै, भोग्छन् ती दिव्यै गरी ।।२० ।।

स्वर्गैका पनि भोगको अनि जहाँ, पुण्यै सकीँदामहाँ ।
मृत्यूलोक ति आउँछन् यसप्रकार्, कामाभिलाषी जहाँ ।।
वेदैको पनि मागृमा हिँडि जहाँ, गताऽगतैले अनि ।
यस्लोकै पनि देखि स्वर्ग पुगि ती, आएर जान्छन् पनि ।।२१ ।।

(अ) अनन्य३५ दिलले चिन्ता, जो गर्छ भजि मैमहाँ ।
योग युक्त तिनीको मै, गर्दिन्छू योगक्षेम् यहाँ ।।२२।।

श्रद्धाले अरु देवैमा, सेवा गर्नेहरू यहाँ ।
मेरा हुन् भक्त तै उन्को, विधिकाम् छैन ठीक्महाँ ।। २३ ।।

किनकि मइँ सम्पूर्ण, भोगने स्वामि नै जहाँ ।
नजानी ठीक मैलाई, गिर्छ स्वर्ग पुगी यहाँ ।।२४।।

देवलोक भजे देव, पितृभक्त पितृमहाँ ।
भूत भजे भूतै मिल्छ, म भजे मिल्छ मैमहाँ ।।२५ ।।

शुद्ध दिल्ले फुलैपात, जो जलै फल भक्तिले ।
मलाई अर्पणै गर्छ, मैले लिदिन्छु प्रीतिले ।।२६।।

अर्जुन जो गरीएको, खान आहूति दी यहाँ ।
दान तप गरेको नै, गर्नु अर्पण मैमहाँ ।।२७ ।।

यो गरे बन्धनै कर्म, बेस् नबेस् फल छूटछ ।
एक दिल् अर्पणै कर्म, गर्ने मैमा त मिल्दछ ।।२८।।

प्राणीमा म बरोबर् छु, शत्रु प्यारा न कोहि छन् ।
फगत भक्तको मै हुँ, भक्त ममा त बस्दछन् ।।२९।।

अन्न्यै भावले याहाँ, दुराचारी भए पनि ।
म भजे उत्तमै गन्नु, लाग्यो सत्मार्गमा भनी ।।३०।।

ऊ चाँडै पाउला धर्म, धर्मले शान्ति पाउँछन् ।
अर्जुन यो त निश्चय् ली, जान नाशिन्न भक्तिवान् ।।३१।।

मेरो जो आश्रयै लीने, नीच कुलै जनम् पनि ।
हुने स्त्री वैश्य शूद्रेको, उत्तमै गति मिल्छ नि ।।३२।।

राजर्षि ब्राह्मणै भक्त, तिन्को के बात वर्णन ।
अनित्ये सुखको हीन, लोकमा मइँ सेवन ।।३३।।

मैमा पुजी नमस्कार, मन मैमा गरीकन ।
ममा आश्रयको तार, गर्ने प्राप्त म हुन्छन ।।३४।।

इति श्रीभगवद्गीता, कृष्ण अर्जुनको पनि ।
संवाद राजयोगै यो, नउ अध्ये भयो पनि ।।९।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित