Untitled Document
Untitled Document

अश्वस्थामाले शस्त्र अस्त्र फालेको

देखेर शस्त्र सब निष्फल अस्वथामा ।
छोएन पाण्डवकनै रति एक गाथ्मा ।।
काट्यो फउज्हरु भ

ने गइ वीर शीर ।
नोक्सान् भयो छिनमहाँ दिइ धेर पीर ।।५६४।।

नासे झईँ त वनमा बढि खूब् डढेलो ।
पाण्डव् भए खलबली बढि अग्नि सेलो ।।
पाण्डव् छुवेन तर एक् किन गर्नु धामा ।
यस्तै रहेछ भनि शोक् गरि अश्वथामा ।।५६५।।

देखेर यो तरहको अहवाल् विचित्र ।
निष्फल् प्रयोग् भइ भए दिकदार भित्र ।।
के शास्त्रको छइन के मरयाद ठानी ।
धिक्धिक् कहे भनिभनी अति क्रोध मानी ।।५६६।।

फल्दी धनूष सब बाण् रथ छोडि भागे ।
धिक्कार् रहेछ धनुवेद् भनि खूब जागे ।।
शास्त्रै रहेनछ बुझे मनमा त जिन्दा ।
आचार्यको पनि गरे तिनि धेर निन्दा ।।५६७।।

घूमीघुमी अनि पुगे कुछ दूर देश ।
श्रीव्यास्मुनी मिलनुभो तहिँ भेटि बेस ।।
विन्ती गरे सब कुरा भइ खिन्नखिन्न ।
व्यास्ले अनी भननुभो त बुझाइ चिन्ह ।।५६८।।

हे बाबु लौ सुनन ब्राम्हण पुत्र तीमी ।
मोहै भयौ नबुझि तिर्मिर रीमिझीमी ।।
आचार्य वेद्वचनको तिमि मान साँचो ।
धिक्कार् नदेउ रति बात् पनि छैन काँचो ।।५६९।।

अर्जून कृष्णजिकनै नर बूझ नारान् ।
यिन्ले गरे शिवजिको खुस पारि पूजन् ।।
यो हेतु भक्ति यिनको शिव छन् अधीन ।
बस्छन् अगाडि रथमा शर लाग्छ कीन ।।५७०।।

साक्षात् सदाशिव त्रिशूलि जगन्निवास ।
रक्षा गरे कउनको बल पुग्छ त्रास ।।
उन्लाइ छुन्न हतियार् पनि मन्त्रतन्त्र ।
चाट्दैन कोहि विरको सुन शास्त्र जन्त्र ।।५७१।।

श्रीकृष्णमा छ विभुती शिवदेखि हेर ।
को पार्न सक्छ उनलाई बिगारि खेर ।।
कृष्णै झईँ छइन क्वै पनि भक्तिवान ।
यो बात् बुझेर शिवको गरिलेउ ध्यान ।।५७२।।

यो निश्चयै गर यहाँ ऋषिपुत्र सिद्ध ।
शास्त्रै नपार तिमिले गरि बात् विरुद्ध ।।
यो बात् भनी चलनुभो तहिँ वेदव्यास ।
विश्राम् गर्यो फउज द्रोण् गइ स्वर्गवास ।।५७३।।

।। द्रोर्णपर्व समाप्त ।।

प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित