Untitled Document
Untitled Document

भीष्मले शान्तिको वर्णन, नाना कुराले आफ्नु ज्ञान भण्डार परिचय,
सधैँ आई सुन्ने गरी मग्न भएको

दुष्टान्त दी भन्नुभो सब गर्न काबू ।
ठूलो छ शान्ति जगमा सुन हेर बाबू ।।
क्वै गाइ छन् अतिप्रचण्ड दुछार तीनी ।
भागीन गाइ बलले तहिँ डोरि छीनी ।।१६१।।

पक्रन्न झट्ट रिसले अब हानि लाठो ।
पार्छीन घायल उसैकन लीइ सातो ।।
यो हेतु शान्त नडरी यकमूठि घाँस ।
देखाइदेउ उहिँ आउँछ खान पास ।।१६२।।

हान्ने तहीँ छइन बाँधनको त खास ।
पर्नेछ फेरि मउसर् तहिँ छोडि त्रास ।।
हाल्देउ घाँस अरु धेर् पनि खाइ गाँस ।
बाँध्नै अनी छइन काम्किन छोड्छ बास ।।१६३।।

फेर् ता धपाइ पनि जान्न उ गाइ काहीँ ।
पैल्हे गरे बलजफत् रिसले त ताहीँ ।।
हान्थीन भाइ दुख दी बुझ बाँध्नु काहाँ ।
ठूलो छ शान्ति सब काम् परिपूर्ण माहाँ ।।१६४।।

दुष्टान्त येहि रितका दिइ दी अनेक ।
बात्को तहाँ गरनुभो उपदेश् अलेख ।।
ठूलो छ शान्तिपरवै सबरस् गरे यो ।
हूनै छ पूर्ण पछि राम दया भए यो ।।१६५।।

अम्मृत् थियो सब वचन् यकबात् निकम्बै ।
थीएन सत् सब थियो पनि बात जम्बै ।।
फेर् राजनै जनक आदि प्रतापि सूरा ।
भन्नूभयो त इतिहास् सब ठीक पूरा ।।१६६।।

श्रीशुक्रचार्य नितिको गरदै प्रशंसा ।।
राम्रो बयान् गरनुभो सब बूझि मन्सा ।।
गद्गद् भए जति थिए पछि मोक्ष खण्डै ।
ऐनासरी गरनुभो झिलिमीलि पार्दै ।।१६७।।

देखाइ प्रष्ट अनि ईश्वरलोकमाहाँ ।
ढाकेर व्याप्त हुनुहुन्छ भनेर ताहाँ ।।
दीनूभयो सब प्रमाण बुझाइ वाहाँ ।
मान्दैन नास्तिक फगत् यस लोकमाहाँ ।।१६८।।

ईश्वर् छईन भनछन् अरु भन्छ काहाँ ।
श्रीज्ञानवान् भिषमको उपदेश माहाँ ।।
सुन्नेहरू सकल दर्शकहरु ठूलो ।
आनन्दमा डुबिगए भइ भग्न चूलो ।।१६९।।

श्रोताहरू सब बिहान बिहान पारी ।
श्रीभीष्मसङ् गइ दिनैभर ताहिँ टारी ।।
शिक्षा सुनी घर सबै परि साँझ फेर ।
फेर् धेर् छ शान्तिपरवैबिच ज्ञान धेर ।।१७०।।

श्रीभीष्मले सकल ज्ञान बताइ धारा ।
खानीसरी परिचयै दिइ आफ्नु सारा ।।
ज्ञानको प्रकाश् गरनुभो त अनन्त भारी ।
रोमाञ्च नै धुरुधुरू सबलाई पारी ।।१७१।।

भारत् समग्रभरि शान्तिपरव् छ ठूलो ।
यो देश् थियो अघि अहो सबको त चूलो ।।
देखिन्छ आज उसमा सब हामि लूलो ।
ऐल्हे भयौँ सकल भारत देश धूलो ।।१७२।।

चक्रैसरी युरुप आदि घुमेर कूलो ।
आऊँछ आउँछ दिनै फिरि हुन्छ ठूलो ।।
हे भाइ यो मन सधैँ नगरी धमीलो ।
बन्नेछ कर्म गरि नै बुझ यो रसीलो ।।१७३।।

।। इति शान्तिपर्व समाप्त ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित