जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

ई. शंकर नाथ रिमाललाइ लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित

Posted on:  May 14, 2019

पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न हिमालय टेलिभिजनको आयोजनामा नेपालमै पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड २०१९ आयोजना भएको हो ।

पूर्वाधार विकास राष्ट्रिय प्राथमिकता भएको सन्दर्भमा यो क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकासलाई प्रोत्साहित गर्न र निर्माण क्षेत्रमा सकारात्मक उर्जा भर्न अवार्ड आयोजना गरिएको हिमालय टेलिभिजनले जनाएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड ईन्जिनियर शंकरनाथ रिमाललाई प्रदान गरिएको छ भने पूर्वाधार विकासका क्षेत्रमा  विभिन्न आयोजना र आयोजना संग सम्बन्धीत परामशर्दाताहरूलाइ समेत सम्मान स्वरूप अवार्ड हस्तान्तरण गरीएकाे थियाे अवार्ड पाउने हरूमा

उत्कृष्ट राष्ट्रिय गौरव आयोजनाः बहुउद्देश्यीय भेरी बबई डाइभर्सन परियोजना

उत्कृष्ट पब्लिक पर्पस प्रोजेक्टः मध्यपहाडी लोकमार्ग/चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रालि

बेस्ट पपुलर प्रोजेक्टः कर्णाली पुलरएएनके कन्स्ट्रक्सन कम्पनी

उत्कृष्ट पुनर्निर्माण आयोजनाः मनकामना मन्दिर/मनकामना मन्दिर जिर्णोद्धार समिति

मध्यम खालको निर्माण कम्पनीः कनक आचार्य

साना खालको निर्माण कम्पनीः शैलेन्द्र श्रेष्ठ

उत्कृष्ट परामर्शदाताः बेदप्रसाद सापकोटा

उत्कृष्ट हाउजिङ प्रोजेक्टः सीई कन्स्ट्रक्सन 

बेष्ट इनोभेटिभ होउजिङ प्रोजेक्ट इनिसिएटेडः डाउनटाउन अपार्टमेन्ट 

लाइफ टाइम अचिभमेन्ट अवार्डः ई शंकरनाथ रिमाल