Untitled Document
Untitled Document

श्रीमद्भगवद्गीता अध्याय–१८


पार्थ बोले प्रभू कृष्ण, संन्यास त्यागको जहाँ ।
उस्को भिन्नभिन्नै रूप, इच्छा छ जान्नको यहाँ ।।१।।

आज्ञा भो भगवानैले, काम्य कर्मै त त्याग ता ।
संन्यासै फलको छोड्ने, भन्छन् पण्डितहेरु ता ।।२।।

फेर् कोइ भन्छ पण्डीत, दोषको कर्म छोडनु ।
भन्छन् कोइ तपै यज्ञ, सम्बन्धी काम् नछोडनु ।।३।।

अर्जुन श्रेष्ठ त्यागैको, मेरो जो निश्चय् सुन ।
पुरुषव्याघ्र५२ त्यो त्याग, तीन प्रकार् छ भन्छन ।।४।।

तप यज्ञ र दानैको, सम्बन्धी कर्म त्यागन ।
बेस् छैन गर आचार, पवित्रै मन गर्छन ।।५।।

तर हे पार्थ सम्पूर्ण, कर्मको फल छोडि यो ।
गर्नु बेस् किनकी यस्तो, मेरो ठीक मतै छ यो ।।६।।

सन्न्यासमा नित्यैकर्म, छोडनु योग्य छैन त्यो ।
त्यागिदिए अज्ञानैले, तामस् त्याग कहिन्छ त्यो ।।७।।

जो कर्म दुखको जानी, शरीर्कै क्लेश छोडछन् ।
पाउन्न फल त्यागैको, त्योता राजस भन्दछन् ।।८।।

पार्थ नियतको कर्म, गन्र्यै हो भनि सङ्कन ।
छोडी इच्छा फलै कर्म, गर्नु सात्विक भन्छन ।।९।।

सात्विक बुद्धिवानैले, दुःखको कर्म दुःख नी ।
सुख्ख दिने महाँ सुख्ख, नमान्ने त्यागि हो पनि ।।१०।।

देहधारि यि सम्पूर्ण, सक्वैन कर्म छोडन ।
त्यो हेतु फलका त्यागी, उनै त्यागी कहिन्छन ।।११।।

असल् कम्सल छास्मीस, तिनै प्रकार् फलै छन ।
नछोड्नेलाई त्यो हुन्छ, संन्यासीको न हुन्छन ।।१२।।

पार्थ सिद्धान्त साङ्ख्यैको, कर्मका सिद्धिको जहाँ ।
पाँच हेतु कहेको छ, म देखि जान त्यो यहाँ ।।१३।।

मालिक उसमा कर्ता, हेतु उस्मा बहूत छन् ।
उस्मा व्यापार ता फर्क, तेस्मा प्रेरक पाँच छन् ।।१४।।

मान्छेले वाणि देहै दिल्, द्वारा उत्तम् खराब नै ।
जो गर्छन् तिनिले कर्म, कारण त्यो यि पाँच नै ।।१५।।

यस्तो भएर तै याहाँ, हीन जो बुद्धिले त ती ।
आत्मैको देखने कर्ता, देख्दैन अरु दुर्मति ।।१६।।

जो क्यै नली अहङ्कार, बेस् न बेस् कर्ममा पनि ।
न आशक्त जिवै मारि, मार्छ न पाप लाग्छ नि ।।१७।।

प्रेरक तीन कर्मैको, ज्ञान ज्ञात र ज्ञेय छन् ।
फेर् कर्ता कारणै कर्मै, सङ्ग्रह तीन रीत छन् ।।१८।।

जो साङ्ख्य शास्त्र ज्ञानैमा, कर्म कर्ता सत्वै गुण ।
भेद तीन प्रकारै छ, त्यो शास्त्र तिमिले सुन ।।१९।।

जो ज्ञान सर्व प्राणीका, जीवमा एकनाशले ।
अविनाशि निर्वीकार, देख्छ सात्विक ज्ञानले ।।२०।।

जुन् ज्ञान सर्व प्राणीको, फर्क अनेक देखछन् ।
असङ्ख्य भाव जो जान्ने, ज्ञान राजस जान हुन् ।।२१।।

जान्ने अनि ति को पूर्ण, ईश्वर् वा आत्म यै भनी ।
बेप्रमाण झुटो तुच्छ, ज्ञान तामस हो पनि ।।२२।।

जो कर्म सँग रागै र, त्यागी इच्छा फलैकन ।
नित्य नियम् करम् गर्नु, त्यो सात्विक कहिन्छन ।।२३।।

जो कर्म कामनाले र, अहङ्कार् क्लेश लीकन ।
गरिने कर्म ता जो छ, राजस कर्म भन्छन ।।२४।।

हिंसा पराक्रम् बेस् कम्सल्, नजानी द्रव्य खर्चन ।
कर्म अज्ञानले गर्छ, तामसै कर्म भन्छन ।।२५।।

उत्साहयुक्त भै धीर, अहंकार्संग छोडि जुन् ।
सिद्धि असिद्धिको त्यागी, काम् गर्ने सात्विकी ति हुन् ।।२६।।

फलाभिलाषी रागी र, लोभ हिंसा अशुद्धपन् ।
हर्ष शोक हुने कर्ता, उस्को राजस भन्दछन् ।।२७।।

शुद्धि विवेकको छोड्ने, अलछि मूरखै अनि ।
निन्दा विषाद जो गर्छ, तामसी उहि हो पनि ।।२८।।

पार्थ सत्व गुणैदेखि, बुद्धि तनि प्रकार् छन् ।
धैर्यको भेद जो जो छ, फर्कै छ सुनिलेउ न ।।२९।।

काज अकाज डर् फेरि, प्रवृत्ति निवृत्ति जहाँ ।
बन्धन मोक्ष जान्दछ, सात्विक बुद्धि हो तहाँ ।।३०।।

हे पार्थ बुद्धि जोदेखि, धर्म अधर्म फेर् अनि ।
गर्ने नगर्ने जान्दैन, त्यो बुद्धि राजसै पनि ।।३१।।

अज्ञनै घेरि हे पार्थ, बुद्धिले बसको जहाँ ।
धर्म अधर्म हीतैका, बेहीतै मान्छ तम् जहाँ ।।३२।।

हे पार्थ व्यभिचारैको, नलागि बुद्धिले अनि ।
प्राण इन्द्रिय क्रीया जो, चल्ने सात्विक हो पनि ।।३३।।

धर्म अर्थ र कामैको, जो गर्छ पनि धारण ।
उस्ले फल अभीलाषा, राजस्को हुन्छ अर्जुन ।।३४।।

हे पार्थ बुद्धि जोदेखि, निन्दा दुर्बुद्धि फेर् डर ।
शोक विस्माद उन्माद, नछाड्ने तामसी नर ।।३५।।

अब ता तीन यो पार्थ, रीत्को सुख्ख यहाँ सुन ।
जो जानी प्रीति ता हुन्छ, जस्मा है दुख काट्छन ।।३६।।

पैल्हे जो सुख वीषैझैँ, पछि अम्मृत हुन्छन ।
आत्मामा मग्न बुद्धि त्यो, सात्विक भनि भन्छन ।।३७।।

विषय इन्द्रियेका जो, संयोगै हुन्छ उत्पन ।
पैल्हे राजस अम्मृत, पछि उ विष बन्छन ।।३८।।

आरम्भ पछि जो सुख्ख, चित्त मोहित गर्छन ।
निद्रा अल्छि प्रमादैले, तमको हुन्छ उत्मन ।।३९।।

यसतो कोइ जिवै भूमि, आकाश देवलोकमा ।
छैन प्रकृति देखी नि, हुने त्रिगुण फर्कमा ।।४०।।

हे पार्थ ब्राह्मणै फेरि, क्षत्री वैश्य र शुद्र जुन् ।
यिन्को सिद्ध स्वभावै ता, कर्म अन्सार फर्क छन् ।।४१।।

तपै शम दमै शौच, ज्ञान् क्षमा सिधापन ।
आस्तिक हेर विज्ञानी, स्वभावै कर्म ब्राह्मण ।।४२।।

धिरा शूर् तेज चातूर, जङ्मा नभागि बस्नु जुन् ।
सामथ्र्यवान ऊदार, स्वभाव क्षत्रि कर्म हुन् ।।४३।।

गोरक्षा खेति व्यापार, वैश्य कर्म स्वभाव हो ।
सेवा नाना रितै गर्नु, शूद्रको पनि कर्म हो ।।४४।।

आफनु करमै गर्ने, मनुष्य सिद्धि पाउँछ ।
नछोडे आफनू कर्म, सुन जो सिद्धि मिल्दछ ।।४५।।

आफनु कर्मले जस्ले, सारा जगत राखछ ।
गर्ने सेवन ईश्वर्को, अभीष्ट सिद्धि पाउँछ ।।४६।।

गरेको बेसरी अर्को, धर्म भन्दा नि गूणहीन् ।
आफ्नै धर्म छ धेर् ठूलो, गरेर पाप हुन्न जुन् ।।४७।।

दोष भए पनि पार्थ, स्वाभाविक् काम क्यै गरी ।
नछोड धुम्र अग्नी झैँ, दोषै कर्म सबै भरी ।।४८।।

आसक्ति सब छोडेर, जितात्मा आश त्यागछ ।
कर्मको फल जो छोड्ने, उत्तम सिद्धि पाउँछ ।।४९।।

अर्जुन यस सिद्धीले, जो रीतै ब्रह्म मिल्दछ ।
मदेखि जान संक्षेप, यो ज्ञान धेर मान्य छ ।।५०।।

अत्यन्त शुद्ध बुद्धीको, धैर्यले मन रोकने ।
शब्दादि विषय त्यागी, रागद्वेष नि मारने ।।५१।।

एकान्तबास थोर् खाई, वाणी वश गरी मन ।
सदा योग गरी ध्यान, वैरागीहरु बस्छन ।।५२।।

बल सेखि अहङ्कार, काम् क्रोधै भोग छाडि जुन् ।
शान्ति फेर् ममता त्यागि, ब्रह्मका ति समान हुन् ।।५३।।

एक देख्ने सबै प्राणी, ब्रह्म प्राप्त प्रसन्न जुन् ।
लालचा शोकको त्यागी, मेरो भक्ति उ पाउँछन् ।।५४।।

गरी यथार्थ जो भक्ति, मलाई पनि जान्दछ ।
मैमा प्रवेश भै त्यो ता, मेरो स्वरूप बन्दछ ।।५५।।

जस्ले सधैँ गरी कर्म, मेरो आश्रित बस्दछन् ।
म प्रसन्न भएदेखि, अनादि पद पाउँछन् ।।५६।।

दिल् देखी सब कर्मैको, मैमा गरेर अर्पण।
एकाग्र बुद्धिको लीई, हर्घडी देउ मै मन ।।५७।।

मलाई खुस जो गर्छ, त्यो जान्छ दुर्ग पार् तरी ।
मेरो यो उपदेशैको, नलिने जान्छ ऊ गिरी ।।५८।।

अहङ्कार् प्राप्त भै तिम्ले, रण गर्दिन यो भनी ।
गर्छौ मिथ्या विचारैको, लग्छ जाति स्वभाव नि ।।५९।।

हे कौन्तेय स्वभावी जो, कर्म अज्ञानले जहाँ ।
नगर्ने चाहना उस्को, गर्लौ पर्वश भै यहाँ ।।६०।।

अर्जुन प्रभु ईश्वर ता, ढाकेर सब मोह नै ।
सब प्राणी भ्रमै पारी, बसेका हृदयै उनै ।।६१।।

भारत सर्वरीतैले, ईश्वरै शर्णमा पर ।
उन्को प्रसाद भै तीमि, पाउला शान्तिको घर ।।६२।।

यो प्रकार् गुप्त ज्ञानै जो, मैले भने तिमी यहाँ ।
यस्को पूर्वापरै ठीक, विचारी गर दिल्महाँ ।।६३।।

अत्यन्त गुप्त ज्ञानै यो, वचनै हितको सुन ।
किनकि छउ दृढैमा, भन्छु हित तिमीकन ।।६४।।

मै विषे मन लाएर, गर भक्ति म भन्छु नि ।
नमस्कार् गर सत्यैले, मै मिल्छौ तिमि प्यार् बनी ।।६५।।

सारा धर्महरू छोडी, म एकै शरणै पर ।
पापलाई म खैचन्छु, शोक तिम्ले न क्यै गर ।।६६।।

जस्को भक्ति तपै छैन, छोड्ने बात हितै यहाँ ।
उस्लाई ज्ञान यो हेर, नभन्नु कहिले तहाँ ।।६७।।

जो मेरो भावना गर्ने, मेरै भक्तहरु कन ।
यो गुप्त ज्ञान जो भन्छन्, उ अवश्यै म मिल्छन ।।६८।।

हित यो वचनै मेरो, गर्ने प्रचार भक्त जुन् ।
यो पृथ्वीमा उ झैँ प्यार, आर्को मेरो न कोहि छन् ।।६९।।

यो धर्म युक्त मेरो र, तिम्रो सम्वादको यहाँ ।
पढे ज्ञानयज्ञैझैँ नै, मान्छु पूजा म उस्महाँ ।।७०।।

जो दोष दृष्टि छोडेर, यो शास्त्र पनि सुन्दछन् ।
सब पाप गई याहाँ, पुण्य लोक ती पाउँछन् ।।७१।।

अर्जुन तिमिले चित्त, दी यो शास्त्र सुनीकन ।
अज्ञानबाट आएको, गयो गएन मोहन ।।७२।।

पार्थ बोले श्रीकृष्णैमा, दयाले दुर मोहन ।
भैगो हुकुम जो हुन्छ, म गर्छु सब पालन ।।७३।।

सञ्जयले भने यसतो, रोमाञ्चित हुने जहाँ ।
अद्भूत कृष्ण अर्जुन, सम्वाद यो सुने वाहाँ ।।७४।।

श्रकृष्णले कहेको यो, योग सम्वाद गुह्यको ।
व्यासजीका कृपा दृष्टि, सुनेँ मैले प्रतयक्षको ।।७५।।

राजन यो त अद्भुत, कृष्णको अरजूनमा ।
सम्वाद कृष्णको सम्झी, बार्बार् हुन्छु प्रसन्नमा ।।७६।।

राजन कृष्णको उस्तो, सम्झी अद्भुत रूपको ।
आश्चर्य हुन्छु मै धेर, बार्बार् पर्दछु मग्नको ।।७७।।

मलाई निश्चयै यो छ, योगेश्वर् कृष्ण अर्जुन ।
जाहाँ छन् उस ठाम् जीत, लक्ष्मी राजनिती छन् ।।७८।।

इतिश्री भगवद्गीता, सिद्धियो कृष्ण अर्जुन ।
वार्ता संन्यास योगै यो, अध्या अठार पूरण ।।१८।।

हरिः ॐ तत्सत् श्री कृष्णार्पणमस्तु ।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित