Untitled Document
Untitled Document

चौधौँ दिन द्रोणको कमलव्युहमा अर्जुनले द्वारमा ढोगी अन्त फोर्नु,
श्रुतायुध सुदक्षिण सहित धेर राजा वध, दुर्योधन कवच पैर्हनु, कृष्णका बाहुलीको छडी खसाल्नु, सात्यकीको पराक्रम्, ती नआई युधिष्ठिरले भीम्सेनलाई पठाउनू, वीर कर्णले भिम्सेलाई पक्री धनुले खैँचनु, सात्यकी अर्जुनको निन्दा, भूरिश्रवा वध, भगवान्को छल्ले जयद्रथ वध

चौधै दीन जसै बिहान हुन गो रात्मा कुरा यो गरी ।
लागे सैन्य लिएर द्रोणगुरुले व्यूहै शकट्को गरी ।।
आफ्ना सैन्य लिएर द्रोणगुरुले व्युहै शकट्को गरी ।
फेरि व्यूह कमल् रचे ति बिचमा किल्ला सुचीको धरी ।।२०७।।

तेस्को बीचमहाँ जयद्रथकनै राखेर वोरीपरी ।
वीर्वीर् मारथिलाई राखनु भयो रक्षानिमित्तक् भरी ।।
अर्जुनले पनि नित्यकर्म गरि ली श्रीकृष्ण साथै भए ।
यूधिष्ठिर् महराजको शिविरमा पूगेर ढोगीदिए ।।२०८।।

सङ्ग्राममा पनि जानालाई त बिदा मागे युधिष्ठिर् उठी ।
अर्जुन्लाइ गला लगाइ हरिको सत्कार् गरी खूब् अती ।।
फेरी अर्जुनको समाइ करमा धेर् नम्रि श्रीकृष्णको ।
हातमा सुम्पिदिएर भन्नु पनि भो हे नाथ् शरण् आफुको ।।२०९।।

हामी छौँ यस मित्रलाई प्रभुले गर्नोस रक्षा यहाँ ।
साहायै जसको हजुर् बननु भो उस्को प्रतिज्ञा कहाँ ।।
होला बिघ्न हुनेछ पूर्ण सब थोक् मन्को मुताबिक् महाँ ।
यस्तो बात कही नजर् गहभरी आँसू बहाए वहाँ ।।२१०।।

आज्ञा भो प्रभुले नहोस सुरता अर्जुन् अवश्यै पनि ।
भोली तीनि जयद्रथैकन यिनी मार्छन् नछोडी भनी ।।
चिन्ता दूर भएर अर्जुन भने हे सात्यकी वीर् तिमी ।
भोली हेरनु बेस् युधिष्ठिरजिको दिनभर तिमीले जमी ।।२११।।

रक्षाको पनि भार् तिमीकन दिएँ वीरमा छईनौ कमी ।
मेरो चिन्तन क्यै नगर्नू दिलमा सुर्ता नलीए तिमी ।।
मर्जी ईश्वरको जयद्रथकनै मारेर साँझ्मा पनि ।
मीलूँला तिमिहरुका सँगमहाँ खुस्भै लडे लौ भनी ।।२१२।।

अर्जुन् कृष्ण अनी चढेर रथमा हीँडे रणस्थल् महाँ ।
व्यूहैको पनि द्वारमा श्रि गुरुद्रोण् पर्वतसमानै वहाँ ।।
देखी खूब अचल् ति अर्जुनजिले राम्रोरि नम्रै भई ।
ढोगे नूहि ति कृष्ण फेर अरजुन् दूवै जनाले गई ।।२१३।।

ठूलो स्वर्सित शङ्खको ध्वनि गरी श्रीकृष्णको सम्मती ।
लीई ती गुरुद्रोणका समिपमा बोले मधुर् स्वर् अती ।।
हे आचार्य गुरू हजुर् मकन ता आशीरवादै दिई ।
कल्ल्याण् गर्नुहवोस् छ व्यूह पनि यो मानूँ समुन्दै्र झईँ ।।२१४।।

कस्तो रीत तरूँ उ जान्न पनि बात् इच्छा छ धेरै गरी ।
मेरो ता महराज्युधिष्ठिर अनी श्रीकृष्णजीको सरी ।।
साख्यै लाग्छ हजूरको भनुँ कती पीता समानै गरी ।
रक्षा जो रित गर्नुहुन्छ गुरुले ती अस्वथामा मरी ।।२१५।।

गर्नूहोस दया जयद्रथकनै मार्ने प्रतिज्ञा गरी ।
लीएको छु वचन् पुर्याइ दिनुहोस् सन्ताप मेरो हरी ।।
द्रोणाचार्यजिले सुनीकन तिनी अर्जुनलाई तहाँ ।
यस् द्वार्को पनि भित्र जान तिमिले छोड्देउ वीचार् यहाँ ।।२१६।।

कारण् यो छ मलाई क्यै गरि तिमी ऐल्हे हटाए अनी ।
आगोमा म पनि पसेर मरने लीएँ प्रतिज्ञा भनी ।।
यस्तो बात सुनेर द्रोणगुरुको श्रीकृष्ण अर्जुन् तहाँ ।
सो बात् द्रोण दयालुको बुझिलिए भीत्री कुराको वहाँ ।।२१७।।

साँचै अर्जुनलाई द्रोण गुरुले गर्थे पियारो अती ।
लागे लड्न दुवै धमाधम अनी देख्नेहरू ता जती ।।
हार् मान्थे तहिँ हारजीत दुइको लड्दा त धेर्बेर् कती ।
केही भने जसै श्रिकृष्ण प्रभुले सोचे ति दिल्मा अती ।।२१८।।

फोरी भित्र उ व्युहमा पसनको बाटो त आर्कै लिइ ।
घोडालाई घुमाई हाँकनुभयो अर्जून टाढा भइ ।।
साम्ने देखि हटे र देखि गुरुले बोले ति हाँसी लिइ ।
काहाँ जान तयार अर्जुन भयौ सङ्ग्राम छोडी दिइ ।।२१९।।

आऊ युद्ध गरूँ नजाउ तिमिले हे वीर रण्मा डरी ।
आज्ञा सूनि किरीटिले कुयलिझैँ साह्रै मधूरो गरी ।।
बोले शत्रु हजूर ह्वैन गुरु है मेरो पिताको सरी ।
होईबक्सनुहुन्छ येस रितले भागे पनि क्यै गरी ।।२२०।।

लज्जा छैन भनेर औरइ तरफ् त्यो व्यूहको ता गए ।
फोडी पस्न हुने गरेर अरजुन् घूसेर बढ्दा भए ।।
कौरवका विरहरुले पनि भिडी चार्तर्फ घेरा दिइ ।
हाने अर्जुनलाई युद्ध हुन गो रोमाञ्च उठ्ने भइ ।।२२१।।

धेरै कत्तल वीर् गरे रिस चढी अर्जुन् रिसाई लिइ ।
गीरे प्राण विसर्जनै हुन गइ खूब् पृथ्वि ढाकी दिइ ।।
घोडा हात्ति र रथ् सवार हिनभै सारा विपत्मा भइ ।
येताऊति ति कौरवादि फउजै भागेति देखी लिइ ।।२२२।।

कृत्वर्मा विरले खडा रह खडा भन्दै ति अर्जुन् उपर् ।
दौडी सिंह झईँ ति झम्टन पुगी सङ्ग्राम् गरे धेर् गरुर् ।।
यस्तो चाल नजर् भएर प्रभुले पर्नेछ बित्यास् जरूर् ।
भन्ने सम्झि लिई हुकुम् गरनुभो ताहाँ ति अर्जुन् उपर् ।।२२३।।

हे अर्र्जुन् कृतवर्मलाई तिमिले लौ मार चाँडै जरुर् ।
ऐल्हे ता तिमिले विलम्ब गरनु देख्दीन नीको अउर् ।।
ठूलो अग्नि निभाइ पार गरनू कम्बर् कसी खुब् जबर् ।
बाँकी काम छँदै छ भन्नु पनि भो अर्जुन् लिए एक शर् ।।२२४।।

छातीमा कृतवर्मको पनि तहाँ ताकेर छोडी दिई ।
मूर्छा पारिदिएर शत्रु बिचमा घूसे ति बढ्दै गई ।।
ठूलो वीर् अनि फेर् श्रुतायुध तहाँ रण् गर्न आगे सरी ।
आए अश्व र सारथी किरिटिले हाने सहज् गो मरी ।।२२५।।

फेरी ताहिँ अनी श्रुतायुध पनि हातमा गदाको धरी ।
झम्टे बाज झईँ पुगेर नजिकै ताकेर राम्रो गरी ।।
छोड्दीए उ गदा गयो र प्रभुले बीच्मा समाती लिई ।
ऊसैले पनि ती श्रुतायुधकनै फ्याँकेर मारी दिई ।।२२६।।

शिर्लाई चुरचूर गर्दिनुभयो साम्ने सुदक्षिण् गए ।
क्रोधले अर्जुनलाई बाणहरुले हानेर छोपीदिए ।।
चन्द्रैबाण् रिसले अनी किरिटिले छोडेर टुक्टुक् गरी ।
काट्दीए तिनको यही रित मरे राजा बहूतै थरी ।।२२७।।

संहार् कौरव तर्फको खुब गरे सैनीक बल्वान् अति ।
सूते पृथिविमा त कोहि विरको शिर् छैन ताहाँ कटी ।।
हात् छैनन् कति पैर पेट विनुका ताहीँ रहेका परी ।
मुर्दा हात्ति र अश्व रथ् टुटफुटै भैगो रणस्थल्भरी ।।२२८।।

रक्तैको नदि फेर् बह्यो चउतरफ् घायल्हरू बेसरी ।
लागे खूब कराउनै कन तहाँ कम्पायमानै गरी ।।
यस्तो रीत् सित आफनू फउजको देखेर वीपत् गति ।
दुर्योधान् गुरु द्रोणका समिप गै बोले कठोरै अति ।।२२९।।

हे आचार्य तपाइँ पक्ष गरि सब् पाण्डवहरू सङ् खुसी ।
हूनूहुन्छ दया ति राखि अरजुन् त्यो व्युहमाहाँ घुसी ।।
आऊनै दिनुभो नहीँ तब भने पुग्दैनथ्यो जोड् धसी ।
जो मार्यो अहिले उ अर्जुन यहाँ नासिन्छ यस्तै कसी ।।२३०।।

सन्ध्यासम्म लडे पनि फउजको मिल्दैन फेरी दसी ।
यो बेला त तपाइँको गरदछू ठूलो भरोसा बसी ।।
हीजो कीन जयद्रथै करमहाँ पक्रेर बाचा धरी ।
रक्षा गर्न त मञ्जुरै गरनुभो दीईन बीदा गरी ।।२३१।।

हीजै भेजिदिने थिएँ नहिँ भने खूसी तपाईँमहाँ ।
गर्नै खोजछु फेर धेर्छ जिविका मैले दियाको यहाँ ।।
त्यस्तै तै भइ छोड्नुहुन्छ पनि ख्याल् मेरा तरफ् मन्महाँ ।
जो भो भो अब यी जयद्रथकनै रक्षा त गर्नोस् यहाँ ।।२३२।।

अर्जुन्देखि कसै यि आज नमरुन् यो दीन सूर्यै भरी ।
मार्नै ती नसकुन् सुनी वचन यो खूब् नम्र भावै गरी ।।
हे राजन् तिमिलाई ता बुझ यहाँ श्री अस्वथामा सरी ।
प्यारो खूब मलाई लाग्दछ कहे के गर्नु कृष्णै हरि ।।२३३।।

जस्तो रथ् पनि हाँकने अरु कतै देख्दीन पृथ्वी भरी ।
फेरी अश्वहरू तयार् छ रथको हावा समानै गरी
हिँड्छन् मार्गमहाँ पराक्रमि अती अर्जूनले यो घडी ।
बाटो फोरि उ सानु भित्र पसनू आश्चर्य भो के लडी ।।२३४।।

रोकको पनि द्वार छोडिन मता जाला प्रतिज्ञा भनी ।
ऐल्हे लड्न म जान्न राजन यहाँ अर्जून साथमा पनि ।।
क्यै रीत्ले म हटी गए झन यसै बीच् भित्र ती घुस्दछन् ।
यो देखी बढता यि सैन्य तिमरा बुझ्यौ विनाश् गर्दछन् ।।२३५।।

यो कारण् विर हौ तिमी पनि यहाँ सङ्ग्रामको धेर् थरी ।
जान्नेछौ म त आज पारि अवसर् पूरा प्रतिज्ञा गरी ।
लड्दैनौ म त आज पारि अवसर् पूरा प्रतिज्ञा गरी ।
पक्रन्छू महराज् युधिष्ठिरजिको छोड्दीन निश्चय डरी ।।२३६।।

तिम्ले नै अघि पाण्डवादिहरुको वैरी तुल्यायौ पनि ।
देखाऊन बलै ति अर्जुन्महाँ सक्तैनऊ के भनी ।।
दुर्योधन् नृपले ति द्रोणगुरुको यी बात ताहाँ सुनी ।
बोले अर्जुनको हजुर् छउ अहो ठूलो गुरू झन् बनी ।।२३७।।

साम्नेमा पनि व्यूह फोरि उ गयो मैले सकूँला कहाँ ।
यस्तो प्रश्न सुनेर द्रोण गुरुले आज्ञा भयो फेर् वहाँ ।।
पैराई तिमिलाई दिन्छु पनि एक् लाऊ कवच् यो यहाँ ।
यस्ले अस्त्रहरू र शस्त्रअरुको लाग्दैन चोट् अङ्महाँ ।।२३८।।

लड्नू अर्जुनसङ् भनी कवच एक् पैराइदिए जसै ।
रीसल्ला पइदल् फऊज खुस ली दुर्योधनैले तसै ।।
छोपे अर्जुनलाई वेग्सित अनी अर्जुन् धनूको धरी ।
संहार् सैन्य गरे चढेर रिस धेर् वर्षा शरैको गरी ।।२३९।।

कोलाहल् खुब भो अघोर्सित तहाँ भागे ति कौरव् डरी ।
साम्ने जौन गयो बचेन पनि एक् स्वर्गै पुगे वीर् मरी ।।
धेरै बार ति फेर कौरवहरू बाँधेर दल् बेसरी ।
घेरे अर्जुनको तथापि तिनिको लागेन जोड् क्यै गरी ।।२४०।।

कौशल् अर्जुनको रणस्थलमहाँ श्रीकृष्णको चातुरी ।
यस्ले निष्फल भो त जुक्ति तिनको लागेन क्यै मुर्मुरी ।।
फुर्तीसाथ् रथभित्रमा बढिगयो मानू बिजूली सरी ।
राजा तीनि जयद्रथैकन तहाँ मार्ने कुरा ख्याल् गरी ।।२४१।।

मन्मा छिन्छिन कृष्ण अर्जुनजिको झल्झल् यही बात् गडी ।
सम्झी जोर अघोर युद्ध मचियो मध्यान्न भैगो लडी ।।
घोडाहरु तहीँ लफालफ भए आई पसीना बही ।
थाके रथहरु बिग्रि मर्मत पनि गर्ने बखत्मा तहीँ ।।२४२।।

लाग्यो भोक तृखा गलेर अरजुन् वीन्ती गरे यो जसै ।
हे नाथ् खोलनुपर्छ अश्व अब ता टेवा छ प्राणको कसै ।।
गाडेको पनि झिक्नु पर्छ सब बाण् यिन्का शरीरैमहाँ ।
पानी खान दिनोस् थकावट हरुन् लड्छू म पैदल् यहाँ ।।२४३।।

सारा मार्दछु बाँकि राख्दिन कती बाँचेर जालान् कहाँ ।
भन्ने बात सुनेर कृष्ण प्रभुले आज्ञा भयो फेर् वहाँ ।।
तिम्ले जो पनि बात् भन्यौ ठिक उ हो मेरो छ त्यै सम्मति ।
हूकुम् भा तब ली धनू ति अरजुन् बोले ति चाँडै अति ।।२४४।।

उत्री भूमिमहाँ ति शत्रुहरूको लागे नि रोक्नै तहाँ ।
देखी पृथ्विमहाँ जसै ति अरजुन् कौरवहरूले वहाँ ।
घेरे चार तरफ् र अर्जुनजिले बाहूबलैको अति ।
देखाए फुरती तसै डरिडरी शत्रू पुगे दुर्गति ।।२४५।।

आगे बढ्न चलेन हिक्मत कती क्वै वीर साम्ने सरी ।
कृष्णैले अनि अश्वलाई रथमा खोलेर आँगै भरी ।।
जो जो अस्त्रै थियो निकालि अउषध् भर्दीनुभो बेसरी ।
पृष्टीकार पदार्थ पानि दिनुभो खूवाइ भर्पुर् गरी ।।२४६।।

जोत्नू भो रथमा ति कौरवहरू चार्तर्फ ताहाँ बढी ।
आएका ति थिए र आफु दुइले जल्पान् पनि त्यो घडी ।।
पाएनन् तहिँ गर्न कृष्ण अरजुन् रथमा तुरुन्तै बसी ।
दौडाए रथलाई त्यै बखतमा अर्जून कम्बर् कसी ।।२४७।।

छीतिर्वीतिर पार्दिए फउजको फेरी ति घूँडा धसी ।
लाग्यो रथ् पनि बढ्नलाई जुन ठाम् थीए जयद्रथ् बसी ।।
देखी कौरव तर्फका विर जती बोले ति योद्धाहरू ।
वीरत्वै पनि छैन हामिहरुको धिक्कार हो के गरूँ ।।२४८।।

हाम्रो सामु मरे जयद्रथ भने तेस्देखि लाज् के अरू ।
त्यो हेतू कि त मारुँ अर्जुन यहाँ हामी मरूँ की बरू ।।
भन्थे कोइ त भाइ होइन यहाँ चीता तयारै धरूँ ।
निश्चय मर्दछ त्यो जयद्रथ पनि बाँच्दैन कस्तै गरूँ ।।२४९।।

मृत्यू भो बुझि सायतै ति अरजुन् जान्छन् कि छोडी दिई ।
दुर्योधन् यस पापिको त फलले वीर् वीर घाँसझैँ भई ।।
काटीए बहुतै र कृष्ण भगवान् हावासमानै गरी ।
रथ्लाई दुगुराउँछन् किरिटिले मार्छन् यहाँ बेसरी ।।२५० ।।

आउने सनमूखका अरिहरू मारेर साफै गरी ।
बाटो ठीक गरी जयद्रथ तरफ् बढ्दै गए खर्खरी ।।
देखी त्यो अहवाल कौरवहरू जम्बा भई रीस् चढी ।
घेरे अर्जुनको परन्तु ति जिते एक्छीनमा नै लडी ।।२५१।।

छिन्नैभिन्न तुल्याइ तीनि निकले जस्तो प्रकारै महाँ ।
बादल्देखि त चन्द्रमा निकलछन् निक्ले उसै ठीक् तहाँ ।।
कृष्णैले रथको अनी बहुत जोर् हाँकी लिनुभो वहाँ ।
अर्जुनको पनि बाण रथ् पुगिपछी माथ्र्यो निशानामहाँ ।।२५२।।

बीजूली सरि मिल्कि अश्व झलकी फेर् पूगथे दूर् तहाँ ।
यस्तो कूशल अश्व हाँक्न प्रभुझैँ सक्थे अरूले कहाँ ।।
कृपाचार्य भुरिश्रवा करण फेर् श्रीअस्वथामा अनि ।
शल्ये माँरथि यी जयद्रथकनै घेर्थे ति रक्षक् बनी ।।२५३।।

थीए कौरव सैन्य धेर् तहिँ खडा मुस्कील ताहाँ पसी ।
फोर्नैलाई थियो कठिन् चउबरी तीनीहरूले बसी ।।
टाढैबाट जयद्रथै र तिनिका रक्षक्हरूको ध्वजा ।
देखी अर्जुनले श्रिकृष्णसँगमा बोले भईगो मजा ।।२५४।।

हे नाथ मार्दछु त्यो जयद्रथकनै छोड्दीन मैले भनी ।
पूगे अर्जुन ती जयद्रथ नजिक् दुर्योधनैले अनि ।।
देखीलाई कवच् अभेद्य झटपट् सेनाहरू ली गयो ।
अर्जुन्लाइ श्रिकृष्णले हुकुम भो तिम्रो सुभाग्यै भयो ।।२५५।।

साम्ने भो झटपट् बनेर तिमि काल् सामथ्र्य रीस् बल् जति ।
चाँडै नै अहिले प्रकट् गर यहाँ यो पापको मूल् अति ।।
यै हो मार नछोड आज तिमिले यस्ले दियो दुख् कति ।
सम्झी सम्झि विसर्जनै गर तिमी यो छैन धर्मी रती ।।२५६।।

यस्तो बात सुनेर अर्जुनजिले श्रीकृष्ण सङ्मा पनि ।
बोले जाउँ उ दुष्टका नजिकमा रथ् लीइ चाँडो भनी ।।
जोतेको दुइटा सफेद दुधझैँ घोडाहरूको धरी ।
लैजानू प्रभुले भयो रथ तहाँ हावासरी नै गरी ।।२५७।।

पूग्यो सामु ति दूरजोधन नजिक् दुर्योधनैले अनि ।
लल्कारे अरजून कृष्ण दुइको सङ्गम गर्ने भनी ।।
शङ्खैलाई फुके ठुलो स्वर गरी देखी अरूले पनि ।
लागे बोलन दूरजोधन गए काल्का मुखैमा बनी ।।२५८।।

हाये हाय कसो गरूँ अब यहाँ मर्छन् यि राजा भनी ।
आफ्ना मानिसहरुको यस प्रकार् ठूलो विलापै पनि ।।
सूनी राजन दूरजोधान तहाँ बोले नरोऊ यहाँ ।
अर्जुन् यो छलि कृष्णलाई मइँले मार्छू अवश्यै महाँ ।।२५९।।

भन्ने बात् समझाइ कृष्ण अरजुन् साम्ने भई तीनिले ।
देखाऊ बल अस्त्रशस्त्रहरुको रे रे अधम् दूइले ।।
हेर्छू आज प्रकट् तुरुन्त गरलौ यस्तो कही बाणले ।
कृष्णैको छडि हातको सहजमा तोडीदिए नृपले ।।२६०।।

गीराए अनि बाण हानि कइयौँ फेर् कृष्ण अर्जुन्कनै ।
घायल् पारिदिए र अर्जुन पनि क्रोधै चढी धेर नै ।।
बाण् हाने तर लागि निष्फल भयो दुर्योधनैको गई ।
केही कत्ति घुसेन बाण् शरिरमा आर्को तिखा बाण् लिई ।।२६१।।

हाने ऊ खाइ टक्कर तहाँ गिर्यो फुलै झैँ भई ।
आज्ञा भो तब कृष्ण अर्जुनसँगै बिस्मात ठुलो लिई ।
के गर्छौ तिमि हेर अर्जुन यहाँ हाम्रो सुभाग्यै परी ।।
आयाको मउसर् नचूक तिमिले खेल्वाड जस्तो गरी ।।२६२।।

देख्यौ जो पनि बाण हान्छउ तिमी उस्लाइ रत्तीभरी ।
पीडा केहि हुँदैन पत्थरमहाँ घाँस् लागि गीरेसरी ।।
ठक्कर् खाइ ति बाण गिर्छन यहाँ यो बात भो के गरी ।
के गाण्डीवमहाँ गयो बल कि के छऊ थकीतै परी ।।२६३।।

यस्ता भो झट देउ उत्तर भनी सोध्नूभयो श्रीहरि ।
बोले अर्जुन सर्वसाक्षि भगवान् लज्जीत सारै गरी ।।
आज्ञा यो नहवोस मालुम पनि यो हुन्छ कि द्रोणले ।
पैह्रए यसको अभेद्य कवचै बूझीन्छ यो अर्थले ।।२६४।।

यस्लाइ शर यो शरीर भरमा गाडेन क्यै युक्तिले ।
डर्भर् छोडि खडा भयो तब यहाँ सामुन्न्यमा येसले ।।
मेरो हेरनुहोस् पराक्रम अबै गर्छू म ऐल्हे यहाँ ।
स्त्रीको त्यो गहना झईँ कवचले पैरेर बाँच्ला कहाँ ।।२६५।।

यस्तो विन्ति गरेर एकछिनमा दुर्योधनैको अनि ।
मार्दी सारथि अश्वलाई तिनिले रथ्लाइ तोड पनि ।।
सारै क्रुद्ध भएर कौरवहरू कृष्णै सहित्का तिनी ।
घेरे अर्जुनलाई चार्तरफमा एक् कोश सम्मै पनि ।।२६६।।

फैलावोट भयङ्करै फउजका बीच् भागमा नै तीनी ।
घेरीए अरजूनलाई फुरसत् दम् मार्नलाई पन ।।
पाएनन् चहुतर्फ शब्द गरथे लौ मार अर्जुन् भनी ।
यै देखी अरु शब्द थेन र कहे श्रीकृष्णजीले अनि ।।२६७।।

भन्नूभो अब दिव्यअस्त्र लिइ झट् अर्जुन् धनूमा धरी ।
संहार् शत्रु तुल्याउ शङ्ख मइँले फुक्छू बडो जोर् गरी ।।
आज्ञा भै प्रभु शङ्ख फूकनुभयो सारा भयो थर्थरी ।
अर्जुनले पनि बाण हानि बहुतै ठूलो पराक्रम् गरी ।।२६८।।

सारा कौरव छिन्नभिन्न छिनमा पारीदिए तै अरि ।
फेरी दृढ भएर घेरन पुगी अर्जून कृष्णै हरि ।।
शर् हानी दुइको विकल् कुछ गरी बाघझैँ ति गर्जी कुदे ।
द्वार्मा द्रोण उ ब्यूहको अनि तहाँ फेरी अघोर्ले लडे ।।२६९।।

पाण्डव्का सँग लोमहर्षण हुने त्यो व्यूहका द्वारमा ।
सङ्ग्राम् भो दुइ तर्फका विर अनेक् पूगीगए स्वर्गमा ।।२७०।।

लागे लड्न श्रि द्रोणका सँग अनी वीर् धृष्टद्युम्नै अति ।
वीरै हुन् दुइले लडी खुब अनी घोडाहरूको गति ।।
केही तेज गरेर द्रोणगुरुका सामू नजीकै भिडी ।
धृष्टेद्युम्न श्रि द्रोणका रथमहाँ चढ्दा भए झट् कुदी ।।२७१।।

झीकी ली तरवार ताकि शिरमा हान्नै तयारै थिए ।
छोडी दी शर झट्ट द्रोण विरले तर्वार काटीदिए ।।
फेरी अश्व र सारथी वध गरी डर्लागदो बाण् लिए ।
धृष्टद्युम्न म मारछू भनि तहाँ मार्नै तयारै थिए ।।२७२।।

तेस्तो सङ्कटदेखि सात्यकि गई तूरुन्त बाण् छोड्दिए ।
ताकेको शरलाई द्रोणगुरुको काटी धनूमै दिए ।।
धृष्टद्युम्न अनी कुदी उहि बखत् आर्को रथेमा गए ।
ती वीर् सात्यकिले र द्रोण गुरु फेर् सङ्गम गर्दा भए ।।२७३।।

दुवै थर् सब सैन्य चाप्चुप रही हेरे तमासा खडा ।
सोरौँ पल्ट धनू ति देण गुरुको काटे विरै हन् कडा ।।
खूबै द्रोण खुसी भई तब वहाँ यी सात्यकी वीर् बडा ।
अर्जुन कृष्ण समान कूशल कहे हान्छन् धनू यी कडा ।।२७४।।

भन्ने ताडिफ गर्नुभो खुस भई सारा फउज्ले पनि ।
धन्यै धान्य यि सात्यकी विर भनी ताडीफ गर्नै अनि ।।
लागे पाण्डव सैन्य व्यूह भितरै जान्छौँ भनी जोरले ।
धेरै कोसिस ती गरे तर तहाँ रोक्नूभयो द्रोणले ।।२७५।।

एक्लाई पनि जानलाई नदिई रोके जसै तीनिले ।
देखी शक्ति लिएर द्रोण गुरुको राजा युधिष्ठीरले ।।
हाने फेर् जब शक्तिलाई सहजै छोडेर ब्रम्हास्त्रले ।।
नीवारण् गरिदीनुभो अनि पछी ताहाँ युधिष्ठीरले ।।२७६।।

ब्रम्हास्त्रैकन छोडि त्यो समन भो ब्रम्हास्त्र शान्तै भई ।
वाहाँ द्रोण अनी युधिष्ठिरकनै ठूलो गदा एक् लिई ।।
हानेथे जब ती युधिष्ठर पनि हातमा गदाको धरी ।
छोडी दी उसलाई ता गगनमै काटे दुई टुक् गरी ।।२७७।।

सारै क्रोध भएर सारथि तहाँ घोडाहरू द्रोणले ।
मारीदी रथ फेर चूर्चुर गरी काटे धनू तीनिले ।।
खाली हात तहाँ खडा हुन गए राजा युधिष्ठिर् जसै ।
आफ्नू बात कबुल् पुर्याउन भनी द्रोण्ले दगुरे तसै ।।२७८।।

झम्टे पाण्डव सेन्यमा खलबली हाहा मचीगो तसै ।
यूधिष्ठिर्महराज् परन्तु दगुरी भागे नकुल्को जसै ।।
रथमा जाइ चढेर अश्वहरुको मारेर कोर्रा तहाँ ।
भागे त्यो रणबाट दूर निकली फेर् सात्यकीले वहाँ ।।२७९।।

ठूलो रीस चढेर द्रोण गुरको व्याकुल् तुल्याए जसै ।
योद्धाहरु बहूत मारिन गए ती सात्यकि द्रोण् तसै ।।
धेरै बेरतलक् लडे दुइजना आर्को तरफ्मा अनि ।
सङ्ग्राम् घोर थियो अलम्बुषसँगै लड्थे घटोत्कच् पनि ।।२८०।।

दूवै राक्षसि पुत्रहरु बलवान् थीए तथापी लडी ।
पाई मौसर टाँग दूइ पकडी घूमाइ रीसै चढी ।।
भूमीमा पटकी अलम्बुषकनै सातो तिनीले लिए ।
सिहैनाद गरेर पाण्डव फउज् नाचेर खूसी भए ।।२८१।।

द्रोण्ले सात्यकिको त शर्हरु गडी क्रोध्भै अघोर् रूप् धरे ।
हज्जारौं तहिँ बाण् चलाई तिनिको सातोपुतो फेर् हरे ।।
यो देखी भिमसेन आदि विरको हूकुम् युधिष्ठिर् दिए ।
रक्षा सात्यकिला गर्न उ बखत् भेजे तुरुन्तै गए ।।२८२।।

मूर्छा सात्यकि ता थिए खुलिगयो तूमूल युद्धै भयो ।
येही औसरमा त फेर् किरिटिको शङ्खै अवाज् सूनियो ।।
बोलाईकन सात्यकी ति विरको हूकुम् युधिष्ठिर् भयो ।
हाम्रो रक्षक हूनुहुन्छ भगवान् जीत् हुन्छ निश्चय त यो ।।२८३।।

भन्छू तैपनि पार्थको त सहरा गर्नै त जाऊ तिमी ।
मेरो बात् तिमि मान कृष्णजि पनि हाम्रो मितैझैँ जमी ।।
सच्चा प्रेम गरेर अर्जुन उपर् प्राणै दिनाको पनि ।
तत्पर् नै हुनुहुन्छ त्यस्तइ प्रकार् हाम्रो तिमी छौ भनी ।।२८४।।

अर्जुनले अघि बारबार तिमरो ठूलो प्रशंसा गरी ।
भन्थे सात्यकि वीर् पराक्रमि ति छन् बुद्धि छ खानीसरी ।।
साहाये पनि हामरो ति गरछन् सुम्पेर तन्मन् धरी ।
यै भन्थे अघिबाट द्वैतवनमा अर्जून ताडिफ् गरी ।।२८५।।

थीयौँ हामि विराटका नगरमा तेही बखत्मा पनि ।
ठूलो भक्ति गर्यौ म जान्दछु सबै मित्रै समानै बनी ।।
अर्जुनको र श्रि कृष्णको बहुत प्रेम् गर्छौ गुरूझैँ तिमी ।
यो हेतू पनि छन् श्रिकृष्ण अरजुन् हाम्रो जयैमा जमी ।।२८६।।

रक्षाको पनि भार लेउ सबको हे सात्यकी वीर् गई ।
क्यै रीत्ले यदि शत्रुको शर गडी अर्जुन घायल् भई ।।
प्राण् त्यागे तब हामिहरु सबको आशा मटीमै मिली ।
मर्छौँ हामि नमारि लौ पनि यहाँ नौनीसमानै गली ।।२८७।।

द्रोणाचार्यजिले अभेद्य कवचै पैराइदीँदा वहाँ ।
दुर्योधान् डर छोडि अर्जुनसँगै सामू भयो रणमहाँ ।।
के जाने कुन रीत् दशा हुन गयो ती अर्जुनैको तहाँ ।
देख्छौ सैन्यहरू यताउति पनि भाग्छन् रणस्थल्महाँ ।।२८८।।

ठूलो अघोरको शब्दले आकाश ढाक्यो भरी ।
बाजा शङ्खहरू बजेर शुरवीर् खूब् सिंहनादै गरी ।।
बोल्छन् रथहरुको अवाज घडघड् चिङ्गाड शब्दै भरी ।
हात्तीको छ अवाज अश्वहरु ता बोल्छन् हिँहीँ स्वर् गरी ।।२८९।।

पैदलेहरु भयानकै शब्दले हिँड्छन् ति येताउति ।
यो हेतू रण हेर त्यो थलमहाँ बूझिन्छ ठूलो अति ।।
लागेको छ हुने ति अर्जुनकनै सिन्धू मुलुक्का जति ।
वीर्ले घेरिलिए जयद्रथ पनि मानेर आफ्ना पति ।।२९०।।

प्राणै तक् दिनलाई तत्पर ति छन् संकष्ट भारी अति ।
पाए हुन् अरजून सात्यिकि मिमी लीई बतासझैँ गति ।।
रक्षा लौ गर जाउ क्यै रित गरी श्रीद्रोण् अगाडी भई ।
रोकेदेखि तिमी म आउँछु तहाँ भीम्सेनलाई लिई ।।२९१।।

जाऊला अनि फेर् तिमी पनि बडा छौ वीर प्रख्यात् भई ।
येदूवंशिहरू कदापि रणमा कातर्बनी दिल् लिई ।।
भाग्दैनन् तिमरो ति अर्जुन गुरू छन् फेरि कृष्णै अनि ।
अर्जुनको गुरु हूनुहुन्छ यस रीत् लौ हीँड चाँडो पनि ।।२९२।।

रक्षा गर्न ति कौरवै फउजमा जाऊ तुरुन्तै भनी ।
यस्तो बात सुनेर सात्यकि तहाँ यो बात बोले पनि ।।
माहाराज मलाई युद्धभुमिमा जाँदा ति अर्जूनले ।
रक्षा भार हजूरको दिइ गए हीँडू म के रीतले ।।२९३।।

जाऊँ छोडि हजूरलाई मइँले ऐल्हे ति द्रोण् वीरले ।
पक्रन्छन् सहजै ति मौसर मिली छोड्छन् कहाँ तीनिले ।।
यस्तै अर्जुनको हजर् पकडिए निष्फल् भई दुःखले ।
जोजो काम भयो सबै विफल त्यो हूनेछ यो अर्थले ।।२९४।।

चिन्ता त्यागिदिनोस एक् रउँ पनि के झारला दुष्टले ।
क्यै रीत्ले अरजून क्रोध् यदि भए सारा विरै एकले ।।
कौरवका सहजै विनाश गरछन् को सक्छ सम्मूखमा ।
ताहाँ निश्चय येहिँबाट रणको देख्छू म यो बख्तमा ।।२९५।।

भन्छू अर्जुन ता जयद्रथ नजिक् पूगे ति सम्मूखमा ।
सोची धेर विचारि पाउँ म हुकुम् धार्नेछु त्यो शीरमा ।।
जाओस् प्राण बरू हुकुम् हजुरका टार्दीन यो जूनिमा ।
सूनी उत्तम तै पनि नृपतिले आज्ञा भयो तीनिमा ।।२९६।।

सून्यौ वीर श्रिकृष्ण अर्जुन दुई छन् या कि छैनन् कुशल ।
सम्चार् सुन्न पियास झैँ हुनगयो यो चित्त सार्है विकल् ।।
मेरो निम्ति नलीइ जाउ तिमिले चिन्ता दिलैमा पनि ।
धृष्टद्युम्न यि भीमसेन दुइ छन् मेरो त रक्षक् बनी ।।२९७।।

बस्छन् यीनि छँदै मनोरथ कसै पुग्दैन द्रोणको तिनी ।
जल्दी जाउ भनी युधिष्ठिरजिले तिन्को रथैमा पनि ।।
चाहीने सब अस्त्रशस्त्रहरुको राख्दीनु हूकुम् भई ।
अस्त्रैशस्त्रसमेत अश्व बलिया जोते रथैको लिई ।।२९८।।

आई सारथि हिँड्नको भइ तयार् ती सात्यकीले तहाँ ।
यूधिष्ठीरजिलाई जोडि करले तिन्ले प्रणामै वहाँ ।।
राम्रोसीत गरेर आशिष लिई श्रीद्रोण साम्ने अनि ।
हावाको सरि ती पुगे बहुत जोर् दूवै लडे वीर् पनि ।।२९९।।

भारी युद्ध भयो परन्तु उ बखत् ती सात्यकीले तहाँ ।
भर्ममग्दूर गरे चलेन सिप क्यै त्यो व्यूह भित्रैमहाँ ।।
पस्नैलाई सहज् ति द्रोण गुरुको जीतेर सक्थे कहाँ ।
आफ्नू जोर् नचलेर सात्यकि पनि व्याकुल् भए ती वहाँ ।।३००।।

देखी सात्यकिलाई द्रोण गुरुले हाँसेर बोले तसै ।
हे सात्यिक् तिमरो गुरू ति अरजुन् यो व्यूहभित्रै कसै ।।
पस्नै जोड् नचलेर कातर भई आर्कै ति बाटो धरी ।
भागे यो बुझ तीमिले मनमहाँ पुग्नेछ जोड् के गरी ।।३०१।।

भागी जाउ नहीँ त निश्चय तिमी जान्छौँ यहीँ नै मरी ।
यस्तो बात सुनेर सात्यकि पनि खूब् नम्रभावै गरी ।।
बोले ब्राम्हणदेव मङ्गल हवोस् ऐल्हे हजुर्को अनि ।
शिष्यैले त गुरू पछाडि हिँडनु मुख्यै करम् हो भनी ।।३०२।।

ढोगी द्रोणजिलाई पार्थ गुरुकै हीँडे ति बाटो धरी ।
आज्ञा सात्यकिले दिएर रथिले घोडाहरू जोर् गरी ।।
सेना कौरवको बिचैबिच लगे रथ्लाइ हावासरी ।।३०३।।

हे डर्पोक भने कृतैवरमले खूब् क्रोधले नै भरी ।
वर्षा सात्यकिले गरेर शरको ढाकीदिए जाल्सरी ।।
धेरै बेरतलक् लडे दुइजना हार्जीत ता क्यै गरी ।
केही कत्ति भएन सात्यकि अनी बेर् भो भनी मर्मुरी ।।३०४।।

तीनैटा लिइ बाण छाति बिचमा ताकेर जोरै गरी ।
हाने ती सहजै विचेत तहिँ भए मुर्छा तुरुन्तै परी ।।
बाँधी पट्टल कृतवर्म छिनमा रथमा गिरे चोट् पसी ।
सात्यीकि विरले अनी उहि बखत् बढ्दै गए खूब् कसी ।।३०५।।

त्यो बाटो अघि नै त अर्जुनजिले साफै गरेथे पसी ।
यो हेतू तिनि सात्यकी रणमहाँ फेरी न काहीँ फसी ।।
बढ्दै तीनि गए तथापि कउरव् फेर् रोक्न ज्यानै धसी ।
वर्षा बाणहरू गरे सलहझैँ रोकी दुबाटो बसी ।।३०६।।

तिन्को सीप चलेन राजन अरू सात्यीकिले मार्दिई ।
बढ्दै ती अरजूनका नजिकमा देखी पुगेको गई ।।
दुर्योधन् नृपले दुशासनसहित् माहाँरथीको लिई ।
छोपे सात्यिकिलाई त्यो बखतमा सात्यीकि बीच्मा भई ।।३०७।।

ठूलो सैन्यमहाँ ति घेरिन गए फेर् सात्यकीले तहाँ ।
बोले लौ बढ सारथी डर नली रक्षा म तिम्रो यहाँ ।।
निश्चय गर्छु  पराक्रमै नजरले देख्छौ म छोड्छू कहाँ ।
दीए उत्तर सारथी सुनि वचन् मान्दीन डर् क्यै यहाँ ।।३०८।।

हेरेको छु म बाहुली बल सबै मान्छू भरोसा अति ।
ऐल्हे मारनु भो जती नृप गिनी भैगो असाद्धे कति ।।
यस्तो सारथिले त ताडिफ गरे दुर्योधनैले सुनी ।
मार्नू सात्यकिको भनी रिस चढी धेरै बलीया पनि ।।३०९।।

लिई माँरथि सैन्यहरु तिनिले ती सात्यिकीको जसै ।
घेरे सात्यिकिले पनि फुरतिले ती माँरथीको तसै ।।
हानेको शरहरु काट्दि सहजै नोक्सान पार्दी कति ।
आफ्नू सारथि अश्वलाई तिनिले छूनै दिएनन् रती ।।३१०।।

यो बाहादुरि सात्यकी ति विरको देखेर शत्रू जती ।
गर्थे ताडिफ धन्नय धन्नय विर हौ भन्दै ति सारा अति ।।
मारे सारथि फेर् सुयोधनजिको घोडाहरू दूर् भई ।
भागे ती दुरजोधनै नृपसहित् रथ्लाइ ताहाँ लिई ।।३११।।

हाने सात्यकि फेरि बाण्हरु तहाँ छोपेर सङ्ग्राम्भरी ।
लागे भागन कौरवादि फउजै येताउता नै गरी ।।
यो सङ्ग्राममहाँ पराक्रम अती अर्जून देखी बढी ।
देखाए पनि सात्यकी ति विरले सङ्ग्राममाहाँ लडी ।।३१२।।

भागेका तिनि फेरि कौरव फउज् दुःशासनेले कडी ।
वाक्शर् ताहिँ भनेर लज्जित भई सात्यीकि मार्नै बढी ।।
सारा कौरव सैन्य फेर् फिरिगयो मार्नै प्रतिज्ञा गरी ।
घेरे सात्यिकिलाई अस्त्र बहुतै लिएर शस्त्रै धरी ।।३१३।।

लागे हानन सात्यकी उपरमा एक्लै ति आगे सरी ।
सङ्ग्राम् अघोरले तहिँ लडे व्याकुल् सबैको गरी ।।
धेरै अश्व सवार हात्ति रथिको सात्यीकिले प्राण् लिई ।
मारे कौरव सैन्य फेर् चलिगयो भागेर पीडा भई ।।३१४।।

योद्धाहरु बहूत द्रोण विरको साथै शरण्मा गयो ।
दुःशासन् पनि द्रोणकै नजिकमा पूगेर आश्रित् भयो ।।
मौका पाइ दुशासनैकन ति द्रोण् फटरि लेथ्नू गरे ।
बीचारी अबला त द्रौपदि गरिस् लज्जीत कुन् रीत् हरे ।।३१५।।

चीर् खिच्दा हुँदिको गयो बल कहाँ तेरो अहीले मरे ।
जूँगा धेर मुसारि सैन्यपति भै दुर्योधनैको हरे ।।
छोडी भागि यहाँ त आउन सकिस् लाज् छैन क्या बात रे ।
जाजा सात्यकिको सँगै लडन मुख् फर्काउँछस् क्या अरे ।।३१६।।

यस्तो बात सुनेर लज्जित भई दुःशासनै ता चली ।
हीँड्यो सात्यिकि तर्फ मन् गलिगली श्रीद्रोण फेरी जली ।।
रोमाञ्चीत हुने लडाइँ गरनै फेर् धृष्टद्युम्नैसँगै ।
लागे देखिन गो रणस्थलभरी सङ्ग्राम ता रङ् रँगै ।।३१७।।

धृष्टद्युम्न गई चढे रथ अनी श्रीद्रोण् गुरूको झटै ।
हानी अस्त्र तहाँ त एक् छिन पनि बस्नै दिएनन् कठै ।।
रथदेखी तिनिको घचेट्दि भइँमा लाग्यो बहुत् चोट् अनि ।
ऊता म्लेच्छ फउज लीकन गए दुःशासनैले पनि ।।३१८।।

घेरे सात्यिकिलाई चौतरफमा फेर् सात्यिकीले तहाँ ।
म्लेच्छैको अधिकांश फौज् रिस उठी नाश् पार्दिए छिन्महाँ ।।
दश् बाण् छातिमहाँ दुशासनकनै छोडेर है सारथी ।
घोडा मारिदिएर रथ् चुर गरे तिन्ले ठुलो क्रोध् उठी ।।३१९।।

काटी दी धनुको दुशासनकनै मार्नै त मुस्किल् रती ।
केही थेन परन्तु छोडि त दिए भीम्सेनले दाँत् किटी ।।
मान्र्यैछन् यस दुष्टलाई मइँले मार्दा प्रतिज्ञा धुलो ।
होला भीमसिनको भनेर उ बखत् छोडेर बाँच्य मुलो ।।३२०।।

दुर्योधन् नृपको दुशासन अनी चाँडै रथैमा चढी ।
भाग्यो सात्यकिले हरिण् फउजमा सिंहै छुटेझैँ बढी ।।
सारा कौरव सैन्य नाश गरनै लागे उता द्रोणले ।
छित्तर्वीतर पार्दिए छिनमहाँ पाण्डव् फउज् तीनिले ।।३२१।।

धेरै राजन राज्कुमारहरुको श्रीद्रोणका हातले ।
मारीए तब पाण्डवादि सब वीर् ती द्रोणका त्रासले ।।
भागे दूर्दुरमा जसै उसतरफ् वीर् सात्यकी के भनी ।
आएनन् यस बख्ततक् लिइ खबर् अर्जूनको क्यै पनि ।।३२२।।

पाईएन खबर् भनेर मनमा चिन्ता युधिष्ठिर् परी ।
सार्है व्याकुल हूनु भै रथ तहाँ दौडाइ चाँडो गरी ।।
भीमसेनको सँगमा पुगेर नजिकै आँसू नजर्मा भरी ।
बोले दाजु म हूँ म भन्छु सुन लौ यो हेतु वीचार् गरी ।।३२३।।

मेरो बात् पनि बूझ यो घडि यहाँ सेना ति कौरवहरू ।
ठूलो शब्द गरी कराउँछन ती ऐल्हे म लौ के गरूँ ।।
पाञ्चैजन्य सिवाय शङ्ख हरिको सुन्दीन क्यै थोक् अरू ।
यो निम्ती बुझिइन्छ अर्जुनकनै मारे कि दुष्टैहरू ।।३२४।।

तेस्ले रीस् चढि दुष्ट नाश्न प्रभुले लड्नू भयो की बरू ।
चारै तर्फ विचारि शोच् गरिगरी बुझ्दैन मन् के गरूँ ।।
धोजा अर्जुनको रथै उपरको देखिन्न ताहाँ अनि ।
पत्ता केहि छईन सात्यकि पनि काहाँ गए हुन् तिनी ।।३२५।।

भेजेथेँ उनलाई अर्जुनजिको जाऊ सहायै भनी ।
के जाने तिनि वीरलाई अहिले के गत् बिती गो अनि ।।
सार्है नै अरजूनको यसबखत् फिक्री ठुलो नै परी ।
माया धेर मलाई लागि दुख भो छाती जल्यो चर्चरी ।।३२६।।

कृष्णैका मित वीर ती पुरुषको छल्ले अधर्मी तहाँ ।
मारे की रणमा रहेर अहिले श्रीकृष्णले क्रोध्महाँ ।।
शङ्खैलाई फुकेर जोर्सित तहाँ लड्नूभयो की भनी ।
शंका धेर भयो मलाई झटपट् जाऊ तिमीले पनि ।।३२७।।

सामू अर्जुनको गएर समचार् ल्याऊ तिमीले गई ।
सूनी हूकुम यत्ति भीमसिनले बोले मधूरो भई ।।
हे राजन् अरजूनको निमतिमा चिन्ता रतीभर् कति ।
याहाँ शोक् नलिनोस मार्न तिनिको को सक्छ सित्तीमिती ।।

हूकुम् तै पनि लो शिरोपर धरी हावासरी ली गति ।
आऊँछू समचार् लिएर तिनिको पूगेर चाँडो अति ।
यस्तो विन्ति गरेर भीमसिनले राजा युधिष्ठिर्कनै ।
रक्षा खातिर धृष्टद्युम्न विरको सुम्पी हिँडे भार नै ।।३२८।।

यूधिष्ठीरजिको प्रणाम् गरि तिनी ऊ व्यूह तर्फैमहाँ ।
हिँड्नैलाई तयार् थिए श्रि भिमसेन् फेर् पाञ्चजन्यै तहाँ ।।
कृष्णैको पनि शङ्खको शब्द ता सूनेर आँखाभरी ।।
आँसू काढि युधिष्ठिरै नृपति फेर् बोल्नुभयो दिक् परी ।।३२९।।

हे भाई तिमि जल्दि जाउ अरजुन् पाए विपत् खूब गरी ।
यो हेतू प्रभु कृष्णले चकरको घूमाइ वोरिपरी ।।
बार्बार् शङ्ख बजाइ कौरवकनै नाश् गर्न लागे हरि ।
चाँडो जाउ भने युधिष्ठिरजिले हीँडे ति जल्दी गरी ।।३३०।।

ठूलो रीस गरेर भीमसिन पुगे रथ् हाँकि हावा सरी ।
एक्लै देखिलिएर भीमसेनको जम्बा सबैले परी ।।
घेरे फेर् दुरजोधनै नृपतिका भाईहरूले तहाँ ।
ठूलो क्रोध गरे ति भीमसिन अनी एक् छीनको बीच्महाँ ।।३३१।।

कैयौँ राजनका कुमारहरुको मारे ति बीनीबिनी ।
बाँकी फेर् धृतराष्ट्र पुत्र भिमको भागे डरैले अनि ।।
द्रोणाचार्य समीप भीमसिन गए हाँसेर द्रोण्ले तहाँ ।
बोले भीमसिन बेधडक् किन तिमी आई गयौ रणमहाँ ।।३३२।।

खूब् खानू फइलाई टाँग सुतनू के काम् छ तिम्रो यहीँ ।
यस्तो बात सुनेर भीस्सिन पनि हाँसी गुरूसङ् तहीँ ।।
दीए उत्तर दक्षिण हजुरको दीनै म सामू परी ।
आएँ यो रित लीनुहोस् हजुरले खूब् दृढ मन्मा गरी ।।३३३।।

तिन्को उत्तर त्यो सुनेर गुरुले भन्नूभयो के तिमी ।
जान्छौ भीतर व्यूहमा त अरजुन् थेनन् तिमीले कमी ।।
भाई अर्जुन सात्यकी विर पनि यो मार्ग देखी जमी ।
जानैलाई समर्थ केहि नचली छोडे बुझील्यौ गमी ।।३३४।।

के शक्ती छ हटाउना कन यहाँ तिम्ले मलाई भनी ।
हाने भीमसिनले गदा गुरुउपर् रीस्ले यि बातै सुनी ।।
देखी वेग्सित आउने तहिँ गदा श्रीद्रोण् धनूषै लिई ।
रथदेखी भुइँमा कुदे जसइता जोड्ले गदा त्यो गई ।।३३५।।

घोडा सारथिले समेत रथको पीठो भयो चूर् भई ।
आर्को झट् रथमा चढेर गुरु द्रोण द्वार्मा अनी ती गई ।।
रक्षा गर्न खडा भएर भगुवा फेर् पुत्र आई अनि ।
घेरे ती धृतराष्ट्रका तहिँ सबै भीम्सेनलाई पनि ।।३३६।।

ताहाँ भीमसिनले सहज् बहुतको यम्पूर भेजे तसै ।
भागे शेष् अरु बाँकि जोर्सित अनी भीम्सेन गर्जे जसै ।।
सेना पाण्डवतर्फका उस घडी सूनेर त्यो गर्जना ।
ताडिफ् भीमसिनको गरीगरि तहाँ हर्षै भए सब् जना ।।३३७।।
फेरी भीमसिनले ति कौरव फउज् मारी धपाए अति ।
द्रोणाचार्यजिले रिसाइ बहुतै भीम्सेनलाई कति ।।
मारे बाण शरीरभर् उसबखत् ती बाणको चोट् परी ।
हातमा लीइ गदा कुदे ति भिमसेन् रथदेखि भैँमा झरी ।।३३८।।

द्रोण्लाई झमटे ति द्रोण धेर् बर्षा गरे खूब् लडी ।
रोके भर्मगदुर् तथापि रणमा भीम्सेन रोकी बढी ।।
सामू झट् पुगि रथ् उठाइ दुरमा फर्कीदिए खूब् कडा ।
रथको ती सहितै गिरे अति कठोर् लागीगयो चोट् पिडा ।।३३९।।

घब्राई गुरु द्रोण त्यो बखतमा ऊठी तुरुन्तै गई ।
व्यूहै द्वारमहाँ खडा पुगि बसे रथ्लाइ ताहाँ लिई ।।
भीम्सेन्का सँग लड्न फेर् अघि सरे कौरव् फउज् बेसरी ।
मारे अश्व र हात्ति पैदलहरू रथ्लाइ तोड्ताड् गरी ।।३४०।।

भीम्सेन् सात्यकिको पुगे नजिकमा सातयीकि घेरा परी ।
ताहाँ कौरव सैन्यको बिचमहाँ लड्दै थिए जोर् गरी ।।
फेरी अर्जुनलाई हेर्न निमती भीम्सेनले खूब् बढी ।
रथ्लाई दगुराइ हेरन गए लाखौँ ति शत्रू गिँडी ।।३४१।।

थीए बीचमहाँ बहुत् लडदई फुर्सत् मिनेटै भरी ।
सास् फेर्नातकको थिएन प्रभुले फुर्ती बहूतै गरी ।।
हान्थे चाबुक अश्वलाई हरिले रथ् हाँकि हावा झईँ ।
देखे भीमसिनले तहाँ कुशलता अर्जून कृष्णै दुइ ।।३४२।।

सिंहैनाद गरे ति भीमसिन पनि सुनेर कौरव् डरे ।
आफ्ना अङ्गुलिले सबै फउजले कान्लाइ थूनी भरे ।।
भीमसेनको सुनि गर्जना अति ठुलो सात्यीक अर्जुन् हरि ।
तीनैले पनि शङ्खनाद् खुब् गरे अत्यन्त भारी गरी ।।३४३।।

सूनी घोर अघोरको शब्द त्यो राजा युधिष्ठीरले ।
मन्मन्मा गमि भन्नु भो कमन ता आनन्द भीम्सेनले ।।
पारे भाइ पराक्रमी हुन भनी राजा युधिष्ठीरले ।
आफ्ना माँरथिहरुसङ् कहनु भो मन्मा ठुला हर्षले ।।३४४।।

जीवित् छन् प्रभुकृष्ण अर्जुन दुई शङ्खै छ निस्सा यहाँ ।
सूनीइन्छ ठुलो अवाज अहिले भन्दै टपाटप् तहाँ ।।
आँसू काढ्नुभयो नजर् गहभरी हर्षाश्रुले तर् गरि ।
भीमसेनले अनि गर्जना गरिगरी नाशे बहूतै अरि ।।३४५।।

मारेको तहिँदेखि कर्ण रिले तीखातिखा बाण् धरे ।
बज्रैझैँ पनि छोडि भीमसिनको पीडा अधीकै गरे ।।
आगे सम्मुखमा बढीकन गए भीम्सेनले चोट् परी ।
सार्है क्रोध गरी धनू करणको काटे जमिन्मा झरी ।।३४६।।

गीर्यो फेर् अरको लिए धनु तहाँ उस्को पनि चूर् गरी ।
काटेथे तिसरै लिएर धनुको ताकी निसाना धरी ।।
हान्नैलाई तयार् थिए उहि पनि काटी बिजूली झईँ ।
काटे सारथिको उडाइ शिर फेर् घोडा पनि प्राण् लिई ।।३४७।।

मार्दीए भिमसेनले सहजमा भागेर चाँडै बढी ।
कर्णैले वृषसेनको रथमहाँ चढ्दा भए त्यो घडी ।।
भीमसेनले विजयी भएर उ बखत् सिंहै झईँ स्वर् गरे ।
सूनी पाण्डवतर्फका सब फुली आनन्द मन्मा परे ।।३४८।।

आर्को फेर् रथमा ति कर्ण झटपट् ताहाँ तुरन्तै चढी ।
आए भीमसिन सामु युद्ध गरनै फेरी दुवैले लडी ।।
धेर्बेर् युद्ध गरे बहूत शरको हानी झकाझक् गरी ।
कर्णै वीर् धनुवेदमा कुशल भै मान्थे ति तृण्कै सरी ।।३४९।।

भीम्सेन्का पनि बाण कत्ति नगनी हाँस्दै बराबर् तहाँ ।
हान्थे बाण मुसो बिरालुहरुले खेलाउँदा झैँ वहाँ ।।
शक्तीको अनुसार भीमसिन भने हान्थे म मार्छू भनी ।
फेरी सारथि अस्त्र भीमसिनले मारे तुरुन्तै अनि ।।३५०।।

कर्णैले अरको चढेर रथमा भीम्सेनलाई पनि ।
स्यावास् बच्चु भनी चढेर रिस धेर् ती कर्ण वीर्ले अनि ।।
हाने बाण शरीरभर् उसबखत् भीम्सेन थर्थर् तहाँ ।
लागे काँपन बग्न गो रगतको धारा शरीर्भर्महाँ ।।३५१।।

घोडा सारथिलाई चोट् खपिखपी भीम्सेनले तैपनि ।
मारे फेर् अरको चढेर रथमा आए ति कर्णै अनि ।।
त्यो रथको पनि अश्वलाई भिम्सिन् मारे बहुत् ली रिसै ।
सारा कौरवले ति कर्ण विरको त्यो हाल देखे जसै ।।३५२।।

मार्नैलइ भनेर भीमसिनको सब् भाइ कम्बर् कसी ।
दौडे फेर् दुरजोधनै नृपसहित् चार्ततर्फ राम्रो बसी ।।
घेरे भीमसिनलाई हेर तर ती भीम्सेनले क्रोध् उठी ।
आधोआध तहाँ उसै बखतमा मारे सहज् नीमुठी ।।३५३।।

बाँकी भागि खडा भए भिम भने जर्ने ति सिंहै झईँ ।
आए फेर् अरकै चढेर रथमा वीर् कर्ण आगे भई ।।
के गर्नू तर सारथी र हयको भीम्सेनले त्यै घडी ।
मारे आउन मात्र बेर् तहिँ थियो चार् पाँच फेरा बढी ।।३५४।।

आएथे तर भीमसेन विरले सातो र पुत्लो हरी ।
कर्णैको रथ चूरचूर् पनि गरे रीस्ले गदा फेर् धरी ।।
झम्टे भीमसिनलाई कर्ण विरले भिम्सेनले क्रोध् भई ।
बाण्ले अङ्ग छियाछिया गरिदिए भागे ति पैदल् गई ।।३५५।।

देखी ली दुरजोधनै नृपतिका फेर् भाइ जम्बा परे ।
घेरी भीमसिनलाई चौतरफमा बाण्को त वर्षा गरे ।।
बोले भीमसिनले त यो बखतमा याहाँ तिमी येसरी ।
आएको त कहे ति बेस् अलिअली मार्छू म संहार् गरी ।।३५६।।

भारीलाई उतारछू वचनको फाल्छू प्रतिज्ञा कहाँ ।
निश्चय मार्छु भनी चढाइ धानुको दुर्योधानैका तहाँ ।।
भाई बीसवटा ति भीमसिनले मारे तुरुन्तै बढी ।
बाँकी भाइहरू डराइ छिनमा भागेर लूके डरी ।।३५७।।

भीम्सेन्लाइ थकाइ कर्ण वीरले आएर फेर् रथ्महाँ ।
काट्दीए धनु जो त भीमसिनको रथ् पारि चूर्णै वहाँ ।।
घोडा सारथिको पनि वध गरे भीम्सेन प्राणै लिई ।
दौडी सात्यकिको बसे ति रथमा फेरी तयारी भई ।।३५८।।

हातमा ढाल् तरवार भीमसिनले उत्रे तुरुन्तै लिई ।
काट्दीए फेरि गला लि भीमसिन छुटे हानेर बाण् कण्ले ।।
रीस्ले फेरि गदा लि भीमसिन छुटे हानेर बाण् कर्णले ।
सारा अङ्ग छियाछिया गरिदिए चाल्नू झईँ तीनिले ।।३५९।।

हार् खाई भिमसेन कर्ण सनमुख् जानै सकेनन् अनि ।
लागी धेर थकाइ घायल भई हात्ती मरेका पनि ।।
बीच्मा लूकन भीमसेन् चलिगए कारण् उ ठाऊँमहाँ ।
रथ् जानै मुसकिल् थियो तइपनी देखे ति कर्णै तहाँ ।।३६०।।

लूकेका भिमसेन ऊहि गजको टुक्टूक पारी तिनी ।
कर्णैले चुरचूर् गरे जब तहाँ ऊही टुकूरा अनि ।।
ऊठाई भिमसेनले करणको जो मिल्छ हान्दै गए ।
साम्नेमा रथ पाँगरा धनुहरू जो जो परेका थिए ।।३६१।।

वीर्को अस्त्र र शस्त्र जो मिलिगयो भीम्सेन हातमा लिई ।
कर्णैलाई ति हानथे तर तहाँ बाण्ले पिडा नै भई ।।
थाकेका भिमसेन् थिए उसबखत् अत्यन्त सार्है लडी ।
कर्णैले मनमा नली डर पुगे साम्ने सरासर् बढी ।।३६२।।

माला फेर् धनुको लगाइ खइँचे भीम्को गलामा जडी ।
बोले रे पटमूर्ख केवल तँ ता खाने कुराको बढी ।।
ठूलो वीर तँ होस वाकिफ पनि क्यै छैन रण्को परी ।
जान्दैनस् अब ता नआउनु कबै सङ्ग्राममा दिल् गरी ।।३६३।।

कैल्हे फेर् रणमा नआउनु मिठो खाने कुरा बेसरी ।
खोजी गै वहिँ बस्नु योग्य छ पनि सार्है त रूची गरी ।।
खान्छस् फल्मुल पानि जान वनमा के काम् छ तैँले लडी ।
फेरी नाम् नलिएस युद्धभुमिमा कैल्हे नआएस् चढी ।।३६४।।

यस्तो बात कहीकही थकित ती भीम्सेनको कर्णले ।
छेड्दै हे मुरखै तँता अब कबै मेरा सरी वीरसङ् ।
छोड्दीएस् रण गर्न दूर् रहि सधैँ यस्तो दिखाएर जङ् ।।३६५।।

ऊठी जा अब कृष्ण अर्जुनसँगै रक्षा उनै गर्दछन् ।
घर्मा जा न थकाइ मारन किता बाटो तयार् पार्दछन् ।
भन्ने बात सुनेर भीमसिनले ठूलो उठी क्रोध मन् ।।
कर्णैको धनुलाई पक्रि दुइ टुक् भाँचेर भो शब्द टन् ।।३६६।।

हाने त्यै टुकरा लिएर भिमसेन् हाँसेर वीर् कर्णले ।
ताहाँदेखि हिँडेर अर्जुन तरफ् पूगे ठुलो वेगले ।।
त्यो बेला यदि कर्णले मन गरे भीम्सेन मार्नै तहाँ ।
सक्थे लौ तर कुन्तिका सँग अघी थीयो कबूलै यहाँ ।।३६७।।

सीवाये अरजून पाण्डव अरू मार्दीन भन्ने जहाँ ।
आफ्नू बात् किन नाघथे वीर तहाँ छोड्थे नहीँ ता कहाँ ।।
भीम्सेन् धेर अबेर तक् तहिँ रही हात्तीहरू बीच्महाँ ।
मारी फेर थकाइ ती चलिगए सात्यीकिको सङ् तहाँ ।।३६८।।

धेरै सात्यिकिले त कौरव फउज् हात्ती र घोडा तसै ।
मारी पैदललाई त्यो बखतमा चूर्चूर पारी जसै ।।
भारी सैन्य विनाशि अर्जुनजिको रथको त साम्ने परे ।
देखी सात्यकिले त आफनु गुरू खूब् सिंहनादै गरे ।।३६९।।

गर्जे खूसि भएर कृष्ण प्रभुले अर्जूनको त्यो घडी ।।
हूकुम् भो यिनि सात्यिकी त अहिले सङ्ग्राम ठूलो लडी ।
द्रोणाचार्य समीप फौजहरुको भेदेर मर्दन् गरी ।
साहायै तिमिलाई दीन अहिले आए दिलोज्यान् धरी ।।३६९।।

अर्जुनले प्रभुको सुनी वचन त्यो मन्मा उदासै भई ।
बोले काम असल् भएन पनि मैले भारै दिई ।।
यूधिष्ठिर् ममराजलाई तिमिले रक्षा त गर्नू भनी ।
आएथेँ किन दाजु छोडि त दिए श्री द्रोणका हात् पनि ।।३७०।।

आए सुम्पिदिएर के गरुँ म ता के काम यी येसरी ।
यूधिष्ठिर् महराजले पनि यहाँ भेज्नूभयो भूल् गरी ।।
यूधिष्ठीरजिको श्रिद्रोण् पकडनै ताक् गर्दथे हा हरे ।
आए सात्यकि द्रोणले अब सफल् पूरा प्रतिज्ञा गरे ।।३७१।।

फेरी सात्यकि यो बखत् थकिगए शस्त्रै र अस्त्रैहरू ।
धेरै कम् छ भुरिश्रवा त यिनको धर्छन् यहाँ के गरूँ ।।
ऊता श्रीमहराज् युधिष्ठिरजिको देख्छू विपत्ती अरू ।
हूकुम् होस् अब साध्य हुन्छ कसरी एक्लै म ता के गरूँ ।।३७२।।

रक्षा सात्यकिको गरूँ कि अघि फेर् मार्नै जयद्रथ् सरूँ ।
कल्ल्याण् श्रीमहराज् युधिष्ठिरजिको हाहा कसोरी गरूँ ।।
यस्तो बात् गरदै थिए उहि बखत् देखी तहाँ मौसरै ।
पूगी भूरिश्रवा ति सात्यकिकनै वर्षा गरे खूब शरै ।।३७३।।

दूवै वीर अनी लडे बहुत बेर् आखिर् परस्पर्महाँ ।
एक्साथ्मा रथको हयैकन अनी मारी गिराए तहाँ ।।
दूवैले पनि बाणले धनु तसै एक् साथ काटे वहाँ ।
गिर्यो त्यो धनु जब् लिएर तरवार् उत्रे जमीनैमहाँ ।।३७४।।

दूवै पैदल दाउपेच् गरिगरी ती लड्न लागी गए ।
तर्वार्को परि चोट् यकै समयमा लागेर मूर्छा भए ।।
अर्जुन्लाइ श्रि कृष्णले हुकुम भो तिम्रा पियार यहाँ ।
देख्यौ शिष्य भुरिश्रवासँग लडी मूर्छा भए लौ वहाँ ।।३७५।।

आएका तिनि हून बूझ अहिले तिम्रो कुशल् सुन्न मन् ।
लीई श्रीमहराज् युधिष्ठिरजिले भेजेर आए हुनन् ।।
तीमीझैँ पनि वीर हुन् तर तिनी ऐल्हे थकीतै त छन् ।
यो रीत् भूरिश्रवाकनै यसबखत् जीती कहाँ सक्दछन् ।।३७६।।

यस्तो बात हुँदै थियो उहि बखत् आएर होसै वहाँ ।
पट्के सात्यिकिको समाइकन फेर् भूरिश्रवाले तहाँ ।।
मारे लात उठाइ छातिबिचमा ती सात्यकीको जसै ।
लामू केश समाइ झीकि तरवार् शिर् काट्न खोजे तसै ।।३७७।।

आज्ञा  भो किन बातमा नदिइ ध्यान् अर्जुन् यसो गर्दछौ ।
रक्षा सात्यकिको न क्यै तिमि गरी बीताइ के गर्दछौ ।।
यस्तो प्रश्न सुनेर हाँसि अरजुन् विन्ती गरे यो जसै ।
हे नाथ् माफ म पाउँ यो बखतमा थीयो त लक्ष्यै उसै ।।३७८।।

मेरो दील जयद्रथै उपरमा यो कारणैले तसै ।
मैले सात्यकिलाई ध्यान नदिई भूलीरहेको कसै ।।
रक्षा सात्यकिलाई गर्छु अब ता छोड्दीन मैले उसै ।।
यस्तो विन्ति गरे यता उसतरफ् भूरिश्रवाले तसै ।।३७९।।

घूमाई तरवार शिर् चउवरी ताकेर गर्दन् पनि ।
थीए तत्पर हान्न अर्जुनजिले हानेर झट् बाण् अनि ।।
काट्दीये तहिँ हात् गिर्यो जमिनमा भुरिश्रवाको वहाँ ।
बाँचे सात्यकि प्राणदेखि नहिँ ता बाँकी रहन्थे कहाँ ।।३८०।।

निन्दा धेर गरेर अर्जुनकनै भूरिश्रवा त्यो घडी ।
बोले रे अरजुन् अधर्म रितले ऐल्हे तर्इँले लडी ।।
काटिस् कर् म त दूसरासँगमहाँ थीएँ लडेको उसै ।
केही बात् नजनाइ चोरसरि झैँ लागीस चुप्चाप् यसै ।।३८१।।

काटिस् बाहुलि यो भनी बसिगए धिक्कार नादान् भनी ।
बायाँ हात लगाइ अस्त्रहरुको आफ्ना उतारी पनि ।।
भैँमा राखि ति ईश्वरै चरणमा मग्नै भई भूपति ।
बाँधी पट्टल ध्यान गर्न तिनिले लागे तुरुन्तै उठी ।।३८२।।

झम्टे ली तरवार सात्यकि गई अर्जुन् र कृष्णै अति ।
रोकेथे तर क्यै चलेन जलदी भूरिश्रवाको चुटी ।।
पक्री काटिदिए शिरै उस घडी सम्पूर्ण लोग्ले उठी ।
निन्दा खूब गरे ति सात्यकिकनै बार्बार धेरै अति ।।३८३।।

बोले सात्यकिले ति कौरवसँगै तिम्ले पनि कुन् मति ।
धर्मै ली अभिमन्यु बालक पनि मार्यौ उही यो गति ।।
भैगो बक्बक गर्दछौ तिमि कती न्यायै त गर्छौ भनी ।
चुप्भै तीनि रहे र कृष्णसँगमा अर्जून बोले अनि ।।३८४।।

हे नाथ् श्रीभगवान सूर्य अब ता अस्तै हुनाको पनि ।
धेरै बाँकि त छैन बख्त अहिले छीटो हजुर्ले बनी ।।
चाँडै यो रथको जयद्रथ भए ठाऊँ जसोरी पनि ।
पुर्याई प्रभु राख्नुहोस् तिनि कहे मेरो प्रतिज्ञा गुनी ।।३८५।।

दुर्योधन अनि कर्णको सँग उता यो बात बोले तहीँ  ।
हे वीर्हेरु पराक्रमै त तिमिले गर्ने खबत् भो यही ।।
कस्तै रीत गरे पनि दिन छ थोर् क्यै युक्ति अर्जुन् गरी ।
गर्नूपर्छ जयद्रथैकन कसै मार्ने नसक्ने परी ।।३८६।।

हे वीर् कर्ण तिमी र शल्ल्य कृपजी श्रीअस्वथामा अनि ।
दुःशासन् र म फेरि सब् नृप मिली रक्षा जयद्रथ् पनि ।।
गर्दै के उसले त मार्न सकला घेरूँ सबैले भनी ।
दुर्योधन्नृपको सुनी वचन यो बोले ति कर्णै अनि ।।३८७।।

हे राजन् भिमसेनको अति तिखा बाण्ले शरिर्भर् गडी ।
लागी धेर पिडा छ तै पनि यहाँ अर्जुन्सँगै खूब् लडी ।।
हाजीरै छु म प्राण नै पनि दिनै हार्जीतको ता परी ।
ईश्वर्को छ अधीन के भनुँ म ता लड्नेछु भर्सक् गरी ।।३८८।।

जो छौँ माँरथिले जयद्रथकनै रक्षा त आगे भई ।
गर्नैपर्छ भनी मिलेर सबले चार्ततर्फ घेरा दिई ।।
हाने अर्जुनलाई श्रावण सरी वर्षा गरे बाण् झरी ।
फेरी अर्जुनको त सङ् भिडिगए वीर् कर्ण साम्ने सरी ।।३८९।।

सङ्ग्राम् भो अति घोर् परस्पर लडी घायल् दुवै वीर् भए ।
अर्जुनले पछि सारथी र हयको क्रोधले त मारीदिए ।।
कर्णैले तहिँ फेर् उही बखतमा श्री अस्वथामाजिको ।
रथमा जल्दि चढेर अर्जुनसँगै लागे तिनी लड्नको ।।३९०।।

मिच्दै अर्जुनले नजिक् बढि पुगे थीए जयद्रथ् जहाँ ।
के गर्नू तर वीर्हरू सब थिए पर्खाल् समानै तहाँ ।।
नाघी पुग्न सहज् थिएन चउवर् तोडेर त्यो ठाम् वहाँ ।
तै उत्साह बहुत् गरेर अरजुन् लागे ति लड्नै वहाँ ।।३९१।।

मन्मा येहि थियो कि सूर्य भगवान् ऐल्हे न अस्तै परी ।
पैल्हे मार्न जयद्रथैकन तिनी तन्मन् उसैमा गरी ।।
गर्थे जोर् तर माँरथी तहिँ थिए घेरी छवोटा कसी ।
देखीयो बिचमा जयद्रथ अनी श्रीकृष्णजीले हँसी ।।३९२।।

हूकुम् भो अरजून हेर तिमिले श्रीसूर्य अस्तै हुने ।
बाटो हेरिरहेछ धेर् छइन बेर् अस्तै हुने खूब् गुने ।।
तिम्ले ता छवटा यि माँरथि जिती पुगी जयद्रथ् नजिक् ।
त्यो ठाम्मा पनि देख्छु मार्न मुसकिल् अस्तै हुने बख्ततक् ।।३९३।।

आज्ञा यो हुन गो अनी श्रिभिमसेन् सात्यीकिले जोर् गरी ।
कौरव्लाइ त छिन्नभिन्न गरनै लागे दिलो ज्यान् धरी ।।
भीम्सेन् सात्यकिहरुका नजरमा आँसू बहूतै बगी ।
शंका भो कसरी त मार्छन भनी सन्ध्या नबित्तै पुगी ।।३९४।।

मार्नै मुस्किल देखि तीनिहरुले चिन्ता मनैमा लिए ।
अस्ताचल् पुगि सूर्य डूबन झईँ टिल्बील देख्दा भए ।।
नीलो बादल लागि एक टुकरा विम्बै त ढाकीदियो ।
प्रत्यक्षै पनि देखने सब जना आकाश सम्झी लियो ।।३९५।।

त्यै बादल् मुनि कृष्णले श्रिरविको ढाकेर जादूसरी ।
काम् बित्ला भनि छल् गरी नजरले हेर्दै रहे खूब् गरी ।।
छिप्नू भो जब सूर्य बादल मुनी चिल्लाइ सब्ले कहे ।
बोले अग्नि प्रवेश लौ गर छिटो अर्जून साँचो रहे ।।३९६।।

प्राणको त्याग यहाँ धिकार छ अती गाण्डीव् धनूको भनी ।
रोए सात्यकि भीमसेन् सुनि यि बात् काढेर आँसू पनि ।।
सङ्ग्राम् बन्द नजर् सबइले पश्चिम् दिशामा तरी ।
लागे हेर्न डुबे झईँ रवि तहाँ श्रीकृष्णले झट् गरी ।।३९७।।

हाँकी ली रथको जयद्रथ नजिक् सीधा निशाना लगी ।
आज्ञा भो अरजूनलाई प्रभुले चेतै रहू खूब् जगी ।।
फिक्री केहि नलेउ अस्त हुनुको श्रीसूर्य क्वै बेर तक् ।
बाँकी काल् छ उ बादलैमुनि घुसी देखिन्न केही झलक् ।।३९८।।

त्यै तिम्ले नगरी विलम्ब अब ता मार्नू जयद्रथ् भनी ।
सूनी हूकुम दिव्य अस्त्र अरजुन् राखे धनूमा पनि ।।
नीशाना धरि ताकि गर्जि तिनिले बोले जयद्रथ्सँगै ।
पाईनस् सुख अन्त्यको बखत भो काल्को मुखैमा नगै ।।३९९।।

यस्तो बात् गरदा जयद्रथ भने ऊँचा शिरैको गरी ।
श्रीसूर्यै भगवान् डुबे भनि बुझी हेर्दै थिए खुस् परी ।।
वाक्शर् अर्जुनले पनि जब सके घाम्लागि झल्मल् गरी ।
निस्के बादल मूनिबाट रवि फेर् क्यै डुब्न बाँकी परी ।।४००।।

काँप्यो हिर्दय ती जयद्रथ पनि घेरेर चारौँ वरी ।
आफन्तै बिचमा नभागि सकने अर्जुन् निशाना धरी ।।
देखी सामुमहाँ ति येस रितले वीर्हेरुको गत् भई ।
लड्नै मानि उचित् जयद्र अनी हाने ति बाणै लिई ।।४०१।।

काटे अर्जुनले लि दिव्य हतियार् हाँसी मुसुक्कै गरी ।
छोडी बाण् दुइ टुक् जयद्रथकनै पारे थियो श्राप् परी ।।
टाऊको दुरमा पुगेर गिरिगो कौरवहरू दिक् भई ।
हाहा भो भिमसेन् भने खुब कुदे सात्यीकिलाई लिई ।।४०२।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित