तपाईलाई हार्दिक स्वागत छ ।

प्रसिद्धतम ग्रन्थ महाभारतलाई नेपाली भाषामा छन्दोबद्ध गरी सर्वप्रथम रचना गर्ने र समग्र रूपमा प्रकाश गर्ने कवि पण्डित नरेन्द्रनाथ रिमाल (वि.सं. १९३७–२००८) हुन् । उनको अठार पर्व महाभारत पहिलोपल्ट वि.सं. १९८५ मा बाबू शिवप्रकाद उर्फ राघोरामद्वारा बनारसबाट प्रकाशित भएको हो । पछि कविको नाम नराखी यसका  संस्करणहरू बनारसबाटै अवैध रूपमा छापिन थाले । यसबारे विवाद भई अदालतसम्म मुद्दा पुग्यो । अनधिकृत रूपमा यस महाभारतका संस्करणहरू छापेर सर्वहितैषी कम्पनीले भारतीय कपीराइट ऐनको उलंघन गरेको फैसला दिँदै इलाहाबाद उच्च न्यायालयले उक्त महाभारत कवि पं. नरेन्द्रनाथ रिमालकै रचना हो भन्ने ठहर गरेको छ । मदन पुरस्कार पुस्तकालमा सुरक्षित यो अठार पर्व महाभारतको रिमालबन्धुद्वारा नेपालबाट वि.सं. २०५८ मा प्रकाशित संस्करणमा यी कुराहरूको चर्चा गरिएको छ । भारतीय कपीराइट ऐनअनुसार त्यतिखेर मुद्रित किताबका प्रतिहरू जिल्ला न्यायालयमा बुझाउनुपर्ने हुन्थ्यो । यसरी जिल्ला न्यायालयमा जम्मा भएका पुस्तकका प्रतिहरू लण्डनस्थित इन्डिया अफिस लाइब्रेरीमा संग्रहीत हुने गर्थे । विद्वान् ईश्वर बरालले इन्डिया अफिस लाइब्रेरीसँग पत्राचार गरी त्यहाँ उपलब्ध नेपाली पुस्तकहरूको सूच मगाउनुभएको रहेछ । त्यो संक्षिप्त सूचीमा अन्य नेपाली लेखकहरूका साथै कवि पं. नरेन्द्रनाथ रिमाल र उहाँको महाभारतको पनि उल्लेख रहेछ । पछि साहित्यकार शरद्चन्द्र शर्मा भट्टराईबाट कवि पं. नरेन्द्रनाथ रिमालका कान्छा सुपुत्र डा. रामरत्न उपाध्यायले यो जानकारी पाएका हुन् ।
पूरा विबरण...

     
यो संस्करण बारे प्रेरणा साहित्य र नरेन्द्रनाथ

नेपाली भाषामा सम्पूर्ण अठारै पर्व महाभारत पैल्होपल्ट छन्दवद्ध गर्ने हाम्रा बाबा श्री नरेन्दनाथ उपाध्यायज्यूको जन्म त्रिशुली कठेरी, फिर्केप हाल जिल्ला नुवाकोटमा सम्वत् १९३७ मा भई शिक्षा दीक्षा काठमाडौँ र बनारसमा भएको थियो । सम्वत् १९६८ मा तत्कालीन निजामति सेवाको चारपास गरेर उहाँले मुखिया पदमा सरकारी जागिर खानु भयो । जागिरका क्रममा उहाँ तौलीहवामा केही वर्ष बस्नुभयो । तर तराईको हावापानीले गर्दा औलोले समातेर बिरामी भै चिकित्साको लागि काशी जाँदा श्री ३ महाराज चन्द्रशमशेरले त्यहाँ क्याण्टोनमेण्ट इलाका नजिक वरूणा नदिको किनारमा रहेको दरबार किनेकोमा त्यहीँ जागिर पाउन सफल हुनुभयो त्यसै ठाउँमा रही २००८ साल अषाढ कृष्ण दशमीका दिन स्वर्गवास हुनुभयो । नेपाली भाषामा महाभारत श्लोकबद्ध गर्ने काम उपरोक्त थलोमा सम्पन्न भएको कुरा र सम्पन्न भएको मिति बाबाले महाभारत ग्रन्थको अन्तमा दिएको निम्नलिखित श्लोकबाट स्पष्ट हुन्छ ।

“द्धापको रण यो शताब्दि विशको येकासि सालैमहाँ ।
गोर्खा भारत श्लोकबद्ध हुनगो अठ्ठार पर्वै यहाँ ।।
यूरोप भारत जर्मनी कलि समर सन्धी छवर्षै गई ।
मुक्ती सगम काशिमा बनि गयो यो ग्रन्थ वूर्णै भई ।।”

ाम्रा आमा नै हो हामीलाई यो महाभारत फेरि छाप्न प्रेरणा दिने । भयो के भने जब यो ग्रन्थ सर्वहितैषी कम्पनी, जाल्पादेवी रोढ वाराणसीले अर्काको नाम राखी छपायो हामी बडा दुःखी भयौँ । त्यतिखेर आमाले हामीलाई सान्त्वना दिँदै हिम्मत जगाउनुभएको थियो, यस्तो भनेर– “के गर्छौ बाबु तिमीहरूलाई सानो देखेर हेपेका हुन् । यसको पाप उसले बोक्नु पर्ला । तर तिमीहरूले ठूलो भएपछि बाबाको कीर्ति फैलाउन यो आफैँले छपाउनु, भइहाल्यो नि, किन दुःखी हुन्छौ ?” आमाले भनेका कुरा यति वर्ष बितिसकेपछि अब बल्ल साकार हुन लाग्यो । अमाको जीवनकालमै हामीले यो संस्करण छपाउन पाएको भए कति सन्तोष आमाले लिनु हुन्थ्यो होला ।नेपालको संविधान २०६७ को घोषणा १४ जेठमा हुन सक्तैन भन्ने मनस्थितिमा अहिले राजनीतिकर्मीहरूबीच विकल्पको खोजी गरिँदैछ। एनेकपा (मा'वादी) र अन्य दलबीच १०-१२ मूलभूत बुँदामा कायम असहमतिका कारण विस्तृत संविधान बन्न असम्भव ठान्दै केही विश्लेषकहरू सम्भावनाको ढोका खुला राख्न मोटो कुरा भएको सङ्क्षिप्त लोकतान्त्रिक संविधानको वकालत गर्न थालेका छन्। तर मा'वादी र अन्य दलबीच वैचारिक र राजनीतिक दूरीका कारण यति पनि सम्भव देखिँदैन।

नेपाली साहित्यको समग्र ऐतिहासिक शृङ्खलालाई अध्ययन गर्दा यसको जम्मा लिखित इतिहास परम्परा भाषाको स्वरूप निर्माणपछि लगभग ८ सय वर्षको अवधि बितिसकेको सन्दर्भ आज हाम्रा सामु विद्यमान छ । प्रस्तुत सन्दर्भलाई पुष्टि गर्न कथ्य, अभिलेख र सृजनाको जोरजाम गरेर अगि सार्नुपर्ने अवस्था उपस्थित भएको छ । यसरी इतिहासको भाषागत अधोरेखीय इतिहासलाई समग्र परिधिमा समेट्दा सिङ्गो नेपाली साहित्य पुगनपुग तीनसय वर्षको इतिहास निर्माण गर्न सफल भएको छ । यद्यपि यसको तिर्यकीकरण गरेर निरूपण गर्दा भाषा, साहित्य, संस्कृति, राष्ट्रियता, धर्म र दर्शनका विविध पक्षहरू, अनुभूति र ज्ञानका, समाज र जीवनवृत्तका पक्षहरू साहित्यभित्र समेटिएर रहेका देखिन्छन् । तिनको लम्बरेखालाई विषय मिश्रणका दृष्टिले तिर्यकीकृत र कलागत दृष्टिले सौन्दर्य चेतनामा विभाजित ढङ्गले प्रतिपादन गर्दा साहित्य सृजनाका स्वरूपहरू जुनसुकै ढङ्गले विभाजित भएका कालखण्डमा पनि उपलब्ध हुन सक्छन् । यसै सन्दर्भमा नेपाली साहित्यको इतिहासलाई समीक्षा गर्दा साहित्यको कालखण्ड लगभग प्राथमिक, माध्यमिक र आधुनिक संज्ञामा विभाजित गरेर अध्ययन गर्नु युक्तिसङ्गत देखिन आउँछ ।

पूरा विबरण... पूरा विबरण... पूरा विबरण...

प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित