जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

चन्द्रवंश कौशिक गोत्र

चन्द्रवंश र कौशिक गोत्र कौशिक गोत्रको प्रसिद्धि अघि

यो वंश चन्द्रवंशीको रुपमा चिनिएको थियो । चन्द्रको नाउँबाट यस वंशको नाउँ रहेको स्पष्ट छ । यसको वंश वृक्ष यस प्रकारको छ—

राजा जन्हु प्रतापी र यज्ञकर्ता थिए । उनी राजा मात्र नभएर सिद्ध ऋषिका रुपमा पनि चिनिन्थे । राजसूय यज्ञ गर्दा (गङ्गा किनारमा) गङ्गानदीको बाढीले यज्ञ बिथोलियो । त्यहाँ भएका सबै यज्ञ सामग्री बग्न पुगे । राजा रिसाए र उनले गङ्गालाई पातालमा पुर्याउने निर्णय गरे । अञ्जुलीमा लिएर गङ्गाको सबै पानी पिए । यसो गर्दा धर्तीमा सुक्खा लाग्ने भएकाले भाइ

भारदार, गुरु, पुरोहित सबैले यसो नगर्न सल्लाह दिए । गङ्गालाई छोरी सरह मानी क्षमा गरिदेऊ र बाँध बाँधेर तहलगाउ भन्ने अर्ती दिए । यो कुरा राजा जन्हुले माने । राजा जन्हुले अफ्नो काँनबाट गङ्गाको अवतरण गराए । त्यसपछि गङ्गा जन्हुकी छोरी बनिन् । राजा भगीरथले अवतरण गराएका कारण भागीरथीका नामले चिनिने गङ्गा त्यस घटनापछि जान्हवीका नामले चिनिन थालिन ।

राजा कुश शक्तिशाली जनप्रिय थिए । यिनले पृथ्वीमा लामो समयसम्म राज्य गरेका हुनाले उनको नामबाट उनको राज्यको नाम नै कुश द्वीप रहन गयो । उनलाई कौशिक भनेर पनि चिनिन्थ्यो । उनी प्रजासँग रहन्थे र प्रजाप्रिय थिए । यसै आधारमा उनलाई कुश दीपकका नामले परिचित भए भन्ने भनाइ छ । राजा कुशका छोरा भए कुशाम्बु ।

कुशाम्बुले इन्द्र समान पुत्र प्राप्तिका लागि कठोर तपस्या गरे र तपस्याको प्रभावले स्वर्गका राजा इन्द्रले पुत्रत्व स्वीकार गरे । कुशाम्बुबाट प्रतापी गाधी जन्मे । गाधी नै कुश जातिका दीपक कहलाइए । गाधी राजाका छोरा भएनन् । उनका सन्तानका रुपमा सत्यवती नामक कन्या भइन् । उनले छोरी सत्यवतीको विवाह ऋचीक मुनिसँग गरीदिए । आफ्नो छोरा नभएको र छोरी पट्टीबाट सन्तान नभएकोले ससुरा एवम् ज्वाई मिलेर पुत्रेष्ठि यज्ञ गरे । यसपछि गाधीराजाका छोरा भए विश्वरथ ।

सत्यवतीबाट जमदग्नि जन्मे । भनिन्छ त्यसपछि सत्यवती कोशी नदी बनेर बगिन् । जमदग्निका पुत्र परशुराम भए । परशुराम भगवान् विष्णुका एक आवतार मानिन्छन् । राजा गाधीले छोरा विश्वरथलाई राजपाठ जिम्मा लगाएर वानप्रस्था आश्रमतिर लागे भन्ने भनाइ रहेको छ ।