जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

कौशिक गोत्र र त्रीप्रबर

गोत्रको अर्थ वंश, परिवार, कुलपरम्परा, वर्ग आदि हुन्छ ।ऋग्वेदमा इन्द्रका कार्यहरूको वर्णनको प्रसंगमा गोत्र शब्द धेरै पटक प्रयोग भएको पाइन्छ । गोत्र जनाउने लिखतलाइ गोत्रपट भनिन्थ्यो । अचेल गोत्र बिषयक ग्रन्थलाइ वंशआवली भनिन्छ । वंश विवरण, वंश तालिका, पुस्तावली, वंश वृक्ष पनि वंशावलीकै पर्याय हुन् ।

शब्दकोश अनुसार कौशिक विश्वामित्रको विशेषण हो । यसलाई इन्द्रको विशेषण पनि बताइएकोछ । दुर्गादेवीको नाम पनि कौशिक रहेको अर्काथरि विद्वानहरू वोश्वामित्रका वराजु कुशसँग कौशिकको सम्वन्ध जोडद्छन् । उनले लामो समय सम्म राज्य गरेका तथा उनको राज्य कुशैकुशको खानी रहेको द्वीप भएकोले कुशद्वीप कहलाएको हो र कुश नै कौशिक हुन् भन्ने मन्तब्य पनि कोही कोही ब्यक्त गर्दछन् । कोही कोही कुश वंशका दीपक कहलाएका गाधी (विश्वामित्र पिता) नै कौशिक हुन् बन्ने तर्क दिन्छन् । कौशिकले तपस्या गरेको स्थानको नदीको रूपमा कोशी नामाकरण भएको हो भन्ने भनाइ पनि छ ।

कौशिक गोत्रका त्रिप्रवरमा (क) कौशिक (ख) देवरात (ग) ओदलको नाम आउंछ । रिमाल कौशिक गोत्रमा र नेपाल घृतकौशिक गोत्र अन्तर्गत पर्दछन् ।

रिमालका सगोत्री रेग्मी, धिताल, लुइटेल, बानिया, विडरी, लामिछाने, खड्का, पुडासैनी, खप्तरी बस्नेत, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, रघुवंशी, भण्डारी, ढूंगाना, तिवारी र खप्तरी विष्ट समेत १६ थरि हुन् ।
सगोत्रीमा विहेवारी गर्नु तथा दान-दक्षिणा लिनुदिनु हुँदैन । सगोत्रीमा विहे गरेमा वंशनु (Totem Vs Taboo) बड्दै जान्छ, जुन कुरा सम्बन्धित वंशका लागि हानिकारक हुन्छ ।यसो गर्दा सन्तान, दरसन्तान लाटा, लठेब्रा, कमजोर, अपांग, आदि कमजोरीको शिकार भएर पछिका पुस्तालाई पिर्न थाल्छ भन्ने भनाइछ ।