कौशिक गोत्रको वीच कुलद्बीपमा रहेकोले हामी कुलद्विपका बारेमा चर्चा गर्छौ । चर्चाका आधारमा चाहिँ ऐतिहासिक नभएर पौराणिक भएकाले यस चर्चालाई आर्यवंशलाई झै प्राचीन कालखण्डको पौराणिक काल अन्तर्गत राखिएको हो ।“चारैवेति” (अगाडि बढ, अगाडि बढ) भन्दै भ्रमण गर्दा असभ्य भनिने जातजातिमाथि विजय हासिलगर्दै फैलिएको आर्यहरूको एक हाँगो कुशद्विपमा गई बस्यो । ती आर्यहरू त्यही बसेर राज्यगरी वंशविस्तार गर्नथाले ।
कुशव्दीपको चर्चा हाम्रा शास्त्रहरूमा भेटिन्छन् । जस्तो महाभारतको भीष्म पर्व अ १३ मा भनिएको छ : कोशद्छीपे कोशश्तम्बा मध्ये जनपदस्यह । श्रीमद्भागवतको ५-२०-१३-१६ यस द्वीपको वर्णन पाइन्छ । त्यस चम्कीलो द्वीपमा प्रियव्रत हिरण्यरेता राजा भएर राज्य गरेपछि तीनले सात छोरोलाई राज्य बाडेर वनमा तपस्या गर्न गए बनिएकोछ । त्यसमा कोशद्वीपको साथै जम्बु, कौन्च, शाक आदि द्वीपहरूको पनि उल्लेख भएकोछ ।
जम्बु, ल्पसरशलमल, कुशऔ कौन्च, शाक अनि पष्करद्वीप ।
सात सिंधुरे क्रमले घेरी राखेका छन् परिखा रूप ॥
एक द्वीपपछि पक समुद्र द्वीप अनि फेरि अनि यसैगरी ।
पहिलो भन्दा दोश्रो दोब्बर मान भएका छन् सब यी ॥
रवी, शशि, आगो, पानी वायु, कर्मलाई नै क्रमैसंग ।
गर्छन् पूजा छ द्वीपका यी मानिसहरू अति भक्ति संग ॥
(कविप्रसाद गौतम भागवतकुञ्ज)
कुशद्वीपमा कुशको बाहुल्य भएको बताईएकोछ । यसका राजा महाभारत कालमा जातवेदस थिए र त्यहा बासिन्दाहरू अग्नि देवका उपासक थिए ।
कुशद्वीपेषु राजेन्द्र भगवन। जात वेदसम।
सम्पूज्यन्ते उपास्यन्ते चातुर्वर्णेन: नित्यदा ।
(महाभारत भीष्मपर्व १३)
कुशद्वीपको कुशेश्वरमा घृतच्यूता नदीको किनारमा रहेका तपस्वीहरूलाई घृतकौशिक भनिएको हुनुपर्छ । कौशिकगोत्रबाट एक कुल फाटेर घृतकौशिक वनेकोछ ।यसमा नेपाल आदि पर्छन् । विश्वामित्रको नाति घृतकौशिक कहलाए भन्ने भनाई पनि छ । विश्वामित्रको बराजुको नाम कुश थियो । यिनले लामोसमयसम्म राज्य गर्न पाएकाले उनकोराज्य कुशद्वीप कहलायो भन्ने पनि एक थरिको भनाई छ ।