जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

मध्यकाल

मध्यकाल

(१०औं शताब्दीदेखि थालनी)

लिच्छविकालमा नेपालमा लिच्छवि राजाहरूको एकछत्र शासन थियो । नेपाल विशाल थियो । तर मध्यकालमा विशाल नेपाल अनेकौ राज्यहरूमा विभाजित भयो । वि.सं. ९३७ देखि नेपाल सम्बत सुरु भयो । यस सम्बतका प्रवर्तक राघवदेव थिए । यिनी मध्यकालका प्रथम राजा हुन् । यिनको पालासम्म मुलुकको अवस्था बिग्रिसकेको थिएन । कालान्तरमा एकछत्र शासन द्वैतराज्यमा परिणत भयो । यस समयमा एउटा मुलुकलाई दुई राजाहरूले चलाएका प्रमाणहरू फेला पर्छन् । ११औ शताब्दीसम्ममा देशको आर्थिक, सांस्कृतिक, राजनैतिक अवस्था खस्केको थिएन । भोट र भारतसँग व्यापार वृद्धि, शैव र बौद्ध धर्मको तान्त्रिक सिद्धान्तको विकास, भोटमा विद्या प्रचार कार्यमा नेपाली विद्वानहरूको योगदान तथा कला क्षेत्रमा पनि विकास हुँदै गएको थियो । तर पछिपछि मल्लकालका केन्द्रीय शासकहरूको अनेकता तथा चक्रवर्ती राजाको अभावले गर्दा गण्डकी परसम्म पनि नेपाल उपत्यकाको शासन फैलन सकेन, आपसी कलहले गर्दा । यस उपत्यकाका राजाहरू कमजोर भएका थिए । फैलन नसकेका ससाना राज्यहरूको कारणले गर्दा मल्लकालको अन्त्यतिर कान्तिपुरको आर्थिक अवस्था दयनीय हुन पुग्यो । जयप्रकाश मल्लले फौजलाई तलब बाँड्न धौ धौ परेकाले देवमन्दिरहरूका ढुकुटीहरू, पशुपतिनाथ र जयबागेश्वरीका गजुर, जलहरी आदि मासेर तलब दिनु परेको थियो । यिनैको पालामा वि.सं १८२५ मा राजा पृथ्वीनारायण शाहले यिनीलाई पराजित गरी कान्तिपुरमाथि विजय प्राप्त गरेका थिए ।

लिच्छविकालमा ४ वर्ण १८ जातमा नेपालीहरू विभाजित थिए भने मध्यकालमा अहिलेझै ४ वर्ण ३६ जातमा नेपाली जातिको विस्तार भयो । यस समयमा राजकाजमा सरसल्लाह दिने कार्य वेद उपनिषद् र शास्त्रजानेका ब्राह्मणले गर्दथे । दण्ड विधामा ब्रह्महत्या निषेध थियो । मल्लकालमा नेवार समाज ६४ जातिमा विभाजित भयो । यो विभाजन जन्ममा भन्दा कर्ममा आधारित भयो । जस्तो चित्रकार, शिल्पकार, सुवर्णकार, तुलाधर, व्यञ्जनकार, रञ्जितकार, ज्योतिष, माली, धोबी आदि । नेवार समाजको पुरोहितमा मैथिली ब्राह्मणका साथै रिमाल वंश पनि थिए ।

नेपालमा मध्यकाल एक किसिमले मल्लकाल हो । नेपाल उपत्यकामा मल्ल राजाहरू त छँदै थिए । सुदूरपश्चिम कर्णाली अञ्चल जुम्ला जिल्लाको सिञ्जामा खस साम्राज्य स्थापना र विस्तारमा पनि । पञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना मल्ल राजाहरूको देन रह्यो । मल्ल वंशको उदयका सम्बन्धमा खोजी गर्दा के थाहा हुन्छ भने दक्षिण भारतका बादामी र कल्याणी चालुक्यहरू तथा काञ्चिका पल्लव राजाहरूले नामको साथमा मल्ल उपाधि ग्रहण गरेका थिए । यिनीहरूले नै धेरै कालसम्म उत्तर भारत र दक्षिण भारतमा राज्य गरेका थिए । यही वंश नै लिच्छविहरू झै नेपालको गण्डकी प्रदेशमा आई राज्य गर्न थाले र फैलिए ।

नेपालमा मध्यकालसम्म संस्कृत भाषा र साहित्यको विकास भएको देखिन्छ । ताडपत्रमा आनन्दले लेखेको वि.सं. १०७६ को वाल्मीकि रामायण नेपालमा प्राप्त छ । पण्डितहरूले अनेकौं विषयका ग्रन्थहरू संस्कृतमा रच्थे । यस्तो विद्वता र शास्त्रीय ज्ञान भएकालाई राजाले पण्डित उपाधि प्रदान गर्थे । यहीउपाधिले थरलाई लुकाइदिएको पाइन्छ । पछि पण्डित नै थर हुन गएको पनि देखिन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरूसमेत संस्कृत, मैथिलीका ज्ञाता थिए । प्रताप मल्ल त कविन्द्र नै कहलाएकाथिए । त्यस समयको नेपालमा संस्कृतका साथै नेपाली भाषाको पनि विस्तारै विस्तारै विकास हुँदै गयो ।

खस साम्राज्य :

खस साम्राज्य वास्तविक रूपमा नेपाली भाषाको विकासको थलो हो । खस राजाहरूले शिलालेख, ताम्रपत्र आदि अभिलेख नेपाली भाषामा लेखेर प्रकाशित गरे । सउपाल अडैको वि.सं १०३८ को शिलालेख र बझाङमा फेला परेको वि.सं ११४६ को ताम्रापत्र सबैभन्दा प्राचीन अभिलेख मानिन्छ । खस साम्राज्यको राजधानी सिञ्जा थियो । सिञ्जा जुम्लाको सदरमुकामको उत्तर पश्चिममा पर्दछ । सिञ्जा उपत्यका सिञ्जा डाँडाको काखमा अवस्थित छ र मैयानी, तिला नदी र हिमनदीहरूबाट सिंचित छ । जुम्लाको उत्तरमा रारा ताल (रारा राष्ट्रिय निकुञ्ज) रहेको छ । यस तालले कविहरूलाई अपसराको झझल्को दिलाएको थियो ।

प्राचीन कालमा जुम्लामा शासन गर्ने राजा जालन्धरी थिए भन्ने कुरा त्यहाँ प्राप्त ताम्रपत्र र गुफामा पाइएका शिलामूर्तिबाट बोध हुन्छ । खस राज्य खडा गर्ने श्रेयचाहिँ वि.सं. ११८० तिरका खारी प्रदेश (जुम्लाको उत्तरी खारी गाउँ र करानदरा) का नागराज जावेश्वरलाई प्राप्त छ । सिञ्जा प्रदेशका राजा जसु शाही चाहिँ सिजापति वंशको सर्वप्राचिन कुलपुरूष वन्न पुगे ।द्ध यो हिमाल भेग, प्राकृतिक रमणीय अञ्चल मध्यकालका पराक्रमी राजाहरूको राजधानी मात्र होइन, विभिन्न वंश, थर, गोत्र आदिको कोको (ऋचबमभि) समेत बन्न पुगेको छ । खस साम्राज्य या सपादलस्य साम्राज्य उत्तरमा मानसरोवर ( चीनको स्वशासित तिब्बत) र पश्चिममा कुमाउँसम्म फैलिएको थियो ।

खस साम्राज्यमा पण्डित :

धर्म संस्कृतिका लागि मरिमेट्ने ब्राह्मणहरू खस साम्राज्यमा राजाको नजिक पुग्नु स्वाभाविक छ । वेद, उपनिषद्का ज्ञाता, व्याकरण, ज्योतिषशास्त्र समेत ज्ञान भएका ब्राह्मणहरूलाई खस राजाहरूले पण्डित, भट्ट, जोशी आदि उपाधि दिए । यही उपाधि पछिपछि थरमा परिणत भयो । पण्डित, उपाध्याय, भट्ट, जोशी आदिले राजाहरूका कनकपत्र, ताम्रपत्र, शिलापत्र आदि अभिलेख जनताको भाषामा लेखेको पाइन्छ । जस्तो अपाडराज पृथ्वी राईको वि.सं. १४१३ को कनकपत्र, शिवदेव पण्डितले, अभयमल्ल राईको वि.सं १४३३ को ताम्रापत्र, धर्मराज जोइसी (जोशी), कल्पाल नरेश वलिराजको वि.सं १४५५ को

नेपालको संक्षिप्त इतिहास प्रचार विभाग २०३३ ।
पाँच सय वर्ष प्रा बालकृष्ण पोखरेल
सिँजापति वंशावली ललितजंग (रामविक्रम सिँजापति ।

ताम्रग्रन्थ, क्षमादत्त उपाध्यायले लेखेका हुन् । अपाडराज पुण्य मल्ल राई (राजा) को वि.सं. १३९४ मा प्रकाशित ताम्रपत्रको अंश यस्तो छः विद्याकर पण्डितकी शाखा भाइभतिजो चेलीको चेलो आदि ।छ विभिन्न ठाउँका पाँच खेत विद्याकर पण्डितलाई प्रदान गरेको कुराको यसमा प्रकाश पारिएको छ ।

ठूला विद्वान भई राजालाई गुण लगाएपछि या उल्लेखनीय कार्य गरी राजालाई खुसी पारेपछि राजाबाट जग्गा प्रदान गर्ने चलन थियो । यसरी शोभाकर पण्डितले जग्गा पाए । अहिले पण्डित शर्मामा परिणत भए पनि त्यस समयमा यो उपाधि थियो । गीतामा पण्डित शब्द समदर्शी एवं ज्ञानका लागि प्रयोगभएको पाइन्छ ।

विद्याविनयसंपन्ने ब्राम्हणे गवि हस्तिनी ।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ।। (गीता ५(१८)

वेद शास्त्रका ज्ञाता र राजालाई वैदिक, शास्त्रीय कर्महरू (कर्मकाण्ड) एवं धार्मिक अनुष्ठान गर्न लगाउने ‘पण्डित’, ‘भट्ट’ भए भने ज्योतिष चाहिँ जोशी कहलाए । पुर्खाले उपाधि तथा इज्जतको रूपमा प्राप्त पण्डित पदलाई सन्तान दरसन्तानले कायम गर्न नसक्दा पण्डितभन्दा अलि तलको शास्त्र ज्ञातालाई प्रदान गरिने पदवी, सम्मान ‘भट्ट’ लेख्न थालेको पाइन्छ । जस्तो– १४औं शताब्दीतिर जुम्लाबाट एकथरी भट्टहरू अछाम आए । ती कौशिक गोत्रीय ब्राह्मण थिए । तिनका कुल पुरुष (पुर्खा भाष्कर पण्डित थिए ।

उनी ठूला विद्वान भए, त्यसैले उनको नाउँ चारैतिर फैलिएको थियो । उनी ज्योतिष पनि थिए । खस साम्राज्यका सम्राट् जितारी मल्ल देवका राजगुरु जस्तो सम्मानित पदमा भाष्कर पण्डित रहेका थिए । यिनका माइला छोरा जय विद्याधर पनि पण्डित नै कहलाएका थिए । यिनी दुल्लु आए । बाबु छोरा दुबैले सम्राट् जितारी मल्लबाट बिर्ता पाएका थिए । विद्याधरका माहिला छोरा जसु पण्डितले सम्राट्बाट सुतारकोट नामक थर्पुको कार्की (प्रशासक) पद पाए । कार्की थर वास्तवमा प्रशासनिक पदबाट नै विकसित भएको हो (यसबारे यथास्थानमा चर्चा गरिनेछ) । जसु पण्डितका सन्तान सुतार कार्की कहलाए । जय विद्याधरका साहिला छोरा जयतु पण्डितले दुल्लुभन्दा परको बरला गाउँ बिर्ता पाए र बराल थरको जन्म भयो ।ट यसैगरी गुण रत्नाकर (गुनु पण्डित) लाई प्यूठानको खन नामक बिर्ता मिल्यो र तिनका सन्तान खनाल कहलाए । जय विद्याधरका जेठा छोरा सर्वज्ञधर (सर्वु पण्डित) का सन्तान दैलेखको नेपा बिर्तामा बसेर नेपाल भए । यसरी स्थलगत रूपमा रहेर थरको विकास भएको उदाहरण धेरै पाइन्छ । यी पण्डितहरूकै अन्य शाखा सन्तानले पण्डित सम्मान पद कायम राख्न नसकी भट्ट लेख्न थाले । यिनीहरूकै खलक खप्तड भूमिमा बसे । तिनीहरूले भट्ट नै लेखे ।

शोभाकर :

यस वंशावलीमा उल्लेखित शोभाकर पण्डितलाई बझांगी राजाले सेती गंगा साक्षी राखी गुरु थापेको बुझिएको छ । शोभाकरको नाम परेको एक कवितामा दैवज्ञ, द्विजोत्तम, विप्रजस्ता शब्दहरू प्रयोग भएका छन् । यसबाट उनी पनि पण्डित रहेछन् भन्ने कुराको बोध हुन्छ । दैवज्ञ भनेको ज्योतिषी हो । द्विजोत्तम भनेको ब्रह्माणहरूमा उत्तम भन्ने विशेषण हो । विप्रको अर्थ हुन्छ शुद्ध, जन्म, आचार र विद्या विशिष्ट व्यक्ति । यसअघि खस साम्राज्यमा पण्डित उपशीर्षकअन्तर्गत लेखाइमा उल्लेखित विद्याकर पण्डित र शोभाकरका बीच पुस्तैनी सम्बन्ध हुनुपर्छ । पुस्तैनी जोड्ने कार्यमा खोजी हुन बाँकी छ ।

छ। पाँच सय वर्ष प्रा बालकृष्ण पोखरेल ।
ट। बराल वंशावली–शिवराज ।

वि.सं. १४१३ को अपाडराज पृथ्वी मल्ल राईको कनकपत्रको अध्ययन गर्दा त्यस बेलाका ब्राह्मण, क्षेत्री र वैश्य वर्णका प्रसिद्ध थर, उपाधिको ज्ञान हुन्छ । जस्तै अधिकारी, जैशी, भण्डारी, पण्डित (ब्राह्मण वर्ण राउत, चन्द, मल्ल, कार्की, खड्का, थापा, बुडाबनियाँ, साहनी (क्षेत्रीय र वैश्य वर्ण । अरू कैयौ थरका व्यक्ति पनि होलान् तर राजाको अभिलेखमा साक्षी बस्न पुगेका प्रमुख थर यहाँ दिइएको हो । हामी हाम्रा पुर्खाहरूलाई खस साम्राज्यका राजाहरूले प्रकाशित गराएका विभिन्न अभिलेखहरूका लेखहरूको नामावली पनि खोज्न सक्छौ । तर समस्या के छ भने त्यसबेला रिमाल थर कायम भइसकेको थिएन ।

जन्मेको भए पनि शास्त्र जानेकाले सम्मानित पद पण्डित नै लेख्न रुचाए या ज्योतिष विद्या जानेर ‘जोइसी’ भन्ने पद नै लेख्न थाले । ‘नेपाली भाषाका केही पुराना लेखक’ शीर्षक लेखमा पुरातत्वविदमोहनप्रसाद खनालले एक ठाउँमा वि.सं. १४४८ को अभिलेखका लेखकका रूपमा विद्याकर जोइसीको नाम उल्लेख गर्नु भएको छ । यी विद्याकर जोइसी विद्याकर पण्डित हुनुपर्छ । पुण्य मल्लको ताम्रपत्रमा विद्याकर पण्डित भन्ने उल्लेखित भई भाइ, भतिजो आदिले जग्गाको भोग चलन गर्नू भन्ने राजाज्ञा वि.सं १३९४ मा भएको देखिन्छ भने वि.सं १४४८ को एक अभिलेखको लेखकका रूपमा उनी विद्याकर जोइसीको रूपमा उल्लेखित भपका छन् । कालक्रमले अन्तर धेरै नभएकोले यस प्रकारको अनुमान गर्न सकिन्छ ।

थरको जन्म र विकास

वंश परम्पराको ज्ञान गराउने थर हो । पूर्वजहरूको थातथलोबाट मुख्य रूपमा थर रहन गएको देखिन्छ । अधिकांश नेपालीहरूको मूलथलो कर्णाली फाँटका गाउँ, बडा खोला र पहाड आदि थिए । स्थल शब्दबाटै थर आएको कुरामा भाषाशास्त्रीहरू विश्वास गर्दछन् । नामको पछाडि छुट्दै नजोडिकन थर लेखिन्छ । स्थलबाहेक मानपदवी, कार्यविभाजन आदि कारणवाट पनि थरको जन्म भएको छ । थरको जन्म र विकासका बारेमा चर्चाको क्रम मध्यकालमा समावेश गराउनुको अर्थ के हो भने मध्यकालमा थरको बढी मात्रामा विकास हुन गयो ।

स्थानको आधारमा थर ?

चाँपरूखको जंगलनिर बसेका चापागाउँ, चापागाईं

घमिर गाउँमा बसेका घमिरे, घिमिरे

गोतम गाउँमा (जाजरकोट) गोतामे

रिगमी गाउँका रिग्मी, रेग्मी

रिमी गाउँका रिमाल (रिमी आल)

रिजु गाउँका रिजाल

नेपा बिर्ता (दुल्लु का नेपाल

खतिवडाका (डोटी) का खतिवडा

देवकोट (जुम्ला)का देवकोटा

रूपाखेत पाउने रूपाखेती

खप्तड क्षेत्रबासी चवष्टपाधखप्तडी, खप्तरी

नियापनिनिर बसेका नियापने, न्यौपाने

पोखरा (रुकुम गाउँ का पोखरेल

बुडु (जुम्ला) गाउँका बुडा, बुडाक्षेत्री

अर्ज्य गाउँका (मुसीकोट) अर्जेल, अर्याल

कोइराला रूख भएको पाटा कोइराला

ढिकु गाउँका ढिकाल, ढकाल

डोटीमा रहने डोटेल

खनाया गाउँका (बिर्ताका) खनाल

दहा गाउँका दहाल

धिता गाउँका धिताल

यही सन्दर्भमा भू—स्वामित्वका आधारमा थर रहन गएको प्रसंग प्रस्तुत गरिन्छ ।

योगी नरहरिनाथका अनुसार ‘एघारौ शताब्दीमा सिँजापति महाराजबाट धेरै नागरिकहरूलाई बिर्ता, वितलव, गुठी, हरिकर इत्यादि भू—स्वामित्व वितरण गरिँदा जसले जुन नामको बिर्ता पाए उनका सन्तानलाई त्यसै गाउँको नामसित सम्बन्धित गराइयो । ती बिर्तावालहरू पनि आफ्ना बिर्ता क्षेत्रभरिमा अरू नागरिकका लेखी राजातुल्य मानिन्थे । सरकारका छत्तीस खाले करहरू तिर्नु पर्दथ्यो तर अरू थरका सन्तानहरू बिर्तावालका बिर्ताभित्र बसेका छन् भने बिर्तावाललाई सरकारतुल्य मानेर मात्रै बस्ने अनुमति पाउँथे, नत्र बिर्तावालले त्यस्ता नागरिकलाई निस्कासन पनि गर्दथे ।’ योगीजीले दुल्लु (दैलेख) सँग जोडिएको नेपागाउँ भएको भूभाग बिर्ताका रूपमा पाएको कौशिक गोत्री नेपाल थरको जन्म भएको बताउनुभएको छ । (कौशिकादी सन्तति पुस्तक)

पद मानको आधारमा थर :

लिच्छविकालमै विभिन्न वर्ण र थरको विकास भइसकेको थियो तर थरका बारेमा विस्तृत जानकारी भने पाउन सकिएको छैन । त्यस समयमा जातअनुसारको काम होस् धर्मशंकर नहोस् भनेर रेखदेख गर्न एउटा अड्डा थियो (भट्टाधीकरण । यसको रेखदेख भट्टले गर्दथे । त्यस समयमा भट्ट विद्वानलाई भनिन्थ्यो । भट्ट शब्द विद्वत् समाजमा अति प्रचलित र प्रिय बनेको थियो ।

माध्यमिक कालमा मल्ल राजाका मन्त्रीलाई ‘अमात्य’ भनिन्थ्यो जुन पछि नेवार जातिमा एउटा थर बन्न पुग्यो । वास्तवमा मन्त्रीलाई अमात्य भन्ने चलन गुप्तकालदेखि चलिआएको हो । मध्यकालमा नेपाल उपत्यकामा भारदारहरूलाई शिष्ट भन्दाभन्दै उनीहरू श्रेष्ठ कहलाए र पछि यो थरमा परिणत भयो ।

राजाले दिएको पद, मानको आधारमा थरको व्यवस्था यसरी विकास भयो :

भण्डारको काम काम गर्ने भण्डारी

ज्योतिष विद्या जान्ने जोशी, जोइसी, दैवज्ञ

सार्वजनिक सम्पत्ति हेरचाह गर्ने अधिकारी

खड्ग भिरी सेनामा रहने खड्गाहा, खड्का

शास्त्रादी जानेका, पण्डित्याँइयुक्त पण्डित

पुराण वाचन, यज्ञ, सञ्चालन गर्ने आचार्य

। पाञ्चाली शासन पद्धतिको ऐतिहासिक विवेचना – धनवज्र वज्राचार्य ।

विद्वान, पण्डित भट्ट, (भर्तृ सं मूल शब्द)

भट्टझै विद्वान तर राई (राजाको टोलमा बस्ने भट्टराई

बसेर न्याय तय गर्ने बस्नात, बस्नेत

मुगल बादशाहबाट पाएको उपाधि शाह

वर्म, वम्म बम

चन्द्र झै शीतल स्वभावका चन्द

सिंह झै बलियो, वीर सिंह आदि ।

राज्य शासनकालबाट थरको विकास :

मध्यकालीन खस साम्राज्यहरूले कतिपय कुराहरू लिच्छवि गणराज्यबाट सिकेका थिए । उनीहरूले आफ्ना विशाल साम्राज्यहरूमा, राजाहीन उपराज्यहरूमा अधिकारको विकेन्द्रीकरण गर्दै शासन चलाए । त्यसबेलाका प्रशासनिक अधिकारीका सन्तान, दरसन्तान पुर्खाकै पदबाट चिनिए र थरको विकास भयो । जस्तो राउत, अधिकारी, कार्की, आदि ।

खस राज्य शासन ढाँचा यस्तो थियो :

१. परमभट्टारक महाराजाधिराज महामण्डलेश्वर – साम्राट् नै हुन्थे ।

२. मण्डलेश्वर : न्यायिक, धार्मिक मामलामा सम्राट्लाई नसोधिकन निर्णय गर्ने अधिकार प्राप्त

३. माण्डलीक : केन्द्रीय महासभामा सदस्य रहने, गणराज्य ढंगमा केन्द्रीयस्तरबाट अडै, कार्की नियुक्त भएर माण्डलिकलाई सघाउने व्यवस्था थियो ।

४. सामन्त : सानातिना राजा जसले त्रिकर—भाग भोग र कर केन्द्रमा दाखिला गर्ने काममा कार्कीको सहयोग पाउँथे ।

५. राउतराज : राज्यमा गडवडी भएमा तैनाथ गरिने केन्द्रीय सैनिक पदाधिकारी

६. अधिकारी : राज्य वा थर्पुहरूका लागि नियुक्त जनप्रशासन प्रमुख

७. कार्की तथा अडै : राज्य वा थर्पुका सर्वाधिकार सम्पन्न शासक— क्षेत्रपाल तथा अञ्चलाधीशजस्ता पदहरू ।

मध्यकालअन्तर्गत मल्लकाल उपशीर्षकमा गरिएको चर्चामा नेपाल उपत्यकामा विभिन्न पेसागत रूपमा थरको विकास भएको उल्लेख भइसकेको छ । यी प्रशासनिक पदहरू ब्राह्मण, क्षेत्री या वैश्य जसले पनि पाउन सक्थे । त्यसैले विभिन्न थरका मुहान नै ती पद हुन् । कालान्तरमा निश्चित तरमा सम्वन्धित पद परिवर्तित भए । अडै पदबाट समाजमा प्रचलित अडैनीको अर्थ लाग्छ । चल्तापुर्जा, अह्राउने, पह्राउने कार्य गर्ने नारीलाई अडैनी भन्ने चलन विकसित भयो । पछि यस शब्दले नकारात्मक रूप लियो, जस्तो अडैनी भएर फुर्ती देखाउँदी रहिछ ।

त्यसकालमा शास्त्र जान्ने विवेक, वुद्धि भएका वैदिक ब्राह्मणहरू चाहिँ पण्डित पद पाएर राजगुरु बन्थे । शास्त्रमा पण्डितको अर्थ यसरी लगाइएको छः पण्डा सञ्जाता बुद्धिर्यस्य स पण्डितः अर्थात् जसको बुद्धि छ, सो पण्डित हो । (तर अचेल पण्डा भएको छ । भारततिर पण्डा बढी नकारात्मक बन्न पुगेको छ) यस कालमा रिमालहरू पण्डित या भट्ट या अधिकारीजस्ता पदमा रहेको हुनुपर्छ ।

। विश्वनाथ कोई (हाम्रा थरहरू, मधुपर्क ।