Untitled Document
Untitled Document

दुर्योधनले जयद्रथलाई घर जान रोक्नु, द्रोणको प्रतिज्ञा

भाग्नाको मतलब् जयद्रथ गरे सूनेर दुर्योधनै ।
सम्झाए तिमि भागछौ जब यहाँ हाँसी र दुर्नाम नै ।।
हाम्रो चल्दछ भागदा पनि तिमी अव्वश्य कोही दिन ।
मर्छौ यो निमती नभाग रणमा छोडेर कातर्पन ।।२०१।।

हाम्रो फेर् तिमरो नपार अहिले हँस्सी यि शत्रूकन ।
मैले भोलि सबै यि फौज विर ली तिम्रो पनि रक्षण ।।
गर्छू लौ म अवश्य साँझतक ता अर्जून के मारला ।
आफैँ अग्निप्रवेश हुन्छ मरि त्यो काहाँ वचन् फालला ।।२०२।।

तेस्को मर्न भए पछी त डरले पाण्डवहरू भागला ।
कार्ये सिद्धि नभागि पार जितुँला पाण्डव् सहज् हारला ।।
यस्तो प्रश्न सुनी जयद्रथ तहाँ दुर्योधनैसङ्महाँ ।
बोले दृढ स्वभाव अर्जुनजिले फाल्लान् प्रतिज्ञा कहाँ ।।२०३।।

भन्छू तै यदि द्रोणचार्य गुरुले मेरा यि हातै धरी ।
पक्का भोलि म मार्न दिन्न दिनभर् भन्ने प्रतिज्ञा गरी ।।
बाचागर्नु भए म जान्न घरमा भन्दा तिनीको लिई ।
द्रोणाचार्य समीपमा सब कहे दुर्योधनैले गई ।।२०४।।

बाचा अर्जुनको जयद्रथ अनी भाग्ने कुरा सब् गरे ।
द्रोणाचार्यजिले सुनेर तिनिको हात् पक्रि बाचा धरे ।।
भोली हेर जयद्रथै कमलझैँ व्यूहै तयार् गर्दछु ।
घेर्नालाई लगाइ मारथि सबै तिम्लाइ बीच् धर्दछु ।।२०५।।

रक्षाखातिर द्वारमा कमलको व्यूहैमहाँ बस्दछु ।
द्वार्मा अर्जुनले हटाउन सके बाचा म यो गर्दछु ।
सुन्यै अग्नि प्रवेश गर्छु म पनि भन्नूभयो मर्दछु ।।
ताहाँ तब् डर गै जयद्रथ अनी बोले म लौ बस्दछु ।।२०६।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित