Untitled Document
Untitled Document

बार्हौँ दिन त्रिगर्तको ललकारमा अर्जुन जानु, युधिष्ठिरको पक्रन
निष्फल, रक्षक सत्यजित शतानिक द्रोणले वध, भगदत्तको गजको उत्पात, अर्जुनले वध

बार्हौँ दीन बिहान भो विरहरू छोडेर शैया उठी ।
नित्येकर्म गरेर भोजन सकी बाँधेर सब्ले कटि ।।
सङ्ग्राम् गर्न तयार भो पनि तहाँ पैल्हे दिनैको जति ।
द्रोणाचार्यजिको पराक्रम ठुलो देखी डरे सब् अति ।।५४।।

सार्है खूस भएर हाँस्दइ तहाँ दुर्योधनै भूपति ।
त्यो बेला गइ द्रोणका समिपमा बोले ति नम्रै अति ।।
हे आचार्य तपाइँका नजिकमा कोही विरै एक् रती ।
सेना पाण्डवहरु टिक्न अहिले सक्दैन देख्ने जति ।।५५।।

पक्री लीनुहवोस् युधिष्ठिरकनै विन्ती छ मेरो यति ।
भन्ने बात सुनेर द्रोण गुरुले बोले ति हे भूपति ।।
काहाँ चल्दछ जोड अर्जुन हुँदै यूधिष्ठिरैको यहाँ ।
कस्ले पक्रन सक्छ लौ लग सबै सङ्ग्रामको दूर्महाँ ।।५६।।

लैजाऊ अरजूनलाई सबले भन्छू म निश्चय यहाँ ।
भागेनन् रणमा युधिष्ठिर भने पक्रन्छु छोड्छु कहाँ ।।
ल्याई आधिनमा म दिन्छु तिनिको पक्रेर बाजै सरी ।
सूनी नृप त्रिगर्त फेर् तहिँ भने अर्जुन् छ मादै गरी ।।५७।।

सार्है बस्दछ येस रीत मइँले दिन्छू र हाँकै वहाँ ।
आऊला दुरमा उ निश्चय पनि मार्छू म छोड्छू कहाँ ।।
अर्जुनको वध ता गरेर दिलको पार्छू म ठण्डा यहीँ ।
हामीलाई त बेकसूर् दुख दियो सक्दीन विस्तार् कही ।।५८।।

यस्तो बात सुनी त्रिगर्तनृपको दुर्योधनै खुस् भई ।
आलिङ्गन् गरि दूत अर्जुनकहाँ भेजे समीप्मा गई ।।
बोल्यो वीर भए त्रिगर्तनृपथ्यैँ बिदा सङ् भई ।
जानोस् रे रण गर्न येमपुरिमा जानै त प्राणै दिई ।।५९।।

भन्छन् भेज्छु त्रिगर्त निश्चय भनी फिर्यो उ सम्चार् दिई ।
अर्जुनले सुनि बात अङ्ग बहुतै कम्पाइ थर्थर् भई ।।
दाँतै खूब पिसी किटीकिटि गरी बोले ति क्रोधले गुथी ।
त्रीगर्तैहरुको मरण् बखत भो काल्ले गर्यो कुत्कुती ।।६०।।

बोलाए मकनै भनी मुरमुरी लीएर गाण्डीव् थुती ।
पार्नुभो अनि कृष्णले रथ तयार् अर्जून ताहाँ उठी ।।
बीदा मागि भने युधिष्ठिरसँगै मैले त्रिगर्तै लडी ।
मार्छू पाउँ बिदा सुनी वचन यो आज्ञा भयो त्यो घडी ।।६१।।

सूनेहौ तिमिले पनि दुतका मुख्बाट ता राम्ररी ।
पक्रन्छू भनि द्रोणले मकन ता लीए प्रतिज्ञा गरी ।।
को सक्ला तिमि वीनु द्रोण वीरको रोक्नै म रत्तीभरी ।
कोहीको पनि देखदीन मइँले क्वै छैन तिम्रा सरी ।।६२।।

आज्ञा यो सुनि श्रीयुधिष्ठिरजिको अर्जून पाऊ परी ।
बोले हे प्रभुनाथ क्यै पनि यहाँ चिन्ता न मन्मा धरी ।।
बीदा बक्सनुहोस् हजुर् चरणमा वीर् सत्यजित्ले यहीँ ।
रक्षा कम्बर खूब् कसेर गरछन् तिन्को त प्राणै रही ।।६३।।

द्रोणको दील कसै हुँदैन सफलै यो बात बुझ्नोस् सही ।
क्यै रीत्ले यदि सत्यजित् मरिगए हजुर् न याहाँ रही ।।
छोडी जानु हटेर यो रणमहाँ अन्तै हजुर्ले कहीँ ।
मेरो ता प्रण यो छ जान्नु उस ठाम् लल्कार्छ जस्ले तहीँ ।।६४।।

पूगी युद्ध अवश्य गर्दछु भनी बाचा छ ऐल्है गई ।
मार्छू तीनि त्रिगर्तको सुनि वचन् यूधिष्ठिरै खुस् भई ।।
मङ्गल्सूचक शब्दले तहिँ बिदा अर्जूनलाई भयो ।
पूगे पाण्डव सैन्य छोडि अरजुन् जल्दी खबर् यो गयो ।।६५।।

कौरव् खूसि भए युधिष्ठिरकनै छोड्दै नछोडी लिई ।
पक्रन्छौँ भनि आज बात्चित गरी जम्बा सबै ती भई ।।
पूगे कौरवहरु त्यो रणमहाँ सेना दुवै थर् भिडी ।
सम्मुख् युद्ध गरे घुमीघुमि तहाँ लागे ति मार्नै गिँडी ।।६६।।

घेरे फेरि त्रिगर्तले उसतरफ् अर्जूनलाई बढी ।
ढाके खूब गरेर बाणहरुले चारौँ तरफ्मा चढी ।।
घेरे तै पनि क्यै नमानि तृणझैँ श्रीसूर्य जस्तो गरी ।
ऊदाईकन अन्धकार हरछन् अर्जूनले त्यै सरी ।।६७।।

नाशै पारिदिएर बाणहरुको रीसाइ फेर् मुर्मरी ।
लागे मारन ती त्रिगर्तनृपका सेना सँहारै गरी ।।
मारे राजन धेर यी अरु पनि एक् बाजि ता प्राण् लिई ।
भाग्यो सैन्य फिर्यो त्रिगर्तनृप फेर् उत्साह धेरै दिई ।।६८।।

बोले आइ फिरी लड्यो रणमहाँ मोहै नली उक् रती ।
अर्जुन् कृष्णजिलाई बाणहरुले छोपे पसीना अति ।।
आयो गाथ भरी श्रि कृष्ण प्रभुले आज्ञा भयो हे जुटी ।
आस्मान्मा छउ या तिमी यसबखत् जो गाण्डिवै गो टुटी ।।६९।।

धेर् बिग्र्यो भनि व्यङ्यका पनि वचन् गर्नूभयो पेच् छिटी ।
सूनी क्रोध बढेर काँपि अघिकै दाँतै गरी किट्किटी ।।
बोले हेप्रभु कृष्ण हेरनुहवस् मेरा बलैले कुटी ।
सारा जित्छु त्रिगर्त यम्पुरमहाँ भेज्छु यि भाग्छन् मुती ।।७०।।

भन्दै कोप गरेर तीक्ष्ण शरले त्रीगर्त संहार् गरि ।
मोथे नौनिसरी घुमीघुमि जसै भागे सबै ती अरि ।।
येता अर्जुनले त्रिगर्तसँगमा लागेर लड्नै सुनी ।
आफ्नू बात उता पुर्याउन लडे श्रीद्रोणवीर्ले अनि ।।७१।।

सेनामा गइ आक्रमण् गरिलिए पाण्डवहरूका तसै ।
घूसे फौजमहाँ युधिष्ठिर तरफ् पाएर मौका जसै ।।
आएको तहिँ सत्यजीत विरले देखेर साम्ने तिनी ।
दूवैको खुब यद्ध भो अति ठुलो ती सत्यजित्ले अनी ।।७२।।

घोडा सारथि दूइ तीन पटकै श्रीद्रोणवीर्को तसै ।
मारी काटिदिए धनू सहजले कैयौँ पटक्को जसै ।।
दम् मार्नै पनि भेन फुर्सत वहाँ श्रीद्रोण ता त्यो घडी ।
घब्राये तहिँ देखि पाण्डव फउज् उत्साह दूना बढी ।।७३।।

खूसि भैकन हर्षनाद् गरिगरी कौरव् तरफ्मा टुटी ।
तर्वार् लात गदा धनूष मुडकी दाँतै र नङ्ले जुटी ।।
नोक्सान् धेर गरे श्रिद्रोणगुरु फेर् अत्यन्त रीसै चढी ।
आए एक नयाँ बसी रथमहाँ श्रीद्रोणचार्यै बढी ।।७४।।

अर्धैचन्द्रसमान बाण धनुष राखेर ताँदो कसी ।
बोले हे तिमि सत्यजीत अहिले यो बाणले ता डसी ।।
पृथ्वीमा नगिरे म छोड्दछु धनू हुन्छू जनम्भर् तपी ।
भन्ने द्रोणजिको त बात् नसकिँदै आगो उठ्यो धप्धपी ।।७५।।

छूट्यो बाण तहाँ बचाउ गरने कोसीस ठूलो गरी ।
लीउथे तर सत्यजीत विरको शिर् काटि भैँमा परी ।।
गिर्यो खल्बल भो ति पाण्डवतरफ् हाकार् परे सब् डरी ।
यूधिष्ठिर् महराज तेज् दगुरने हीँडे ति घोडा चढी ।।७६।।

भागे लौ तर द्रोणले डर हुने विक्राल रूपै लिई ।
थीए पाण्डव सैन्यका त सनमुख् सातोपुतो हर्दिई ।
छीतर्बीतर पारि ती पछिपछी दौडे युधिष्ठिर्तिरै ।
धृष्टैद्युम्न र चेकितान् उहिँ पुगे फेर् सात्यकी ता विरै ।।७७।।

माहाराज विराट् र भाइ उनका साम्ने शतानीक् गई ।
लागेथे तहिँ रोकन द्रोणगुरुले एक् बाण हातमा लिई ।।
काटे शीर शतानिकै गिरिगए मुर्दा तुरन्तै भई ।
यस्तो देखि लिई विराट् नृप चले आफ्ना फऊजै लिई ।।७८।।

भागे त्यो रण छोडि सात्यकि अनी श्रीधृष्टद्युम्नै तहाँ ।
घायल् धेर भए श्रिभीमसिनको कौरवहरूले वहाँ ।।
सेनाको बिच घेरि मारन सुरू गर्दा भए सब् मिली ।
यो देखीकन दूरजोधन तहाँ हाँसे ति पेटै मली ।।७९।।

बोले कर्णसँगै दिखाइ तिनिले हेकर्ण हन्तैकली ।
देख्यौ मूर्ख उ भीमको दुरदशा बाँचेर त्यो ज्यान ली ।।
हिंड्ला आज भने लडाइँ गरनै छोडेर फेर् नाम् नली ।
सुनी उत्तर यो दिए करणले राजन् छ बात् ख्याल् नली ।।८०।।

बस्नूहोस् भिमसेन छन् रणमहाँ भाग्दैनभाग्ने बली ।
हामी ता अब जाउँ द्रोण विरको साहाय गर्नै चली ।।
भन्ने सत्यवचन् ति कर्ण विरले हाँसेर बोले पनि ।
जस्तो बादलको हटाउँछ ठुलो लागी बतासै अनि ।।८१।।

लैजान्छन् दुरमा उसैरित तहाँ श्रीद्रोणका बाणले ।
सेना पाण्डवका त चौतरफमा हीँडे डरी ज्यानले ।।
भागे दूरदसा ति फौजहरुको देखेर खूब् हर्षले ।
लागे हाँसन दूरजोधन तहाँ द्रोण् फेरि जोर् वेगले ।।८२।।

पूगे राजन श्रीयुधिष्ठिर समीप् देखी युधिष्ठीरले ।
छोडी भागन सामुमा डटिरहे लड्नै लिई बाणले ।।
लागे हान्न तहाँ उसै बखतमा आचार्य ती द्रोणले ।
हानी रक्षक मार्दिए जब फिरे भाग्ने फउज्हेरुले ।।८३।।

देखी वीपतमा युधिष्ठिरकनै फिर्दा भए सब् तहाँ ।
शीखण्डी अभिमन्यु सात्यकि अनी वीर् धृष्टद्युम्नै वहाँ ।।
फेरी भाइ नकूल हेर सहदेव् आए घटोत्कच् अनि ।
पाँचै द्रौपदिका कुमार्हरु पुगे बाँधेर दल्बल् तिनी ।।८४।।

लागे बाण चलाउनाकन तहाँ श्रीद्रोणलाई पनि ।
साहायै पुतरै पुगे उहि बखत् वीर् अस्वथामा अनि ।।
कृपाचार्य र शल्ल्य कर्ण प्रभृती माहारथी तोडले ।
पूगी युद्ध गरे ति दूइ थरिले डर्लागदो जोडले ।।८५।।

सङ्ग्राम् भो नृप दूरजोधनजिले आफ्ना समीप् जो थिए ।
सेनालाई सहाय द्रोण विरको गर्नै पठाईदिए ।
फुर्सत् भै भिमसेन क्रोध गरदै सार्है थकाई तहाँ ।
थीयो तैपनि सामु द्रोणगुरुको हीँडे परन्तू वहाँ ।।८६।।

दुर्योधन् नृपले लिई अति ठुलो हात्तीहरूको तसै ।
घेरे फौजमहाँ ति भीमसेनका आयो र क्रोधै तसै ।।
लागे मारन हात्तिलाई भिमसेन् हात्ती डराई अति ।
लागे भागन चारई तरफमा हात्ती कराई कति ।।८७।।

राजा श्रीभगदत्तको गज थियो अत्यन्त ठूलो बली ।
आयो भीमसिनलाई झम्टन तहाँ डर् केहि तिन्ले नली ।।
हाने बाणहरू तथापि उसले किञ्चित् नमानी कति ।
हात्ती त्यो नजिकै पुगेर सुँडले रथको उठाई गति ।।८८।।

रोकी तोडिदियो ति भीमसिनको घोडा र फेर् सारथि ।
मार्यो कूलचिकूलची पयरले पारेर धूलो मथी ।।
यस्तो देखिलिएर भीमसिनले ठूलो गदा फेर् लिई ।
झम्टे तेस्कन हात्तिले झन खिच्यो झट् भीमसेन्को गई ।।८९।।

पक्री गर्दनमा लपेटि सुँडले आफ्ना पयेरै मुनि ।
खोज्यो कूलचनै लगेर उसले मार्छू मनैले गुनी ।।
भीमसेनले गरि खूब शोर उसको हाने गदा दाँतमा ।
छोड्यो भीमसिनलाई कम्प गरदै पाएर चोट् जोडमा ।।९०।।

भीमसेनले कुदि हात्तिकै मुनि रहे सोही बखत्मा अनि ।
दोस्रो पाण्डव तर्फको गजतहाँ तेस् हात्तिका सङ् पनि ।।
पूगी लागिगयो लडाइँ गरनै फेर् भीमसेन्ले अनि ।
हात्तीबाट ति निस्कि कौरव तरफ् लागे ति मथ्नै पनि ।।९१।।

थाले झन् भगदत्तको गज अनी सार्है रिसाई बढी ।
मार्दीयो उस हात्तिलाई छिनमा पाण्डव् फउज्सङ् लडी ।।
कोलाहल् खुब पार्दियो रण भरी क्वैका रथेको दली ।
फेँक्यो सारथि कोहि मारि कुलच्यो आफ्ना पयर्ले मली ।।९२।।

तेस्लाई मिलि वीर पाण्डव सबै हाने बहुत् बाण् धरी ।
झम्ट्यो फेर् उनको चलेन सिप क्यै तेस्ले गर्यो थर्थरी ।।
भागे पाण्डवका फऊज डरले चिङ्घार शब्दै गर्यो ।
सूनी यो दुरदूर अर्जुनजिको अन्मान दिल्मा पर्यो ।।९३।।

यो हात्ती भगदत्तको शब्द हो भन्ने बिचारी तहाँ ।
दिव्यै अस्त्र प्रयोग् गरेर छिनमा श्रीद्रोणका साथ्महाँ ।।
आए रथ् पनि जल्दि कृष्ण प्रभुले हाँक्नुभयो वेग् गरी ।
हात्ती त्यो भगदत्तका सनमुखै पौँचेर देख्यो अरि ।।९४।।

आयो झम्टन हात्ति तै उस बखत् श्रीकृष्णजीको अति ।
चालाकीसित सूँडले लपटनै पाएन तेस्ले रती ।।
राजा ती भगदत्तको सँगमहाँ अर्जूनजीको अनि ।
ठूलो युद्ध भयो घुमीघुमि वहाँ अर्जूनजीले पनि ।।९५।।

हान्थे बाण भगदत्त ऊ बखतमा जित्ने इरादा लिई ।
मालिक् वीर् गज वीर झन् अतिबली अर्जुनको दिक् दिइ ।।
नाकोदम् तहिँ पार्दिए लडिलडी सारा अरू दिल् गडी ।
हेरे क्रोध चढेर फेर् किरिटिले हात्तीउपर् त्यो घडी ।।९६।।

हाने बाण लिएर एक तिनिले प्राणै गईगो उडी ।
त्यो च्यापी भगदत्त खूब् अडि लडे दोस्रा अनी बाण् जडी ।।
काटे ती भगदत्तको शिर पनि भैँमा परी गो लुडी ।
खूसी पाण्डवका फऊज भइगो खूब् हर्षनाद्ले कुदी ।।९७।।

लागे ताडिफ गर्न अर्जुनजिको बार्बार् सबैले जसै ।
यस्को बाद शकूनिको दुइवटा भाई र छोरा तसै ।।
दिव्यै अस्त्र चलाई अर्जुनजिले मारे उसैबीच्महाँ ।
सारा कौरव खल्बली गरिगरी भागे सबै वीर् तहाँ ।।९८।।

लूके द्रोणजिका पछाडि रथमा पौँची अधारै धरी ।
फेरी अर्जुनको र द्रोणगुरुको रोमाञ्च हूने गरी ।।
सङ्ग्राम् भो दुइको युधिष्ठिरजिको बाँध्ने इरादा लिइ ।
आएथे तर द्रोण अर्जुनकनै देखेर निष्फल् भई ।।९९।।

मट्टीमा मिलिगो मनोरथ सबै सम्झी प्रतिज्ञा तहाँ ।
दिक्दार् भो नचलेर सिप् रवि डुबे अस्ताइ डाँडामहाँ ।।
हीँडे आफनुआफनू शिविरमा यो दीन बाँच्यौँ पनि ।
आगे ईश्वर हात छौँ करममा के भोग् छ भोली भनि ।।१००।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित