Untitled Document
Untitled Document

नवौँ दिन अभिमन्युलाई घेरी छली युधिष्ठिर अकेला पार्नु, भीष्मले
धेरै फौज वध, दुर्योधन खुस, युधिष्ठिर दिक्दार, कृष्णले समझाईभीष्मको वध सोधन गई बताउनु

नौ दिन्को अनि प्रात भो पुरबमा श्रीसूर्यनारान् हरी ।
ऊदाए दुरजोधनै नृपतिले रात्को प्रतिज्ञा परी ।।
सुनाए सबलाई भीष्म विरको हे भाइ खुब् राम्ररी ।
रक्षा आज गरे भनी हुकुम भो सब् वीर जम्बा गरी ।।२५३।।

रक्षाको जब ठिक्क भो रणमहाँ श्रीभीष्म आगे सरी ।
पुगे फौज लिएर पाण्डव पनि सेना दुवै घोर् गरी ।।
लागे लड्न मृदङ्ग शङ्ख रणका बाजा बज्यो झम्झरी ।
भेरी ढोल् नगरा सनाहिहरुले कानै भयो चर्चरी ।।२५४।।

फेरी वीर् अभिमन्युले ति कउरव् सेनामहाँ त्यो घडी ।।
ठूलो पारिदिए कुलाहल तहाँ हूनै गयो हड्बडी ।।
शल्ल्यै द्रोण्हरु आदिले उसबखत् दाऊ र पेचै लडी ।
धेरै जोड गरे हटाउन तहाँ तीनी रहे थिर् अडी ।।२५५।।

हानी बाण् अभिमन्युले ति कउरव् सेनामहाँ बेसरी ।
छीतीर्वीतिर पार्दिए छिनमहाँ भागी हिँडे प्राण् धरी ।।
दुर्योधन् महराजले हुकुम भो रक्षस् पुग्यो उ मच्ची पनि ।।२५६।।

सेना पाण्डवमा खलैबल गर्यो एताउता सब् तहाँ ।
भागे फेर् अभिमन्युले नजर गे साम्ने अलम्बुष्महाँ ।।
आई वेग गरी भिडे बहुत बेर् दूवै विरैले लडी ।
भाग्यो त्यो अभिमन्युको अति तिखा बाण्ले अलम्बुष् गडी ।।२५७।।

घाऊ अङ्भरि पार्दिए बिस जगा साह्रै पिडा भै तहाँ ।
दौड्यो त्यो रथदेखि उत्रन गई सेना कऊरव्महाँ ।।
फेरी ती अभिमन्युले अति विकल् पारे कराई कती ।
मारे धेर् अभिमन्युले फउजको विध्वंस पारे अती ।।२५८।।

देखी भीष्मजिले सहायक सबै आफ्ना त जम्मा गरी ।
छेके ती अभिमन्युलाई सबले चार्तर्फ घेरा धरी ।।
हे ती बालख क्यै नभै विचल दिल् बस्दा भए खूब् लडी ।
पुगे फेर् अभिमन्न्यु सङ्कटमहाँ देखेर अर्जुन् बढी ।।२५९।।

रक्षा गर्न पुगे र भीष्मसँग ती लड्दा भए खूब् अडी ।
जीते सात्यकिले उसै बखतमा श्री अस्वथामा लडी ।।
हारेको गुरु द्रोणले नजर भै फेर् पुत्र रक्षा गरी ।
हाने सात्यकिलाई बाण बहुतै चोट् खप्न मुस्किल् परी ।।२६०।।

टिक्नैलाई कठिन् थियो तर तहाँ अर्जून आगे गइ ।
द्रोणाचार्य सँगै लडे भिडिभिडी फुर्ती बिजूली झईँ ।।
झिक्नू हाननु बाणको अति छिटो एक्नास टक्टक् गरी ।
हेर्दामा पनि गर्न मालुम कठिन् सारा बसे छक् परी ।।२६१।।

धन्ये शिष्य भनेर द्रोणगुरुले गद्गद् भए दिल्भरी ।
त्यस्को बाद अनी श्रिभीष्म विरले घेरा बलियो गरी ।।
पारे बीचमहाँ युधिष्ठिरजिको फेर् अस्वथामा मिले ।
दुर्योधन् नृप शल्ल्य कृपहरुले भीम्सेनलाई छले ।।२६२।।

आर्को तर्फ लगी युधिष्ठिरजिको हाहा तुल्याए दली ।
ऊता ता जलदी त्यजेर पनि रथ् उत्रेर भीम्सेन् बली ।।
घूमाएर गदा फउज् गजहरू मारे बहूतै जली ।
सारा कौरवहेरु ता तहिँ डरी आयो भने काल् चली ।।२६३।।

घेरेको पनि फौज भीमसिन उपर् भागी गयो सब् मिली ।
हाहाकार् गरि सैन्न्य हात्तिहरुका चिङ्कार शब्दै चली ।।
चारौतर्फ छितिर्वितिर् गरि गरी भागी गयो प्राण् कसी ।
पाण्डवको अनि फेर् पसे भिषमले भित्रै फउज्मा धसी ।।२६४।।

हत्याकाण्ड गरे जसोरि वनमा लागी डढेलो हुरी ।
नाश् पारे झइँ भष्म भै फउजको प्राण् हंस गैगो उडी ।।
जुक्ती धेर् गरि फेर भीष्म विरको घेरा ति पाण्डव् धरे ।
केही कत्ति नमानि त्यो भिषमले संहार सेना गरे ।।२६५।।

मारेथे जति फौज आठ दिनमा यो एक दिन्मै हरे ।
उत्ती फौज विनाशि भीष्म विरले यम्पूरवासी गरे ।।
सेना पाण्डवका अनाथ सरिझैँ भागेर कूचै परे ।
चल्थ्यो सिप् कुनको अरू त भुसना अर्जुन् श्रिकृष्णै हरे ।।२६६।।

जस्को अङ् भरि घाउ भै लडनको सामथ्र्य कम्ती भयो ।
ब्रह्मैचर्य जितेन्द्रियै अति ठुला श्रीभीष्मझैँ को थियो ।।
देखी त्यो रणकौशलै ति विरको दुर्योधनै खुस् भयो ।
बारम्बार् सह्रनी गरे फुलिफुली डाँडो परी घाम् गयो ।।२६७।।

श्रसूर्ये प्रभुलाई अञ्जलि गरी रक्तै मिसेको धुरी ।
दीई अर्घ फिरे सबै शिविरमा थाकेर प्राणै धरी ।।
कौरव् त्यो दिनमा भए खुस अती जीत् हुन्छ हाम्रो भने ।
ऊता पाण्डवहेरुले दिलमहाँ सार्है दुखीतै बने ।।२६८।।

यूधिष्ठीर निदाउरो मुख गरी आफ्ना शिविर्मा गई ।
डाक्नैलाई पठाइ कृष्ण सनमुख् आएर दिक्कै भई ।।
बोले हे प्रभु कृष्ण सनमुख् आएर दिक्कै भई ।
मारे आज सकिन्छ फौजहरुको यस्तै हिसाब्ले लडी ।।२६९।।

मारे येदि भने बुझिन्छ अब ता चाँडै अकेला परी ।
जानेछौँ पनि हामि आज दिनमा श्रीभष्म आगो सरी ।।
देखी तेज मलाई यो रणमहाँ जीत् हून आसा मरी ।
एक्दम् गो प्रभुनाथ कारण पनि मै दुख् दिएँ बेसरी ।।२७०।।

पाए भाइ सबै दुखै भनुँ कती तै स्नेह मैमा धरी ।
सक्तैनन् तिनिहेरु बोलन रती रोक्नोस युद्धै हरी ।।
छोडी लालच जाइ बस्छु वनमा राज्यै सुखै तृण् गरी ।
भन्ने दुःखि वचन् युधिष्ठिरजिको सूने प्रभू दिक् परी ।।२७१।।

आज्ञा भो प्रभुकृष्णले किन अती हे राजनै यो घडी ।
धेरै शोक् लिनुभो त कातर परी छोड्नोस निश्चय् लडी ।।
ठूला छन् बलवान भीमसिन अनी अर्जून सूर्यैसरी ।
तेज्वान् फेर् सहदेव वीर् नकुलले जित्छन् पराक्रम् गरी ।।२७२।।

इच्छा पूर्ण तपाइँको यि सहजै पार्छन् दिलोज्यान् दिई ।
प्रेम्मा मग्न म छू तिम्हेरु निमती भन्नोस् त ऐल्हे गई ।।
येदी क्यै गरि यो बखत् पनि यहाँ अर्जून मोहै परी ।
मार्दैनन् तिनि भीष्मको अब भने मै मार्छु लौ वध् गरी ।।२७३।।

सारा ती धृतराष्ट्र सैन्य सनमुख् पुर्याउँछू यम्पुरी ।
मेरो शत्रु र पाण्डवादिहरुको शत्रूमहाँ क्यै गरी ।।
फर्कै छैन यि बात सत्य बुझनोस् मार्छू म रण्मा गई ।
हे राजन् ति किरीटि शिष्य अनि फेर् मेरा त छन् मीत्झईँ ।।२७४।।

उन्को नीमतिमा शरीर बिचको मासू म काटी घरी ।
येदी दीनुपरे म दिन्छु सहजै अर्जुन् पनि प्रेम् गरी ।।
मेरो नीमति प्राण् परे दिन पनि दिन्छन् ति खूसी भई ।
यस्तो आपुसमा छ हामिहरुको पैल्हे प्रतिज्ञा लिई ।।२७५।।

साँचो बात् छ अवश्य दूइ बिचमा आपत् परेको महाँ ।
नीवारण् पनि गर्दछौँ उ दुखको फल्छौँ प्रतिज्ञा कहाँ ।।
यो हेतू महराज भैकन पनि आज्ञा दिएता यहाँ ।
गर्थेँ नाश् तर के गरूँ म अहिले वीराटपूरीमहाँ ।।२७६।।

अर्जुनले त श्रिभीष्मलाई पहिले मार्ने प्रतिज्ञा गरी ।
राखेको छ र भन्छु क्यै गरि यहाँ गुप्तै किरीटी धरी ।।
यो बात् गर्नु भनुन् त एकछिनमा भीष्मैजिको वध् गरी ।
दीनेछू भनि कृष्णको सुनि वचन् गद्गद् युधिष्ठिर् परी ।।२७७।।

बोले श्रीकरुणानिधान अहिले हे योग राजेश्वर ।
साहाये पनि बक्सिए हजुरले क्यै छैन तेस्तो डर ।।
मैले युद्धमहाँ लगाइ प्रभुको ऐल्हे प्रतिज्ञा हरी ।
तोड्नाको मन छैन कृष्ण भगवान् वीचार् बखत्को गरी ।।२७८।।

काम्काम्मा उपदेश बक्सनु हवोस् त्यै हुन्छ अमृत्सरी ।
हे नाथ् भीष्मजिलाई भेटन अघी जाँदा हुँदी प्रेम् गरी ।।
आऊनू पछि यो लडाइँ जितने ऊपाय सोधनै भनी ।
बोलेको छ अवश्य जाउँ अहिले श्रीभीष्मको सङ् पनि ।।२७९।।

सोध्नैलाई भनी युधिष्ठिरजिले विन्ति गरेको सुनी ।
जाऊँ लौ ठिक हो भनेर हरिले आज्ञा भयो फेर् अनी ।।
पाण्डवले प्रभुकृष्णलाई सँग ली श्रीभीष्मको पाल्महाँ ।
पूगी शीर झुकाइ पाउ दुइमा पस्रेर ढोगे तहाँ ।।२८०।।

आसन्मा जब पाण्डवादिहरु ती बस्दा भए खुस्महाँ ।
साह्रै प्रेम गरेर भीष्म वीरले सोधी लिनूभो तहाँ ।।
हे युधिष्ठिर आज काम् कुन परी मेरा समीपै पनि ।
आयो सो भन निश्चयै म गरुँला जस्तै कठोर् होस् भनी ।।२८१।।

आज्ञा यो सुनि हात जोडि खुस भै यूधिष्ठिरैले अनी ।
बोले सूर्य उदाउँदा त जसरी नाशिन्छ तम्को पनि ।।
तेस्तै पाल्नु हुँदा लडाइँ बिचमा मेरा त सेना मरी ।
नाशै हुन्छ बहूत जित्छु कसरी यो ता लडार्इँ गरी ।।२८२।।

सो बात् विन्ति म गर्नलाई अहिले हाजिर् भयौँ यो घडी ।
कृपापूर्वक सो बताउनु हवोस् हित् हुन्छ कस्तो लडी ।।
यो विन्ती सुनि ताहिँ भीष्म विरले आज्ञा भयो फेर् वहाँ ।
हे युधिष्ठिर जौन बात अहिले भन्यौ तिमीले यहाँ ।।२८३।।

साँचै हो म त जीउँदै रहिरहे यो युद्धमाहाँ जमी ।
यीनी कौरवहेरुको त सहजै काहाँ जितौला तिमी ।।
भन्छू लौ तर युक्ति खोज पहिले मिलेर साराहरू ।
मारे मर्दछु जति हुन्छ तिमरो सारा यि कौरव् अरू ।।२८४।।

मर्छन् साध्य हुनेछ यो रणमहाँ हुन्छन् यि धूलो पिठो ।
यस्तो अर्ति सुनेर भीष्म विरको अम्मृत जस्तो मिठो ।।
बोले फेर मधुर् युधिष्ठिर पनि कस्तै विरै होस् ठूलो ।
जित्नै कोइ छईन लौ हजुरको हुन्छन् कसोरी धुलो  ।।२८५।।

यस्तो प्रश्न सुनेर उत्तर तहाँ दीनूभयो फेर् अनी ।
तिम्रो बात् सब सत्य हो तर यहाँ ऊपाय लेऊ सुनी ।।
तिम्रा सैन्यमहाँ छ जो द्रुपदको छोरा शिखण्डी पनि ।
तेस्मा चिन्ह छ स्त्री पुरूष दुइको त्यो हो नपुंसक् भनी ।।२८६।।

कारण् त्यो तहिँ भन्नुभयो सब वहाँ सोधेर विस्तार् अनी ।
हे राजन् तिमरा बुबा त हरुको बिह्या निमित्तक् पनि ।।
काशीराजजिका तिनौटि मइयाँ सोयम्बरेमा हरण् ।
ल्याएथेँ अघि नै रणै गरि म ता ती मध्यजेठी कहिन् ।।२८७।।

अम्बा नाम सती अघी वरि सकें क्वै साल्व राजन् कहिन् ।
छोडेँ धर्मि बुझी गइन् उसकहाँ तेस्ले अधर्मै लि मन् ।।
त्याग्यो तप् गरि तल्पि श्रप् दुइकनै दीइन् पछी भो मरण् ।
जन्म्यो त्यो अहिले त श्राप्वश् हुँदा गर्दै सिकार् कोहि दिन् ।।२८८।।

अम्बीका वनमा पुगी स्त्री हुनगो त्यै श्रापले ता फसी ।
अम्बिका वनमा त राजन अघी ईश्वर् सदा शिव् बसी ।।
ऐस्मा मग्न थिए जगत्जननिसङ् पुग्यो नजिक् क्वै पसी ।
श्राप् बक्स्यो उसदीन देखि शिवले स्त्री हुन्छ ताहाँ घुसी ।।२८९।।

मृत्यू भै जनमेर साल्व अघिको यै पूगि स्त्री रूप् धर्या ।
लाज्भै ईश्वरको पछी तप अधिक् गर्दै शरण्मा पर्यो ।।
फेरी ईश्वर खुस् भएर यसको एक् एक मैन्हा भरी ।
चिन्है पूरुष स्त्री  हुने वर मिल्यो मार्दीन स्त्री क्यै गरी ।।२९०।।

मैले लड्दिन हे नृपेन्द्र बुझिल्यौ वीर्ले नपुंसक् अरी ।
त्यो स्त्रीघात गरेर बाँच्दिन कसै  आफ्नू प्रतिज्ञा हरी ।।
जानीलेउ नपुंसकैसँग म ता लड्दीन अप्मान् बनी ।
यो हेतू तिमि लाउ लौ अघिअघी शीखण्डिलाई पनि ।।२९१।।

राख्नू फेर प्रहार् मलाई गरनू जीत् हुन्छ तिम्रो भनी ।
यस्तो उत्तर भीष्मको सुनि तहाँ श्रीकृष्ण पाण्डव् अनि ।।
खूसी भैकन ढागि दी सब फिरे आफ्ना शिविर्मा जसै ।
बाटोमा गहभर् गरे नजरमा लीएर आँसू तसै ।।२९२।।

बोले अर्जुनले म बालक छँदा लागेर आङ्मा धुलो ।
बाबाबा भनि काखमा गइ बसेँ हाँसेर पुछ्दी धुलो ।।
आज्ञा भो सुन बाबु ह्वैन तिमरो मैं हूँ बुबाको बुबा ।
हा धिक्कार छ क्षत्रिधर्म कुलको देखी म हुन्छू तबा ।।२९३।।

हाये हाय उनै पितामहकनै मार्नै अहीले कुरा ।
गर्नू फेर् उनल्यै बताउनु कठै यो काम कस्तो बुरा ।।
हाहा नीठुर क्षत्रिको धरम यो भन्दै ति दिक्दार् भई ।
छोप्यो कातर मोह फेरि तिनको देखेर व्याख्यान् दिई ।।२९४।।

आज्ञाभो तहिँ हेर कर्म छ प्रधान् बुझेर लेऊ पनि ।
मुख्यै क्षत्रि धरम् नछोड तिमिले श्रीकृष्णजीले भनी ।।
बोली ती अरजून हे गुणनिधान् श्रीभीष्म ऊपर्महाँ ।
मैले बाण चलाई मारन अहो यो हात उठ्ला कहाँ ।।२९५।।

यस्तो उत्तर सूनि अर्जुनजिको श्रीकृष्ण ले खुस् भइ ।
आज्ञा भो तहिँ हुन्छ लौ तिमि कसी सङ्ग्राममाहाँ गई ।।
बाणैलाई नहानि रक्षक भई शीखण्डि साथै दिइ ।
बस्नू मारिदिनन् शिखण्डि सहजै श्रीभीष्मको प्राण् लिई ।।२९६।।

भन्ने बात श्रिकृष्णको सुनि वचन् यो बात ठीक् भै तहाँ ।।
आफ्नू आफनु पालमा सब गए सुत्नै निमित्तक् महाँ ।।
हे भाई विर भीष्मको बल यहाँ कस्ले प्रशंसा गरी ।
सक्ला गर्न सक्वैन क्वै पुरुषले वर्णन् सबै राम्ररी ।।२९७।।

साँचै हो बुझ ब्रह्मचर्य सरिको बल् यो पृथीवीमहाँ ।
आर्को छैन उ ब्रह्मचर्य झइँ योग् होला अरू फेर् कहाँ ।।
ब्रह्मैचर्य सिवाय जो छ निरबल् डर्पोक हुन्छन् तिनी ।
रक्षा आफनु फेर् ति गर्न अरुको सक्दैन कैल्हे पनि ।।२९८।।

तै रक्षा खुब बाँच्नलाई गरछन् कातर् ति पामर् अरू ।
मर्नै बाँचन वीर यक् नजरले देख्छन् त ज्ञान्वान्हरू ।।
बीहानै भइगो दशैदिन अनी सेना ति दूवै थरी ।
जम्बा भैकन युद्ध छीडिन गयो सङ्ग्राम भूमी भरी ।।२९९।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित